
आँशुले नै आजभोली भईसकेँ म धनि
हेरीरहन्छु त्यही बाटो आईपुग्यो कि भनि
कहिलेकाँही एक मुठ्ठी गुराँस बोकी रोएँ
धमिलो छाँया आयौ सपनिमै रोँए
सपनिमा सधै जुन रोए जस्तो लाग्छ
परदेशमा धेरै दुख भोगे जस्तो लाग्छ ।
चुहिरने घरको छानो अझै बढेको छ
आँगनीमा बलेसीको खामो ढलेको छ
नजाउ परदेश भन्दै थिँए गईहाल्यौ तर
हाँस्दै छिटो आउनु मेरो जिन्दगीको भर ।
आँशुले नै आजभोली भईसकेँ म धनि
हेरीरहन्छु त्यही बाटो आईपुग्यो कि भनि
–२०६६ चैत्र २२
ललितपुर ।
No comments:
Post a Comment