Tuesday, January 10, 2012

मभित्रको लेखक भूपि मात्दछ
कैलेकाँही भूपेन्द्र ब्युँझन्छ

रुपरेखा, असोज २०२७ का लागि साहित्यकार जगदिश घिमिरेले भूपि शेरचनसँग लिनुभएको अन्र्तवार्ता

ज. तपाई किन लेख्नुहुन्छ ?
भू. अप्ठ्यारो कुरा सोध्नुभयो....सुरुसुरुमा कतै आफ्नू अस्तित्व...आइडेन्टिफिकेशन पाउन...अहंको तुष्टिको लागि र ठूल्ठूला लेखकहरुको जीवनीबाट प्रभावित भएर लेखेँ हुँला... र पछि लेख्नु बाध्यता भैदियो ।
ज. तपाई आफ्नू लेखनदेखि कतिको सन्तुष्ट हुनुहुन्छ ?
भू. नेपाली साहित्य मात्रै हेरेर अलिअलि सन्तोष माने पनि हुन्छ...अन्तर्राष्ट्रियताको पृष्ठमूमिमा आफू सन्तुष्ट हुने अलिकति पनि खण्ड छैन...
ज. मोहन कोइरालाको कविबारे तपाइको बिचार ?
भू. निःसन्देह त्यो प्रतिभावान कवि हो...
ज. उहाँका ‘नबुझिने‘ भनिने कविताबारे...?
भू. नबुझिने कबिता हुन्छन् र दुई थरीका हुन्छन्
–पाठकले नबुझ्ने एकथरी र लेखकले नबुझ्ने अर्कोथरी...उहाँका लेखकले नबुझ्ने कविताबारे उहाँसँग मेरो मतभेद छ...
ज. उहाँले आफ्नै कविता आफैँले नबुझेको कुरा तपाँइलाई भन्नुभएको छ ?
भू. छ ! कैलेकाँहीँ साथीको हैसियतले उहाँका कतिपय हरपहरु, टुक्राहरुको अर्थ सोध्दा “सबै कबिताको अर्थ हुनु जरुरी छ र ? उहाँको बिचारमा हाम्रो जीवनमा कतिपय निरर्थक स्थिति र क्षणहरु आँउछन्, अतः कवितामा पनि त्यस्तै टुक्राहरु आउन सक्छन् रे...अर्थ लगाउन जोड गर्दा उहाँले सधैँ तर्काउन खोज्नु भो...कति चोटि भन्नु पनि भएको छ, ‘कुनै विशेष मनस्थितिमा लेखेँ हुँलाँ,के अर्थ हो भन्न सक्दिन ।‘ ...
यससँग मेरो सहमति छैन ।
ज. अर्धचेतन, अझ अचेतनको प्रभाव हो कि ?
भू. हिप्पीहरुले एल.एस.डी. आदिले विचेत भएर लेख्ने प्रयोग गरिसकेका छन् ...ती पनि निरर्थक छैनन्...मुच्र्छा परेको मान्छेले बर्बराएको पनि त निरर्थक हुँदैन...
ज. साहित्यिकहरुको विभिन्न दलबारे तपाईको प्रतिक्रिया, जस्तो–तेश्रो आयाम, राल्फा, अस्विकृत जमात इत्यादि ?
भू. नयाँ सडकको पेटीमा साधारणहरु भन्दा साह्रै बेग्लै रंगीचंगी लगाएर भड्किलो भड्किलो स्टाइलमा उभिएका टिन एजर्स देख्नुभएको होला...साहित्यको पेटीमा उभिएका आइडेन्टिटी खोज्ने त्यस्तै ती टिन एजर्स हुन्...
ज. नेपालीको उल्लेख्य गद्यकार ?
भू.पैसाकै लागि भनेर नेलेख्दा शंकर लामिछाने ।
ज. देवकोटाबारे तपाईको बिचार ?
भू. प्रयोगै प्रयोगमा उहाँको जीवन बित्यो...आफ्नू व्यत्तित्वको छाप स्पष्ट भएको कुनै ठोस कृति उहाँले दिन पाउनुभएन, त्यसैले मलाई लाग्छ उहाँको साहित्य धेरै बाँच्दैन...उहाँको साहित्यभन्दा बढी हामी उहाँलाई...उहाँको त्यागमय जीवनलाई मान्दछौँ...
ज. के कुनै एक्लो व्यक्ति नेपाली साहित्यको एउटा समयको प्रतिभा हुनसकेको छ ?
भू. छैन... तर नेपाली साहित्यको प्रतिभा भने अवश्य निर्मित भैसकेको छ...त्यसमा कुनै लेखक नाक भएको होला, कुनै आँखा र कुनै निधार...
ज. नेपाली भाषामा अझसम्म कुनै सन्तुलित आलोचनाको दर्शन कत्तिको पाउनुभएको छ ?
भू. छैन । त्यो पनि छैन ।
ज. तपाईबारेका आलोचना कस्ता हुन्छन् ?
भू. हाँस्यास्पद । ...प्रगतिशील भनाँउदाहरु मेरो कबितामा हुने प्रगतिशीलताको अन्धागायक हुन्छन् त काब्यको कलात्मकताको निन्दा गर्छन् । ...आफूलाई आधुनिक भन्नेहरु मलाई यसकारण घृणा गर्छन, म त्यस्तो लेख्छु जसलाई सबैले बुझिदिन्छन्...
ज. साहित्यकहरुको संगत तपाइलाई कस्तो लाग्छ ?
भू. घिनलाग्दो ।
ज. मर्नुबारे तपाइको धारणा ?
भू. मर्न खोज्नु विलासिता हो...चाहनामात्र सकिँदो रहेछ, मर्न होइन...नितान्त आफ्नै हातको कुरा भएर पनि, चाहेर पनि, गाहारो रहेछ...
ज. विवाहबारे तपाईको दृष्ट्रिकोण ?
भू.कसैलाई पनि सबभन्दा उपयूक्त पत्नी उसकै घरको वातावरणमा हुर्केकी बैनी हुन्छे होली...
ज. यो संस्था सबल हुँदैछ वा डिजेनरेट गर्दैछ–यो खोक्रो छ या खँदिलो–सार्थक छ वा निरर्थक ?
भू. निरर्थक छ । खोक्रो छ । डिजेनेरेट गर्दैछ । कुनै पति वा पत्नी मन–वचन–कर्मले एक अर्काप्रति निष्टावान रहन्छन् भन्न सकिन्न...पुरुष सधै. प्रस्तुत रहन्छ, स्त्रीलाई संस्कारले अझसम्म यहाँ त्यति छाडा हुन दिएको छैन...तर पश्चिममा बहुस्त्रीगमिता (जुन हाम्रो समाजमा प्रयाप्त छ) सँगसँगै बहुपुरुषगमिता पनि उत्तिकै छ... र संस्कारको खरबारीमा दिनदिनै डढेलो लाग्दैछ यहाँ पनि...
ज. वेश्यागमनबारे तपाईको बिचार ?
भू. समाजमा यो प्रर्याप्त छ । आर्थिक विपन्नता र विषमता यसको मुख्य कारण हो...सम्पन्न समाजमा पनि विकृतिस्वरुप यो रहेकै पाइन्छ ।
ज. सर्वहाराको अधिनायकत्वबारे तपाईको विचार ?
भू. अधिनायकत्व अब म कसैको पनि मन पराउन्नँ...हुन त मन नपराएर के फरक पर्छ र ! सधेँ यौटा न यौटाको अधिनायकत्व हुन्छ नै...सर्वहाराको लागि यौटा पार्टीको...वा जनताका लागि जनताको नेताको वा कसै न कसैको तर जे होस् अब म भन्न पाउने स्वतन्त्रता पनि चाहन्छु...।
ज. कैल्यै तपाई कम्युनिष्ट हुनुहुन्थ्यो ?
भू. त्यतिखेर यहाँ टेररिस्ट मुभमेन्ट चलेको भए म टेररिस्ट हुन्थेँ होला...
ज. मात्नुबारे तपाईको अनुभव ?
भू. मात्दथेँ । र लगातार मातिरहन्थेँ । मात्नु बाध्यता भएको थियो...मेरो घरको नाँउ भूपेन्द्रमान शेरचन हो र साहित्यमा भूपि शेरचन । ...म भित्रको लेखक भूपि मात्दछ...बोहेभियन जिन्दगी बिताउन चाहन्छ...तर कैलेकाँही भूपेन्द्र ब्युँझन्छ र उसले रक्सी खान छोडिदिन्छ...बाँच्न चाहन्छ अस्पताल भर्ती हुन्छ...पाँचओटा छोराछोरी र पत्नीप्रति आफ्नू दायित्व पुरा गर्न चाहन्छ...कविता लेख्न छाडिदिन्छ...छ मैनापछि हिजो फेरी मातेँ...दायित्वदेखि, संघर्षदेखि पलायन चाहने हरेक सेन्सेटिभ मात्दो होला...तर मचाँहि मातेर नत मातेकै आनन्द लिन सक्छु...सधैँ पीडा...यो भूपी र भूपेन्द्रमानको बीचमा झुलेर म सधैँ ब्यथित हुन्छु...मात्नु तपाईलाई कस्तो लाग्छ नि ?

ज. मात चाखेकोसम्म छु ।
भू. मेरोजस्तो बाध्यता भएको छैन ?
ज. छैन ।...कतै तपाईको अभिब्यक्ति–शक्ति सुक्दै त छैन ?
भू. हुन पनि सक्छ...भनेको कुरा दोहोरिएला भन्ने डरले पनि अचेल म थोरै लेख्छु पनि...नलेख्न अचेल म प्रयत्नशील रहन्छु । बरु...
ज. किन नेपालमा बाँच्न र लेख्न एकैसाथ सम्भव छैन र ?
भू. छैन । लेख्न कि देवकोटाजस्तो मर्न सक्नुपर्छ । नसके रिमालजस्तो बौलाउन सक्नुपर्छ वा पारिजात जस्तो कुँजिन सक्नुपर्छ...म त्यस्तो केही गर्न सक्तिँन...अतःम विस्तारै यस क्षेत्रबाट पन्छिने कोसिसमा छु...
ज. के तपाई सफल पति र सफल पिता हुनुहुन्छ ?
भू. सायद छैन ।...छैन घिमिरेज्यू छैन । ऐलेसम्म म दाजु÷बाबुको कमाई खाएर लेखक भएको थ्ािँए । अब हामी दाजुभाइको छुट्टिने कुरा छ...राजनीतिक गुलामी गरेर माथि पुग्न चाँहन्न...अनि गरिआएको ब्यापार नै यौटा बाटो हुनेछ...अनि लेख्न छाडिदिएर म सफल पति र पिता हुने कोसिस गर्नेछु...मभित्र लेख्ने ‘भूपि’ बाँचुन्जेल म सफल पारिवारिक हुन सक्तिनँ...
ज.सफल भएमा तपाई दीर्घायूकामी हुनुहुन्छ होला ?
भू. हो, सफल मान्छे लामो नै आयु चाहन्छ होला...
ज.तपाईले राजाको दर्शन गर्नुभा छ ?
भू. भैरहवामा यौटा कार्यक्रममा आदेशअनुसार कविता पाठ गरेर पचास रुपिँया बक्सिस थापेको छु । नजिकैबाट दर्शन गरेको छैन ।
ज. तपाईले आजसम्म कैल्यै मतदान गर्नुभो ?
भू. पन्ध्रसालमा बिरामी थिँए... त्यसपछि मतदान गर्ने अवसर नै आएन ।
ज. सत्ता र लेखकको सम्बन्ध कस्तो हुनुहुपर्छ जस्तो लाग्छ ?
भू. असल लेखक सत्ताको निर्देशनमा लेख्दैन ।
ज.तपाईलाई तुक मिलाउने मोह छँदैछ, हैन ?
भू. थियो, अब छैन ।
ज. तपाइृको कवितामा अपेक्षित कन्सन्ट्रेसन हुँदैन–जस्तो ‘हामी’ मा, तपाईलाई कस्तो लाग्छ ?
भू. त्यो कविता पुस तीन गते लेखेको, आँटेको मान्छेले सबै थोक एकैचोटी भन्न खोजेर केही भन्न नसकेको जस्तो भएको छ त्यो...मलाई त्यो आफ्नू अन्तिम कविताजस्तो पनि लागेको थियो...
ज. जिन्दगी तपाईलाई कस्तो लाग्छ ?
भू. अप्ठ्यारो कुरा सोध्नुभो यो पनि...नमागेरै पाएको यो जिन्दगी...नचाहेरै पाएको यो जिन्दगी...कामना नगरीकनै पाएको...बाध्यतास्वरुप स्वीकार गर्नु छ...
ज. तपाईलाई आफ्नू देशको माया लाग्छ ?
भू. लाग्छ...। रिस पनि आफ्नै मुलुकसँग सबभन्दा बढ्ता उठ्छ नि...। जे होस् प्रकृतिले हाम्रो मुलुकलाई दिएको छ...मान्छेले गरेर हुने त होला नि यहाँ पनि सबभन्दा ठूलो कुरा आफ्नू देशमा पराइ होइन्न नि...
ज.आफ्नू देशमा साँच्चै पराई भइँदैन र ?
भू. हो भइन्छ पनि, कैलेकाँहीँ । I am exiled in my own country यौटा फ्रेन्च कविले लेखेको सम्झना हुन्छ कैलेकाहीँ ।...पञ्च र प्रशााकहरुको ब्यवहार देख्दा लाग्छ–यो तिनको मात्तै मुलुक हो हाम्रो होइन...तर सधैँ यस्तो नहोला भनि ठानेर आशाबादी हुँदा आफ्नू देशको माया लाग्छ नै...
ज. देशको माया भनेको राजनीतिज्ञहरुले निर्धारितहरुले निर्धारित गरेको चार किल्लाको मोह होइन ?
भू. हो–एक किसिमले । तर यौटा चार किल्लाबाट मुक्त भएर त चार किल्लाबाटै मुक्ति पाँइदैन नि ! कुनै न कुनै चार किल्ला त स्वीकार गर्नेछ भने आफ्नै चार किल्ला किन स्वीकार नगर्नु ?
ज. यो वार्ता छाप्न दिँदा कसो होला ?
भू. तपाईंको खुसी ।...तपाईंको अरुहरुसँग पनि अन्तवार्ता लिने योजना छ कि ?
ज. खै, कससँग लिनु र तपाईसँगको यो भेट र यो वार्ता पनि योजनाबद्ध होइन...
साभार ः नागरिक दैनिक प्रकाशन ःरुपरेखा, असोज २०२७ (जगदिश घिमिरेको भर्खरै प्रकाशित पुस्तक ‘स्थान, काल, पात्र’बाट)

लोकतन्त्र

नजाओस अहिल्यै
बुद्रुक–बुद्रुक उफ्रदैँ
यो कलिलि लोकतन्त्र
वासिङ्टन डि.सी र दिल्लीको ब्युटिपार्लरमा

फुस्रो बगैचामा आनन्दसँग बसेर
बदाम चपाएर बसिरहेका ए मान्छेहरु
आउ रोपौँ सयौँथरी फूलहरु
हामीले राम्रा फूलहरु फूलाउनै पर्छ
यो सानी फुच्ची लोतन्त्रलाई
सजाउनै पर्छ–सजाउनै पर्छ

यसले -याल बगाएर
भिजाउन सक्छे सानो गुन्यू
आउ परियार दाज्यू राले सिइदेउ
यसले घाँघर मैले पार्न सक्छे
आउ धोबिनी दिदी घााम छँदै आउ
प्रिय लेखकहरु
लेख नयाँ राम्रा पुस्तकहरु
हामी चाँढै भर्ना गर्छौ नयाँ स्कूलमा
हाम्री फुच्ची लोकतनत्रलाई

ए कविहरु/गीतकारहरु
लेखिदेउ यूगका सुनौला गीतहरु
उ तोतेबोलीमै गाइदिन्छे
हजुरआमाहरु पिटिदिनुहेछ एकताको ताली

तिमी कलम देउ
म कापी दिन्छु
उनीहरु किताब दिन्छन्
ए उद्योगपति दाज्यूहरु
बनाइदेउ सबै किताब अटाउने एक झोला
उ जाओस आजै देखि
यूगको सुनौलो पाठशाला

त्यो पाठशाला
जहाँ लेखियोस स्वर्ण अक्षरले
कहिल्यै नमेटिने यूगीन संबिधान

०६७ आश्विन १३
काठमाडौँ

Monday, January 09, 2012

सबिन्द्र साइबर जाँदैन

बालकथा

सबिन्द्रको घरनजिकै एउटा साइबर थियो । ठूला मान्छेहरु इन्टरनेट चलाउन वा कम्प्युटरमा राम्रा कामहरु गर्नको लागि त्यो साइबरमा जाने गर्दथे । सबिन्द्रको घरमा कम्प्युटर थिएन । उसलाई पढ्न भन्दा पनि कम्प्युटरमा गेम खेल्न औधी रमाइलो लाग्थ्यो । बरु स्कुल सधै बिदा भए पनि हुन्थ्यो नी । ऊ सधैँ घरबाट स्कुल जाँदा यस्तै सोच्ने गर्दथ्यो । स्कुलमा दिइएको होमवर्क गर्न पनि उसलाई साह्रै अल्छि लाग्ने गर्दथ्यो ।
उसको बुवा घर बनाउने ठाँउमा मजदुरी गर्नुहुन्थ्यो । ममी भने एउटा स्कुलको क्यान्टिनमा भाँडा धुने काम गर्नुहुन्थ्यो । उहाँहरुले सबिन्द्रलाई धेरै दुःख गरेर घरनजिकैको एउटा बोर्डिङ स्कुलमा भर्ना गरीदिनुभएको थियो । सबिन्द्रलाई पढ्न र लेख्न भनेपछि साह्रै अल्छि लाग्थ्यो । उ घरमा जहिले पनि बुवा ममीसँग पैसा मागेर दुःख दिने गर्दथ्यो । कहिले कापी सकियो भन्थ्यो त कहिले कलम हरायो भन्थ्यो । उ जहिलेपनि बिभिन्न बाहाना बनाएर पैसा माग्ने गर्दथ्यो । अनि त्यो पैसा लिएर साइबरमा जान्थ्यो । कम्प्युटरमा लडाँइ झगडा गर्ने, गोल िहानेर मान्छे मार्ने जस्ता निकै डरलाग्दा गेमहर खेलेर उ रमाउँथ्यो । उसलाई त्यो कम्प्युटरमा भएको हिरोले हान्ने गरेको जस्तै बन्दुक पनि किन्न मन लागेको थियो । उ स्कूलमा साथी सँग पनि गेममा भएको हिरोले लडाँइ गरेजस्तै गरी कुटपिट गर्न खोज्थ्यो ।
उ पैसा नभएको दिन पनि साइबर जाने गर्दथ्यो । त्योबेला अरुले गेम खेलेको हेरेर रमाउँथ्यो । स्कुलमा भने कहिल्यै पनि गृहकार्य नबुझाँउने तथा सर र मिसले पनि सधैँ गाली गर्ने तथा सजाय दिने गर्नुहुन्थ्यो । अरु साथीहरुले लेखेको नेपाली तथा अङ्ग्रेजी अक्षर पनि ज्यादै राम्रा हुन्थ्ये तर उसको अक्षर भने कसैले पनि नबुझ्ने किसिमको हुन्थ्यो । यस्तो हुनुको कारण उ पढ्न लेख्न पटक्कै मन लगाउँदैनथ्यो ।
एकदिनको कुरा हो, सबिन्द आफ्नो बुवाको ओछ्यानमा खेलीरहेको थियो । बुवाको सिरानी मुनि पाँच सय रुपिँया रहेछ । उसले त्यसलाई कसैले नदेख्ने गरि सुटुक्क खल्तीमा हालेर रमायो । बेलुका बुवाले आफ्नो पैसा हराएको कुरा बताउदा पनि सबिन्द्रले आफूलाई थाहा छैन भनेर टा¥यो । उहाँले त त्यो पैसा तेल, चिनी र चामल किन्नका लागि जतन गरि राखेको पैसा पो रहेछ । चामल नभएपछि भोली खाना कसरी पकाउने होला भनेर उहाँले सुईय् दुःखको सुस्केरा हाल्दा पनि उसले त्यो पैसा आफुले लिएको बताएन । उसले त त्यो पैसा साइबरमा गेम खेल्नका लागि पो लुकाएको रहेछ । नभन्दै एक दिन उसकी ममी स्कुलमा फि तिर्नका लागि जानुभएको थियो । त्यो दिन सबिन्द्र स्कुलमा थिएन । पछि कक्षा शिक्षक सँग बुझ्दा त उ स्कुल नगएको नै एक हप्ता पो भइसकेछ । उ त घरबाट स्कुलको ड्रेस लगाएर दिनभरी साइबरमा गेम खेलेर पो बस्दोरहेछ । यो कुरा थाहा भएपछि उसले स्कुल र घर दुबै ठाँउमा धेरै गाली खायो । साइबरमा गेम खेल्न घरी–घरी गइरहनाले उसले कुनै पनि गृहकार्य पूरा गर्न सकेको थिएन । उसले केही पाठहरु पनि पढ्न छुटाएको थियो ।
उसकै कक्षामा पढ्ने महेश उ बस्ने घर भन्दा पल्लो घरमा बस्थ्यो । उ कहिल्यै पनि साइबरमा गएर अनावश्यक गेमहरु खेल्ने अनि भए नभएको पैसा खर्च गर्ने स्वभावको थिएन । उ त सधैँ मिहिनेत गरेर पढ्थ्यो । नभन्दै उनीहरुको अन्तिम परिक्षा पनि शुरु भयो । परिक्षामा सबिन्द्रलाई केही लेख्नै आएन । एक हप्ता पछि रिजल्ट भयो । पल्लो घरमा बस्ने महेश परिक्षामा पहिला भयो तर सबिन्द्र भने नराम्ररी फेल हुन पुग्यो । फेल भएपछि निकै दिन सम्म सबिन्द्र घुँक्क–घुँक्क रोइरह्यो । सबै साथीहरु रमाउद–रमााउदैै माथिल्लो कक्षामा पढ्न थाले । उसले भने फेरी पहिलाकै कक्षालाई दोहो¥याएर पढ्नुपर्ने भयो । उस्ले धेरै दिनसम्म दुःख मानिरह्यो । उसलाई आफूले साइबरमा गेम खेल्न गएर पढाइ बिगारेकोमा ठुलो पछुतो लाग्यो । फेल भएपछि त उ निकै मिहिनेत गरेर पढ्न थालेको छ । अहँ, आजभोली सबिन्द्र साइबर जाँदैन ।

२०६८ मंसिर ०५
ललितपुर

सानो–सानो माकुराको कस्तो राम्रो जालो

बाल गीत

सानो–सानो माकुराको कस्तो राम्रो जालो
उसको सारा दुःख सिक्ने अब हाम्रो पालो
आउ साथी हामी नी पढौँ लेखौँ आजै
पढेनौँ भने त दुःख पाइन्छ बाबै ।

टि.भी. पनि धेरै–धेरै हेर्नु हुन्न अब
हल्ला पनि गर्नुहुन्न पढ्छौँ हामी जव
कहिले काँही कापीमा चित्र कोर्नुपर्छ
रिस राग मनको अब सबै छोड्नुपर्छ ।

शनिवार नरोइकन आफैँ नुहाउनुपर्छ
नुहाएपछि आफ्नो लुगा आफैँ धुनुपर्छ
सबै कुरा विस्तारै सिक्ने बेला हाम्रो
असल बानी सिक्दै गए पछि हुन्छ राम्रो ।

कहिल्यै पनि फट्याँइ अव हामी गर्नु हुन्न
यी साना आँखाबाट आँशु झार्नु हुन्न
आउ–आउ सँगै बसौँ बाँडी चुँडी खाँउ
फुर्सदमा कोही नाँचौ कोही गीत गाँउ ।

०६६ बैशाख १६, काठमाडौं ।

मेरो नथाक्ने जिन्दगी

जति हिड्यो उति हिडूँ लाग्छ
मेरो नथाक्ने जिन्दगी
काँडा र ढुङ्गा अबरोध सँग
कहिल्यै नहार्ने जिन्दगी

घात पनि छन् धेरै
तिखा बात पनि छन् धेरै
अघि बढ्दा खुट्टा समात्ने
हात पनि पनि धेरै
एक पाइला मात्र बढ्दा अगाडि
बाटो छेक्ने यि पहाडसँग
दुःख र कष्ट सँग कहिल्यै
कहिल्यै नहार्ने जिन्दगी

बाँच्दिन होला दुःख बिना त
दुःख नै प्यारो एक साथी छ
लागिरहुन् ठेस अझै–अझै
हिँड्नेछु हाँस्दै रगत पुछेर
दुःख सारा लुकाई यि आँखाभित्र
आँशु नझार्ने जिन्दगी
जति हिड्यो उति हिडूँ लाग्छ
मेरो नथाक्ने जिन्दगी

१६,कार्तिक ०६७
काठमाडौं ।

कठै म !!!!

सुदीप कुमार ढुङ्गाना

आफु ताक्छ मुढो बञ्चरो ताक्छ घु“डो भन्ने उखान त्यसै वनेको होईन जस्तो लाग्न थालेको छ हिजो आज । केहि दिन अघिको एउटा घटना मेरो लागि त्यस्तै भयो । कसलाई भनौं, भन्ने मान्छे पनि पाएको छैन ।
अफिसको एकजना साथीको जन्मदिन थियो । पार्टी राखेको छु, आउनु पर्छ है दाई भनेर निमन्त्रणा गर्यो । त्यति नम्र निमन्त्रणा त्यही माथि दारुपानी सहितको भोज, नाई भन्न न मन थियो, न सकियो ।
अफिसका आधा दर्जन साथीहरुको भीडमा मिसिएर लागें मित्रको घरमा ।
भोज भनेपछि दिउ“सो देखि नै खाजा खाइउको थिइन भर्नुभने लाज होला । जे होस्, मिठो मसिनो संगै दारुपानीको स्वाद सम्झ“दै ठाउ“मा पुगियो ।
नेवारी घर, घरैमा वनाएको तिनपाने, अनि छिमेकि राष्ट्रवाट ट्रकमै खा“देर ल्याएको भएपनि थारो भैंसि नभएर कलिलो पाडोको मांस पकवानहरु, अनि दिउ“सो देखिको भोक । साथीहरुको साथ, हाहाहा गर्दै घरनै थर्काउनेगरि वेला वेलामा छुट्ने हा“सोका पर्राहरु । भोज सा¥है रमाईलो भयो । रमाईलो मात्र होईन, मेरोलागीत रात छिप्पिसकेपछिको त्यो भोज बिस्तारै घमाईलो पनि हुन थाल्यो । त्यहा“ वस्न समेत उकुस मुकुस हु“दै आयो । एउटा मान्छेलाई समेत दुईटा देख्न थालिसकेको थिएं म ।
‘अव यहा“ वसेर भएन ।’ एक मनले भन्यो
‘रात परिसक्यो कहा“ जाने?’ अर्को मनले सोध्यो
‘यस्तो गर्मि छ । आ“खा पनि तिरिमिरि गरिसक्यो । के खान वसिराख्नु ?’ पहिलो मनले उदेक मानेर फेरी सोध्यो ।
‘खान मात्र वस्नु पर्छत ? फेरी वाहिर गएर के गर्छस् ?’ फेरि प्रश्न
‘कमसे कम सितल त हुन्छ ।’
‘.....................’
‘.....................................’
दुईटा मन बाझाबाझ गर्नथाले । अखिर पहिलो मनले जित्यो । अनि कसैलाई थाहा नदिई चर्पी गए जस्तो गरेर बिस्तारो लागें बाहिरतिर ।
‘ओहो, बाहिर आउ“दात कसैले देखेन ।’ ठुलो अपराध गरेर उम्कन सक्दा जस्तै खुसि लाग्यो ।
बाहिर त आइयो तर अव जाने कहा“ ? सबैतिर अन्धकार मात्र थियो । पसलहरु सबै बन्द भईसकेका थिए । फाट्टफुट्ट आउने मोटरको बत्ती पनि चारवटा देख्न थालिसकेको थिएं म भने । साथीहरु संगै जानुपर्ने, उनीहरुले कुनै उपाय निकालेर मलाई घर त पु¥याई दिन्थे ।
‘देखिस् मैलेत अघिनै भनेको थिएंनि ।’ अघिदेखि हारेर केही नबोलेको दोस्रो मनले काखी बजायो ।
‘यतै एकछिन बस्छु । केही बेरपछि उनीहरुले मलाई नदेखेपछि फोन गर्छन् । अनि संगै गए भइहाल्योनि ।’ दोस्रो मनलाई जित्नै पर्छ जस्तो लागेर विकल्प प्रस्तुत गर्यो पहिलो मनले ।
जे जसो भएपनि मनहरुको बाझाबाझकै विचमा मलाई दिक्क लागीरहेको थियो । अघिसम्म के केन पाईयो भनेर आ“खा चिम्लेर घुट्क्याएको तरल पदार्थले अहिले आ“खा खोल्न पनि गा¥हो भईरहेको थियो । त्यहिं थुचुक्क बसु“ बसु“ लागेको थियो । तर बाटैमा बसिहाल्न मनको अन्तर कुन्तरमा भएको निथारपुथार आत्मसम्मानले मानेन । त्यसपछि अगाडि वढें । त्यसबेला भने एउटा कुरामा मलाई सा¥है रमाईलो लाग्यो । अरुबेला हिंड्न अल्छि मान्ने र गोडा उचाल्नै गा¥हो पर्ने मेरो स्वास्थ्यामा आकाश पातालको फरक आईसकेछ । अरुबेला टनको जस्तो लाग्ने मेरा गोडाहरु अहिले पाउका जस्तै हलुका भएका थिए । तर एउटा सानो समस्या चाहिं त्यहां पनि देखा पर्यो । खुट्टा धेरै हलुका भएर होला टेकु“ भनेका ठाउ“मा पाईलानै परिरहेको थिएन । त्यसवेला मलाई यो समाजका सभ्य भनाउ“दा हरु संग रिस पनि उठिरेहेका थियो । मान्छेको स्वास्थ्यमा यति धेरै प्रगति हु“दा उनिहरुले लरखरायो वा ढुलमुलायो भनेर लगाउने आरोपलाई मेरो अन्तरात्माले सुरु देखिनै अस्विकार गरिदियो ।
यसमा भने मेरा दुवै मन एक मत देखिए । त्यसैले यसमा उनिहरुका विच कुनै वाझावाझ हुने अवस्था आएन ।
हलुका खुट्टाले लहरींदै मेरो ज्यानलाई गन्तव्यहिन यात्रामा अघि वढाए ।
केही अगाडि मात्र के पुगेको थिएं, आ“खै टट्याउने झिलिमिलि बत्ती बलेको ठाउ“मा आईपुगें । सवैतिर वन्द भईसकेको निष्पट्ट कालो रातमा पनि त्यहा“ भने खुलानै थियो र झिलिमिलि पनि । विस्तारै त्यतै तिर तान्दै लग्यो मेरो हलुका खुट्टाले ।
ढोकामा पुगें, तर भित्र जान भने मन थिएन......
घरक्क ढोका खुल्यो । दुईजना सुन्दर कन्याहरु बाहिर निस्केर सोधे ‘अंकल कसलाई खोज्नु भएको ?’
‘तिमीहरुलाईनै हो’ भनेर प्याच्च भनिदिउ“कि जस्तो लागेको थियो तर मुख खोलिहाल्ने हिम्मत भएन । कस्तो पात्तिएको बुढो रहेछ भनेर हल्ला गर्न थालेभने के गर्नु ?
मैले केहि बोल्न नपाउ“दै दुवैजना मसंग टा“सिई सकेका थिए । अनि दुवैले मेरो एक एकवटा पाखुरा समातेका थिए, चोर समातेजस्तो ।
‘भित्रै जाउ“ न अंकल’ एउटीले नम्र निवेदन गरि
‘हो भन्या अंकल, यहा“ चिसो छ क्या.....’ त्यसैमाथि अर्किले थपि ।
‘होईन म जान्न’ भिष्म अडान संगै मैले पहिलो पटक जिव्रो चलाएं ।
‘त्यसो नभन्नुसन भित्र हिंड्नुस् । यहा“ चिसो छ क्या, फेरी भोली ज्वरो आउला ।’ महिनौं अभ्यास गरेका गायक जस्तै लोली मिलाएर उनिहरुले मलाई वालकलाई सम्झाएझैं गरे ।
‘मलाई कति गर्मि भईरहेको छ भन्ने तिमिहरुलाई के थाहा ।’ मैले मनमनै जवाफ दिएं ।
भित्र नगई सुखै भएन । मेरा पाईला विस्तारै चले । अनि ढोका वाट छिर्ने वित्तिकैको वेञ्चमा थ्याच्च वसैं । वसें भन्नु भन्दा ज्यानलाई वेञ्चमा थचारें भन्दा वढी उपयुक्त हुन्छ होला ।
उनिहरुले मलाई विस्तारै समाएका थिएकि वा उनीहरुको खुट्टा पनि मेरो जस्तै हलुका थियो वा.........................। उनिहरु पनि म संगै लछारिंदै बेन्चमै वस्न आईपुगे ।
‘अंकल भित्रै जाउ“न ।’
‘होईन, यहिं ठिक छ ।’
‘यहा“ धेरै मान्छे ओहोर दोहोर गर्छन् क्या ।’
‘के भो त ?’
उनिहरु र मेरो विचमा भित्र लाने र जान नमान्ने अडानका साथ धेरैवेर भलाकुसारी भईरह्यो ।
‘उसो भए के खाने त?’ एउटीले पराजय स्विकार्दै कुरो मोडि
मलाई ठुलै युद्ध जिते जस्तो भयो ।
‘म केहि पनि खान्न, अघाएको छु ।’ अव निहुरीनु पर्ने कुनै कारणनै थिएन । मैले जिति सकेको थिएं ।
यस्तैमा फलफुल सलाद र बियर बोकेर एउटी आई ।
दुईजनालो पालैपालो शिशिबाटै बियर घुट्क्याउन थाले । अरुबेला भएको भए त्यो बियर देखेर मेरो मुखमा कति पानी आउ“थ्यो होला ? तर त्यो बेलामा भने केहि वेर अघि खाएको भेजनै आउन खोजिरहेको थियो । त्यसलाई मैले वल गरेर रोकिराखेको थिएं । त्यसैले मलाई त्यसको वास्ता नै लागेन ।
उनीहरु म संग कुरा पनि गर्दै थिए । अनि मुखमा बुझो पनि खा“द्दै थिए । उनिहरुले के खाए, कति खाए , मलाई वास्ता गर्न आवश्यक पनि थिएन । म जुरुक्क उठें ।
‘जान लाग्नु भएको?’ मधुर प्रश्न
‘ अं अव म जान्छु ।’ लरवरिएको उत्तर
‘होईन वस्नुस्न । अव एक वोतल वियर खाने क्या हामि ।’ बुझो कोचिएको मुखवाट आग्रहमा मधुरता थपियो ।
‘अहं, अव म जान्छु ।’ मैले द¥हो अडान लिएं ।
‘उसो भए विल तिर्नुस् ।’ एकै पटक भदौरे पानी रोकिए जस्तै मधुरता हरायो ।
‘के को विल ?’
‘खाएको विल नि ।’
‘मैले त खाएकै छैन ।’ म अकमकिएं ।
‘चौविस सय पचास’ पर वाट आवाज आयो ।
‘ल चौविस सय ५० तिर्नुस् ।’ ठाडो आदेश ।
‘म तिर्दै तिर्दिन ।’ फेरी द¥हो अडान ।
‘नतिर्ने नै होत?’
‘हो’
त्यत्तिकैमा वरिपरि ५–६ जना जम्मा भईसकेका थिए । सबैले मलाई च्यापचुप समाते । अघि नरम हातले भित्र लानेलेनै अहिले खस्रा हात र व्यवहारका साथ मेरो खल्तिवाट पैसा झिकि ।
कति झिकि मलाई थाहा छैन । अघि कन्याहरुले दुईतिर पाखुरा समातेर भित्र लगेका थिए । अहिले दुईजना कुमारले कठारो समाएर बाहिर ल्याए । अघि दुई कन्याका नरम हात झड्कालेर आफैं वेञ्चमा वसेको थिएं । अहिले उनिहरुले मलाई झड्कालेर हिन्दी सिनेमामा गुण्डाले गुडिरहेको गाडिवाट लाश फालिदिएजस्तो मलाई वाहिर फालीदिए ।
‘म पनि त एक्लै छैननी ।’ मलाई झनक्क रिस उठ्यो ।
संगठित भएपछि जे पनि गर्न सकिन्छ भन्ने मैले राजनिति नवुझेपनि वन्द र हडताल वुझिसकेको थिएं ।
खल्तीबाट मोबाईल झिकें । धन्न त्यो लुटेका रहेनछन् ।
साथीलाई फान गरें । उठाउने बित्तिकै साथि जंगियो ‘अहिले सम्म सम्पर्क हुन सकेन, कहा“ हुनुहुन्छ ? खोज्दा खोज्दा हैरान भईसकियो ।’
‘मलाईत लुटे यार’ रोक्न खोज्दा खोज्दै मेरो मुखवाट रुञ्चे स्वर एकै पटक निस्क्यो ।
‘कहां हुनुहुन्छ त्यो भन्नुस्न ।’
‘त्यहा“ भन्दा अल्लि पर वाटोको वाया“ पट्टि भएको क्याविन रेष्टुरेञ्टको वाहिर पट्टि’ मैले सम्भव भएसम्म वुझिने वोलीमा, उनिहरुले सजिलै बुझ्ने गरि भनें । उनिहरुले कति वुझे मलाई थाहा भएन । फोन काटियो ।
केही बेरमा साथीहरु आइपुगे । मैले सबै बेलिविस्तार लगाए“ । तर राम्ररी बुझाउन सकेंकि सकिन म अलमलमा परीरहें । अनि एउटै वाक्य दोहो¥याई रहें ।
‘एउटै कुरो नदोहो¥याउनु न’ एउटाले भन्यो ।
मलाई मेरै जिव्रोले समेत साथ दिईरहेको थिएन । म बोल्न खोज्थें, जिब्रो चल्नै मान्दैन थियो ।
सवैजना फेरी भित्र गयौं । आधा दर्जन मान्छे संग भित्र जा“दा म पनि केही पूmर्तिलो भएको थिए“ ।
‘ओए, मेरो पैसा झिक् ।’ मेरो डा“को ठुलो भईहाल्यो ।
‘के को पैसा?’ अघि मलाई बाघ वनेर झम्टनेले विरालो जसरी म्याउ गर्यो ।
‘अझ के को पैसा भन्छस् ?’ साथीहरु मै संग थिए, म के कम् ?
‘............’
‘................’
साथीहरु मलाई चूप लाग्न भन्दै थिए । कुरो बुझ्न खोज्दै थिए । ढोकैमा आएर ट्याक्सि रोकियो ।
‘के भो ब्रो ?’ मुटु कमाउने धोत्रो आवाज संगै ३–४ जना मुन्द्रे कुण्डले भित्र छिरे ।
मेरो बोली वन्द भयो ।
अघि विरालो भएकाहरु अहिले वाघ भईसकेका थिए ।
अघि मलाई अंकल भन्ने भतिजी अगाडि देखा परी । सा“च्चै रणचण्डी जस्ती देखिएकि थिई । हातमा चप्पल थियो । मुखै ताकेर हानी । छेक्न खोज्दै थिएं, सकिनं ।
ब्यु“झदा घरको खाटमा थिएं । टाउको माथि जा“तो राखे जस्तो भईरहेको थियो । जिउ सवै दुखिरहेको थियो । कोठामा कोहि थिएनन् ।
‘ओहो कस्तो नराम्रो सपना देखियो ।’ घटना सा“चो नभएर सपना भएकोमा मक्ख परें । मनमनै भगवानलाई धन्यवाद पनि दिएं ।
यसो हात मुखमा लगेकोत सुनिएको रहेछ । झस्यांग भएं । बल्ल बल्ल उठेर ऐनामा हरेको, मुखमात चप्पलको डामनै वसेको रहेछ । नाकमा अलि अलि रगत कटकटिएर कालो भएको थियो । ज्यु“दै मर्ने भनेको के होला जस्तो लाग्थ्यो । यस्तै हु“दो रहेछ भनेर मनमा खेल्न थाल्यो ।
श्रीमती ज्यु कोठामा आउनु भयो । अनि भुत्भुताउनुभयो ‘नकच्चरो बुढो, पचास कट्न आ“टेर पनि यस्तो चाल छ । छिमेकीको अगाडि कसरी मुख देखाउनु ? साथीभाईले के भन्लान् ?’
वहा“ वोली रहनु भयो । वहा“को महानवाणि म आज्ञाकारी वालक भएर सुनिरहें ।
छोरा छोरी पनि मेरो मुख हेर्दै हा“स्छन् । अनि टाढेवाट भाग्छन् । मलाई देख्ने वित्तिकै लुटपुटिन आउने सानो छोरो पनि नजिक आएन । म न उनीहरु हा“स्ने साहस जुटाउन सकेको छु, न रिसाउने नै हिम्मत छ ।
‘देखिस् ? बाहिर ननिस्कि भनेको होईन ?’ त्यहि वेला दोस्रो मन वोल्यो ।
महिलो मनले केहि जवाफ फर्काएन । कता गएको थियो पत्तै भएन ।
एक हप्ता भयो । न अफिस गएको छु । अथवा भनौं न जान सकेको छु । न वाहिर नै निस्किएको छु । श्रीमतिले ठसक्क परेर भात पस्किदिन्छीन्, त्यहि खान्छु वसिरहेको छु । घरको कोही पनि बोलीरहेको छैन । के भयो भनेर सोध्ने हिम्मत आएको छैन । साथीहरुलार्य कसरी सोधैं ? उनीहरुले फोन गछन्कि भनेर मोबाईल पनि बन्द गरेर राखेको छु । मेरो जस्तै डाम अरु साथिको पनि होलाकि? चिन्ता लागिरहेको छ । बिस्तारै अनुसारको डामत निको होला तर अफिस...... कसरी जाने ?
दोस्रो मन खिसि गरेर हा“सि रहेको छ । पहिलो मन कहा गयो पत्तै छैन ।

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...