फेसबुक
र लोडसेडिङ
उस्तै नै छन् दिनहरु
छैन केही फरक
उस्तै नै छ बाटो
नेताहरुको भाषण
महंगी
र सर्टिफिकेटको फोटोकपि पछाडि
सक्कल बमोजिम नक्कल ठीक छ
सबै ठिकै देखिरहेछु
म माथिको सिङ्गै आकाश
उढीरहेका चराहरु
अनि पल्लो घरकी तरुनी
हरेक दिन
उस्तै समाचार छापिएका अखबारहरु
रेडियो
तरकारी र सामानको भाउ
सडकका भित्ता–भित्ताहरुमा पोतिएका
राता–राता नाराहरु
तिनै नारामुनी बोरा ओढेर
सुतिरहेका कलिला बच्चाहरु
उस्तै उस्तै नै छ
आन्दोलन र जुलुस
चुरोटको ठुटो बटुलीरहेको बहुला
सुनिरहेछु उस्तै–उस्तै आवाजहरु
क्रान्ति, अशान्ति, बिद्रोह
लुटपाट, हत्या, अपहरण
भो नसुनाउ यार
अमरसिंहले नालापानी लडेको कथा
वाइयात !!!
के मलाई मेरो देशको माया छैन ?
प्रत्येक साँझ
मैन बत्तिको अन्त्यसंगै
सिरानीमुनी राखेर नागरिकताको प्रमाणपत्र
म मेरा चिसा यि निद्राहरुमा
देखिरहेछु ताता–न्याना सपनाहरु
फेसबुक र लोडसेडिङ् ।
छाँया जस्तै बिलाउदै–बिलाउदै गैरहेका
असंख्य यूवाहरुका आकृतिहरु
अनि यो देशको नक्सा ।
–२०६७ पौष २१
कुपन्डोल, ललितपुर ।
र लोडसेडिङ
उस्तै नै छन् दिनहरु
छैन केही फरक
उस्तै नै छ बाटो
नेताहरुको भाषण
महंगी
र सर्टिफिकेटको फोटोकपि पछाडि
सक्कल बमोजिम नक्कल ठीक छ
सबै ठिकै देखिरहेछु
म माथिको सिङ्गै आकाश
उढीरहेका चराहरु
अनि पल्लो घरकी तरुनी
हरेक दिन
उस्तै समाचार छापिएका अखबारहरु
रेडियो
तरकारी र सामानको भाउ
सडकका भित्ता–भित्ताहरुमा पोतिएका
राता–राता नाराहरु
तिनै नारामुनी बोरा ओढेर
सुतिरहेका कलिला बच्चाहरु
उस्तै उस्तै नै छ
आन्दोलन र जुलुस
चुरोटको ठुटो बटुलीरहेको बहुला
सुनिरहेछु उस्तै–उस्तै आवाजहरु
क्रान्ति, अशान्ति, बिद्रोह
लुटपाट, हत्या, अपहरण
भो नसुनाउ यार
अमरसिंहले नालापानी लडेको कथा
वाइयात !!!
के मलाई मेरो देशको माया छैन ?
प्रत्येक साँझ
मैन बत्तिको अन्त्यसंगै
सिरानीमुनी राखेर नागरिकताको प्रमाणपत्र
म मेरा चिसा यि निद्राहरुमा
देखिरहेछु ताता–न्याना सपनाहरु
फेसबुक र लोडसेडिङ् ।
छाँया जस्तै बिलाउदै–बिलाउदै गैरहेका
असंख्य यूवाहरुका आकृतिहरु
अनि यो देशको नक्सा ।
–२०६७ पौष २१
कुपन्डोल, ललितपुर ।
No comments:
Post a Comment