Thursday, July 28, 2011

नेपाललाई माया गर्नै एकजना संघर्षशील समाजसेवी

त्यो एउटा मान्छे, जसले कक्षा ४ सम्म पिपलको छहारीमुनि अध्ययन ग-यो । चार कक्षा सकेपछि बल्ल कक्षाभित्र बस्ने अवसर त पायो तर शुक्रबार–शुक्रबार गोबरले भूँई लिप्नुपथ्र्यो त्यो स्कुलको । प्रत्येक शुक्रवार विहानै देखि गाँउ चहारेर गाइको गोबर खोजी स्कुल लिपेर पढ्ने त्यो मान्छे, स्कुले जीवन सकेपछि आफ्नै जिल्लामा प्रविणता प्रमाणपत्र तह सकेर काठमाडौं छि¥यो । अध्ययनशील अनि संर्घषशील स्वभाव भएको त्यो मान्छेले काठमाडौंमा पनि स्नातक ग¥यो अनि अमेरीका छि¥यो स्नातक अध्ययनका निम्ति । समाजशास्त्र र जीवविज्ञानमा अमेरीकन यूनिभर्सिटी, वासिङ्टन डि.सी.वाट स्नात्तकोत्तर सकेपछि त्यहाँको मेयरको एड्भाइजर भएर काम शुरु ग¥यो । अमेरीकामा स्थापित त भयो आफ्नै बर्कतले तर बिर्सिएन उसले आफ्नो गरिब मातृभूमीलाई पनि । नेपालमा गृहयुद्ध चलिरहेको बेला अन्य क्षेत्र जस्तै अस्तव्यस्त थियो शिक्षा क्षेत्र पनि । त्यो स्थीति देखेर नेपालीहरु शिक्षा लिनबाट बञ्चित नहुन् ,पढ्ने–लेख्ने संस्कृतिको विकास बढ्दै जाओस् भन्ने लक्ष्य बोकी “घर–घरमा किताब“ भन्ने अभियान चलाएर दुर्गम गाँउहरु छि¥यो । जतिबेला गाँउबाट अन्य विकासे संस्थाहरु दिन प्रतिदिन विस्थापित भइरहेका थिए ।आफूले जति सकिन्छ त्यति योगदान ग¥यो नेपालीहरुका लागि । त्यो मान्छे हुनुहुन्छ–गैह्र आवासिय नेपाली समाज (एनआरएन) का प्रबन्ध निर्देशक होमराज आर्चाय ।

वि.सं २०२८ सालमा कपिलवस्तु जिल्लाको बुड्डी गाविस वडा नं ५ मा जन्मनु भएका आचार्य सानैदेखि अध्ययनमा मिहेनती र तीक्ष्ण हुनुहुन्थ्यो । कपिलवस्तुको पिपलको रुखमुनि देखि अमेरीकाको ठुल–ठुला विश्वबिद्यालय सम्म शिक्षा लिन सफल हुनु आचार्यको शैक्षिक जीवन आफैमा बढो रोमाञ्चकारी रहेको बुझ्न सकिन्छ । भृकुटी माध्यामिक विद्यालयबाट स्कुले जीवन सकिएपछि कपिलवस्तुकै सिद्धार्थ बहुमुखी क्याम्पसबाट उहाँले प्रविणता प्रमाणपत्र तह सक्नुभयो । काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसबाट स्नातक गरेपछि उहाँ उच्च अध्ययनका लागि अमेरीका पुग्नुभयो । अमेरीकाको यूनिर्भसिटी अफ कोलोराडोबाट स्नातक, जर्ज वासिङ्टन यूनिर्भसिटीबाट पब्लीक म्यानेजरको कोर्ष, र अमेरीकन यूनिर्भसिटी वाशिङ्टन डि.सी. बाट स्नात्तकोत्तर सकेपछि उहाँले त्यहाँको मेयरको एड्भाइजरको रुपमा काम शुरु गर्नुभयो । आफ्नो उत्कृष्ट कार्यकुशलताले वाशिङ्टन डि.सी शहरलाई सहयोग प¥याएबापत सात ओटा भन्दा बढी अवार्डहरु पाउन पनि सफल हुनुभयो । उच्च नेतृत्वदाई भूमिका, सर्मपण र उत्कृष्ट कार्यक्षमताका कारण राइजिङ स्टार अवार्ड, गोल्डेन एप्पल अवार्डका साथै २०१० को गर्भमेन्ट इम्प्लोई अवार्ड सम्म पाउनुले नेपालीहरुको क्षमता कतिसम्म माथि हुनसक्छ भन्ने उदाहरणको पात्रको रुपमा समेत उहाँलाई लिन सकिन्छ ।

समाजसेवीका रुपमा अमेरीकाको विभिन्न संघ–संस्थाहरुमा आवद्ध रहनुभएका आर्चाय बिगत नेपालमा गृहयुद्ध चलिरहेको बेला शिक्षा क्षेत्र पनि नराम्ररी प्रभावित भएको देखेर केही गर्नका लागि नेपाल फर्किनुभयो । जनयुद्धको समय अन्य एनजियो,आइएनजियोले गाँउ छोडीरहेको बेला राष्ट्र द्धन्द्धमा गए पनि शिक्षालाई रोक्नु हुदैन भन्ने उद्धेश्य सहित “घर–घरमा किताब“ अभियान संचालन गर्नुभयो । यो कार्यक्रम अत्यन्तै सफल र प्रभावकारी भएको र यसबाट धेरै जनताहरु प्रभावित भएको उहाँको अनुभव छ । जुन कार्यक्रम अहिले पनि निरन्तर चलिरहेको छ ।
अहिले नेपालमै बस्छु भनेर आउनुभएका आर्चाय नेपालीहरुमा इमान्दारीता, सबैको सम्मान गर्ने बानीको विकास हुनुपर्ने अपेक्षा राख्नुहुन्छ । राजनीतिक क्षेत्रलाई सकारात्मक लिए पनि उहाँमा राजनीतिमा लाग्ने उद्धेश्य भने छैन् । राजनीतिक पार्टी भन्दा बाहीर रहेर पनि देशको सेवा गर्ने ठाँउ प्रसस्त रहेको देख्ने आचार्य नेपालमा ब्यावहारीक एवं प्राबिधिक शिक्षाको खाँचो रहेको औल्याउनुहुन्छ । गुणस्तरीय शिक्षा बिना हामी नेपालीहरु बलियो हुन सक्दैनौं, त्यसको लागि पहल गर्नुपर्ने, आन्दोलन गर्दा आमजनतालाई सेवा दिने विषयमा, चक्काजाम नगरी दवाब समूह बनाएर, टेबुलमै बसेर पनि गर्न सकिने बताउदै देश विकास गर्ने यूवाहरु बिदेश पलायन भैरहेकोमा उहाँ दुख ब्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ–“धैरैजसो अमेरीकीहरु काम गर्न बाहिर जादैनन् । हामीले पनि यूवाहरुलाई बिदेश पलायन हुनबाट रोक्न प¥यो ।यहँी अवसरका नयाँ आयामहरु खोज्नुप¥यो ।मेहनत गर्ने संस्कृतिको बिकास गर्नुप¥यो । प्राविधिक र उत्पादनशील शिक्षामा जोड दिनुप¥यो । एकअर्कामा बिस्वास गर्ने वाताबरण बनाउनुप¥यो । जबसम्म नेता र जनता एउटा सिस्टममा बस्दैनन् तबसम्म देश कसरी अगाडी बढ्न सक्छ ?”

दर्जनौ ठुला–ठुला सामाजिक संघसंस्थामा आबद्ध हुनुभएका होमराज आर्चाय समाजसेवी मात्र नभएर कवि लेखक र साहित्यकार पनि हुनुहुन्छ । त्रिभूवन बिश्वबिद्यालयको एम.एड्.तहको अंग्रेजी कोर्षमा उहाँको पनि कबिता समावेश गरिएको छ । नेपाली र अंग्रजी दुबै भाषामा सशक्त रुपमा कलम चलाउनुहुने आर्चायका र्सिजनाहरु वासिङ्टन पोष्ट लगायत अमेरीका र नेपालका साहित्यिक पत्रिकाहरुमा नियमित रुपमा प्रकाशित भईरहेका छन् । अमेरीकाबाट प्रकाशित साउथ एसिएन डायस्पोरामा उहाँका अंग्रेजी कबिताहरु समावेश छन् भने यूनिर्भसिटी अफ आरकन्सस बाट इन्डिभिजिवल नामको कृतिमा पनि उहाँका लेखरचनाहरु प्रकाशीत भएका छन् । प्रवासमा रहेका सम्पूर्ण नेपालीहरुको नेतृत्व गर्ने ब्यक्तित्व, समाजसेवी अनि साहित्यकार हेमराज आर्चाय नेपालीहरुका लागि पक्कै पनि एउटा उदाहरणीय प्रेरणाको श्रोत हुनुहुन्छ ।

शौखबाट ब्यावसाय-रेन्बो ट्राउट

दुईवर्षभित्र नयाँ संविधान पाउने नेपाली जनताको आशा पूरा हुन नसके पनि टि.बी. राईले भने रेम्बो ट्राउट पालनबाट सफलता हात पारेका छन् । संयोग नै मान्नुपर्छ मुलुकमा संविधानसभाको निर्वाचन भएकै समयदेखि शौखका रुपमा रेम्बो ट्राउट पालन सुरु गरेका राई अहिले व्यवसायिक रुपमा नै ट्राउट उत्पादनमा लागेका हुन् ।
खोटाङ् जिल्लाको लफ्याङ गाविस, दुखुममा २०२६ सालमा जन्मिएका टि.बी. राई १६ वर्षको उमेरदेखि नै ठेक्कापट्टाको व्यवसायमा संलग्न थिए । यही क्रममा देशका विभिन्न भागमा पुगेका राईले २०४३ सालमा आर्मीको लागि राशन ठेक्का लिए । बुटवल भैरहवाका खाद्य संस्थानलगायतका धेरै ठाँउमा उनले ठेक्कापट्टामा सफलता पाए । ‘नयाँ केही गरुँ भन्ने उनको मनलाई भने ठेक्कापट्टाले मात्रै सन्तुष्टि दिएन’ उनी भन्छन्, ‘केही नयाँ काम गर्ने सोंच सहित २०६१ सालतिर बालाजुबाट घुम्दै नुवाकोट जाँदा बाटोमा रेन्बो ट्राउटको व्यवसाय देखेपछि भने म त्यतातिर लोभिएँ ।’ सुरुमा शौखकै रुपमा भएपनि ट्राउट पाल्न जोशिएका राइले उपयुक्त ठाउँको खोजी सुरु गरे । उपयुक्त ठाँउ खोज्ने क्रममा उनी नुवाकोटको भोटेचौर गाविस र रसुवाको हैबुङ गाविसको सिमानामा पर्ने ठाडेखोलासम्म पुगे । उनी भन्छन्, ‘२०६१ सालतिर शिवपुरी राष्ट्रिय निकुञ्ज छेउमा उनले सात रोपनी जग्गा किनेर मेलम्चीबाट भुरा ल्याएर ट्राउट पाल्न शुरु गरेँ ।’ जग्गासहित माछा पाल्ने पोखरीलगायतका संरचना निर्माण गर्न उनले शुरुमै २५ लाख लगानी गरेका थिए । अहिले सातओटा पोखरीमा करिब आठसय ट्राउट माछा पालिरहेका राईले मासिक एकलाखभन्दा बढीसम्म आम्दानी भएको राई बताउँछन् ।
हुन त उनले सानो मिहिनेतले यो आम्दानी गर्न सफल भएका होइनन् । संरचना बनाउनका लागि गरिएको लगानीले दुई वर्षसम्म प्रतिफल दिन सकेन भने बरु घाटामै उनले व्यवसाय गरिरहे । उनी भन्छन्, ‘यदि मैले दुईवर्षसम्म घाटा खाएँ भनेर पेशा नै छोडेको भए यो सफलता हात लाग्दैनथ्यो ।’ दुईवर्षपछि मात्रै बिस्तारै आम्दानी हुन थालेको बताउँदै उनी भन्छन्, ‘कुनै महिना त मासिक एकलाख २५ हजारसम्म फाइदा भएको छ, यो निरन्तर मिहिनेतको फल नै हो ।’ ट्राउटको लागि बजारको पनि समस्या छैन । ढुवानी खर्च भने केही महङ्गो भएको र ठूलो साइजको माछा अलि कम बिक्रि हुने गरेको उनी बताउँछन् । उनी भन्छन, ‘काठमाडांैमा प्रतिकिलो पन्ध सोह्रसय पर्ने ट्राउट उनकै फार्ममा भने प्रतिकिलो आठसय रुपैयामा नै बिक्रि गर्ने गरेको राई बताउँछन् ।

हयाचरीको पनि सुरुआत
शौखको माछा व्यवसाय रुपमा शुरु गरेका राईले व्यावसायिक रुपमा माछा पाल्ने क्रममा अहिले माछाको ह्याचरी बिस्तारमा पनि लगेका छन् । ह्याचरीका लागि आफ्नै कर्मचारीलाई तालिम दिलाउने सोचमा रहेका राईले गोदावरीको मत्स्य विकास केन्द्रमा केही समय तालिम पनि लिए । उनी भन्छन्, ‘अहिले भुरा ट्राउटको अभाव छ, त्यसलाई पूर्ति गर्न धेरै भुरा उत्पादन गरेर ट्राउट पाल्न चाहनेहरुलाई सहयोग पु¥याउँदैछु ।’ भर्खरै उनले थप पाँचलाख लगानी गरेर ह्याचरी निर्माण गरेका हुन् । उनले ह्याचरीबाट उत्पादित ट्राउट माछाको भुराको मूल्य प्रतिवटा पाँचरुपैँया राखेका छन् । अहिले उनको फार्मबाट भुरा लिन मेलम्ची, नुवाकोट, ललितपुरदेखि पोखरासम्मका ग्राहकहरु आउने गरेका छन् ।
एकजना तालिम प्राप्त कामदार सहित अन्य चारजना कामदार दैनिक व्यस्त रहने उनको फार्ममा अहिले भने करिब आठ सय केजी ट्राउट शिबपुरी जंगलबाट झरेको चिसो पानीमा पौडिरहेका छन् । करिब सात टन उत्पादन क्षमता रहेको सो फार्ममा उनी अझै माछा थप्ने योजनामा छन् । माछाको लागि दानामा मात्रै मासिक ९० हजार भन्दा माथि खर्च हुने उनी बताउछन् । ट्राउटमाछा जति महंगो हुन्छ त्यति नै यिनीहरुको दाना पनि महंगो हुने उनी बताउछन् । भुरा माछालाई दिने दाना प्रतिकेजी ३००, मध्यम दालको लाई प्रतिकेजी २५० र ठुलो साइजकोलाई १०५ रुपैया प्रति केजी पर्छ । “शहरको छेउमा भएको भए होटल रेष्टुरेन्टबाट बढी भएको खाने कुरालाई दानाको रुपमा प्रयोग गर्न सकिन्थ्यो, दाना पनि सस्तो पथ्र्यो” उनी भन्छन् । रेन्बो ट्राउट महंगो हुनुमा यो माछा अन्य माछा जस्तो जुनसुकै ठाँउ र वाताबरणमा नहुने, पानी जम्ने पोखरीमा नहुने, दाना मंहगो पर्ने एवं अरु मछाको लागि भन्दा बढी मेहनत गर्नुपर्ने कारण महंगो भएको उनको बुझाई छ । अहिले उनको फार्ममा वार्षिक करिब दश लाख जति दानाको लागि खर्च हुन्छ । सबै तिरको खर्च कटाएर वार्षिक रुपमा दश लाख जति फाइदा लिइरहेको उनी बताउछन् । कृषि क्षेत्रमा लगानी गरेर पनि मनग्गे फाइदा लिन सकिन्छ भन्ने उदाहरण हुन टि.बी राई । नेपालमा रेन्बो ट्राउट माछाको उत्पादनमा असिम संभावना रहेको बताउनुहुन्छ ।

नेपालमा रेम्बो ट्राउट
नेपालको भौगोलिक अवस्था सुहाउँदो चिसो पानीको सदुपयोगबाट भिरपाखोमा पनि व्यवसायिक उत्पादन हुन सक्ने माछाको सम्भावना र महत्वलाई दृष्टिगत गरी भारतबाट सन् १९६९ मा रेम्बो ट्राउट र सन् १९७२ मा बेलायतबाट ब्राउन ट्राउट भिœयाइएको थियो । प्राविधिक ज्ञानको अभावमा अगाडि बढ्न नसके पनि सन् १९८८ मा जापानबाट ल्याइएको रेम्बो ट्राउट माछाको ५० हजार भ्रुण–पूmलबाट गोदावरीमा भुरा उत्पादन गरिएको थियो । त्यसपछि गोदावरी र त्रिशुलीमा त्यसको सम्भाव्यता अध्ययन गरिएको थियो । नीजि क्षेत्रमा ट्राउट माछाका पालन सन् १९९८ मा सर्वप्रथम नुवाकोट ककनीमा शुरू भएको थियो । आर्थिक वर्ष ०६४-६५ देखि ट्राउट माछाका भुराको बढ्दो माग, देशमा रहेको प्रविधिको उपयोग गर्दै ट्राउट उत्पादनमा वृद्धि गर्न उत्पादन प्रविधि निजी क्षेत्रमा बिस्तारको कार्यक्रम शुरू गरिएको थियो । जसमा ह्याचरी उपकरण वितरणजस्ता काम शुरू भएको मत्स्य विकास केन्द्र, गोदावरीकी वैज्ञानिक आशा रायमाझी बताउनुहुन्छ ।
अहिले देशका ११ वटा जिल्लामा व्यवसायिक रूपमा ट्राउट माछा पालन भइरहेको छ । नुवाकोटमा ३० वटा, रसुवामा ८, काठमाडौंमा ३, ललितपुरमा १, काभ्रेमा २, कास्कीमा ३ र दोलखामा ३ गरी देशभर ६२ वटा ट्राउट फार्म अहिले सञ्चालनमा छन् । मत्स्य विकास केन्द्रको तथ्याङ्कअनुसार अहिले ४ हजार ९ सय २५ वर्गमिटर क्षेत्रफलमा ट्राउट खेती भइरहेको छ ।
उपयुक्त ठाउ
ट्राउट माछा ० देखि २५ डिग्री सेल्सियससम्म पानीको तापक्रममा बाँच्न सक्छ । यसको लागि प्रशस्त, निरन्तर बगिरहने सफा र चिसो पानी चाहिन्छ । रेम्बो ट्राउट खाने माछाको उत्पादनका लागि पानीको तापक्रम १४ डिग्री सेल्सियसभन्दा माथि र २० डिग्री सेल्सियस भन्दा कम हुनुपर्छ । यसको उपयुक्त खाना र बृद्धिको लागि भने १४–१८ डिग्री सेल्सियस तापक्रम चाहिन्छ । ७ मिलिग्राम प्रतिलिटरभन्दा बढी र पि.एच. ६.५–८.० उपयुक्त हुने वैज्ञानिक रायमाझी बताउँनुहुन्छ । उहाँकाअनुसार ट्राउटले फूल पार्ने र भुरा निकाल्नको लागि ९–१४ डिग्री तापक्रम आवश्यक पर्छ ।

असीमित सम्भावना

नेपालको भौगोलिक संरचना, जलस्रोतको उपलब्धताका आधारमा रेम्बो ट्राउट खेतीको ठूलो सम्भावना रहेको मत्स्य विकास केन्द्रकी वैज्ञानिक आशा रायमाझी बताउनुहुन्छ । भिरालो जमिनमा समेत रेसवे (ट्राउटको पोखरी) निर्माण गर्न सकिन्छ । हिमाली र पहाडी क्षेत्रमा नदीनालका छेउछेउमा यसको खेती गर्न उपयुक्त हुने देखिन्छ । रेम्बो ट्राउट माछा चिसो बगिरहेको पानीमा उच्चगुणस्तरीय पौष्टिक दाना खाएर हुर्किने भएकोले स्वास्थ्यका लागि पनि उच्चगुणस्तरीय हुने ट्राउट माछा विदेशमा निर्यातको पनि प्रबल सम्भावना छ । नेपालमा छोटो अवधिमै ठूला होटलहरू विदेशीहरू तथा स्वदेशीहरुबाटै धेरै माग भइरहेको छ । रेम्बो ट्राउट पाल्ने कृषकहरूका लागि सरकारले निःशुल्क प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको खण्डमा रेम्बो ट्राउट पालनतर्फ कृषकलाई आकर्षक गरी राष्ट्रिय अर्थतन्त्रमा पनि सहयोग पु¥याउन सकिन्छ ।

०६८ बैशाख १०,
सिन्धुपाल्चोकबाट फर्केपछी

धेरै पछी लेखिएको एक गजल

गजल नलेखेको धेरै समय भएको थियो । हिजै मात्र पानीमा निथ्रुक्क भिजेर डेरामा आइपुगेपछी कपडा फेरेर कालो चिया बनाँए । चिया मिठो भएछ, अदुवाको धुलो, चिनी, नुन र चियापत्तीको रंङ्ग पनि ठिक्क मिलेछ । लाग्यो, यस्तो मिठो चिया पिँउदै केही नयाँ चिज लेखु । गीत लेख्न खोजेँ तर खासै राम्रो भएन । एकछिन पछी अनायासै एउटा यस्तो गजल लेखेँ –

तिम्रामेरा कथाहरु केर्न बाँकी
के के हुन्छ जीन्दगीमा हेर्न बाँकी

सधैँ आयो उस्तै आँशु सुखदुखमा
जीन्दगीलाई हेर्ने आँखा फेर्न बाँकी

कहिले कहाँ पुग्छ यो मन ठाँउमा बस्दैन
तिम्रो माया डोरी बनाई बेर्न बाँकी

भाग्न सक्छ मायालु मन झुक्याएर आफैँलाई
सपनाको बार बनाई घेर्न बाँकी

२०६८ साउन १२
ललितपुर

Thursday, July 21, 2011

एउटा अचम्मको देशबाट

हो, हराएको छु आजभोली
तर नखोज्नु कसैले
आजाद अजनवी हरायो भनेर

खुँडा–खुकुरी, गोली बमले भरिएका
त्यी लामा–लामा गोरेटाहरू पार गरेर
अत्यन्तै कष्ट साथ
टेक्दै–टेक्दै यी स्वप्नील आँखाहरूले
एउटा नविन सपनाको बाटो
हालसालै
म आइपुगेको छु एउटा नौलो देश ।

यो नौलो देश, साँच्चै नौलो रहेछ
जहाँ बिहानै उठेर प्रचण्ड
गाइलाई खोले खुवाउँदैछन्
सोत्तर सोहर्न बुढा शुसिल कोइराला
बेसी झरेका छन् खोङ्ग्रो बोकेर
र झलनाथ खनाल
भकाभक खनिरहेछन् ठूला खेतका गह्राहरू

जहाँ हिसिला, सुजाता र विद्या
लस्करै
एक–अर्काको टाउकोमा कपाल केलाउँदै
जुम्राहरू सिनित्तै निखारेर
डोको बोकेर सुख–दुःखका सुस्केराहरू गाउँदै
झरीरहेछन् तल–तल डोकोभरी घाँस काट्न

जहाँ केपी ओली
साना–साना बालबालिकाहरूलाई
सुनाइरहेछन् चेतनाका उखान टुक्काहरू
र महेश बस्नेत
ढुङ्गा फुटाउँदैछन् स्कूल बनाउन
जहाँ चक्रे मिलन
प्रहरीको अधिकृत भएको छ
हिजै मात्र ठोकेछन् राजीनामा
त्यी रमेश खरेलले
अपराधीहरू एक प्रतिशत पनि छैनन् भनेर

जहाँ बाबुराम भट्टराई
कोर्दैछन् नक्सा विशाल एक घरको
जहाँ अटाउनेछन् ३ करोड नेपाली
जहाँ शेरबहादुर देउवा
बनाउदैँ एउटा विशाल विश्वविद्यालय
जहाँ फूल्नेछन् शिक्षाका फूलहरू
जहाँ माधव नेपाल
एउटै बनाउदैछन् टुक्रा–टुक्रा खेतहरू
जहाँ फल्नेछ सबैलाई पुग्ने अन्न
हो, त्यस्तो देशबाट हराएर
म यस्तो देशमा आइपुगेछु
बाँकी छ देख्न अझै–अझै
लेख्दै गरौँला ...........
तर नखोज्नु कसैले
अजाद अजनवी हरायो भनेर ।
2067/04/01
tikhedewal,laitpur.

अब तिमी नै

नयाँ–नयाँ खबर मेरो अब तिमी नै
जिन्दगीको भर मेरो अब तिमी नै

आकाशको छाना ओढी बाँचे आजसम्म
बाँचुञ्जेलको घर मेरो अब तिमी नै

खात माथि खात बढ्यो दुखहरु सधै
सारा संकट हर मेरो अब तिमी नै

हराएको परिचय बल्ल भेटिएछ
नाम हुँ म थर मेरो अब तिमी नै

कोही थिएन आफ्नो भनि सं–संगै रुने
केही होला की डर मेरो अब तिमी नै ।
–२०६६ चैत्र १७
ललितपुर

प्रेसविज्ञप्ति

राष्ट्रीय सिंह राशी एकता समाज
केन्द्रीय समिति
सिंहदरबारको उत्तरी गेट

आदर्ने मुक्तिकामी जनसमदाय,
हामी सिंह राशी भएका देशभरका सम्पूर्ण उत्पीडित शोषित दाजुभाइ दिदी बहिनीहरूको हक हित र अधिकारको सुनिश्चिताको लागि हामीले अब सशक्त ढंगले आन्दोलन गर्ने भएका छौं । राशी सिंह भए पनि धेरैले हामीलाई बिरालोलाई गर्ने व्यवहार गरेका कारण हामी बाध्य भएर आन्दोलनमा कन्धनी कसेर लागि पर्ने बेला आएको छ ।
दश वर्ष भित्रमा बन्ने संविधान सभामा हाम्रो प्रतिनिधित्वको अभाव छ । अब बन्ने नयाँ संविधानसभा हाम्रो हक हितको रक्षा हुन्छ भन्ने कुनै ग्यारेन्टी नभएको हुँदा त्यहाँ हाम्रो प्रतिनिधित्वको जरुरी भैसकेको छ । त्यसकारण अब सिंह राशी भएका साथीहरूले हातमा दही जमाएर बस्ने बेला छैन । सिंह झै डुक्रिने बेला आएको छ । हामीले हाम्रो आन्दोलनलाई घनिभूत रुपमा सफल पार्न निम्नलिखित नाराहरू तयार पारेका छौं –
१) संविधान सभामा सिंह राशी भएका कम्तिमा दुई जना (एकजना मैला एक जना पुरुष) लाई बिशेष सभासद्मा नियुक्त गर ।
२) सिंह राशी भएकाहरूको लागि छुट्टै स्वायक्त प्रदेशको घोषणा गर ।
३) सिंह राशीको राशीफल प्रत्येक क्यालेन्डरको शुरूमै राख्ने व्यवस्था गर ।
४) सिंह राशी भएका व्यक्तिका लागि रोजगारीमा आरक्षणको व्यवस्था गर ।
५) सिंह राशी भएका तरुनीहरूलाई व्युटीपार्टलरमा र मेकअपका सामान किन्दा पचास प्रतिशत छुटको व्यवस्था गर ।
६) सिंह राशी भएका विद्यार्थीहरूको लागि सवारी साधनमा ७५ प्रतिशतसम्म छुटको व्यवस्था गर ।
७) राष्ट्रिय सिंह राशी आयोगको व्यवस्था गर ।
हाम्रा यी अत्यन्तै जायज मागहरूलाई पान दिन भित्रमा सम्बोधनगरी हल निकाल्न हामी अहिलेको झल्लु सरकारलाई हार्दिक अनुरोध गर्दछौं । हाम्रो मागलाई सम्बोधन नगरे हामी अनिश्चित कालीन चक्का जामगर्नेदेखि ठूला–ठूला सशस्त्र संघर्षमा समेत जान सक्ने जानकारी गराउँछौं । जय सिंह राशी ।

सिँगानेन्द्र नीधि बमभोला
केन्द्रीय अध्यक्ष
राष्ट्रिय सिंह राशी एकता समाज

Thursday, July 07, 2011

लौ साँझमै जून रोयो

लौ साँझमै जून रोयो आहा! कति जाती भयो
तिम्रै यादले मुटु छोयो आहा !कति जाती भयो

दुईटा घाम भयो मन भत्भत् पोल्यो छातीभित्र
र माया नै ओईहाल्यो आहा! कति जाती भयो

मैलिएछन् क्यारे अहो! दुईजोर उदास आँखाहरु
छिट्टै आँशु आई धोयो आहा! कति जाती भयो

कत्ति छिट्टै पुगिहाल्यौँ अलच्छिनको दोबाटो त
आँशु हाँसो संगै आयो आहा! कति जाती भयो

हावा जस्तै “आजाद” जिबन जहाँ–जहाँ पुगे भयो
बन्धन हाम्रो कसले फोयो आहा! कति जाती भयो
064-10-06

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...