Showing posts with label समय सन्दर्भ. Show all posts

Friday, August 05, 2011

अजबको देशमा-गजबका पत्रकार

राससका बीरेन्द्र कर्णले लेखेको, साउन १८ गते गोरखापत्रमा एङ्कर न्यूजका रुपमा प्रकाशित समाचारले ताजुप बनाएको छ । समाचार शीर्षक छ–
पत्रकारले मागे एफ.एम. स्टेशन दाइजो

त्यि पत्रकारको नाम हो–रोयान्टर मण्डल जसले सिरहामा मधेश स्पेसल साप्ताहिक पत्रिका निकाली रहेका छन् रे घरको सुनचाँदी धितो राखेर । उनी विगत देखिनै दाइजो बिरोधी समाचार लेख्थे अरे । उनको सपना छ रे एफ.एम. रेडियोको मालिक बन्ने । समाचारमा भनिए अनुसार हालसम्म उनको माग पूरा गरीदिने कोही भेटिएका छैनन रे ।

कस्तो बाठो पत्रकार हगि ???
श्रीमती पनि एफ.एम. पनि स्टेशन पनि ।

बीरेन्द्र कर्णले समाचारमा उल्लेख गरे अनुसार तराईमा बी.ए. उर्तिण वालालाई ५ लाख सम्म दाइजो दिइन्छ ।
मलाई यतिबेला सानोठिमी क्याम्पसमा सँगै पढेको एकजना तराई बासी साथीको याद आइरहेको छ -
सुबोध यादब हो उसको नाम ।

बी.एड्.मा अंग्रेजी पढ्ने क्रममा उसलाई मैले नजिकबाट बुझेको थिएँ । उसको हातमा जतिखेर पनि कोर्ष संग सम्बन्धित नोट र किताबहरु हुन्थे । तिनलाई उ जतिखेर पनि रटिरहेको हुन्थ्यो । रट्न पनि यसरी रट्थ्यो कि पुरा लाइनका लाइन । एकदिन शनिबार क्याम्पस पछाडिको चौरमा गएर पढिरहेको थिँए । उ पनि त्यहाँ नोट रट्दै थियो । तिमी किन यसरी पढ्नमा घोटिन्छौ यार भन्दा उसले– ब्याचलर सक्यो भने यति दहेज आँउछ, मास्टर सक्यो भने यति दहेज आँउछ भनेर बेलिबिस्तार लगाएको थियो ।
कस्तो अचम्म !!
जसले पढाइको उद्धेश्य नै दाइजो बनाउछन् । अझ पत्रकार महासंघ मोरङ जिल्ला कोषध्यक्ष समेत रहेका पत्रकारले नै दाइजोको रुपमा एफ.एम. स्टेशन नै मागेपछी समाजमा त्यसले नकारात्मक प्रभाव र दाइजोको महत्वलाई अझ उचाल्ने देखिन्छ । दाइजो बिरोधी समाचार किन लेखे तिनले ? सायद साप्ताहिक पत्रिका निकाल्नुको रणनीति एफ.एम्. स्टेशनलाई दाइजोको मूल अस्त्र बनाउन त हैन ? यस्तै–यस्ता पत्रकार हुने हो भने नयाँ नेपाल साँच्चै नयाँ नेपाल नै हुने थियो कि ?

Friday, June 24, 2011

सुन्दर काँठः उस्तै कामको चटारो

धुलो धुवाको आतङ्क र शहरी कोलाहल भन्दा अलिकति मात्रै पर । चारैतिर हरियाली नै हरियाली । बसन्तले पाइला टेकेको शुन्दर शान्त ठाउँ । अलि–अलि गर्मी तर हरियो रुखहरुबाट बहने सिर्सिरे चिसो हावाको स्पर्श । नजिकैको जंगलबाट झरेको स्वच्छ पिउने पानी । काफल चरीको ‘कुक्कु’ र कोइलीको कुहु–कुहुको आनन्द दायी आवाज । अनि त्यस्तै ग्रामीण निस्वार्थ मुस्कान ।
यस्तै–यस्तै भेटियो रिङ्रोडबाट करिब ११ किलोमिटर पर ललितपुरको लामाटार गा.वि.स.मा । खेतभरी हरीया गहुँ लह–लह झुलेका छन् । पहेलपुर जौ काट्नलाई ठिक्क बेला भएको छ । कतै आलु खन्ने समय भएको छ भने कतै च्याउ टिप्ने प्रायः बारीभरी बाँसको टहरो बनाइएका छन् । धेरैजसो किसानहरु बारीभरी छरिएका छन् मकै र तरकारी लगाउन ।
प्रकृतिको आनन्दमा रम्दै–रम्दै गर्दा आकस्मिक रुपमा भेटिनु भयो कृषक मुकुन्द प्रसाद घिमिरे । हिउँद पछि अब बर्खामास लाग्दैछ । वहाँ आफ्नो बारीमा कम्पोष्ट मल छरेर खनजोत गर्दै हुनुहुन्थ्यो । गोलभेडा लगाउन करिब ६ हजार खर्चेर बाँसको एउटा टहरो बनाई सक्नुभएको उहाँले ५ सय ओटा गोलभँेडाको विरुवा लगाउने योजना बनाउनुभएको रहेछ । मकै लगाउनु र गोलभेँडा लगाउनुमा कुनमा बढी फाइदा हुन्छ त ? घिमिरे भन्नुहुन्छ– “मकैबाट त्यै ८÷१० हजार मात्र हुने ठाउँमा यसरी गोलभेँडा लगाउँदा ३० देखि ३५ हजारसम्म हुँदोरहेछ ।” उहाँले गत वर्ष देखि कृषि विज्ञको सल्लाहमा “सिर्जना” जातको गोलभेँडा खेती गर्दै आउनुभएको रहेछ । उहाँको अनुभवमा यो जातको गोलभेँडामा रोगव्याधी निकै कम लाग्ने गर्दछ ।
कृषक घिमिरेका अनुसार लामाटार गाविस वडा नं. ५ र ६ मा करिब एक सय घरले यसरी टहरो बनाएर व्यावसायीक रुपमा गोलभेँडा खेती गर्दै आएका छन् । वहाँ भन्नुहुन्छ –“जेठमा लगाएको गोलभेँडा असार अन्तिमबाट पुषसम्म निरन्तर फलिरहन्छ । बजारको पनि दुःख छैन । कालीमाटीबाट घरमै लिन आउँछन् ।” जहाँ गोलभेँडा लगायत बेमौसमी तरकारी काउली, बन्दा, खुर्सानी, मूला लगायतको खेती गर्न किसानहरु जुटिरहेका भेटिन्छन् । बारीभरी तरकारी खेती गर्नका लागि बाँसको टहरो निर्माण गर्न थुप्रै किसान व्यस्त देखिन्छन् । लामाटार गाविस वडा नं. ६ निवासी कृषक रेणुका घिमिरेले भने गएको पौषदेखि करिब ५० हजार लगानी गरेर च्याउ खेती शुरु गर्नुभएको रहेछ । पुरै कालो प्लाष्टिकले छोपिएको एउटा ठूलो टहरोभित्र परालबाट उत्पादित च्याउ त्यहीबाट बिक्री हुन थालेको पनि ३ महिना भइसकेको छ ।
उहाँ भन्नुहुन्छ –“अहिलेसम्म लगभग लगानी उठीसक्यो । अब उत्पादन हुने च्याउबाट भने फाइदा निस्कन्छ । घरमै आइपुग्ने व्यापारीले किलोको ५०÷६० रुपियाँमा लैजान्छन् । टाढा बजारमा आफैले पु¥याउन सके फाइदा त बढी नै हुन्थ्यो ।”
सोही ठाउँका सन्तोष प्याकुरेलले भने २५ हजार लगानीको च्याउखेतीबाट हेटौंडासम्म बजार विस्तार गरी साँढे ३ लाखसम्म आम्दानी गर्न सफल हुनुभएको रहेछ । वडा नं. ६ मा करिब १० घर जतिले व्यावसायीक च्याउखेती गरेका रहेछन् भने च्याउको मूख्य बजार ललितपुरको लगनखेल लगायत काठमाडौंका मूख्य तरकारी बजार हुन् ।
सो क्षेत्रका कृषकहरु संगठित भई ‘राधा कृष्ण उच्च मूल्य तरकारी तथा फलफूल समूह लामाटार–६’ को स्थापना पनि गरेका रहेछन् । उक्त समूह मार्फत गाउँमा सामूहिक रुपमा तरकारी तथा फलफूल खेती गर्ने, बजार प्रवद्र्धन गर्ने, नयाँ उन्नत जातका तरकारी एवं फलफूल लगाउने जस्ता कार्यहरु हुँदै आइरहेको रहेछ ।
उपत्यकामा बेला–बेला तरकारीको अभाव हुन्छ । मूल्य वृद्धिले आकास चुम्छ । शहर छेउ–छाउका काँठ क्षेत्रका किसानहरु यसरी नै सक्रिय हुने हो भने, आफ्नो गाउँ–ठाउँको हावापानी मिल्दो व्यावसायिक रुपमा तरकारी खेती गर्ने हो भने एकातिर उपभोक्ताले अनि अर्कोतिर उत्पादक दुवे पक्षले राहत पाउने थिए । वास्तवमै काँठ क्षेत्र शुन्दर छ, जतिबेला पनि कामकै चटारो छ, परिश्रम बढी छ जसले शहरबासीलाई तरकारी, दुध लगायत खाद्यान्न उपलब्ध गराई सहयोग पु¥याईरहेकै छ ।

Saturday, March 20, 2010

गीर्जाउ ! अधुरै रह्यो क्यारीकेचर सुनाउने धोको

पुर्वस्मृति संगै अगाडि बढ्दैछु । स्कुल पढ्ने केटौले जिन्दगी हाहा–हुहु गर्दै दिन कटाउने उमेरमा नमिले पनि गिरिजाप्रसाद कोईरालाको नक्कल गरिन्थ्यो साथीसंग । हरेक वर्ष गाईजात्रामा निक्लने हाँस्यव्यङ्ग्यका एक, दुईवटा रिलवाला क्यासेटहरु गाँउमा पुग्थे । त्यी बाह्रै महिना गाँउ नै थर्किने गरी ठुलो स्वरमा घन्कन्थे । तिनै रिलवाला चक्कामध्ये कुनैमा डुप्लिकेट गिरिजाप्रसाद पनि बोल्थ्यो । अनि त्यहि डुप्लिकेट कोईरालाको पनि बोली नक्कल गर्न मन लाग्थ्यो । थाहा थिएन त्यो कस्तो मान्छे हो गिरिजाप्रसाद कोईरालो ? स्कुल सकेपछी लागियो क्याम्पसतिर २०६० सालदेखि । बास्तबिक कोईरालाको स्वर अलि अलि सुनेपनि डुप्लिकेट कोईरालाको आवाज नक्कल गर्दा पनि केही मात्रामा मिल्ने भएछ । अनि त क्याम्पसतिर हुने साँस्कृतिक एवं बिद्यार्थी संगठनका कार्यक्रमको स्टेजतिर साथीहरुले धकेल्न थालीहाले । अभ्यास पनि खुब गर्न थालियो कोठाको झ्याल ढोका थुनेर ऐना हेर्दै– “म के भन्दचु भने भन्दचु की नेपोली कंग्रेच...”
बल्ल बल्ल क्यारीकेचरमा निखारता आएपछी एउटा रहर पलाएथ्यो, कुनै दिन कुनै स्टेजमा गिरिजाप्रसादकै अगाडि उनकै नक्कल गरेर देखाउने । तर गीर्जाउ ! अधुरै रह्यो क्यारीकेचर सुनाउने धोको । नेपाली राजनीतिमा जे जति राम्रा नराम्रा कार्य गरेपनि मेरो हार्दिक श्रद्धाञ्जली ।
–२०६६ चैत्र ७
ललितपुर ।

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...