
त्यो मेरो डेरा भएको टोल
जहाँ
आँखा सन्काइरहेकी एक सुकुमारी ब्युटी पार्लर
अनि संगै जोडिएको
दाँत फुक्लिएको एक बुढो भट्टी पसल
डम्पिङ साइट जस्तो सडकमा
त्यस्तै अनुहार लगाएर
जब निस्कन्छन घाम ताप्न एकसाथ
जाडो
आफै जाडो मानेर सुईकुच्चा ठोक्छ
भट्टी पसल भरी–भरी
ब्युटिपार्लर भरी–भरी
एक डबका जाँड घोत्याएर
अनुहार भरी दलेर
एक प्याकेट फेयर एण्ड लभ्ली
बेपक्ता हुन्छ
र फर्कन्छ साँझमा बेस्सरी मोटाएर
अर्थात अझ चिसो भएर
आच्छुछुछु........ आच्छुछुछु........
२०६७ मंसिर २७
जहाँ
आँखा सन्काइरहेकी एक सुकुमारी ब्युटी पार्लर
अनि संगै जोडिएको
दाँत फुक्लिएको एक बुढो भट्टी पसल
डम्पिङ साइट जस्तो सडकमा
त्यस्तै अनुहार लगाएर
जब निस्कन्छन घाम ताप्न एकसाथ
जाडो
आफै जाडो मानेर सुईकुच्चा ठोक्छ
भट्टी पसल भरी–भरी
ब्युटिपार्लर भरी–भरी
एक डबका जाँड घोत्याएर
अनुहार भरी दलेर
एक प्याकेट फेयर एण्ड लभ्ली
बेपक्ता हुन्छ
र फर्कन्छ साँझमा बेस्सरी मोटाएर
अर्थात अझ चिसो भएर
आच्छुछुछु........ आच्छुछुछु........
२०६७ मंसिर २७
ललितपुर
No comments:
Post a Comment