Wednesday, January 26, 2011

संघर्ष पत्रकारिताका लागि

उनको एकमात्र सपना रहेछ–जसरी हुन्छ एक सफल, सक्षम पत्रकार बन्ने ।
तर अहिले भने उनी संर्घषको कठीन मैदानमा छन् । बिहान पत्रकारिताको पढाई अनि दिनभरी पाटन औद्योगिक क्षेत्रमा सेक्युरिटी गार्ड ।
उनी हुन विपिन सापकोटा, उमेर भर्खर बीस बर्ष, हाल नमुना उच्च मा.वी. लगनखेलमा कक्षा १२ मा आमसंचार तथा पत्रकारिता लिएर अध्ययनरत । सिन्धुपाल्चोकको पिपलडाँडा गाविस–२ रहेछ उनको स्थाई थातथलो । २०६५ सालमा एस.एल.सी पास गरेका रहेछन उनले । त्यसपछी आएछन् उनी काठमाडौं शहर मनभरी मिठा–मिठा सपनाहरु बोकेर ।
सानै देखि उनको प्रिय साथी रहेछ रेडियो । शुरुमा त अच्चम लाग्थ्यो रे रेडियो देख्दा । सधैभरी कौतुहल जागिरहन्थ्यो रे–कसरी बोल्छन होला यो भाँडाभित्र मान्छेहरु ? बिस्तारै थाहा पाएछन् उनले रेडियोको वास्तविकता अनि चल्न थालेछ मनमा एउटा हुटहुटी–आफू पनि त्यसरी नै रेडियोमा बोल्ने । यसरी जन्मिएछ उनको पत्रकार बन्ने सपना । काठमाडौं छिरेपछी उनलाई पत्रिकाको नसा पनि लाग्न थालेछ ।“बरु खाना नखाई बस्न सक्छु, बिहान एकछिन मात्रै भएपनि पत्रिका नपढे दिनभरी खल्लो हुन्छ”। उनी भन्छन ।
यहाँ नआउन्जेलसम्म काठमाडौं प्रिय नाम हुने गर्छ शुरुमा । देशका दुर दराजमा रहनेहरुका लागि लाग्छ काठमाडौ भनेको आफ्ना सपनाहरु फुल्ने स्वप्न बगैचा नै हो । जब काठमाडौं टेक्छन आफ्ना कलिला सपनाहरु बाकेर तब पाँउछन् काठमाडौलाई निर्दयी र पाषाण हृदयको । एस.एल.सी पास गरेपछी उनी राम्रो जागिर अनि उपयुक्त पढ्ने वातावरण पाईएला भन्ने सोचेर सिन्धुपाल्चोकबाट काठमाडौं छिरेका रहेछन् । सबै कुरा सोचेजस्तो कहाँ हुन्छ र ? काम गर्ने ठाँउ एकातिर, पढ्ने कलेज अर्कोतिर अनि बस्ने डेरा पनि छुट्टै ठाँउमा भए पढ्न मुस्किल पर्छ भन्ने लागिरहन्थ्यो रे उनलाई । कलेज डेरा र काम नजिकै हुने भएपछी उनी पाटन औद्योगिक क्षेत्रमा काम गर्न थालेका रहेछन् । “शारिरीक श्रम पनि नपर्ने,फुर्सद भएको बेला डिउटीमा पढ्न पनि पाईने, ठिकै छ मेरो काम । ” मुस्कुराउछन् यि २० बर्षे स्वप्नील ठिटो ।
प्रत्येक बिहान ५ बजे उठ्छन रे उनी । बिहान ६ बजे देखि ९ः३० बजेसम्म लगनखेलको नमुना उच्च मा.वी.मा पढ्न जाने र १० बजे देखि साँझ ६ बजे सम्म पाटन औद्योगिक क्षेत्रको मूल गेटको डिउटी सम्हाल्ने उनको दैनिक कार्यतालिका नै बनेको रहेछ । साँझ ६ बजे देखि बेलुका ११ बजेसम्मको समय अबधीमा उनी पढ्ने लेख्ने र टि.भी.हेर्ने गर्छन । यसरी नै आफ्नो दिनचर्या बितिरहेको बताउछन् उनी ।
सकेसम्म टेलिभिजन रिर्पोटर बन्ने नसके रेडियोमा काम गर्ने लक्ष्य राखेका छन् उनले । कक्षा १२ को परिक्षा राम्रो गरेका छन् रे भन्छन–“कहिले १२ को परिक्षा सकिएला र पत्रकारिता क्षेत्रमा लाग्न पाईएला भन्ने लागिरहन्छ”। आफ्ना साथीहरु दिनभरी हल्लिएर हिँडेको देख्दा र आफू आत्मनिर्भर भएर पढेको सम्झँदा उनलाई गौरब लाग्छ रे । उनले यसरी दिनभरी काम गेरर पढेको देख्दा सबै साथीहरुबाट पनि प्रेरणा पाएका छन् । आमसंचार तथा पत्रकारिता पढाउने शिक्षक बुद्ध थापाले त सधै प्रेरणा दिइरहनु हुन्छ रे । सबैको प्रेरणाबाट उनी उत्साहित पनि छन् । भन्छन्–“म कुनै पैसाको पक्ष्यमा नलागेर, कुनै राजनीतिक बिचारले प्रभावित नभएर निश्पक्ष पत्रकारिता गर्न चाहन्छु” ।
नमुना मच्छिन्द्र उच्च मावीका प्स टु इन्चार्ज राधाकृष्ण महत विपिन अत्यन्तै जेहेन्दार, अनुशासित बिद्यार्थी रहेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ–“पढाइमा राम्रो भएपनि उसले पढ्नका लागि अरु बिद्यार्थीले जति समय पाएको छैन । उसलाई पढ्नको लागि आर्थिक समस्या रहेको बुझिएको छ । कलेजबाट केही सहयोग उपलब्ध गराए पनि पर्याप्त सहयोग गर्न सकिएको छैन” ।
पत्रकारितामा लाग्ने पूर्ण मानसिकता बनाएर संघर्ष गरिरहेका उनी दिँउसो खाली समयमा पत्रिकाहरुमा छापिएका समाचारहरुलाई गहन रुपमा अध्ययन गर्छन रे । कुन ढाँचामा समाचार प्रकाशित भएको छ ? समाचार प्रस्तुत गर्न कस्तो खालको शैली अपनाईएको छ ? समाचारमा आउनुपर्ने केही कुरा छुटेका छन् की ? जस्ता कुराहरुलाई विश्लेषण गर्न उनलाई रमाईलो लाग्छ रे ।
तर कतिपय बेला भने उनलाई नरमाईलो अनुभूति पनि हुँदोरहेछ । कतिपय मानिसहरु तैले पढेर के नै गर्न सक्छस र भन्दै खिल्ली पनि उढाउँछने रे । “कामको सम्मान गर्न नजान्ने मान्छेहरु देख्दा मलाई कहिले काँही त दिक्क लागेर आँउछ” दुखेसो पोख्छन् उनी । जब पत्रकारिताको किताब पढ्न थाल्छन अरुले हेपेका कुराहरु सामान्य लाग्छ रे । हरेक कामको सम्मान हुनुपर्ने उनको बिचार छ । सादा जीवन र उच्च विचार मान्छेमा हुनुपर्ने महत्वपूण गुण हो भन्छन उनी । आफ्नो काम प्रति होच्याउनेहरुलाई विपिन गतिलो जवाफ दिन्छन्–“राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रमा जान लागेको मान्छे हुँ । कसैले मलाई होच्याँउछन् भने त्यो नै मेरो लागि ठुलो प्रेरणा हुने गर्छ”।

सासु नेपाल प्रतियोगिता

जवानीले भरिएका बीस बाईस बर्षे कन्याहरुको क्याटवाक्, लचकता, नाङ्खा अङ्ग हेरेर विगतमा मिस नेपाल घोषणा गरिन्थ्यो । तर महिला अधिकारकर्मीहरुका रिसका कारण मिस नेपाल प्रतियोगिता नै ठिस भएको बेला अर्को तिर हाम्रो टोलमा भने सासु नेपाल प्रतियोगिताको सुरुवात भएको छ । ५०-५५ बर्षभन्दा माथिका देखि मृत्यु नजिकै पुगेकाहरु सम्म जोसँग बुहारीको जगल्टा केलाउन सक्ने तागत छ उनीहरु यसका प्रर्तिपर्धी रहनेछन् । हिजो माथ्ला घरकी सानुकान्छी भन्दै थिई–“हेर्नुस न दाजु, अस्ति भर्खर मात्रै ब्वाईफ्रेन्डले नयाँ कुर्था सुरुवाल गिफ्ट दिएको थियो । हजुरआमाले जबरजस्ती लगाएर धुजैधुजा पार्नुभएछ । कत्तिन नातिनिको लुगा लगाएर सासु नेपालको ताज लगाउन खोज्या होला” मैले सुने मात्र अनि फिस्स हास्दै एउटा गणतान्त्रिक उखान सम्झे – “नातिनीको कुर्थासुरुवालमा हजुरआमाको रजाई” । बुझ्दा हाम्रो टोल भरिनै यसको रौनक त खहरेमा साउनको भेल झै पो उर्लदै रहेछ ।
घर पुगें । घरमा त दन्तवजान । औसीको रातझै हजुरआमाको मुख एकातिर आमाको अर्कोतिर । कपाल पनि लुछालुछ छ ।कुरो के रहेछ भने हाम्री हजुरआमा पनि सासु नेपाल प्रतियोगितामा भिड्दै हुनुहुँदो रहेछ । जसले आफ्नी बुहारीलाई युद्धमा हराउन सक्छ, आफ्नो नियन्त्रणमा लिन सक्छ, उ पहिलो छनौंट राउण्डमा पर्ने रहेछ । त्यसपछि अर्को राउण्डमा पहिरण, सिंगारपटार, क्याटवाक, मुस्कान जस्ता कुरामा प्रतिस्पर्धा रहेछ । धन्न घरमा चाढैं बुवा पुगेर छुट्याइदिनुभएछ र केही अरु हुन पाएन । म त के भन्ने भन्ने दोधारमा पो परें । न आमाको पक्ष लिनु न हजुरआमाको । अब कसले जित्नुभयो भनेर पनि कसरी सोध्नु । केही नभनी फुत्त बाहिर निस्कें । छिमेकतिर पनि हेर्छु त त्यस्तै छ । कसैको घरमा सासु घाइते त कसैकोमा बुहारी घाइते । कोही युवती मिनिस्कट हरायो भनेर रोइरहेका त कोही क्रिम पाउडर हजुरआमाले एकै दिनमा लगाएर सिध्याएको भन्दै वाउसँग पैसा मागीरहेका । कँही त डाडु पन्यू नै हालाहाल ।
बावै नि त ! यो सासु नेपालको उद्गम थलो हुन लागेको हाम्रो टोल त यस्तो भैसक्यो भने यो नेपाल भरी फैलिदा झन कस्तो होला ? मेरो त आङनै सिरिङ्ग ग¥यो । अर्को कुरा मलाई त विहे गर्नपनि डर पो लाग्न थाल्यो । भोली मेरी जुनुलाई मैले विहे गरेपछि आमालाई पनि त सासु नेपाल हुन रहर लाग्ला । आमाको रहर भाँच्ने छोरो पनि कसरी हुनु र मेरी जुनुले पन्यूको झटारो खाएको पनि कसरी हेर्नु । मेरी गर्लफ्रेन्ड मलाई विहे गर्न खाली कर कर गरी रहन्छे । हेनुस् मैले त अव विहे नै गर्ने निधो गरें । मत भोली नै मेरी गर्लफ्रेन्डलाई भेटेर यहि भनिदिन्छु । जय होस सासु नेपाल प्रतियोगिताको ।

Wednesday, January 12, 2011

खुत्रुके

बालकथा

अनिता र जीबन दाजुबहिनी हुन् । उनीहरु सधै संगै स्कूल जाने गर्दछन । स्कूल जाने बाटोमा जुजुमान साहुजीको माटोको भाँडा पसल पनि पथ्र्यो । त्यहाँ साना–ठुला खुत्रुकेहरु पनि टन्न बिक्रीका लागी राखिएका थिए । जीवन स्कूल जाँदा आँउदा सधै खुत्रुकेलाई लोभिएर हेर्ने गर्दथ्यो । उसले आफ्नो हजुरबुवालाई धेरै दिन अघिदेखि खुत्रुके किनीदिनुप¥यो भनेर खुबै किच्किच् पनि गरिरहेको थियो ।
नभन्दै एकदिन उसको हजुरबुजाले दुईजटा खुत्रुके किनेर ल्याँउदै भन्नुभयो–“जीवन ! हेर त बाबु,आज मैले दुईजटा खुत्रुके किनेर ल्याईदिएको छु । यसलाई नफुट्ने ठाँउमा जतन गरेर राख्नु । अनावश्यक खर्च हुने पैसा यही खुत्रुकेमै खसाल्नु ।”
आहा ! जीबन दंग प¥यो । उसले एउटा भनेको त हजुरबुबाले त दुइटा खुत्रुके पो ल्याउनु भएछ । दुइटा खुत्रुके देखेपछि उसलाई अलि–अलि पिर पनि प-यो ।“अब कसरी पो भर्ने हो दुई–दुई वटा खुत्रुके ?” उसले हजुरबुबालाई सोधिहाल्यो–“हजुरबुबा, एउटा खुत्रुकेमा चाँही नोटमात्र अनि अर्कोमा चाँही सिक्का मात्र हाल्ने हो ?” हजुरबुबाले हाँसेर भन्नुभयो–“हैन बाबु ! एउटा तिमी राख अर्को चाँही अनितालाई देउ है ।” जीबनले होमवर्क गरेर बसिरहेकी अनितालाई बोलायो र एउटा खुत्रुके दियो ।
“आहा ! कस्तो राम्रो खुत्रुके । अब त म अलि–अलि पैसा हातमा पर्ने बित्तिकै यसमै खुत्रुक्क खसाल्छु । अनि त म संग धेरै पैसा हुन्छ” अनिताले भनि । “अनि के गर्ने नि त्यो पैसाले?” जीबनले सोध्यो ।“अप्ठ्यारो परेको बेलामा काम चलाउने” –अनिताले भनि । हजुरबुबाले पनि अनिताको साथ दिदैं भन्नुभयो–“ठीक भनि मेरी नातिनीले”। दुबै जनाले आफू सुत्ने खाटमुनि खुत्रुके लुकाएर राखे, अलि–अलि गर्दै पैसा पनि खसाल्दै गए ।
खुत्रुके किनेको तीन महिना पछिको कुरा हो । एकदिन जीबन र अनिता होमवर्क सकेर टि.भी. हेरेर बसिरहेका थिए । टि.भी.मा एउटा चाउचाउको बिज्ञापन आईरहेको थियो । चाउचाउभित्र खेलौना प्लेन, खेलौना गाडी अनि फुटबल आदी उपहार पाइने कुपन राखिएको छ भनेर विज्ञापनमा देखाइएको थियो । जीबनलाई पनि त्यो किन्न मन लाग्यो । उसले त्यो चाउचाउ किन्न ममि र बुवासंग पैसा माग्यो तर उहाँहरुले दिनुभएन । त्यसपछि उसले त्यो चाउचाउ किनेरै छाड्छु भनेर रिसाँउदै आफ्नो खुत्रुके झ¥याम–झुरुम्म फुटायो । उसले अनितालाई पनि खुत्रुके फुटाएर संगै चाउचाउ किनौँ भन्यो तर अनिताले त्यस्तो सामान्य कुरा किन्नको लागि म त फुटाउदिन भनेर जिद्धी गरी ।
जीबनले चाउचाउ त किन्यो तर कुपनमा तचथ बनबष्ल अर्थात फेरी प्रयास गर्नुहोस भनिएको थियो । उसले अर्को प्याकेट किन्दा पनि कुनै उपहार परेन । उसको सबै पैसा पनि सकियो । तर अनिताले भने खुत्रुकेमा पैसा खसाल्दै गई । ५ महिनामा त उसको खुत्रुके टन्नै भरियो । त्यसपछि उसले कसैले नदेख्ने गरी खुत्रुके लुकाएर राखी ।
एक दिनको शनिबार घरमा अनिता, जीबन, र उसको साथि सुलभ मात्र थिए । अनिता हिमालको चित्र बनाउदै थिई भने जिबन र सुलभ भ-यांमाचक्चक् गर्दै जिस्कँदै खेल्दै थिए । खेल्दा–खेल्दै जीबन भ-याङ्बाट लड्यो र उसको हातमा अनि खुट्टामा चोट लागेर रगत बग्न थाल्यो । उ ऐया...मरेँ...भनेर डाँको छोडेर रुन थाल्यो ।
एकछिन पछि जीबनको ममी बजारबाट तरकारी किनेर आइपुग्नुभयो । ममी आएपछि जीबन झन् ऐया..ऐया भनेर रुन थाल्यो । त्यो बेला जीबनको ममीसंग पैसा पनि सकिएको थियो । उहाँले अब पैसापनि छैन कसरी हस्पिटल लानू खै भनेर लामो सुस्केरा हाल्नुभयो । यो सबै अनिताले हेरीरहेकी थिई । “चिन्ता लिनू पर्दैन ममी । म संग खुत्रुकेमा टन्न पैसा छँदै छ नी ।” भनेर अनिताले आफ्नो खुत्रुके ल्याएर अगाडि राखिदिई । ममी असाध्यै खुसी हुनुभयो ।
खुत्रुके फुटाँउदा त १ हजार भन्दा पनि बढी पैसा भइसकेको रहेछ । ममीले त्यै पैसा लिएर जीवनलाई हस्पिटल लानुभयो । हस्पिटलबाट जीबन घर फर्केपछि उसले अनितासंग आफूले बिनासित्तीमा खुत्रुके फुटाएकोमा पश्चाताप मान्यो । अनि आफू घाइते भएको बेला अनिताले खुत्रुके भरीको पैसा दिएकोमा उसले धेरै धन्यबाद दियो । अनिताले पनि उसको घाउको ब्यान्डेज मुसार्दै पैसा सधै बचत गर्नुपर्छ अनि अप्ठ्यारो परेको बेलामा खर्च गर्नुपर्छ भनेर सरले भनेको कुरा कहिल्यै बिर्सनुहुँदैन भनि । जीबनले फेरी उसको हजुरबुबालाई भन्यो–“हजुरबुबा मलाई फेरी दुइवटा खुत्रुके किनिदिनुस् न, एउटा भरिएपछी अनितालाई दिन्छु अनि अर्को चाहीँ अप्ठ्यारोमा काम चलाउन आफैसंग राख्छु” । जीबनको कुरा सुनेर हजुरबुबा साह्रै खुसी हुनुभयो र उहाँले भोली नै नयाँ खुत्रुके ल्याइदिने बताएपछि जीबन र अनिता होमवर्क गर्न थाले ।
समाप्त

२०६७ मंसिर १९ गते कांतिपुर दैनिक

माटो जिन्दावाद

माटो जिन्दावाद हजुर माटो जिन्दावाद
बढौं अगि नेपालकै बाटो जिन्दावाद

शहिदका रगतले भन्छ अघि वढौ
शामन्ती र जल्हादका पर्खालहरु फोडों
मजदुरका औंलाले नै संसार रचेको हो
किसानका औंलाले नै संसार बचेको हो ।

देखाउँ पौरख पानीवाट शक्ति निकालेर
लेखाऊ भाग्य पहाडका वुटी वचाएर
गर्ने हामी खाने अर्कै तह लगाउँदै
कसौन मुठी एकताको रिस लत्याएर

चेतनाको अन्धकारमा रोएका छन वस्ति हाम्रा
विदेशिको दाश भाछन केही गर्ने हस्ती हाम्रा
चुपचाप वस्न हुन्न अव उठ्नै पर्छ हामी
उदाउँदैछ नवयुग जाग्नै पर्छ हामी
२०६५ जेठ १२
सानोठिमी

कामरेडकी स्वास्नी र गणतन्त्र

हिजो कमरेडकी स्वास्नी
झार्थी आँखावाट दिनहुं
वलिन्द्रधारा आँसुका ढिक्काहरु
गाउँलेका पिंढीको धुलोमा विसाएर आफुलाई
खसम जंगल पस्यो भन्थी
मुटु छुने विलौना गर्थि
र अन्त्यमा एक गास ढिंडोमा आस गर्थी

आज कमरेडकी स्वास्नी
कानभरी–घाँटीभरी
लगाउँछे झल्झलाकार सुनका गहनाहरु
गन्दिन गाउँलेहरुलाई अचेल
अहँ
हेर्दिन गाउँलेहरुलाई एक फेर
मर्सिडिस गाडीको झ्यालबाट पनि

मैले यसो हेरें कमरेडको पुरानो घर
र रातो झण्डा मुनी बन्दै गरेको
नयाँ नौतले आकर्षक पक्की महल
र पत्ता लगाएँ त्यो विहान
साँच्चै आईसकेछ गणतन्त्र देशमा ।

२०६६ असार २७
सातदोबाटो, ललितपुर ।

कहाँसम्म पुग्ने हो यो बाटो

कहाँसम्म पुग्ने हो यो बाटो
तर पर्खी बसे है ।
सक्छु सक्दिन ल्याउनलाई खुसीहरु
तर पर्खी बसे है ।

कहाँ छन् लुकेका खुसी हाम्रा
म खोजी आउनेछु
भएजति सारा सुखहरु
म बोकी ल्याउनेछु
बादल फुटाउने छु
र सधैं घाम निकाल्ने छु
अँध्यारो यो जिन्दगी
म छिट्टै हटाउने छु

काँडा छन् बाटोभरी
टेक्नु पाईला बिस्तारै बिस्तारै
आँउला सपना भरी भरी
देख्नु मलाई बिस्तारै बिस्तारै
कोशिस गर्छु गराँस संगै
म फुल्न आईपग्नेछु
गरिदिनु कामना सधै
नयाँ जिन्दगी म बनाउने छु
कहाँसम्म पुग्ने हो यो बाटो
तर पर्खी बसे है ।

२०६६ माघ २५
सातदोबाटो, ललितपुर

बिहान सँगै सधै–सधै

बिहान सँगै सधै सधै सिँउदो मेरो रोयो
हजरको याद संगै मुटु पनि रोयो ।

जलेको यो मुटुमाथि आँशु पोखिरहेँ
आँशभित्र मायाकै रंग घोलीरहेँ
चुरा फुट्यो, कर्म फुट्यो, भाग्य पनि फुट्यो
पत्तै नपाई मुटुबाट एउटा टुक्रा टुट्यो

औसी छायो मुहारमा, खुसी पनि झ¥यो
आकांक्षाका हजार फुल, एकै क्षणमा म¥यो
धर्मराय खुट्टा अब ढुङगा भए सबै सपना
जता हे-यो त्यतै देख्छु भत्किएका हाम्रा चाहना

जलुँ भने चितामाथि जिउदै जल्न सकिँदैन
याद तिम्रो आईहाल्छ आँशु रोकिदैन
बाँच्न एक्लै साह्रै कठिन जंगली यो समाजमा
कति सुख थिए बिगत हजुरकै माझमा
–२०६२ असोज ७
भत्तपुर

चिसो बर्तमान

फेसबुक
र लोडसेडिङ
उस्तै नै छन् दिनहरु
छैन केही फरक
उस्तै नै छ बाटो
नेताहरुको भाषण
महंगी
र सर्टिफिकेटको फोटोकपि पछाडि
सक्कल बमोजिम नक्कल ठीक छ
सबै ठिकै देखिरहेछु
म माथिको सिङ्गै आकाश
उढीरहेका चराहरु
अनि पल्लो घरकी तरुनी
हरेक दिन
उस्तै समाचार छापिएका अखबारहरु
रेडियो
तरकारी र सामानको भाउ
सडकका भित्ता–भित्ताहरुमा पोतिएका
राता–राता नाराहरु
तिनै नारामुनी बोरा ओढेर
सुतिरहेका कलिला बच्चाहरु
उस्तै उस्तै नै छ
आन्दोलन र जुलुस
चुरोटको ठुटो बटुलीरहेको बहुला
सुनिरहेछु उस्तै–उस्तै आवाजहरु
क्रान्ति, अशान्ति, बिद्रोह
लुटपाट, हत्या, अपहरण
भो नसुनाउ यार
अमरसिंहले नालापानी लडेको कथा
वाइयात !!!
के मलाई मेरो देशको माया छैन ?
प्रत्येक साँझ
मैन बत्तिको अन्त्यसंगै
सिरानीमुनी राखेर नागरिकताको प्रमाणपत्र
म मेरा चिसा यि निद्राहरुमा
देखिरहेछु ताता–न्याना सपनाहरु
फेसबुक र लोडसेडिङ् ।
छाँया जस्तै बिलाउदै–बिलाउदै गैरहेका
असंख्य यूवाहरुका आकृतिहरु
अनि यो देशको नक्सा ।
–२०६७ पौष २१
कुपन्डोल, ललितपुर

आँशुले नै आजभोली भईसकेँ म धनि

आँशुले नै आजभोली भईसकेँ म धनि
हेरीरहन्छु त्यही बाटो आईपुग्यो कि भनि

कहिलेकाँही एक मुठ्ठी गुराँस बोकी रोएँ
धमिलो छाँया आयौ सपनिमै रोँए
सपनिमा सधै जुन रोए जस्तो लाग्छ
परदेशमा धेरै दुख भोगे जस्तो लाग्छ ।

चुहिरने घरको छानो अझै बढेको छ
आँगनीमा बलेसीको खामो ढलेको छ
नजाउ परदेश भन्दै थिँए गईहाल्यौ तर
हाँस्दै छिटो आउनु मेरो जिन्दगीको भर ।

आँशुले नै आजभोली भईसकेँ म धनि
हेरीरहन्छु त्यही बाटो आईपुग्यो कि भनि

–२०६६ चैत्र २२
ललितपुर ।

जाडो

त्यो मेरो डेरा भएको टोल
जहाँ
आँखा सन्काइरहेकी एक सुकुमारी ब्युटी पार्लर
अनि संगै जोडिएको
दाँत फुक्लिएको एक बुढो भट्टी पसल
डम्पिङ साइट जस्तो सडकमा
त्यस्तै अनुहार लगाएर
जब निस्कन्छन घाम ताप्न एकसाथ
जाडो
आफै जाडो मानेर सुईकुच्चा ठोक्छ
भट्टी पसल भरी–भरी
ब्युटिपार्लर भरी–भरी
एक डबका जाँड घोत्याएर
अनुहार भरी दलेर
एक प्याकेट फेयर एण्ड लभ्ली
बेपक्ता हुन्छ
र फर्कन्छ साँझमा बेस्सरी मोटाएर
अर्थात अझ चिसो भएर
आच्छुछुछु........ आच्छुछुछु........

२०६७ मंसिर २७
ललितपुर

दैनिकी

ब्यूँझन्छु म त्यस्तो अर्लामद्धारा अचेल
बधशाला नजिकैको डेरामा
प्रत्येक बिहान पाडा र भैसीहरुको चित्कारसंगै
अनि देख्छु पहिलो दृश्य
यी बधशाला र मासु पसलहरुमा
ध्यानमग्न ठुलो तस्बीर बुद्धको
प्रत्येक दिन सल्कीरहेको अगरबक्ति संगै
त्यो च्वाँक बगरे तरुनी
चुप्पीले मासु रेट्दै–रेट्दै
रेट्छे आफ्ना आँखाहरुले
बाटो हिड्ने तमाम युवाहरुको मुटु
चिरा–चिरा
घाइते बटुवाहरुको दिमाग भरी
छातीभरी
आत्महत्या गर्छ शान्तिले
नजिकैको म.म.पसलमा
अघाएर
एकफेर बेस्सरी ढ्याउ गरेपछी बटुवाले
बिउतिन्छ बुद्ध र शान्ति एकसाथ
अनि दिन दिनभरी म
शान्ति–बिद्रोह, सहमति–असहमति–बार्ताका
समाचार शिर्षकहरु चपाँउदै
सारा पत्रिकाहरुका वान्टेडहरुले अघाएर
सिनित्तै पारेर एक प्लेट म.म.
निदाँउछु साँझमा अर्को बिहान सम्मलाई

२०६७ मंसिर २०

ललितपुर

बाँदरहरुलाई निवेदन !

आदरणीय बाँदरगण
पशुपति र स्वयम्भु
काठमाण्डौं ।
विषयः– संविधान बनाइदिनु प-यो भन्नेबारे
महोदय,
म नास्तिक भएकाले पशुपतिनाथ र स्वयम्भुतिर आउन सकिन । सरी ! यहाँ प्रत्येक नेताहरु भन्छनः– देश बर्बादीतिर जाँदैछ । ठीक हो । मलाई पनि त्यस्तै लागेर यहाँहरुलाई यो निवेदन लेख्दै छु । तपाइहरुको जिउमा बाग्मतिको पानीले लुत्तो सल्केझै देशलाई पनि लुत्तो सल्केको छ । सङक्रमणकालीन लुत्तो । अनी नेताहरुलाई सत्ता र कुर्सीको लुत्तोले छाडेको छैन । तपाइहरुको ताण्डब नृत्य पनि मैले हेरेको छु, त अहिले तपाइहरुलाई समेत माथ ख्वाउने गरी नेताहरु नाचिरहेछन् । उफ्रीरहेछन् । एक अर्कालाई अझ बढी चिथोरी रहेछन् । त्यसैले संविधानसभाले तपाइहरुलाई खोज्दै छ ।
मलाई थाहा छैन तपाई बाँदरगणहरु कत्तिको संख्यामा हुनुहुन्छ ? दुवैतिर गरेर । मेरो मतलब स्वयम्भु र पशुपतिमा दुवै ठाउँमा । सायद जनगणना हुदैन होला तपाइहरुको तिर । हाम्रो तिर जस्तो प्रत्येक दश–दश बर्षको फरकमा । ठीकै छ, मात्र हामीहरुलाई चाहिएको हो ६०१ जना । पुग्दैन र ६०१ जना ? पक्कै पुग्ला । आधा भाले अनि आधा पोथी । सरी , मेरो मतलब आधी ढेडु बांदरहरु र आधी बाँदर्नीहरु वा सुन्दरीहरु । लैङ्गिक समानुपातिकका लागि । हुन त तपाइहरुका पनि धेरै जात होलान् । भएमा यसो छलफल गरेर मिलाउनुस न । खासमा अहिलेको टड्कारो आवश्यकता त्यही ६०१ सभासद नै हो ।
आहा ! खुसी लागेन पढ्दा पढ्दै यो पत्र । बधाई छ तपाइहरुलाई ! किनकी सही गुण छ तपाइहरुमै सभासद बन्ने । त एउटा कुरो तलबका बारेमा । होतनी, बाँदरले पैसा खाने कुरा आंउदैन क्यारे । ठीक सोच्नु भाछ । पैसाको सट्टामा केरा, स्याउ, सुन्तला, चामलको पोका, अनि नरीवल । एउटा उखान पनि छ –“बाँदरको हातमा नरीवल” । यो त साह्रै पुरानो उखान हो । त मेरो जिवाको पालाको उखान । ट्वान्टी फस्ट सेञ्चुरीमा बाँदरहरुले नरीवल खान जानीसकेका छन् । बरु यसो भन्नु पो ठीक होला –“नेताको हातमा देश !”
तपाइहरुको काम ? उफ ! उस्तै हो क्या उस्तै , जस्तो तपाइहरु अहिले आफ्नो बासस्थानमा गरिरहनुभाछ । फरक यत्ति हो कि तपाइहरु अब नयाँ बानेश्वरको संविधानसभा हलमा बस्नुपर्नेछ । यद्यपी भांच्ने कुराहरु अलि फरक छन् । कलम कापी, कम्प्यूटर, टेवल, कुर्सी, माइक्रोफोन, क्यामेरा । पख्नुस् !! क्यामेरा र रेकर्डर चाँही फुटाउन पाउनुहुन्न तपाइहरुले । किनकी त्यतिवेला प्रेस स्वतन्त्रता हनन् हुनेछ । क्यामेरा फुटाएमा कसरी देखाउने तपाइहरुको चकचक टि.भीमा । कसरी सुनाउने तपाइहरुको ङ्यार–ङ्यार, ङुर–ङुर रेडियोमा । कसरी छाप्ने तपाइहरुको फोटो पत्रिकामा । यो कुरालाई बढो हेक्का राख्नुहोला ।
अरु कुरा त खासमा गौण हुन । मुख्य कुरो अव नेपालको संविधान बनाउने जिम्मा तपैहरुले लिनु प¥यो । खास कुरो यही हो । यति गर्दिनुभयो भने तपाइहरुको जय ! पशुपति र स्वयम्भुबाट जुन दिन तपाइहरु बानेश्वर आइपुग्नु हुन्छ त्यही दिन हामी यि छेपारे नेताहरुलाई पशुपति र स्वयम्भु तिर लखेट्ने छौ । हजुरहरुको जो विचार ।
“बाँदर सभासद जिन्दावाद !
नेता सभासद मूर्दावाद !”
निवेदक
सम्पूर्ण नेपाली जनता
नरनाथ लुइटेल संपादित सम्पूर्ण हाँस्यब्यङ्ग्य मासिक फित्कौली को २० औं अंकमा प्रकाशित

बाँदरको बुद्धि

त्यो दिन स्कूल बिदा थियो । निरु आमा र दिदी संगै पशुपतिनाथको मन्दिरमा पूजा गर्न गएकी थिईन । मन्दिर भित्र जाँदा जुत्ता चप्पल लगाएर जान नहुने भएकोले उनकी आमा र दिदीले बाहिर नै चप्पल जुत्ता ब्याग राखेर राम्रोसंग हेर्नु है भनेर पूजा गर्न जानुभयो । निरुसंग केरा, स्याउ, सुन्तला आदी फलफुलको झोला पनि थियो । उनी मन्दिर बाहिर सामानहरु कुरेर एक्लै बसेकी थिइन् ।
अचानक त्यहाँ दुइवटा बाँदरहरु उनको नजिक आए । दुइटै बाँदरहरु साना–साना थिए । उनलाई बाँदरदेखि डर लाग्यो । उनी डराएको देखेर त्यि फुच्चे बाँदरहरुले नडराउ सानी केटी हामी तिमीलाई केही पनि गर्दैनौँ भनेर भने । त्यी बाँदरहरुहरुले निरुले बोकेको झोलामा फलफूल पनि देखिहाले । त्यसपछी एउटा बाँदरले अर्को बाँदरसँग सुटुक्क भन्यो–“आहा !फलफूल रहेछ यार ! सबै चोरेर खानुपर्छ कि क्या हो”? त्यो बाँदरले सुटुक्क भनेपनि निरुले सुनिसकेकी थिईन ।अर्को बाँदरले पनि भनिहाल्यो–“चोरेर हैन मागेर नै खाउन यार” । फेरी पहिलो बाँदरले भन्यो–“हैन चोरेरै खाँउ किनकी त्यो सानी फुच्चिले हामीलाई केह ीगर्न सक्ने हैन क्यारे” । फेरी अर्को चाँही बाँदरले रिसाएर भन्यो–“मागेर नै खाउँन । हामँलाई अलिकति मात्रै भएपनि पुगिहाल्छ नी” । निरुलाई झन्झन् डर लाग्न थाल्यो तर त्यी बाँदरहरुले उनलाई केही पनि गरेका चाँही थिएनन् । उनीहरु उत्तिखेरै एकआपसमा झगडा गर्न पनि थालिहाले । एउटा मागेर खानुपर्छ भन्दै अनि अर्को चाँही चोरेर खानुपर्छ भन्दै ।
उनिहरु साँच्चिकै कुस्ति नै खेल्न थालेपछि भने निरुलाई रमाइलो नै लाग्यो । उनी खित्का छाडेर नै हाँसिन । एक्कासी दुइटा बाँदर झगडा गरेको ठाँउमा एउटा ठुलो बाँदर आयो र किन झगडा गरेको भनेर छुट्यायो । दुइटै बाँदरले सानी केटीले बोकेको फलफूल चोरेर खाने की मागेर खाने भन्ने कुरामा झगडा भएको बताए । त्यो ठुलो बाँदर अरु बाँदर जस्तो खराब थिएन ।
त्यो ठुलो बाँदरले त्यी दुइटा साना बाँदरलाई सम्झाउँदै भन्यो–“हेर हामीजस्ता बलिया हातगोडा भएकाहरुले कहिल्यै पनि चोरेर अनि मागेर कसैको चिज लिनु हुदैन । काम गरेर खानुपर्छ । चोर्नु त ज्यादै खराब काम हो । त्यस्तो काम त अब हामी बाँदरहरुले पनि गर्नुहुँदैन, बुझ्यौ केटाहरु । अनि उसले साना केटाकेटी, बुढाबुढी, अशक्त, कसैलाइ पनि दुःख दिनुहुँदैन । उनीहरुलाई त झन् सहयोग पो गर्नुपर्छ । यहाँबाट तिमीहरु गइहाल भनेर उसले हप्कायो । त्यसपछि सानो बाँदर र ठुलो बाँदर अन्तै गए ।
निरु मनमनै खुसि भईन बाँदरले फलफूल नचोरेकोमा तर उनलाई एउटा कुराले भने साह्रै मन पोलेको थियो । हिजो कक्षामा रस्मिलाको पेन्सिल थाहा नपाउने गरी लिएकी थिइन उनले । बाँदरको त्यो कार्य देखेपछि उनले भोली नै रस्मिलालाई पेन्सिल दिन्छु भनेर बाचा गरिन ।

फाल्गुन २२ गते आइतबार कान्तिपुर दैनिकमा प्रकाशित

Sunday, January 09, 2011

बाल गजल

फुल्न
खोज्ने फुललाई मार्नु हुँदैन
बगैँचामा काँडाको बोट सार्नु हुँदैन

आकासमा उढ्छ पुतली,त्यहीँ उड्न देउ
जर्बजस्ती प्वाँख उस्को झार्नु हुँदैन

स्वतन्त्र भै नाँचुन गाँउन सुगा अनि मैना
कसैलाई नी पिँजडामा पार्नु हुँदैन

कहिलेकाहीँ लड्न सक्छ घोडा चड्ने मान्छे
अघि बढ्ने प्रयास गर्न छाड्नु हुँदैन

जित्नुपर्छ सबैलाई पढाई अनि लेखाईमा
आफ्नै मन संग पनि हार्नु हुँदैन

२०६७
असार
काठमांडू

साँहिलीको पुर्नर्निमित भट्टीबाट एक कामरेडको बक्तब्य

नयाँ समयरेखा कुल्चँदैकुल्चँदै
आईपुगेको छु उहि भट्टी
जहाँ
पोतिदै नयाँनयाँ रंगहरु
भित्ताभित्ताहरुमा चुन छ्यापेर
साँहिलीका गालाहरुमा जुन छ्यापेर
त्यो
ध्वाँसो लागेको भट्टीको अँध्यारो ऐनामा
पढिरहेको छु
मेरा नयाँनयाँ गणतान्त्रिक आबेगहरु

उहि पुरानो
कुच्चिएको आल्मुनियमको सेतो डबकामा
टिलपिलटिलपिल सेतो जाँड
मेरा आँखाहरु उत्साहित भएर कोरीरहेछन नक्साहरु
नयाँ नक्साहरु त्यसमाथि नयाँ नेपालको
थप्पडी पिट्छु जोस्सिदै खुसिले
त्यो साँहिली त्यसैगरी
फ्याँक्छे अरु परिबर्तित संक्रमणकालीन मुस्कानहरु
उसको मुस्कानभित्र
टल्किरहेछ मेरो सम्मृद्ध संघिय नेपाल

नाक चोप्छु डबकामा
पाउछु अझै मौलाईरहेको क्रान्तिको गति
खुईलिदै गएको रातो झण्डाले मुख पुछेर
चिच्याँउछु बेस्सरी
सारा मान्छेहरु
सारा जनताहरु
सारा रित्ता हत्केलाहरु
आएर सबै एउटा एउटा मुठ्ठी उचाल
हामी फेरी नारा लगाऔं झुम्दैझुम्दै
‘‘जिन्दाबाद‘‘ जिन्दाबाद
‘‘मुर्दाबाद‘‘मुर्दाबाद

यो त्यहिँ पुरानो राजधानी हो
त्यहिँ साँहिलीको गोर्खापत्र टाँसिएको पुरानो भट्टीजस्तै
अब यो नयाँ हुँदैछ
टाँस्नुपर्छ अब भित्ताभित्ताहरुमा
गणतन्त्रको समाचारले भरीएका नयाँ नयाँ अखबारहरु
यो जाँडमा अझै थप्नुपर्छ कडा कडा मर्चाहरु
जसले बिचलित हुन दिनेछैन कदापी
हाम्रा क्रान्तिका मन्त्रहरु

हो उसले ढोकामा झुन्डाएको मैलो पर्दाजस्तै
झुन्डाएका थियौं हामीले त्यसरीनै
फाँसी दिएका थियौं त्यसरीनै
आमुल क्रान्ति रटाउदै रटाउदै
त्यी गरिबका सपनाका फुलहरुलाई

हाम्रा शहिद भएका त्यी सपनाका फोटाहरु
टाँस्नुपर्छ अब भट्टीका भित्ता भित्ताहरुमा सजाएर
लेख्नुपर्छ नयाँ संबिधान
रच्छ्या गर्दै जाँड,डबका भट्टीहरुको

२०६५ बैशाख ०४
जाउलाखेल, ललितपुर

“नवयौवना - ड्राइभर र कवि”

कवि
दाइ मनप-यो अवता
मलाई
पनि लेख्देउन कविता
यो गीत चटपटे गाजलु नवयौवनाहरुले कविलाई जिस्काउदै गाउने लोकगीत भनेर यहाँले सोच्नुभाको होला तर त्यसो चै हैन है यौवनले मक्त भएका तरुनीहरुले तव यो गीत गाउने छन् जव कविजीको गोजी टन्न भरिएको हुनेछदाम पैसाले भनिन्छ कविहरु वौद्धिक हुन्छन्, ज्ञान गुणले भरिएका एवं जीवन जगतप्रति एकदमै सम्बेदनशील जसको तुलनामा मोटर गाडी चलाउने ड्राइभरहरु भने कम नै पाइन्छन् तर उनीहरुसँग कविको तुलनामा टन्न पैसा हुन्छ यता लुत्रे कवि भने बल्ल तल्ल छापिएको एउटा कविताको सय रुपैया पारिश्रमिक समेत नपाएर पत्रिकाको कार्यालयमा महिनौं लुत्रिन्छन् भने उता ड्राइभर खलासी दाजुभाई मिनेट मिनेटमा पैसा कमाउँछन् त्यसैले विचार, ज्ञान, बौद्धिकता आदि क्षेत्रमा ड्राइभर खलासी जस्तोसुकै हुन्, हातभरी पैसा देखेपछि नवयौवनाका आँखाका नानी नै हुन्छन् अनि थाल्छन् यसरी गीत नै रन्काउन युवतीहरु
ड्राइभर
दाइ मन -यो मलाई
लैजाउ
पोखरा घुम्नालाई
उता
कविजी भने डाहले भुतुक्कै हुन्छन् अब भुतुक्क भएर पनि के गर्नु, यौवनाका आँखा, ओठदेखि शरीरका प्रत्येक अंग अंगको बारेमा जतिसुकै सुन्दर गजल कविता लेखेपनि गांठ्ठी कुरो पैसो नै रहेछ एकछिन मोरीहरु दंग परेर सुनेजस्तो गरिदिन्छन् जब कविजीको रित्तो खल्ती देख्छन् तब टाटा, बाईबाई गरेर लाग्छन् ड्राइभरतिरै हुन पनि हो, कविको कविताले युवतीहरुलाई पोखरा घुमाउँछ नगरकोट नै, फेयर एण्ड लभ्ली नै किनिदिन्छ नयाँ नयाँ फेशनहरु खुवाउँछ एक प्लेट मःमः नै त्यसैले आजभोली कुनै तन्नेरी ठिटो मनप¥यो भने पनि पछि कवि भन्ने थाहा पाउने वित्तिकै छाडी दिन्छन् नवयौवनाहरु विचरा कवि खिस्रिक्क ! मेरा एक जना कवि साथी छन् उनले गज्जपको उपनाम राखेर साहित्यको शुरुवात गरेका थिए उनको नामै सुनेर कत्ति तरुनीहरु उनीसँग मस्की मस्की कुरा गर्न आइरहन्थे उनी प्रत्येकका लागि कविता लेख्थे सुनाई हाल्थे तर उनलाई लभ चाँही कसैले गरेनछन् एक दिन विहान उनी मसँग जंगिंदै थिएएक बर्ष होइन, दुई बर्ष होइन, तीन बर्ष होइन, कहिल्यै लभ चैं गर्दैनन् मोरीहरु आफ्नो नाम कविताको प्रभावमा कसो कसो एउटी सुन्दरी फस्छेफस्छे भन्ने सोच्या रैछन् तर ठण्डाराम दाह्री पालेर ट्राजेडी लेख्नु ड्राइभरतिर हेरेर बस्नु बाहेक आजभोली उनको काम नै छैन पैसा भनेपछि महादेवका पनि तीन नेत्र भन्छन् भने यस्तो झरिलो बैश लाउँलाउँ, खाउँखाउँ भन्ने वयमा लिखुरे कवि ताक्नु भन्दा ज्याङ्गो ड्राइभर नै जाति शायद ड्राइभर ताकुवा नवयौवनाहरुको राय यो पनि हुन सक्ला आज भोली विचार भन्दा बल ठूलो मन भन्दा धन ठूलो हुँदै गइरहेको महंगीको जमानामा यस्तो हुनु स्वभाविकै हो तर यसबाट कविको लागि पनि एउटा फाइदा भने अवश्य देखिन्छ असन्तोष एवं असफलताको कोखबाट जन्मने नयाँ सुन्दर कविताहरु बाँचुञ्जेल सम्म मदन पुरस्कारको घिड्घिडो, कि कसो ?

२०६६ भाद्र १४
सात्दोबातो , ललितपुर

Thursday, January 06, 2011

आफुतिर मात्रै दुनो सोझ्याउने छन् धेरै

आफुतिर
मात्रै दुनो सोझ्याउने छन् धेरै
आफु हाँस्न अरुलाई रुवाउने छन् धैरै

आफु राम्रो देखिनलाई हिलो छ्याप्नेहरु
खुट्टा तान्न नसकेर कुरा काट्नेहरु
गोहीका झै आँशु एकछिन चुहाउने छन् धेरै
आफु हाँस्न अरुलाई रुवाउने छन् धैरै

जिन्दगीमा ठुला ठुला जंघार हुन्छन हजुर
दुख पिरका कुरा यहाँ को सुन्छ हजुर
आफु डुङ्गा चढ्नलाई डुबाउने छन् धेरै
आफु हाँस्न अरुलाई रुवाउने छन् धैरै

आफुतिर मात्रै दुनो सोझ्याउने छन् धेरै
आफु हाँस्न अरुलाई रुवाउने छन् धैरै

२०६६ चैत्र २२
ललितपुर

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...