Wednesday, October 23, 2013

रेडियो कार्यक्रम – भोइस अफ काठमाडौ

रेडियो पत्रकारिता पढ्दै गरेका र रेडियो कार्यक्रमका बारेमा रुचि राख्नेहरुलाई सहयोग पुगोस भनेर यो सामग्री पोष्ट गरिएको छ ।

रेडियो कार्यक्रम – भोइस अफ काठमाडौ

                                   कार्यक्रम अबधी– ४५ मिनेट
                                                  स्क्रिप्ट / कार्यक्रम उत्पादक– शम्भु दंगाल

नमस्कार, कार्यक्रम भोइस अफ काठकाडौमा स्वागत छ, उपस्थित भएको भएको छु, शम्भु दंगाल । यो कार्यक्रम हरेक आइतबार बेलुका सबा छ बजे र सोमबार बिहान सबा नौ बजे क्यापिटल एफ.एम. ९२.४ मेगाहर्ज र हाम्रो अनलाइन www.cfmonair.com बाट संसारभर एकसाथ प्रशारण भइरहेको छ ।
कार्यक्रम भोइस अफ काठमाडौ विकास पत्रकारिता अन्र्तगत केन्द्रित रहेर तयार पारिएको रेडियो पत्रिका हो । यो कार्यक्रममा हामी काठमाडौ उपत्यका भित्र लुकेर रहेका विषयबस्तुहरुलाई उजागर गछौँ, उपत्यका भित्रका कुनै खास क्षेत्रको विकास निमार्णको अबस्था, त्यस क्षेत्रको समस्याका साथै काठमाडौ उपत्ययका भित्र मनाइने जात्रा पर्बका साथै सांस्कृतिक संम्पदाहरुलाई याहाहरु समक्ष चिनाउने काम गर्दछौं ।
आजको कार्यक्रममा हामी काठमाडौको प्रशिद्ध, प्राचिन तथा धार्मिक सांस्कृतिक संम्पदाले भरीपूर्ण  क्षेत्र टोखाको बारेका तयार पारिएको सामग्री प्रस्तुत गर्दैछौं ।

नेवारी धुन– १० सेकेन्ड

टोखा । धेरैले चाकुका लागि प्रशिद्ध क्षेत्र भनेर धेरै अघि देखि पढ्दै र सुन्दै आएकै हो । तर टोखा माघे संक्रान्तिकमा खाइने चाकुका लागि मात्र प्रसिद्ध छैन यहाँका साँस्कृतिक बिबिधता, यहाँका पुरातात्विक, धार्मिक सम्पदा र मौलीक जनजिबनका कारण पनि टोखा चर्चित रहेको छ । टोखा काठमाडौको उत्तरतिर रहेको शिबपुरी राष्ट्रिय निकुजको दष्क्षिणी काखमा अवस्थित प्राचिन शहर हो । काठमाडौ महानगरपालिका बाट नजिकको दुरीमा रहेको यो क्षेत्र हाल दुई ओटा गाबिसमा बाँढिएर रहेको छ । यस क्षेत्रको भौगोलकि अबस्थाको कुरा गर्दा यसको उत्तरपश्मितिर झोर गाबिस, दक्षिणतर्फ धापासी र गोंगबु, पूर्वतिर खड्का भद्रकाली तथा पश्चिमतर्फ फुटुङ्ग गाबिसहरु रहेका छन् । यो क्षेत्र चाकुका साथै बैसाख १ गते हुने सपनातीर्थ मेलाका साथै अन्य विविध जात्रा पर्बले प्रख्यात रहेको छ ।

फिलर हाई– ५ से.

अब हामी टोखा क्षेत्रको ऐतिहासिक पक्षका बारेमा चर्चा गर्दैछौ । हिन्दुपरम्परा अन्र्तगत सम्मान पाएका ३३ कोटी देविदेवतासंग सम्बिन्धित रहेको मानिने यस टोखा क्षेत्रमा चौसठ्ठी शिबलिङ्गमध्ये चण्डिकेश्वर धर्मेश्वर र गोकर्नेश्वर महादेव पनि पर्दछन् । हालको जोरपाटी नजिक रहेको गोकर्णेश्वर महादेबलाई पनि टोखा क्षेत्रभित्रकै सुप्रसिद्ध तीर्थका रुपमा हाम्रो नेपाल महात्म्यले चिनाउन खोजेको छ । यस प्रसंगले पनि टोखाको फैलावट पहिले कति थिया भन्ने कुराको संकेत गर्दछ । हिमालय पुत्री पार्बतीलेमहादेबलाई पतिको रुपमा प्रापत गर्न टोखाको पिन्डारक तीर्थमा नुहाई चन्डिकेश्वर महादेबको पूजा तथा आराधना गरको सवास्थानी ब्रतकथामा उल्लेख गरेको पाइन्छ । जसको कारण पनि यसको पौराणिकतालाई ठम्याउन सहयोग मिल्दछ ।

फिलर हाई–

अब भने हामी टोखा क्षेत्रको प्राचिन राजकाज सम्बिन्धी प्रसंग जोद्दैछौ ।
फिलर हाई–
टोखामा प्राचिन कालमा धर्मदक्त भन्ने महाराजाले शासन गरेको उल्लेख भएको पाइन्छ । पराक्रमी तथा न्यायप्रेमी राजाका रुपमा रहेका धर्मदत्तले कलिगत संबत अनुसार २९६० तिर शासन गरेको पाइन्छ । बाँकी टोखाका बारेमा लेखिएको किताबबाट..............................................

कार्यक्रममा पालो भएको छ, पहिलो ब्यापारिक बिश्रामको । बिश्रामपछि हामी फेरी पनि टोखाका बिबिध प्रसंगलाई कार्यक्रमा जोड्नेनै छौ । कार्यक्रम सुन्दै रहनुहोला ।
कार्यक्रमको पहिलो बिश्रामपछि यहाँहरुलाई पून स्वागत छ । कार्यक्रम भोइस अफ काठमाडौमा आज हामी
काठमाडौको टोखाका बारेमा कुरा गरिरहेका छौँ ।

फिलर हाई–

अब भने हामी टोखामा बर्षभरी मनाइने सास्कृतिक पर्ब, जात्रा तथा चाडपर्बका तथा यस क्षेत्रमा रहेका धार्मिक साँस्ककृतिक संम्पदाको बारेमा चर्चा गर्दैछौं ।
शूरुमा यस क्षेत्रमा रहेका धार्मिक क्षेत्रहरुको बारेमा चर्चा गरौँ– यस क्षेत्रमा पौराणिक प्रसंग जोडिएको श्री स्वस्थानी कथामा उल्लेखित महत्वपूर्ण तीर्थस्थल मुस्कानेश्वर अर्थात चन्डिकेश्वर महादेब र चन्डेश्वरी मन्दिर रहेको छ । यो मन्दिर शिवपुरी राष्ट्रिय निकुञ्जको छेउमा अबस्थित रहेको छ । किम्बदन्ती अनसार श्री स्वास्थानी कथामा उल्लेख भए अनुसार दक्षप्रजापतिmले यस्वमेघ यज्ञ आयोजना गरेको र आफ्ना पति महादेबलाई अपमान गरेको भनेर सतिदेवीले यज्ञकुन्डमा फाल हानेको पौराणिक क्षेत्रको रुपमा यो क्षेत्र रहको छ । यी मन्दिरका वरीपरी तेत्तिसकोटी देवीदेवताहरु बस्ने जनविश्वास रहेको छ । यस ठाँउमा दक्षप्रजापतिले राज्य गरेको र कार्य सफलताको लागि होमादी गर्दा बनेको भनी विस्वास गरिने खरानीको अबशेषको कालोमाटो अहिले पनि देख्न सकिन्छ ।  त्यस्तै यस क्षेत्रमा कोथु गणेश वा तल्लो गणेश र सरस्वतीका मन्दिरहरु सरस्वती गाबिसको वडा नं ६ मा रहेका छन् । त्यस्तै मसानकाली मन्दिर पनि यसै गाबिसको वडा नं २ भूतखेल चौरमा रहेको छ । माथिल्लो गणेश चन्डेश्वरी गाबिस वडा नं २ टोखाको मध्ये भागमा पर्दछ । त्यस्तै यस क्षेत्रको अर्को महत्वपूर्ण धार्मिक स्थल सपनातीर्थ मन्दिर पनि चन्डेश्वरी गाबिसकै वडा नं २ को उत्तरतिर झोर गाबिसको सिमानानिर अबस्थित रहेको छ ।
करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको चौरमा सपनातीर्थ मन्दिर रहेको छ । सपनातीर्थ मन्दिर संग बिभिन्न किसिमका किम्बदन्तीहरु सुन्न पाइन्छ । किम्बदन्ती अनुसार सपनातीर्थ भारतको काशीबाट आई टोखामा बसको प्रसंगहरु पनि सुन्न पाइन्छ । त्यस्ै अर्को किंबदन्ती अनुसार टोखाका देवी देवतालाई शीतल बनाइराख्न झोरबाट त्रिबेणी, बज्रयोगीनीबाट दूधवेणी र चन्डेश्वरीबाट सनबेणी तनिवटा नदीहरु सपनातीर्थ तर्फ बढ्दै आए । दुई ओटा नदीहरु समयमै आइपुगे भने सनवेणी समयमै आइपुग्न नभ्याउदै बिहानीको भालै बास्यो र सनबेणी आइपुग्न सकेन । अहिले सपनातीर्थ मन्दिर त्रिबेणी र दुधवेणी नदी मिलेको संगमको मध्य भागमा अवस्थित रहेको छ । त्यस्तै कोथु गणेश र सरस्वती मन्दिर सरस्वती गाबिसको पुरानो मुख्य बस्तीदेखि दक्षिणी भागमा रहेका छन् । गणेश मन्दिरको पश्चिम र सरस्वती मन्दिरको अगाडि एउटा पोखरी रहेको छ । यस पोखरमिा बेशाख ३ गतेका दिन रथहरु लगी जात्रा गरिन्छ ।

फिलर हाई–

यस्तै माथिल्लो गणेश मन्दिरको वरीपरी अरु बिभिन्न मन्दिरहरु रहेका छन् । गणेश मन्दिरको पश्चिमपट्टी भमिसेनको मन्दिर छ भने भीमसेन मन्दिरको पछाडीपट्टी तलेजु मन्दिर रहेको छ । त्यसै गरी पूर्वतिर महाङ्काल मनिदर तथा बुद्धका  चैत्यहरु पनि रहेका छन् । टोखा क्षेत्रमा रहेको भीमसेन मन्दिरमा हरेक बर्षको माघ कृष्ण पक्षको भीष्म द्धादशीका दिन बिशेष मपूजा सहित स्थानिय बासिन्दाले बली दिने गर्दछन् । यसै मन्दिरमा भीष्म द्धाद्धशीका दिन पूजा चलिरहेको समयमा स्थानिय बासिन्दा दशराज मर्हजन संग गरिएको यो कुराकानी–

टोखा क्षेत्र साँस्कृतिक संम्पदा, चालचलन र रितीरिवाजमा अत्यन्तै धनी क्षेत्र हो । यहां पौराणिक प्रसंगहरु जोडिएका धेरै सम्पदाका साथै जात्रा पर्बहरु रहेका छन् । अब भने हामी टोखा क्षेत्रमा बर्षभरी मनाइने चाडपर्बका बारेमा टोखा क्षेत्रका मुल नाइके हेमराज श्रेष्ठसंग गरिएको कुराकानी प्रस्तुत गर्दैैछौँ– बाइट, हेमराज श्रेष्ठ
टोखा क्षेत्रका मूल नाइके हेमराज श्रेष्ठले जानकारी दिनुभएका त्यि चाडपर्बसंग पनि धेरै किसिमका पौराणिक प्रसंगहरु जोडिएका छन् । त्यी प्रसंगहरुलाई हामी आगामी दिनहरुमा पनि क्रमश जोड्दै जानेछौँ ।

फिलर हाई–

अब भने हामी यस क्षेत्रको विकास निमार्णको प्रसंगलाई जोड्दैछौ । काठमाडौ महानगरपालीकाबाट नजिकै रहको टोखा क्षेत्रमा केही पुराना बस्तीसंगै नया बस्तिको विकास हुने क्रम पनि त्रीब रहेको छ ।  विकास निमार्णको दृष्किोणले सबै वडामा सडक बिस्ता भएको छ भने पछिल्लो समयमा खानेपानीको समस्या भने केही बढेको छ । अब प्रस्तुत छ टोखा चन्डेश्वरीका  गाबिस सचिब प्रद्युम्न प्रसाद कुईकेल संग यस क्षेत्रको विकास निमार्ण संग केन्द्रित रहेर गरीएको कुरकानी– बाइट, पद्युम्न कुइकेल

टोखा क्षेत्रको विकासका लागि सो क्षेत्रमा बिभिन्न किसिमका सामाजिक संस्थाहरु, क्लबहरु पनि क्रियाशिल रहेका छन् । त्यी क्लब, सामाजिक संस्थाहरुले बेलाबखत स्थानिय स्तरमा जनचेतना जगाउने, स्वास्थ्य शिबिर तथा खेलकुद जस्ता रचनात्मक कार्यहरु पनि संचालन गरेर टोखा क्षेत्रलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेलिरहेका छन् । सो क्षेत्रमा क्रियाशिल क्लबहरु मध्ये २०४७ सालमा स्थानमा स्थापना भएको भगवती क्लबका अध्यक्ष ....

बाइट

आजको कार्यक्रममा हामी काठमाडौका प्राचिन क्षेत्र टोखाका बारेमा तयार पारिएको साम्रगी प्रस्तुत गरिरहेका छौं । कार्यक्रममा पालो भएको छ, अन्तिम ब्यापारिक बिश्रामको । बिश्रामपछि हामी टोखा  क्षेत्रमा क्रियाशिल राजनीतक दलका स्थानिय  नेताहरु संगको अन्र्तक्रिया लिएर उपस्थित हुनेछौ । कार्यक्रम सुन्दै रहनुहोला–

अन्तिम बिश्राम.....

कार्यक्रमको अन्तिम बिश्रामपछि पुन स्वागत, तपाई सुन्दैहुन्नुहुन्छ, रेडियो पत्रिका भोइस अफ काठमाडौं, ९२.४ मेगाहर्जका साथै इन्टरनेमा www.cfmonair.com मार्फत संसारभर एकैसाथ प्रशारण भइरहेको छ ।
आजको कार्यक्रममा हामी काठमाडौको ऐतिहासिक क्षेत्र टोखालाई तपाईहरु माझ प्रस्तुत गरिरहेका छौं । कुनै पनि क्षेत्रको सामाजिक रुपान्तरणका लागि राजनीतिक चेतना र राजनीतिक नेता कार्यकर्ताहरुको पनि निकै ठुलो भूमिका हुने गर्दछ । अब भने हामी टोखा क्षेत्रमा क्रियाशिल बिभिन्न राजनितिक दलका कार्यकर्ता संग अन्र्तक्रिया गर्दैछौं ।
आजको कार्यक्रममा हामीले काठमाडौको धार्मीक साँस्कृतिक सम्पदाले भरीपूर्ण प्राचिन महत्व बोकेको ऐतिहासिक स्थल टोखाका बारेमा तयार पारिएको सामग्री प्रस्तुत ग¥यौं । हामी बेला बखत आगामी अंकहरुमा पनि यस क्षेत्रका महत्वपूर्ण सथलहरका बारेमा यहाहरुलाई जानकारी दिनेनै छौ ।
आजको कार्यक्रमको निर्धारित समय सकिसकेको छ । कार्यक्रम भोइस अफ काठमाडौ हरेक साता आइतबार सांझ सबा सात बजे र पुनः प्रशारण सोमबार बिहान सबा ९ बजे क्यापिटल एफ.एम. ९२.४ मेगाहर्जमा सुन्न सक्नुहुनेछ । आजको कार्यक्रमबाट प्राबिधिक साथी प्रदिपराज धामी संगै कार्यक्रम प्रस्तोता शम्भु दंगाल बिदा हुन्छु । क्यापिटल एफ.एम. सुन्दै रहनुहोला नमस्कार ।  

Sunday, October 13, 2013

प्रमोद दंगालको आत्महत्या

प्राय घटना–दुर्घटनाका खबरहरु मिडियामा आँउछन् । घटना प्रकृति अनुसार त्यीनले हेडलाइन, सब हेडलाइन, डेटलाइन, बाइलाइन अनि इन्ट्रो  हुदै एउटा समाचारको आकारमा आफूलाई समाहित गर्छन् ।
तर त्यो दुर्घटना सामान्य थियो । कसैले पासो लगाएर आफ्नै हत्या ग¥यो त के त्यसले समाचारै बन्नुपर्छ भन्ने केही छ ?
सुनिन्छ, प्रमोद दंगाल भन्ने एउटा छाँया थियो कतै ।  छाँया जसको प्रकाशको उपस्थिति बिना आफनो कुनै आकार हुदैन, ढाँचा हुदैँन । समग्रमा भन्दा कुनै अस्तित्व नै हुँदैन । एउटा अस्तित्व बिहिन छाँया, किसानको बारीको बुख्याँचा जस्तै थियो रे कुनै कलेजमा ।
सुनिएको कुरा । भक्तपुरको सानोठिमी, मगर गाँउ, धुन्चेपाखा, बहाखाबजार । उसका थोत्रा चप्पलहरु । उसका थोत्रा सपनाहरु । उसको थोत्रो जिन्दगी । कुनै लक्षबिहिन भएर रल्लिरहन्थयो रे ।
कथा नाइन्टीन फौन्टिनको पनि होइन । कथा ५० बर्ष अगाडिको पनि होइन । करिब करिब एक दशक भित्रको कुरा हो । प्रमोद दंगालको रहस्यमय आत्महत्याबारे केही तथ्य पक्ता लागेको छ, बिस्तारै खोल्दै जानेछु । प्रतिक्षा गर्नुहोस...

Sunday, September 15, 2013

गजल

खान, चुठ्न, फ्याक्न मिलने राजनीतिको थाल
नेताजिलाई आँउछ फ्री.मा प्रभुजीको दाल

वादका छन् कुरा हजुर, सिद्धान्तका खोल
जनतालाई पासो थाप्ने भाषणका छन् जाल

विकास भन्ने कुन चरी हो थाहा छ त अध्यक्ष ज्यू
सक्ता परिबर्तनको मात्रै कुरा यहाँ प्रत्येक साल

सँगै जन्मेका देश आज चनद्रमामा डुल्छन्
कठैबरा यो नेपालको भयो कछुवाको चाल

टुकी बक्ति राष्टिय ज्योती, शान बेग्लै भयो
छङ् छङ् गर्दै त्यसै बग्छन् हाम्रै नदीमा छाल
२०७० भदौ २९

Tuesday, April 30, 2013

कामको चटारोमा काँठका महिला

शम्भु दंगाल, भीमढुङ्गा, काठमाडौं ।
“लोग्नेमान्छेहरु जागिर खान शहर गइहाल्छन् अनि हामीले काम गर्नुपरिहाल्यो नि” भीमढुङ्गा ४ निवासी अनिता बरुवालले भनिन् ।  अहिले काठमान्डौ आसपासका गाँउ बस्तिका किसानहरु गहूँ चुट्ने, मकै गोढ्ने, गोलभेँडाका बेर्ना सार्ने लगायतका खेतीपातीको काममा ब्यस्थ छन् । लोग्ने मानिसहरुको दैनिकी नजिकै रहेको शहरमा जागिर र ब्यापारमा बित्ने भएपछि  पछिल्लो समयमा काँठ क्षेत्रमा महिलाहरुले खेतीपातीका काम सबै आफै गर्न थालेका हुन् । यतिबेला भिमढुङ्गाका महिलाहरु  अर्म पर्मका अधारमा गहुँ काट्न, चुट्न ब्यस्थ रहेका छन् । “गहुँ चुटिसकेपछि मकै गोड्ने काम शूरु हुन्छ अनि धानको बिउ राख्नुपर्छ”, ६० बषर्या कान्छी बरुवालले भनिन् ।
पहिला पहिला बस्तुभाउ धेरै पाल्ने काँठका महिलाहरु आज भोली सौखिन बन्दै गएका छन् । दाउराबाट खाना पकाउने चुल्होसँगै अहिले प्रत्येकका घरमा ग्याँस चुल्हो पनि थपिन थालेको छ । गाँउमा ताजा दुध पनि पाइन्छ भने शहरबाट प्याकेटका दुध पनि अहिले काँठमा पुग्न थालेका छन् ।
“पहिला भन्दा त धेरै सुबिधा भएको छ तर अहिलेका नयाँहरुलाई अझ्झ सुबिधा चाहियो रे”, कान्छीले आफ्ना बुहारीहरुलाई छेड् हान्दै भनिन् । काठमाडौका काँठ क्षेत्रहरुका बासिन्दा अहिले खेतीपातीको कामका लागि साना हाते ट्याक्टर प्रयोग गर्छन्, उत्पादन भएको तरकारी, अन्नपात बिक्री गर्न पनि नजिकै शहर भएकोले उनीहको दुःख पहिला भन्दा कम भएको स्थानिय बासिन्दाहरु बताँउछन् । “अहिले काँठ क्षेत्रको जमिनमा अन्न खेती भन्दा पनि प्लटिङ्ग खेती मौलाएको छ” काठमाडौं रामकोट–९ का बद्री प्रसाद गिरीले दुखेसो पोखे । काठमाडौको रामकोट र भिमढुङ्गा गाबिसका धेरै जमिन प्लटिङ्ग भएर बाँझै रहेका छन् । धेरैजसोले पुख्र्यौली जग्गा जमिन बेचिसकेकाले अब खेतीबाट काँठका बासिन्दाले जिवन चलाउन नसक्ने बद्री प्रसाद गिरी बताउछन् ।
“पहिला भन्दा अहिले धान गहँु बढी त फल्छ तर पुग्दैन, अब त सबैले गोलभेँडा र च्याउ लगाउन थाले” कान्छी बरुवालले भनिन् “गर्न सके पैसा धेरै हात पर्दो रैछ, अर्को बर्ष देखि हामी पनि गोलभेँडा लगाउनुपर्ला ।” काठमाडौं बाहिरबाट गएका यूवाले जग्गा भाडामा लिएर ब्यावसायिक तरकारी खेतीबाट फाइदा लिएको देखेपछि अहिले काँठका महिलाहरु पनि त्यतातिर हौस्सिएका छन् ।

Tuesday, April 09, 2013

ब्लगमा केही लैख्न खोज्दैछु

साँच्चिकै भन्नुपर्दा केही समय आफ्नो ब्लगलाई नै बिर्सेछु मैले । ब्लगको यूजरनेम त सही हानेँ तर पासवर्ड भुसुक्कै । किर्बोडमा औला राखेर केहीबेर घोत्लनुप¥यो  मलाई ।

आज यो ब्लगमा केही लैख्न खोज्दैछु । जसको श्रेय मैले मेरो स्कूलको सहपाठी ज्ञानेन्द्र ढकाललाई दिनुपर्छ । केही दिन अघि मैले उनीसँग लामो अन्तरालपछि फोनमा हाईहेल्लो गरेको थिँए ।  प्रसंगबस उनले मैले ब्लगमा पोष्ट गरेका केही कुरा निकै रोचक लागेको बताउदै अरु पनि लेख्न उत्प्रेरीत गरेका थिए ।

सोचेँ, लेख्नका लागि म सँग अथाह विषयबस्तुहरु चाँङ्गका चाङ्ग छन् । २६ बर्षे जीवनमा हाम्रो समाजका धेरै थरी पात्र र पक्षसंग हेलिएको छु, समाजका नौरंगी अनुहारहरु पढेको छु । धेरै किसिमका अनुभव र अनुभूतिहरु संगालेको छु । मलाई लेख्ने नै हो भने केही कुराको खाँचो छैन् ।

यो गन्थन सुन्दा यहाँहरुलाई लाग्यो होला यसले त्यस्तो के लेख्न आँटेछ ?

म पनि स्वयं पनि अलमलिएको छु, के चाही लेखौँ त आज ?................
मैले मेरो जीवनको पहिलो जागिरको बारेमा लेख्ने बिचार गरेँ । पहिलो जागिरका भोगाई अनुभूति र रोचक
क्षणहरुबारे । शीर्षक दिन किन कञ्जुसाँई गर्नु–

मेरो जीवनको पहिलो जागिर 

तिनताक म ठ्याक्कै पन्ध्र बर्ष पुगेको थिँए । सोह्रमा हिड्दै गरेको । आजभन्दा ठ्याक्कै १० बर्ष अगाडिको कुरो । अहिले त मेरा गालामा सिँउडीकाँढे दारीजुङ्गा छन्, त्यतिबेला  रेशमी भुवाझैँ । र मेरो सोचाई, बिचार, भावना पनि रेशमी भुवा टाइपकै थिए होलान झै लाग्छ ।

साँखुको भाग्योदय मावी परिक्षा केन्द्रबाट भर्खरै एसेल्सी जाँच सकाएको थिएँ । एसेल्सी सकिएपछि जागिर खानुपर्ने कुरा भइरहन्थ्यो घरमा । मेरा गाँउले यूवाहरु शहर गएर माडेकोमा जागिर खाने गर्थे । शहरमा जे काम गरे पनि गाँउ जाँदा चिटिक्क परेर जान्थे र शहरीया लवजमा कुराकानी गर्थे । मलाई पनि खुब रहर लाग्थ्यो जागिर खान ।

जाँच सकिइहाल्यो । बा बुढाको पनि आस थियो–छोराले सहराँ माडे (मारवाडी) को मा जागिर खाओस र मनलाग्दो, अघाँउजी पढोस् । मेरा बाको आखाँभरी यिनै र यस्तै खाले सापनाहरु नाचिरहेका हुन्थे ।
जागिर कस्तो खाने , कसरी खाने केही मेसो थिएन ।

मेरो निम्ती यो संसारमा जागिरका लागि कराउन मिल्ने एक मात्र बिकल्प मामा थिए । काठमाडौको ठमेलमा जागिर खाने साइला मामा ।
एकदिन सोध्दै खोज्दै पहिलो पटक ठमेल पुगेँ । ठमेलमा २–३ घन्टा रिंगिएपछि मामाको काम गर्ने ठाँउ देखेँ । मामाको टुरिष्टहरुका लागि बिक्री गरिने कपडा र ट्रेकिङ्गका सामानहरुको पसलमा पुग्नेबिक्तिकै दुध चिया मगाएर भन्जाको सत्कार गरे ।
मैले मामालाई जागिरको कुरो उप्काँए । त्यस्तै २० मिनेट जति त¥याङ्ग–म¥याङ्ग कुरा गरे । अनि एकछिन पछि ल हिँड जाँउ भने ।
सोचेँ–मामाले मलाई उनको डेरामा लग्ने भए ।
मामाको पछि–पछि लाँगे म ।
अलि पर पुगेपछि एउटा पसलमा तरकारी र २ ओटा समोसा मगाए । उनले चुरोट सल्काए । तरकारी र एउटा समोसा खाँए । उनले एकसयको नोट साहुजीलाई दिएपछि त्यसबाट  फिर्ता आएको खुद्रा पैसा खेलाँउदै अघि लागे ।
म पछि पछि लाँगे ।
केही क्षण हिँडेपछि अलि ठूलो बाटो आयो ।
हामी सडक किनारामा एकछिन उभ्भियौँ ।
सोचेँ–हामी बाटो काट्दैछौँ र मामाकोमा जाँदैछौँ ।

झट्पट् बाटो काटेर टनाटन मान्छे भरिएको एउटा बस मामाले रोके र भने–“ल चढीहाल” ।  म हक्तपक्त चढीहाले । ल समात भनेर हातभरी खुद्रा पैसा दिए मामाले । बस कुद्यो । मेरो जागिर पनि कुद्यो ।
कुदिरहेको बसभित्र छक्क परिरहेँ ।
कन्डक्टरलाई सोधेँ–“यो बस कहाँ जाँदैछ ?”
“रत्नपार्क”
रत्नपार्कबाट साँखुको बस चढेर घर आँए ।
मामाले बस चढाएको ठाँउ–लैनचौर रहेछ, आजभोली बिचार गर्दा ।
यसरी मेरो जागिर ख्वाउने एकमात्र आशा र विकल्पको डोरी चुँडियो ।
+ + + +
बालाई केही थाहा थिएन कोदाली र खेत बाहेक ।
भन्नुहुन्थ्यो–“अब जागिर खोज” ।
एक किसिमको अन्योलताको जन्जाल थियो त्यो जागिरभित्र छिर्ने बाटो । जागिरको सारथी कोही थिएन । को हुन सक्ला भनेर घोत्लीरहन्थेँ ।

एसेल्सी दिने बेलामा साँखुको एउटा होटलमा चनाको तरकारी खाँदा मैले “कान्तिपुर पत्रिका”लाई चिनेको थिँए । त्यसको अगाडि पछाडी–यता उताको पाना भन्दा पनि बिच तिरको पाना मलाई औधी मन परेको थियो । त्यो अरुजस्तो चानचुने पाना थिएन, जागिर खुवाउने पाना थियो ।

त्यो पानामा जागिर खान चाहने मान्छे र फोन नंबर सहित तलब समेत लेखिएको हुन्थ्यो ।
त्यसपछि मैले त्यही पानालाई जागिर खोजिदिने आफन्त बनाउन खोजेँ ।
साँखु पुगेको बेला त्यही होटलमा गएर उही कान्तिपुरको सदगुणी पानालाई खाज्थेँ  र रमाउथेँ । मलाई अब जागिर खानुको कुनै दुख्ख छैन् । यो नभए त्यो, त्यो नभए ऊ, मूला जागिर त कत्ति कत्ति ।

म सँग एउटा फोन नम्बर टिप्ने एउटा सानो फुच्चे डायरी जस्तो थियो । सालीनदी मेलामा किनेको पाँच रुपैयाँमा ।

त्यसमै मैले कान्तिपुरको बर्गिकृत बिज्ञापनमा मान्छे चाहियो भन्नेवाला नम्बरहरु टिप्थेँ र पसलमा गएर फोन गरेर सोध्थेँ–
कस्तो जागिर हो यो ?
दोश्रो प्रश्न हुन्थ्यो– पढ्दै काम गर्न मिल्छ कि मिल्दैन ?

चाबेलमा जागिर खुवाउने छनक देखायो एउटा नम्बरले । नम्बरमा बोल्ने मृदुभाषी अपरिचिताले १०० रुपैयाको फारम भरेपछि पक्का जागिर पाउने जस्तो कुरो गरिन ।
आमासँग २०० मागेर चलेँ चाबेलतिर । २–४ कल गरेर लोकेशन माग्दै जागिरको स्टेशन पुगेँ । पाइन्ट लगाएकी साह्रै सुन्दरी  देखापरिन । तीनताक मात्र हैन, आइ.एड्. पास गरुञ्जेल सम्म पनि म पाइन्ट लगाउने सुन्दरीलाई साह्रै ठूलो मान्छे मान्थेँ म, बोल्न साह्रै डराउथेँ ।

के जाती हर्बल बेच्नुपर्ने जागिर रहेछ त्यो । बच्चामा त आमाको मामाघर हो की बुढामामाघर हो, रिमाल टोलमा हुने श्राद्धमा चार घरमा टिका लगाएर ४ सुका हात पारेपछि कहिलेकाँही हर्बल चकलेट खाएर रमाइन्थ्यो ।
बजार बजार गएर के जाती हर्बल बेच्ने जागिर खान पनि २० जनामका नाम निकाल्न पर्नेरे, नत्र सय रुपियाँ पच ।
सय रुपैयाँ चढाएर जागिर हात पर्छ भने त कमालै हुन्छ यार मामाको अगाडि भन्ने सोचेर त्यी पाइन्टधारी सुन्धरीलाई हात कमाई–कमाई सय रुपैँया चढाएर घर फर्किएँ । उनले फोनबाट जनाकारी दिन्छु भनेर फोन नम्बर मागेकी थिइन । नाङ्लेचीरमा त्यो कहाँबाट पाएर फोन हुनुँ नम्बर दिनलाई । फोन नभए एकहप्ता पछि आउने निम्तो गरिन उनले ।
एकहप्ता पछि आमासँग १०० रुपैयाँ मागेर फेरी चाबेल हान्निएँ । त्यी सुन्धरीले नाम ननिस्किएको र सय रुपैयाँच् पच भएको जानकारी दिएपछि म निराश मुद्राम पर्किएँ ।
घर आउनुअघि चुच्चेपाटीको पासाङ्गल्हामु शेर्पाको सालिकको एक फन्को लगाउने बिचारेर चुच्चेपाटी पुगेको थिँए ।
 एक्कासी बाटोमा  दुधसचिब किस्नेकाका भेट भए ।
उनले भने–“काँ हिडिस बज्जे”?
म त जागिर खोज्न हिँडेको । उनले भात खाइस कि छैन भनेर सोधे । र मलाई उनले पहिलो पल्ट शहरको होटेलमा लगेर भात खुवाए । भात खाउञ्जेलमा उनले जेठो छोरा रमेशको भन्दा पनि कान्छो छोरा दिनेशको पढाई फष्टक्लासको भएको बिभिन्न किस्साहरु सुनाइरहे ।
भात खाइसकेपछि भने–“पर्सी आइजो म तँलाई जागिरमा लगाइदिन्छु ।”
(बाँकी फुर्सद भाको बेलामा लेख्नेछु–छिट्टै)

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...