Monday, May 16, 2011

लोडसेडिङले बढायो एक पाथी पिठो

उनले पानी घट्ट चलाउन थालेको नै २० वर्ष भन्दा बढी भइसकेछ । सिन्धुपाल्चोकको भोटेचौर र हैवुङ्ग गा.वि.सको सिमानामा पर्ने ठाडो खोलामा उनले ६ वटा घट्ट फेरीसकेका छन् । “शुरुमा ४ जना पार्टनर मिलेर घट्ट बनाएको थियो, सबैले छोडे तर मैले छोड्न सकिन” उनी भन्छन् ।
उमेरले ६० पुगेका हैवुङ्ग निवासी मान बहादुर तामाङ प्रत्येक दिन आधा घण्टा हिडेर घट्ट चलाउन आइपुग्छन् । बढ्दो लोडसेडिङले सबै क्षेत्रमा मार परेपनि उनलाई भने दैनिक एक पाथी पिठो फाइदा भइरहेको रहेछ । वरीपरी गाउँमा रहेका बिजुलीबाट चल्ने मिलहरुको भर नहुँदा त्यस आसपासका गाउँलेहरु उनकै घट्टमा आइपुग्छन् । लोडसेडिङले त तपाईलाई फाइदा पो गरेछ नी ? दुवै तर्फ गालामा अनगिन्ति रेखा पार्दै उनी मुस्कुराए–“पिठो फाइदा भएर के गर्नु, यही पिठो बेचेर टुकी बाल्न मट्टीतेल किन्नुपर्छ, रेडियो सुन्न पाईदैन । उनका अनुसार लोडसेडिङ नभएको बेला घट्टमा ज्याला स्वरुप जम्मा १ पाथी पिठो मात्रै हुन्थ्यो । अहिले लोडसेडिङ बढेपछि भने उनकोमा २ पाथी भन्दा बढी पिठो ज्याला उठ्न थालेको छ ।

मकै, गहुँ, कोदो, जौ पिस्ने उनको घट्टमा ज्याला लिने त्यस्तो कसि कसाउको नियम छैन । “इच्छा अनुसार दिनुस भन्छु । कसैले एक–दुई अंजुली बढी पनि दिन्छन्, कसैले घटी पनि दिन्छन् ।” उनले एक पाथी अन्न पिंधेवापत आधा माना पिठो ज्याला लिने गरेको बताए ।
महिनाभरी घट्टमा धाएर अहिले २ मुरी पिठो जम्मा पार्छन् उनले । यसबाट उनको आठ जनाको परिवारलाई महिनाभरी खान पुग्दैन । उनी भन्छन्–“पिठोजति बस्तुभाउलाई नै ठिक्क हुन्छ ”। बाँकी जिन्दगी पनि यही घट्ट चलाएरै बिताउने उनको योजना छ । लोडसेडिङले दैनिक १ पाथी पिठो ज्याला बढेपनि उनको कामना छ–“लोडसेडिङ चाढै हटोस् ।”

Saturday, May 14, 2011

भित्तेपत्रिका

सिर्जनाको स्कुल निकै रमाइलो थियो । सबैतिर सफा अनि सुग्घर थियो । बगैँचामा शुन्दर फूलहरु फुलेका थिए । स्कुलको गेटदेखि प्रध्यानाध्यापकको अफिस जाने बाटोको दायाँ बायाँ गमलामा पनि उत्तिकै राम्रा फूलहरु फुलेका थिए । स्कुलको बिच भागमा रहेको सानो पिपलको रुखलाई चौतारी जस्तै बनाइएको थियो । स्कुल हाताभित्र कतै पनि इटा, ढुङ्गाका टुक्राहरु थिएनन् । सबै कुरा व्यवस्थित थिए ।
उनको कक्षा कोठा पनि साह्रै सफा थियो । कक्षामा पढ्ने सम्पूर्ण साथीहरु सानो टुक्रा कागज पनि खसाल्दैनथे । नचाहिने कुरा केही भयो कि फोहोर राख्ने भाँडोमा खसाल्थे । तर उनको कक्षा कोठा बाहिरको भित्तामा भने एउटा पुरानो काठको बोर्ड झुण्डिएको थियो । जसमा केही लेखेर धेरै अघि टाँसेका पुराना कागजहरु थिए । फलामको मसिना तारले बनेको जालीमा माकुराले पनि जालो लगाएको थियो ।
एक दिन टिफिन टाइमको बेला भएको थियो । सिर्जनाले अंग्रेजी पढाउने निरु मिसलाई त्यो बोर्ड त्यहाँ किन झुण्ड्याएको भनेर सोधिन । मिसले त्यो बोर्डमा पहिला–पहिलाका बिद्यार्थीहरुले भित्ते पत्रिका टाँस्ने गरेको बताउनु भयो । सिर्जनाको साथी रस्मिलाले भित्ते पत्रिका भनेको कस्तो हुन्छ भनेर सोधिन । भित्ते पत्रिका त तिमीहरु आफैंले पनि बनाउन सकिहाल्छौ नी । एक–दुई वटा ठुलो सेतो कागजमा कथा, कबिता, गित, चुटकिला आदी लेख्ने अनि त्यो बोर्डमा टाँस्ने त हो नी । मिसले तुरुन्तै जवाफ दिनुभयो । उहाँले अरु कुरा पनि सिकाउनुभयो– भित्ते पत्रिका निकाल्नका लागि सबै साथीहरुसंग गीत, कबिता, चुट्किला जे लेख्न आँउछ त्यही माग्ने । त्यसपछी सबैभन्दा राम्रा–राम्रा छानेर सफा अक्षरमा लेख्नुपर्छ । एक–एक हप्तामा वा पन्ध्र–पन्ध्र दिनको फरकमा फेरी त्यसरी नै लेख रचना संकलन गरेर लेख्दै टाँस्नुपर्छ । कसैलाई चित्र बनाउन आँउछ भने त्यसलाई पनि भित्ते पत्रिकामा टाँस्न मिल्छ । निरु मिसले यसो भनेपछी सिर्जना र रस्मिला लाई पनि भित्ते पत्रिका बनाउन मन लाग्यो ।
एक दिनको शुक्रबार सिर्जना, रस्मिला, प्रदिप, माधव अनि चेतना मिलेर भित्ते पत्रिका निकाल्न फोहोर भएको बोर्डलाई सफा गरे । त्यसमा एक दुई वटा किला पनि ठोक्नु पर्ने भएको रहेछ । उनीहरुले त्यसको लागि पाले दाई संग सहयोग माग्ने बिचार गरे । उनीहरुले बिनम्र भएर अनुरोध गरेपछी पाले दाईले पनि खुसी भएर त्यसको मर्मत गरिदिनुभयो । त्यस दिन उनीहरुले कसरी भित्ते पत्रिका बनाउने भनेर छलफल गरे ।
भित्ते पत्रिका निकाल्नको लागि उनीहरुले पाँच–पाँच रुपैयाँ उठाए । त्यसपछी दुई तीन वटा साइनपेन र दुई वटा बोर्डमा टाँस्न पुग्ने ठुलो आकारको कागज पनि किने । शनिबारको दिन सबै मिलेर भित्ते पत्रिका बनाउने भए । उनीहरुले केही साथीहरु संग लेख रचना पनि मागे ।
अर्को दिन आइतबार उनीहरु अरु साथीहरु भन्दा दश मिनेट चाँढै आए । सबै मिलेर उत्त बोर्डमा भित्तेपत्रिका टाँसे । त्यो भित्तेपत्रिकामा ४ वटा कबिता, एउटा सानो कथा, ३ वटा चुट्किला, दुइवटा गीत अनि हिमालबाट सूर्य उदाउदै गरेको एउटा चित्र पनि राखिएको थियो । हिजो अस्ति सम्म पुरानो रहेको बोर्डमा भित्ते पत्रिका देख्दा सबै साथीहरु खुसी भएर रमाए । केही क्षण पछी हेडसर पनि त्यहाँ आएर हेर्नुभयो । अनि कसको काम हो यो भनेर सोध्नुभयो । सिर्जना र उनका साथीहरुलाई शुरुमा त डर पो लाग्यो । हेडसरले होमवर्क गर्न छोडेर यस्तो काम गर्ने हो भन्दै गाली गर्ने पो हो की भन्ने उनीहरुलाई लागिरहेको थियो । तर उहाँले धेरै राम्रो गरेछौ भनेपछी उनीहरुले हामीले बनाएको हो भने । हेडसर पनि असाध्यै खुसी हुनुभयो ।
तर उहाँले त्यहाँ लेखिएको केही शब्द नमिलेको रहेछ भन्नुभयो । उहाँले अर्कोचोटी भित्ते पत्रिका निकाल्दा नेपालीमा लेखेको छ भने नेपाली पढाउँने सरलाई अनि अंग्रेजीमा लेखेको छ भने अंग्रेजी पढाउने सरलाई देखाइसकेपछी मात्रै टाँस्ने गर भन्नुभयो । उनीहरुले हुन्छ भन्दै हेडसरलाई धन्यवाद दिए । त्यसपछी त कबिता, गीत, कथा, चुटकिला लेख्न जान्ने अरु साथीहरुले अर्को चोटीको भित्ते पत्रिकाको लागि रचना दिन हानथाप नै गर्न थाले ।

दयालु बुढीआमा

सरोज, प्रमोद अनि सुवास एउटै स्कुलमा पढ्थे । उनीहरुको स्कुलको गेट छेउमा एउटा सानो पसल थियो । पसलमा धेरै सामानहरु थिएनन् । एउटा डालीमा बदाम र अर्को बाँसको ¥याकमा थोरै चिजबिज हुन्थे । त्यो ¥याकमा अलिकति कापी,कलम,चकलेट आदी राखिएको हुन्थ्यो । त्यि सामान बेच्न एकजना बुढी आमा त्यहाँ बस्थिन । उनलाई सबैले बुढीआमा भनेर बोलाउँथे । साना–साना नानीहरुले बुढीआमा सन्चै हुनुहुन्छ भन्थे । त्यसो भन्दा उनी साह्रै मख्ख पर्थिन ।
सरोज स्कुल पस्ने बेलामा अनि निस्कने बेलामा बुढीआमालाई देख्थ्यो । सधैभरी बुढीआमा सानो पसलमा बसेको देख्दा उसको मनमा कुरा खेलिरहन्थ्यो । किन उनले थोरै सामान बेच्न राखेको होला ? किन बृद्ध उमेरमा पनि घरमा नबसेर काम गरेको होला ? उ सधैँ यस्तै कुराहरु सोच्ने गथ्र्यो । एकदिन उसले बुढीआमालाई सोध्ने बिचार ग¥यो ।
एकदिनको कुरा हो, स्कुलमा टिफिन टाइम भएको थियो । सरोजले उसको साथी प्रमोद सँगै भएर बुढीआमा सँग कुरा गर्ने बिचार ग¥यो । सरोज र प्रमोद सँगै आएर बुढी आमाको छेउमा बसे । शुरुमा कुरा गर्न सरोजलाई साह्रै अप्ठ्यारो लाग्यो । पछी उसले त्यि बुढी आमा पनि आफ्नै हजुरआमा जस्तै त हो नी भनेर सोच्यो । अनि उसले सोध्यो–“बुढीआमा तपाईले किन थोरै सामान बेच्नुभएको ? अनि बृद्ध भएर पनि किन काम गर्नुभएको ?”
बुढी आमाले आफुसंग धेरै सामान नभएकोले अनि गह्रौ काम गर्न नसकेर सानो पसल राखेको बताइन । उनलाई त्यसरी सोधेको देखेर साह्रै खुसी लग्यो । अनि उनले तिमीहरु कति कक्षामा पढ्छौ भनेर सोधिन । उनीहरुले पनि उत्तर दिए । बुढीआमाले राम्रो संग पढ्नुपर्छ है बाबु भनेर दुबैजनालाई एक–एक मुठ्ठी बदाम दिइन ।
सरोज साह्रै असल थियो भने प्रमोद चाँही अलि खराब स्वभावको थियो । अर्को दिनको कुरा हो , टिफिन टाइमको बेला प्रमोदलाई हिजो जस्तै बदाम खान मन लाग्यो । तर उ संग पैसा पनि थिएन । अर्को साथी सुवासलाई बुढी आमा संग बदाम मागेर खाँन जाँउ भन्यो । त्यसपछी दुबै जना स्कुलको गेटमा आएर बुढीआमा सँग बदाम मागे । तर बुढी आमाले दिइनन् । उनले सित्तैमा मागेर अर्काको कुनै कुरा पनि लिनुहुँदैन भनिन । एकछिन पछी बुढी आमाले अन्तै हेरेको बेला प्रमोद र सुवासले एक एक मुठ्ठी बदाम चोरेर भागे । बुढी आमाले देखिहालिन । उनीहरुलाई घर फर्कने बेलामा बुढीआमाले केही गर्ने हो की भनेर डर लागिरह्यो । नभन्दै बुढीआमाले उनीहरुलाई बदमास भनेर गाली गर्दै घरमा अनि सरलाई पनि सबै कुरा भनिदिन्छु भनिन् । त्यसपछी उनीहरुलाई साह्रै डर लाग्यो ।
एकछिन डराए पनि बेला–बेला स्कुलमा उनीहरु उपद्रो मच्चाइरहन्थे । कहिले कसैको पेन्सिल चोरी गर्ने त कहिले कसैको कापी लुकाइदिने गर्थे । कहिलेकाँही साथीहरुसंग खेल्दा–खेल्दै पनि झगडा गर्न खोजिहहाल्थे । त्यसैले उनीहरुलाई कसैले पनि राम्रो मान्दैनथेँ ।
एकदिन स्कुलमा उनहिरुको पहिलो परिक्षा पनि शुरु भयो । परिक्षा दिन घरबाट स्कुल जाँदा प्रमोदको कलम कहाँ हराएछ कहाँ । उसले झोलामा पनि खोज्यो तर कहिँ भेटेन । अर्को नयाँ किन्नलाई पैसा पनि थिएन । परिक्षा शुरु हुनको लागि जम्मा १५ मिनेट मात्र बाँकी थियो । उसले साथीहरु संग लेख्नको लागि कलम माग्यो तर कसैले पनि दिएनन् । त्यस पछी उ साह्रै दुखी भएर स्कुल बाहिर आई रुन थाल्यो । उ रोएको देखेर बुढी आमाले किन रोएको भनेर सोधिन । उसले बुढी आमाले गाली गर्छिन होला भनेर बोल्दै नबोली आँसु मात्र झारीरह्यो । बुढीआमाले फेरी सोधेपछी उसले परिक्षा दिनको लागि कलम नभएको बतायो । बुढी आमाले ल ल चुप लाग भनिन् । अनि एउटा कलम झिकेर दिँदै राम्रो सँग जाँच देउ है भनिन् ।
प्रमोद छक्क प¥यो अनि खुसी भयो । अस्ति उसले बदाम चोरेर बदमासी गरेको थियो । तर आज उसलाई बुढी आमाको बदाम चोरेकोमा दःुख लाग्यो । परिक्षा दिने बेला भइसकेको थियो । बुढीआमाले यदी कलम नदिएको भए उसले परिक्षा नै दिन नपाउने थियो ।
अर्को दिन बिहान उसले बुढीआमालाई हिजो दिएको कलमको पैसा ति¥यो । अनि अब देखि त्यसरी कहिल्यै केही कुरा पनि चोर्ने काम गर्दिन भन्यो । त्यसपछी बुढी त आमा पनि साह्रै खुसी भईन । उनले सधै राम्रो काम गर्नुपर्छ । कसैलाई पनि दुःख दिनुहुँदैन । आपत परेको बेला सबैलाई आफुले सकेको सहयोग गर्नुपर्छ भनेर सम्झाँइन । अनि उसलाई एक मुठ्ठी बदाम पनि दिईन । प्रमोद पनि साह्रै खुसी भयो अनि कहिल्यै पनि खराब काम नगर्ने बिचार ग¥यो ।
परिक्षा सकिएपछी फेरी पढाई शुरु भयो । एकदिन प्रमोदको साथी सुवासले फेरी पनि बुढी आमाको बदाम चोरेर खान जाँउ भन्यो । तर प्रमोदले सुवासलाई उल्टै हप्कायो । त्यस्तो काम त गर्नु नै हुँदैन । उनी त साह्रै दयालु बुढी मान्छे हुन् । हामीले कसैलाई पनि दुख दिनु हुँदैन भनेर सम्झायो । बुढी आमाले कलम नदिएको भए आफुले परिक्षा नै दिन पाँउदिनथेँ पनि भन्यो । त्यसपछी दुबैजनाले सधै असल काम गर्ने बाचा गरे ।

मध्यरात

जब
जब पल्लो छिमेकी डेरावाल
रक्सीले बेस्सरी मातेर मध्यरातमा
सिङ्गो घर उचाल्दै
उचाल्छ देश बिरोधी नारा
उचाल्छ नेता बिरोधी नारा
एक्कासी
मेरो गहिरो निद्रा खलबलिन्छ
सपनामा आइपुगेकी अन्जान राजकुमारीसँग
सुमधुर वार्तालाभ भंग भइदिन्छ
केबल दुई मिनेट
एक्लै दुर्बासा भएर रिसाउछु
उसरी नै
नेता बिरोधी गीत गाइरहन्छ
पुरै चंख भइसक्छु यहाँसम्ममा
कुर्लिदिन्छ एकएक नाम तोक्दै
मुर्दाबाद......मुर्दाबाद
फलानो नेता मुर्दाबाद
फलानो नीति मुर्दाबाद

यो समय बिहान वा दिउसो थियो भने
दिने थिँए उसलाई
गुलाफको एक थुङ्गा रातो फूल
किनिदिने थिँए
थप एक ग्लाँस कडा रक्सी

अब
निद्रा नपरुन्जेलको बाँकी समय
बुद्ध झै शान्त भइदिन्छु
साँच्चै खुसी भइरहन्छु

२०६८ बैशाख ०७
ललितपुर ।

Wednesday, May 11, 2011

लौन राष्ट्रपति ज्यू एक कल फोन गरिदिनुस् ।

आदरणीय राष्ट्रपति ज्यू ,

त्यो साँझ अफिसबाट म एकदमै थाकेर फर्किएको थिँए । लोडसेडिङ् भए पनि मेरो रुम पार्टनर स्याडस्टोनको अनुहार अरु दिन भन्दा एकदमै चमकदार थियो । उ यसरी खुसी भएको मैले जिबनमा कहिल्यै देखेको थिइन ।
“अरे, तैले त आज पुरै भाँडा माझेर यतिचाँढै खाना पनि बनाइसकिछस् । हैन यो के आश्र्चय” ?
“आश्र्चय मान्नुपर्दैन यार । आज मैले यस्तो महत्वपूर्ण काम गरेँ, त्यो सुनेर भोली संसारमा मेरो नाम चल्नेछ । साँच्चै एउटा तरङ्ग उत्पन्न हुनेछ ।
स्याड स्टोन र मेरो बीच पहिलो संबाद यस्तै भएको थियो । अचम्म ! उ भाँडा मस्काउन साह्र्रै अल्छि । बिहान देखिको जुठो भाँडा मैले मस्काएपछी मात्र उ बल्ल तल्ल खाना बनाउन अघि सथ्र्यो । उसको कार्यशैलीमा यस्तो नाटकीय परिबर्तन देखेपछी म तिन छक्कै परेँ । झन उसले त्यस दिनलाई महत्वपूर्ण दिन भनेकोले पनि मनमा सक्सक् लागिरह्यो ।
–हैन तैल किन आजको दिनलाई महत्वपूर्ण भनेको ? भाँडा माझेर आफैँले खाना पकाएको भनेर हो ?
–हैन, मैले आज बाटोमा सय रुपैयाँ भेट्टाँए ।
–ओ हो, जाति भएछ यार । अझ हजार रुपैया नै भेटेको भए हुन्थ्यो नी ? जाबो एउटा बियर पनि नआउने के पैसा भेटेको ?????
–सय रुपैँया भए पनि नयाँ नोट थियो यार ।
–ठीकै छ । तेल सकिन लागेको रहेछ । चिनी पनि अलिकति मात्रै रहेछ । भोली बिहानै हाफ लिटर तेल र चिनी ल्याउनुपर्छ बुझिस् ।
–मैले त त्यो पैसा फिर्ता गरिसकेँ ।
–फिर्ता गरिसकेँ रे ?!! गरिस फिर्ता ? कसरी गरिस ???बाटोमा भेटेको पैसा कसको हो कसको ????
मैले यसो भनेपछी उसले पुलिसको सामु बयान दिए झै भन्न थाल्यो–हामी क्याम्पस जाने बाटो नजिकै मैले एक सय रुपैया भेटेको सहि साँचो हो । पैसा भेट्टाएपछी मलाई त्यो पैसा हराउने मान्छे प्रति एकदमै दया लागेर आयो । निकैबेर पैसा ओल्टाई पल्टाई हेरिरहँे । पैसाको अलिकति ठाँउमा फोन नंबर लेखेको रैछ । मोबाइलमा ब्यालेन्स एक सुको थिएन । नजिकैको पसलमा गएर फोन गरेँ । अनि उस लाई बसपार्क सम्म आउनुस भनेँ । एक घण्टा पछि उनी त्यही आए । मैले लिनुस तपाँईको सय रुपैया भनेर दिँए । उनी साह्रै हतास देखिएका थिए । उनले मलाई तुरुन्तै रु. १० को नोट उपहार दिन खोजेका थिए , मैले पर्दैन–पर्दैन भनेँ । उनी त साह्र्रै खुसी भएर गएका छन् ।
स्याडस्टोनको कुराले म ताजुप भएँ । हैन यो मान्छे त यस्तो इमान्दार थिएन । कहिलेकाँही बजारबाट तरकारी किनेर ल्याउदा समेत कमिसन निकालेर मलाई नै बढी पैसा तिराँउथ्यो । घरबेटीलाई भाडा तिर्न पनि कहिल्यै अघि सर्दैनथ्यो । केहो–केहो, यो मायाको संसार बिचित्र भन्याजस्तो । खाना खाने बेलामा उसले भन्यो–मैले गरेको कामबारे सबैतिर जानकारी गराउन पत्रकार सम्मेलन गर्दा कस्तो होला ?
–ठिकै होला । आजभोली मान्छेहरु एउटा सिन्को सम्म पनि भाँच्दैनन् । हामीले त्यो ग¥यौँ, उ ग¥यौँ र भोली उसो गर्छौभन्दै पत्रकार सम्मेलन गर्छन । तेरो बिचार ” मैले भनेँ ।
–पत्रकार सम्मेलन गर्न खर्च कति लाग्छ यार ?
–लाग्छ नी पैसा त । एउटा सामान्य पत्रकार सम्मेलन गर्ने हो भने पनि कम्तिमा पाँच–दश हजार त लागिहाल्छ । सबै म जस्तै पत्रकार कहाँ हुन्छन र ? चिकेन रोष्ट, पिज्जा, बर्गर आदी इत्यादी नानाभाँती खाजा खान खोज्छन । अझ कोही त उनीहरुलाई बोलाएबापत खामबन्दी पैसा पनि माग्छन ।
स्याडस्टोन तिन छक्क प¥यो–भो यार भो, यो पत्रकार सम्मेलन गर्न सक्दिन म । बरु तैले काम गर्ने साप्ताहिक पत्रिकैमा भएपनि मेरो बारेमा एउटा समाचार चै बनाउनै पर्छ बुझिस् ।
–सय रुपैया भेट्टाएको कुराको पनि के समाचार लेख्नु ? यो हुन सक्दैन । हाम्रो पत्रिका यस्तो झारेझुरे समाचार लेख्ने पत्रिकै हैन । स्याडस्टोन गर्जियो– हो, हो गतिलो समाचार लेख्छ तेरो पत्रिकाले । नौटंकी नेताको पुच्छर । फलानो नेताले यसो भन्यो, तिलानो नेताले उसो भन्यो । यस्तै समाचार छाप्छौ तिमीहरु । गरिब जनताले दुःख पाएको समाचार लेख्न त तिमीहरुले अर्को जुनीमा पनि जान्दैनौँ । नलेखे नलेख मेरो बारेमा समाचार । भोलीदेखि भाँडा मस्काउने र खाना पकाउने डिर्पाटमेन्ट तेरो जिम्मामा ।
स्याडस्टोनले बाध्य बनाएपछी मैले आफू काम गर्ने साप्ताहिक पत्रिकामा भोलीपल्ट उसको बारेमा एउटा समाार लेखिदिँए । समाचार शीर्षक थियो–स्याडस्टोनले फिर्ता ग¥यो बाटोमा भेट्टाएको एक सय रुपैयाँ । त्यो समाचार पनि त्यस्तै पाराको थियो–कोहीले सस्तो समाचार मान्लान कोहीले दह्रो हाँस्यव्यङ्ग्य ।
डेरामा आएपछी स्याडस्टोनको बेडमा पत्रिका फ्याँकीदिँए । समाचार पढेपछी असाध्यै खुसी भएर मलाई गम्लङ्ग अँगालो हाल्यो उसले । अनि शुरु गरिहाल्यो भाँडा माझेर खाना पकाउन । त्यो समय मोरो स्याडस्टोन वास्तबमै ह्याप्पी फ्लावर भएको थियो । अनायास खाना पकाँउदा पकाउदैमा उसले एउटा संसय ब्यक्त ग¥यो– यो पत्रिका राष्ट्रपतिको घरमा पुग्छ कि पुग्दैन ? फेरी पुगेन भने त ....??
मैले भनेँ–नेपालको राष्ट्रपतिको घरमा मात्र किन इन्टरनेटमार्फत संसार भरीका राष्ट्रपतिको घर–घरमा पुगिसक्यो ।
–हो है ! ठीक गरिस यार तैले । वास्तवमा मेरो लागि संसारभरको सबैभन्दा ठुलो पत्रकार नै तै होस बुझिस ?
मैले फेरी भनेँ–भो,भो नफुक्र्या मलाई यसरी । बरु यसरी नै सधै भाँडा माझेर खाना बनाउने गर ।कति दिन मात्र म एक्लैले भाँडा मस्काउनु !!?
पत्रिकामा समाचार छापिएको दोश्रो दिन सम्म स्याडस्टोन खुसी नै थियो । तेश्रो दिन उ अलि निराश देखियो । सोधेँ–के भयो स्याडस्टोन ?
उसले दुःखी स्वरमा भन्यो–तेरो पत्रिका राष्ट्रपतिको घरमा पुगेनछ क्यारे । तैले मलाई ढाँटिस् कि ?
मैले भनेँ–भुगोलपार्कको बितरक यज्ञ दाइको हातमा पत्रिकाको दुई बन्डल मैले नै छोडेर आएको हुँ । उपत्यका बाहिर सम्म पुग्ने हाम्रो पत्रिका त्यहीँ शितल निवास सम्म नपुग्ने त कुरै हुँदैन । फेरी मैले तँलाई ऐलेसम्म कहिले पो ढाँटेको छु र ? बरु तँलाई किन राष्ट्रपतिकोमा पत्रिका पुगेन की भनेर चिन्ता हँ ?
उसले भन्यो– मलाई अहिले सम्म पनि राष्ट्रपतिको फोन आकै छैन भन्या । म जस्तो इमान्दार मान्छेलाई, बाटोमा भेटेको सय रुप्पे सम्म फिर्ता गर्ने मान्छेलाई तिनले फोन गर्नु पदैन ? के सय रुपैँया चाही पैसा होईन ??
ए ! कुरोको चुरो त यस्तो पो रहेछ । अनुजाको हावा मेराो कोठासम्म पनि आइसकेछ । तर स्याडस्टोनले भेट्टाएको भनेको सय रुपैया साँच्चिकै फिर्ता नै पो गरेको हो की ? मलाई उसको अबस्था देखेर साह्रै दया लागेर आयो । तर त्यति धेरै इमान्दार चै हैन स्याडस्टोन पनि । कत्तिपटक मेरो सिरानी मुनीको पैसा उढाएर म.म. उढाउने गरेको कुरा त मलाई साम्रै संग थाहा छ ।
तेश्रो दिन उसले धुँइपत्ताल गरेर राष्ट्रपतिको मोबाइल नंबर भेट्टाएछ अनि थालेछ मिस्ड कल गर्न ।
जति मिस्डकल गरे पनि रिप्लाई नहुँदा उ अहिले बढो सुर्तामा परेको छ । उसै त पिलन्धरे, अलि बढी टेन्सन लिएर हल्का ज्वरोले पनि उसलाई गाँज्न थालेको छ । हिजो अस्ति मैले भाँडा मस्काइदिएपछी खाना त बनाईदिन्थ्यो । अहिले त दुबै काम छोडिसक्यो उसले । थोरै मात्र खाना खान्छ र सुतिरहन्छ जतिखेर पनि । बेला–बेलामा बर्बराउछ–“ मलाई राष्ट्रपतिको फोन कहिले आँउछ ?” अहिले उसको स्थीति झन्–झन् नाजुक हुँदै गैरहेको छ । जसरी भएपनि स्याडस्टोनलाई बचाइदिनुप¥यो । लौन राष्ट्रपति ज्यू एक कल फोन गरिदिनुप¥यो ।

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...