Tuesday, April 30, 2013

कामको चटारोमा काँठका महिला

शम्भु दंगाल, भीमढुङ्गा, काठमाडौं ।
“लोग्नेमान्छेहरु जागिर खान शहर गइहाल्छन् अनि हामीले काम गर्नुपरिहाल्यो नि” भीमढुङ्गा ४ निवासी अनिता बरुवालले भनिन् ।  अहिले काठमान्डौ आसपासका गाँउ बस्तिका किसानहरु गहूँ चुट्ने, मकै गोढ्ने, गोलभेँडाका बेर्ना सार्ने लगायतका खेतीपातीको काममा ब्यस्थ छन् । लोग्ने मानिसहरुको दैनिकी नजिकै रहेको शहरमा जागिर र ब्यापारमा बित्ने भएपछि  पछिल्लो समयमा काँठ क्षेत्रमा महिलाहरुले खेतीपातीका काम सबै आफै गर्न थालेका हुन् । यतिबेला भिमढुङ्गाका महिलाहरु  अर्म पर्मका अधारमा गहुँ काट्न, चुट्न ब्यस्थ रहेका छन् । “गहुँ चुटिसकेपछि मकै गोड्ने काम शूरु हुन्छ अनि धानको बिउ राख्नुपर्छ”, ६० बषर्या कान्छी बरुवालले भनिन् ।
पहिला पहिला बस्तुभाउ धेरै पाल्ने काँठका महिलाहरु आज भोली सौखिन बन्दै गएका छन् । दाउराबाट खाना पकाउने चुल्होसँगै अहिले प्रत्येकका घरमा ग्याँस चुल्हो पनि थपिन थालेको छ । गाँउमा ताजा दुध पनि पाइन्छ भने शहरबाट प्याकेटका दुध पनि अहिले काँठमा पुग्न थालेका छन् ।
“पहिला भन्दा त धेरै सुबिधा भएको छ तर अहिलेका नयाँहरुलाई अझ्झ सुबिधा चाहियो रे”, कान्छीले आफ्ना बुहारीहरुलाई छेड् हान्दै भनिन् । काठमाडौका काँठ क्षेत्रहरुका बासिन्दा अहिले खेतीपातीको कामका लागि साना हाते ट्याक्टर प्रयोग गर्छन्, उत्पादन भएको तरकारी, अन्नपात बिक्री गर्न पनि नजिकै शहर भएकोले उनीहको दुःख पहिला भन्दा कम भएको स्थानिय बासिन्दाहरु बताँउछन् । “अहिले काँठ क्षेत्रको जमिनमा अन्न खेती भन्दा पनि प्लटिङ्ग खेती मौलाएको छ” काठमाडौं रामकोट–९ का बद्री प्रसाद गिरीले दुखेसो पोखे । काठमाडौको रामकोट र भिमढुङ्गा गाबिसका धेरै जमिन प्लटिङ्ग भएर बाँझै रहेका छन् । धेरैजसोले पुख्र्यौली जग्गा जमिन बेचिसकेकाले अब खेतीबाट काँठका बासिन्दाले जिवन चलाउन नसक्ने बद्री प्रसाद गिरी बताउछन् ।
“पहिला भन्दा अहिले धान गहँु बढी त फल्छ तर पुग्दैन, अब त सबैले गोलभेँडा र च्याउ लगाउन थाले” कान्छी बरुवालले भनिन् “गर्न सके पैसा धेरै हात पर्दो रैछ, अर्को बर्ष देखि हामी पनि गोलभेँडा लगाउनुपर्ला ।” काठमाडौं बाहिरबाट गएका यूवाले जग्गा भाडामा लिएर ब्यावसायिक तरकारी खेतीबाट फाइदा लिएको देखेपछि अहिले काँठका महिलाहरु पनि त्यतातिर हौस्सिएका छन् ।

No comments:

Post a Comment

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...