
फुल्न खोज्ने फुललाई मार्नु हुँदैन
बगैँचामा काँडाको बोट सार्नु हुँदैन ।
आकासमा उढ्छ पुतली,त्यहीँ उड्न देउ
जर्बजस्ती प्वाँख उस्को झार्नु हुँदैन ।
स्वतन्त्र भै नाँचुन गाँउन सुगा अनि मैना
कसैलाई नी पिँजडामा पार्नु हुँदैन ।
कहिलेकाहीँ लड्न सक्छ घोडा चड्ने मान्छे
अघि बढ्ने प्रयास गर्न छाड्नु हुँदैन ।
जित्नुपर्छ सबैलाई पढाई अनि लेखाईमा
आफ्नै मन संग पनि हार्नु हुँदैन ।
२०६७ असार ५
काठमांडू ।