
म
नयाँ समयरेखा कुल्चँदै– कुल्चँदै
आईपुगेको छु उहि भट्टी
जहाँ
पोतिदै छ नयाँ–नयाँ रंगहरु
भित्ता– भित्ताहरुमा चुन छ्यापेर
साँहिलीका गालाहरुमा जुन छ्यापेर
त्यो
ध्वाँसो लागेको भट्टीको अँध्यारो ऐनामा
पढिरहेको छु म
मेरा नयाँ– नयाँ गणतान्त्रिक आबेगहरु
उहि पुरानो
कुच्चिएको आल्मुनियमको सेतो डबकामा
टिलपिल–टिलपिल सेतो जाँड
मेरा आँखाहरु उत्साहित भएर कोरीरहेछन नक्साहरु
नयाँ नक्साहरु त्यसमाथि नयाँ नेपालको
म थप्पडी पिट्छु जोस्सिदै खुसिले
त्यो साँहिली त्यसैगरी
फ्याँक्छे अरु परिबर्तित संक्रमणकालीन मुस्कानहरु
उसको मुस्कानभित्र
टल्किरहेछ मेरो सम्मृद्ध संघिय नेपाल
म नाक चोप्छु डबकामा
र पाउछु अझै मौलाईरहेको क्रान्तिको गति
खुईलिदै गएको रातो झण्डाले मुख पुछेर
म चिच्याँउछु बेस्सरी
ए सारा मान्छेहरु
ए सारा जनताहरु
ए सारा रित्ता हत्केलाहरु
आएर सबै एउटा एउटा मुठ्ठी उचाल
हामी फेरी नारा लगाऔं झुम्दै– झुम्दै
‘‘जिन्दाबाद‘‘ जिन्दाबाद‘
‘‘मुर्दाबाद‘‘मुर्दाबाद‘
यो त्यहिँ पुरानो राजधानी हो
त्यहिँ साँहिलीको गोर्खापत्र टाँसिएको पुरानो भट्टीजस्तै
अब यो नयाँ हुँदैछ
टाँस्नुपर्छ अब भित्ता– भित्ताहरुमा
गणतन्त्रको समाचारले भरीएका नयाँ नयाँ अखबारहरु
र यो जाँडमा अझै थप्नुपर्छ कडा कडा मर्चाहरु
जसले बिचलित हुन दिनेछैन कदापी
हाम्रा क्रान्तिका मन्त्रहरु ।
हो उसले ढोकामा झुन्डाएको मैलो पर्दाजस्तै
झुन्डाएका थियौं हामीले त्यसरीनै
फाँसी दिएका थियौं त्यसरीनै
आमुल क्रान्ति रटाउदै रटाउदै
त्यी गरिबका सपनाका फुलहरुलाई
हाम्रा शहिद भएका त्यी सपनाका फोटाहरु
टाँस्नुपर्छ अब भट्टीका भित्ता भित्ताहरुमा सजाएर
र लेख्नुपर्छ नयाँ संबिधान
रच्छ्या गर्दै जाँड,डबका र भट्टीहरुको
नयाँ समयरेखा कुल्चँदै– कुल्चँदै
आईपुगेको छु उहि भट्टी
जहाँ
पोतिदै छ नयाँ–नयाँ रंगहरु
भित्ता– भित्ताहरुमा चुन छ्यापेर
साँहिलीका गालाहरुमा जुन छ्यापेर
त्यो
ध्वाँसो लागेको भट्टीको अँध्यारो ऐनामा
पढिरहेको छु म
मेरा नयाँ– नयाँ गणतान्त्रिक आबेगहरु
उहि पुरानो
कुच्चिएको आल्मुनियमको सेतो डबकामा
टिलपिल–टिलपिल सेतो जाँड
मेरा आँखाहरु उत्साहित भएर कोरीरहेछन नक्साहरु
नयाँ नक्साहरु त्यसमाथि नयाँ नेपालको
म थप्पडी पिट्छु जोस्सिदै खुसिले
त्यो साँहिली त्यसैगरी
फ्याँक्छे अरु परिबर्तित संक्रमणकालीन मुस्कानहरु
उसको मुस्कानभित्र
टल्किरहेछ मेरो सम्मृद्ध संघिय नेपाल
म नाक चोप्छु डबकामा
र पाउछु अझै मौलाईरहेको क्रान्तिको गति
खुईलिदै गएको रातो झण्डाले मुख पुछेर
म चिच्याँउछु बेस्सरी
ए सारा मान्छेहरु
ए सारा जनताहरु
ए सारा रित्ता हत्केलाहरु
आएर सबै एउटा एउटा मुठ्ठी उचाल
हामी फेरी नारा लगाऔं झुम्दै– झुम्दै
‘‘जिन्दाबाद‘‘ जिन्दाबाद‘
‘‘मुर्दाबाद‘‘मुर्दाबाद‘
यो त्यहिँ पुरानो राजधानी हो
त्यहिँ साँहिलीको गोर्खापत्र टाँसिएको पुरानो भट्टीजस्तै
अब यो नयाँ हुँदैछ
टाँस्नुपर्छ अब भित्ता– भित्ताहरुमा
गणतन्त्रको समाचारले भरीएका नयाँ नयाँ अखबारहरु
र यो जाँडमा अझै थप्नुपर्छ कडा कडा मर्चाहरु
जसले बिचलित हुन दिनेछैन कदापी
हाम्रा क्रान्तिका मन्त्रहरु ।
हो उसले ढोकामा झुन्डाएको मैलो पर्दाजस्तै
झुन्डाएका थियौं हामीले त्यसरीनै
फाँसी दिएका थियौं त्यसरीनै
आमुल क्रान्ति रटाउदै रटाउदै
त्यी गरिबका सपनाका फुलहरुलाई
हाम्रा शहिद भएका त्यी सपनाका फोटाहरु
टाँस्नुपर्छ अब भट्टीका भित्ता भित्ताहरुमा सजाएर
र लेख्नुपर्छ नयाँ संबिधान
रच्छ्या गर्दै जाँड,डबका र भट्टीहरुको
२०६५ बैशाख ०४
जाउलाखेल, ललितपुर
No comments:
Post a Comment