Saturday, June 30, 2012

मेरो प्यारो एनालग रेकर्डर

ठ्याक्कै २४ सय परेको थियो यसको मूल्य । पाँच वर्ष अघि ।  एक किसिमले महाभारत परेको थियो मलाई त्यति पैसा जुटाउन । जागिर थिएन । भर्खर आई.एड् सकेर बि.एड्मा भर्ना भएको थिँए । सबै कुराको लागि घरकै भर पर्नु परेको थियो ।  ०६३ सालको कुरो हो । एकजना पत्रकारको हातमा देखेपछि मैले छक्क परेर हेरेथेँ यसको मित रेर्कडरलाई ।
मलाई पनि त्यस्तै रेकर्डर किन्ने धुन चल्यो । पैसो थिएन । आइडिया लगाँए ४ महिनासम्म । घरमा कहिले सर्ट किन्न भनेर पैसा माँगेँ । सर्ट किनिन पैसा जोगाएर राखेँ  । अर्को महिना पाइन्ट किन्नुप¥यो भनेर फेरी पैसा मागेँ, पाइन्ट किनिन, पुरानै लगाइरहेँ । कहिले जुत्ता किन्नुप¥यो भनेँ, कहिले के किताब किन्नुप¥यो भनेर मागेँ त कहिले जाँच फिस तिर्ने बेला भयो भनेर बढी पैसा मागेँ । जे होस मैले पुरानै कपडा लगाइरहेँ, घरमा जाँदा जहिले पनि ढाँटे, नयाँ लुगा मैलो भएर नलगाएको हो आदी इत्यादी भनेर,  पाँच महिना पछि न्यूरोड पुगेँ । र किनेँ यो फुच्चे रेर्कडर, चक्का पनि कति सानो... छक्क परेँ ।  अनि सुरु भयो रेडियोमा बोले झैँ बोल्ने अभ्यास, कहिले कबिता, गजल भनेर रेकर्ड गर्ने, कहिले साथीहरुसँग अन्र्तवार्ता लिने, कहिले जे मनमा आँउछ त्यही भनेर रेर्कड गर्ने अनि सुन्ने । एक किसिमले भन्ने हो भने  रेर्कडर त खेलौना नै सावित भयो  । न त्यसको वास्तविक प्रयोग हुनु । जतिबेला जे मन लागेको छ त्यही भनेर करायो, ब्याट्रीको सत्यानास मात्र । कहिले काँही कुनै आफूजस्तै केटाकेटीले आयोजना गरेको साहित्यिक कार्यक्रममा यही पुन्टे रेर्कडर बोकेर जान्थेँ उनीहले भनेको गीत गजल र कबिता रेर्कड गर्थेँ र त्यहीँ साहित्यको कार्यक्रम चलाएको भान पार्थेँ । न रेडियो बज्नु, न के हुनु , तात्तो न छारो । रेर्कड गरिसकेपछि सबैलाई सुनाईदिन्थेँ । उनीहरु पनि छक्क परेर आफ्नो स्वर सुन्न मलाई घेरा हालेर चाख लिन्थे । अरु केही हुन्नथ्यो । ब्याट्री सकिन्थो हरेक दिन । केही हुन्थ्यो त मात्र आत्मसन्तुष्टि, आत्मरति । 
०६४ सालमा एउटा ठग एफ.एमको फेला परेँ । अन द जब ट्रेनिङका नाममा कुनै तालिम नदिइकन त्यसले घरको एउटा खसी र मेरो बाको रेडियोमा छोरो बोलेको सुन्ने सपनालाई खाइदियो । सानो फुच्चे न थिँए त्यतिबेला, पत्यायनन् मलाई, (त्यसबेला  भोगेका भोगाइहरु सम्झँदा दुख लाग्छ । उसो त विगतमा रेडियोका लागि गरिएका दुःख, भोगाईहरुका, रोचक कथाहरु पनि छन्, त्यस बेलाको दुःख, संघर्ष लगायत यसबारेमा,...कुनै दिन समय आएपछि लेख्नुपर्ला) २ ओटा कार्यक्रम चलाएर हिडेथेँ त्यहाँबाट । यही रेर्कडर प्रयोग गरेको थिँए । मेरो जिबनको पहिलो अन्र्तवार्ता लिएको थियो यही रेर्कडरले । पशुपतिनाथको बृद्धाश्रममा रहेकी बृद्धा लक्ष्मीदेवि थापाले आफ्नो जिवनकथा रुँदै रुदैँ बताउँदा आफूले पनि  आँशु झार्दै प्रश्न सोधेको पनि यसैलाई थाहा छ ।
म जहाँ जाँदा पनि यसलाई झोलामै बोकेर हिडिँरहन्थेँ । तर यसको औपचारिक कुनै काम थिएन ।
समय बदलिँदैँ गयो । म पनि पत्रकारिता सम्बन्धी उच्च शिक्षा लिन थालेँ । पछि पो थाहा पाँए । यो मोरो त एनालग रेर्कडर पो रहेछ । 
सूचना प्रविधिको उच्चतम विकास र डिजिटलाइजेसनका कारण अब एनालग प्रविधि मृतप्राय भएको छ । अहिले त्यस्तै भएको छ मलाई ।  पहिला जस्तै मनमा हुटहुटि चलेको छ । एउटा डिजिटल रेर्कडरको । अहिले भने लगभग २० हजार जति चाहिएको छ एउटा सामान्य खालको डिजिटल रेर्कडर किन्न । एक दिन किनिनेछ अब मनमा सोचाई आइसकेपछि । यद्यपी एनालगको कुनै प्रयोग नभएपनि मलाई यसको माया भने उत्तिकै  लागिरहेको  छ ।

Saturday, June 23, 2012

भम्रित समय

असार भिजेर निथ्रुक्क....
छिर्न खोजिरहेछ डेराको झ्यालबाट
एक ग्लाँस टर्रो कफिभित्र
डुबाएर स्वप्नशील यी आँखाहरु
सुन्दैछु
मकेको पात बजाँउदैँ आकाशे पानी
हकार्दैछ हरक्षण
सबै सबै मेरा त्यि,
जुम्सोपनहरुलाई, बोक्रेपनहरुलाई

कुन्नी किन हो,
मेरा आँखाहरु खुट्टा उचालीरहेछन्
टक्क उभिएर हेर्न
कुल्चेर त्यो फुल्चोकी डाँडा
संसार यस्तै हो भाई
सकिँदैन इन्द्रेणीको माला लगाउन् ।

त्यो एक टुक्रा
बरफ जमेको मेरो प्रिय चिसो सपनालाई
अब विस्तारै–विस्तारै
मनै देखि निकालेर
सेकाँउदैछु मन्द आगोको आँचमा
अनि फ्राई गर्दैछु ।
........................

ओ असार भाई
आउ मेरो फ्राइड तातो सपना
पानीले चिस्याँउदै खाँदै गर

पर्ख !!
सकिँदैछ मेरो कफि
सकिँदैछ एउटा भ्रमित समय
र यो एक टुक्रा कबिता
हामी संगै खाँउला......

०६९ आसार ९ , ललितपुर ।

गीत

बेसी खेतको भारी बोकी भञ्याङ्गमा सुस्ताँउदा
कस्तो मज्जा डाँडामाथि, रातो घाम अस्ताँउदा
थकाई तिर्खा, जलुकाको पानी घुटुघुटु
सम्झनाले छुन्छ मुटु, खान्छ कुटुकुटु ।

सँगै हिँड्थे, जुरे गोरु, काँधमाथि हलो
झिसमिसेमै आँखा मिचि खेततिर झ¥यो
दबदबे हिलो पारी धान छुपुछुपु
सम्झनाले छुन्छ मुटु, खान्छ कुटुकुटु । 

आकाशमा घामपानीले लुकामारी खेल्ने
खेतै भरी बाउसे हली रोपाहारले गीत भर्ने
जिउभरी माटो हिलो खाजा कुपुकुपु
सम्झनाले छुन्छ मुटु खान्छ कुटुकुटु ।। 

०६८,आसार ५ ललितपुर

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...