Sunday, July 22, 2012

समयसँग

बिहानै
एउटा आशाको किरण बोकेर
विस्तारै सूर्य उदाँउछ
साउने झरी 
झर्झर झर्झर बर्सिदिन्छ 
घडिमा समय
एकनास बगिदिन्छ श्वासको प्रवाहमा
शान्त आकाश
पर्खिरहन्छ साँझमा एउटा जुन
हरिया कपडा पहिरिएका रुखहरुमा
चराहरुको चिर्बिराहट सँगै
क्षितिज टेकेर
जब जान्छ घाम
जव आँउछ जुन
वा
जव जान्छ जून
जव आँउछ घाम
मन
तलाउ झै शान्त भइदिन्छ
एकमुठ्ठी माटो
च्यापेर मुठ्ठीभरी
एक थुँगा फूल
छोएर औलाहरुले
प्रत्येक श्वास फेराइहरुमा
अलिकति देशको माया
अलिकति मान्छेको माया
लाग्छ
प्रत्येक पल्टको आँखा खोलाइहरुमा
पाइरहन सकियोस
जिवन्त मुस्कानहरु
अनन्त रहेका यि लामा गोरेटा बाटोहरुमा
हिडोस कुनै कहिल्यै नडगमगाउने पाइलाहरु
यि रुझेका झरीलो दिनहरुमा
लाग्छ यस्तै यस्तै
कि घडिमा एकचोटी समय उल्टो घुमिदियोस
चकित पारिदियोस अनि फेरी वास्तविकता बुझाइदिओस
खस्दै गरेको पानीको थोपो छेडेर
त्यो घामको किरणले
बाँडिदिओस इन्द्रेणीका मालाहरु
प्रत्येक मन मनहरुमा
प्रत्येक वस्ति वस्तिहरुमा
हरक्षण हरवखत...

साउन–६, नयाँ बानेश्वर, काठमाडौँ

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...

Sunday, July 22, 2012

समयसँग

बिहानै
एउटा आशाको किरण बोकेर
विस्तारै सूर्य उदाँउछ
साउने झरी 
झर्झर झर्झर बर्सिदिन्छ 
घडिमा समय
एकनास बगिदिन्छ श्वासको प्रवाहमा
शान्त आकाश
पर्खिरहन्छ साँझमा एउटा जुन
हरिया कपडा पहिरिएका रुखहरुमा
चराहरुको चिर्बिराहट सँगै
क्षितिज टेकेर
जब जान्छ घाम
जव आँउछ जुन
वा
जव जान्छ जून
जव आँउछ घाम
मन
तलाउ झै शान्त भइदिन्छ
एकमुठ्ठी माटो
च्यापेर मुठ्ठीभरी
एक थुँगा फूल
छोएर औलाहरुले
प्रत्येक श्वास फेराइहरुमा
अलिकति देशको माया
अलिकति मान्छेको माया
लाग्छ
प्रत्येक पल्टको आँखा खोलाइहरुमा
पाइरहन सकियोस
जिवन्त मुस्कानहरु
अनन्त रहेका यि लामा गोरेटा बाटोहरुमा
हिडोस कुनै कहिल्यै नडगमगाउने पाइलाहरु
यि रुझेका झरीलो दिनहरुमा
लाग्छ यस्तै यस्तै
कि घडिमा एकचोटी समय उल्टो घुमिदियोस
चकित पारिदियोस अनि फेरी वास्तविकता बुझाइदिओस
खस्दै गरेको पानीको थोपो छेडेर
त्यो घामको किरणले
बाँडिदिओस इन्द्रेणीका मालाहरु
प्रत्येक मन मनहरुमा
प्रत्येक वस्ति वस्तिहरुमा
हरक्षण हरवखत...

साउन–६, नयाँ बानेश्वर, काठमाडौँ