Tuesday, March 15, 2011

यो दंगाल भनेको कुन जात हो ?

शहरमा छु । पचहत्तर जिल्ला मध्येको टाउको जिल्ला–राजधानी काठमाण्डौं शहर ।
मेरो बाको भाषामा भन्नुपर्दा–”किमिलासरी मान्छे छन् यहाँ, सबैतिरबाट जम्मा भएका । तर मेरा बाले यत्रोबिधी साँच्चिकै कमिला कहाँ पो देखे होलान र ?
हो, सबै छन् यहाँ । अनेक बर्गका । प्वाल परेको चप्पलले दिनुहुँ सडक नाप्ने देखि करोडौंका चिल्ला कारमा हुँइकिनेहरु सम्म । सडकमै बोरा ओढेर सुत्ने देखि एसी जडित अरबौका महलमा बिलासी जिबन बिताउनेहरु सम्म । को चै छैन र यहाँ नअटाएको ? गरिब, भिखारी, मगन्ते, सडकमै नाङ्ली पसल राखेर पेट पुजा गर्नेहरु, अफिसहोल्डरहरु, नेताहरु, मन्त्रीहरु, बुद्धिजिवीहरु, अत्याधुनिक तरुनीहरु, तालुखुईले प्रा.डा.हरु, बिध्यार्थीहरु, वकिल, पत्रकार, महिला अधिकारकर्मी आदी, आदी र आदी सबै छन् ।
र अटाएको छु हालसम्मलाई ।
पढेर ठुलो मान्छे बन्नलाई आएको थिँए क्यारे । दिन दिनै ठुलो हूँदै गैरहेको रहेछु । कहिले काँही एैनामा देख्छु– फुल्दैछ कपाल । फुल्छ मात्र तर फल्दैन कपाल । त्यस्तै हुने हुन कि सपनाहरु पनि । धेरै कुरा पढ्न पाइन्छ यहाँ । किताब भन्दा पनि मान्छेहरु । किताब त पहिलो च्याप्टर बाट हुरु भएर अन्त्यमा सकिन्छ तर मान्छेको च्याप्टर नहुँदो रहेछ । पढिरहनुपर्ने ।
हरेक मान्छे सँगको सम्बन्धको उद्घाटन परिचयबाट नै शुरु हुँदो रहेछ । लाग्छ –हरेक मान्छेको दिमागमा आफु नै सर्बश्रेष्ठ हुँ भन्ने भूत घुमिरहेको हुन्छ कि ? हात मिलाउछन् र आफू नै ठुलो हुँ भन्ने बढप्पन देखाउन खोजीहाल्छन् कुनै न कुनै प्रशंग ल्याएर ।
कोट्याउदै छु एउटा प्रशंग–
थाहा छैन अहिलेसम्म मैले कति जना संग हात मिलाएर परिचय आदान प्रदान गरेको छु । यो गन्ने विषय पनि त हैन आखिर । परिचय आदान प्रदान गर्ने यस क्रम–उपक्रममा केही यस्ता जिवात पनि फेला पर्छन जसलाइृ नालीबेली नै चाहिन्छ ।
हात मिलाइन्छ र परिचय दिन्छु – म फलानो दंगाल ।
यो दंगाल भनेको कुन जात हो ? तिर झै एउटा प्रश्न मतिर प्रहार हुन्छ । हेर्दा लाग्छ सोध्ने मनुवा पठित छ, डिग्रीधारी जस्तो देखिन्छ । सुटेट बुटेट छ, घाँटीमा टाई नामधारी दाम्लो पनि भिरेको छ र सोध्छ– यो दंगाल भनेको कुन जात हो ? म पनि भनिदिन्छु–हेर्नुस म कुनै जातपात, धर्म आदी इत्यादीमा विस्वासै गर्दिन । कृपया मान्छेलाई जात र भातको आधारमा, क्षेत्रियताको आधारमा चिन्ने प्रयास नगर्नुस । उसको बिचारलाई चिन्नुस, उसको चिन्तनलाई चिन्ने कोसिस गर्नुस ।
मैले जात नबताएसम्म मानौ उ तातो तेलमा माछा झै छट्पटाउदै छ । मैले दंगाल भनेको दलित बर्ग भित्र पर्ने एउटा जात भनिदिएपछि ए भन्छ र पूर्ण सत्तुष्ट हुन्छ ।
पट्यार चलेर आँउछ– शिक्षितहरु, संम्भ्रान्तहरु, जानीफकारहरु धेरै भएको ठाँउ । बाहिरबाट हेर्दा पनि लाग्छ निकै उपल्लो कोटिको मनुवाजस्तो । व्यबहार गर्दै गयो समय कहाँ छ मान्छे कहाँ छ ।
दंगाल भनेको कुन जात हो ?
धेरै चोटी दिक्याएको छ मलाई यो प्रश्नले । दंगाल भनेको कामी हे भनिदिए केहीलाई । केहीलाई दंगाल भनेको दमाई हो भनिदिएँ । अझ एउटालाई त त भनिदिँए– दंगाल भनेको पृथ्विलोकमा रहेका समग्र जातिहरु मध्ये सबैभन्दा रैकट जाति हो ।
ट्वाँ परेर हेर्छ फेरी । सोध्ने आँट गर्दैन– क्या हो यो रैकट भनेको ?
भोगिएका केही घटनाहरु–

घटना नं –एक
ललितपुरको सातदोबाटोमा काम गर्थेँ, खाजा खाने हुटेलमा बिद्ध्वान जस्तो लाग्ने एकजना ब्यक्ति पनि सधै उपस्थित रहन्थे । अचानक एकदिन उनले मेरो थर सोधे । दंगाल । कस्तो अच्चमको थर । कुन जात हो यो दंगाल भनेको ? मैले दंगालको कुनै जात नै हूँदैन भनिदिएँ । मैले यसो भनेपछि उनले आफ्नो विद्धता प्रकट गरे– कि कामी हुनुपर्छ कि दमाई । र अन्तमा उनले मलाई दमाई घोषणा गरे ।

घटना नं –दुई
एउटा एफ.एम. स्टेशनमा जागिरको लागि सारा सर्टिफिकेटको फोटोकपिको बन्डल बोकेर अन्र्तबार्ताका लागि दाखिल भएको थिँए । नाम सोधिसकेपछि त्यहाँका एक बडाहाकिम जस्ताले सोधे – यो दंगाल भनेको कुन जात हो ?
छक्क परेँ – रेडियो स्टेशनमा पनि जात ??????????????????????????????

घटना नं –तीन
हिड्दा हिँड्दै अचानक एकदिन एउटा चिरपरिचित साप्ताहिक पत्रिकाको अफिस अगाडी पुगेछु । पेनड्राइभमा एउटा कबिता थियो । छोडेर जानुप-यो भनेर छिरेँ । सम्पादक ल्यापोमा केही टाइप गरिरहेका थिए । आजाद अजनवी भनेर त चिनेका रहेछन् तर वास्तबिक नाम थाहा रहेनछ , बताइदिँए – म फलानो दंगाल हुँ । उनले पनि सोधे – यो दंगाल भनेको कुन जात हो ।

घटना नं – चार
बी.ए. पहिलो बर्षतिरको कुरा – एउटी च्वाँक ब्युटी नानी म संग हिमचिम बढाउन खोज्दै थिईन । अचानक एकदिन तिम्रो थर दंगाल चाँही कुन काष्टको हो नी ? भनेर सोधीन ।
मैले सहज रुपमा भनेँ –गाँउघरमा लुगा सिलाउने , बिहे बर्तुनमा बाजा बजाउने , बुझ्यौ ?
अनि उनले सधैलाई बुझिन । भोली पर्सि पल्ट देखि बोलचालै बन्द ।
”बालै भएन ” मनमनले मात्र भनेँ ।
कतिपय यस्ता मान्छे भेटिन्छन , जो नामै नसोधीकन शुरुमै सोध्छन–
–तपाईको थर चाँही के हो नी ?
–फलानो हो मेरो थर ।
–ए ,कुन जात होनी यो दंगाल , नेवार हो ?
रनक्क रिस उठेर आँउछ , आकासमा एक्कासी कालो बादल मडारिएर आए झैं ।
के अहिले हामी हिँडिरहेको समय एक्काइसौं शताब्दी हो ? किन अल्झिरहेछन यी मान्छेहरु थरमा, गोत्रमा, जात–पातमा, धर्ममा ? के मान्छेको परिचयको कुनै दायरा हुन्छ ? बाहिर जतिसुकै महंगा आभूषण लगाएपनि , अनुहारमा जतिसुकै महंगा क्रिम दलेपनि, जतिसुकै महंगा अत्तर छर्किएपनि, जतिसुकै डिग्रीका प्रमाणपत्र बटुलेपनि मान्छेको दिमाग भने पुरानै, बोक्रे नै हुँदोरहेछ । मलाई म फलानो जातको हुँ भनेर नाक ठड्याउन बढो दकस लागेर आँउछ । म जातको आधारमा , धर्मको आधारमा पटक्कै चिनिन चाहन्न । मलाई जातको चौघेरो पटक्कै मनपर्दैन । फेरी अब पनि कोही कसैले मलाई यो नसोधीदिउन कि –यो दंगाल भनेको कुन जात हो ?

२०६७ चैत्र ०१
अनामवस्ती

Monday, March 14, 2011

नाङ्लेभारे– प्रकृतिको मादकतामा

एकदिन काठमाडौंको नाङ्लेभारे यस्तो देखिएको थियो ।

दोर्जेलाक्पा हिमशिखर

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...