Tuesday, October 30, 2012

सत्र वर्ष भएछ, कस्तो होला माइतिको आँगन

माइतीले हेलाँ गरीएकी एउटी चेलीको कथा

अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा
आँउछे की चेली भनेर आमा दोबाटो कुरेकी
तीजमा पनि विर्सेछ क्यारे गरिब माइती

यो वर्षका  तीज, दशै लगायतका चाडपर्बहरु गइसके । अब तिहार आँउदै छ । यो तिहार पनि विगत १६ वर्ष झै उनको लागि माइति भएर पनि खल्लो र उराठ लाग्दो बन्दैछ । भुपि शेरचनले लेखेको र नारायण गोपालले गाएको माथिको गीतमा भनिएको छ –तीजमा पनि बिर्सेछ क्यारे गरिब माइति,

 एक जना चेली  धनी र गरिब भन्दा पनि कथित ठूलो जात र सानो जात अथवा समाजमा रहेको माथिल्लो बर्ग र तल्लो बर्गको रुढिग्रसत आडम्बरी मानसिकताका कारण माइतीबाट १७ बर्ष देखि तिरस्कृत भएकी छिन् ।  घरबाट ५ मिनेटको दुरीमा रहेको माइतिको आँगन नटेकेको सत्र बर्ष भइसकेको छ, २०५२ सालदेखि । उनको नाम  हो, कालिका दाहाल । आजभन्दा ३२ वर्ष पहिला काठमाडौको नाङ्लेभारे गाविस वडा नं ४ मा उनको जन्म भएको थियो । ढुङ्गाना परिवारमा जन्मीएकी उनको आजभन्दा १७ बर्ष पहिले सोही ठाँउका गोपाल दहालसंग प्रेम विवाह भएको  रहेछ । उनको माइती परिवार पुरेत्याँई गर्ने उपाध्याय ब्राम्हण परिवार हो भने उनले बिहे गरेको दाहाल परिवार भने पुरेत्याँई नगर्ने ब्राम्हण परिवार नै रहेछ । सोही कारण आफूभन्दा अलि तल्लो जातसँग एउटै गाउँमा बिहे गरेका कारण उनी माइतिको हेलाँको पात्र बनेकी हुन् ।
स्कूले जिवनमै गोपाल दाहाल र उनको प्रेमको शुरुवात भएछ । त्यतिबेला गाँउमा १०  कक्षा सम्म पढाई हुने स्कूल नभएका कारण १ घन्टा टाढा उनीहरु लप्सेफेदी गाबिसमा रहेको कालिका शरण माविमा पढ्न जाने रैछन् । १० कक्षामा भेट भयो उनीहरुको । जतिबेला उनीहरु १५–१६ बर्षमा हिँडिरहेका थिए । ख्याल ख्यालमै माया बस्यो ।  विस्तारै अगाडि बढ्दै गएको प्रेममा पत्रहरु आदान प्रदान हुन  थाल्यो  । प्रेममा समर्पित कालिका दाहाल र उनका श्रीमान गोपाल दाहालले थुप्रै पत्रहरु लेखे । उनी भन्छिन–“ठूलो बाकसको एक बाकस नै भएको थियो, अहिलेसम्म जतन गरेको भए त एउटा किताब नै हुन्थ्यो होला । अहिले गाउँको घर बेचेर काठमाडौको डाँछी थलीमा नयाँ घर बनाएर बसेपछि त्यी पूराना पत्रहरु पनि हराइसके होलान”् ।  ख्याल ख्यालमै चिठ्ठी लैख्दा लेख्दै मन मिल्यो र दूबैजना भागेर बिहे गर्ने बिन्दुसम्म पुगे, तर दुबैको पढाई पनि छुट्न पुग्यो एसएलसी अघिको टेष्ट परिक्षा नै रोकिन पुग्यो । उनीहरुको प्रेम सम्बन्धका बारेमा दुबैको घरपरिवारमा थाहा भयो, घरबाट अवरोेध आउने डरले दुबैजनाले परिक्षा नै नदिई बिहे गर्ने निधोमा पुगे, साथ दिने गाँउका केही ब्यक्तिहरु पनि थिए । गाँउका  तिनै ब्यक्तिको सहयोगमा उनीहरुले भागेर भक्तपुरमा बिहे गरे 
बिहे पछि शूरु भयो उनका जिवनमा अनेकौ बाधा अवरोध र पीडाहरु । माइतिपक्ष उनको श्रीमानबाट छुटाएर उनलाई पुनः माइतिमा लगेर कथित ठूलो जातको ब्राम्हण संग बिहे गरिदिन चाहन्थ्यो । पुलिस केश भयो उनीहरुलाई छुटाउन । उनी भन्छिन्– “बौद्ध प्रहरीमा दुबै जनालाई समातेर राखे । हजुरबा, अंकलहरु जानुभएको थियो । प्रहरीले हजुरबा सँग जाने कि श्रीमान सँग जाने भनेर सोध्यो । मैले हजरबा सँग जान्छु भनँे ।” त्यसपछि त्यहाँ हल्ला खल्ला भयो माइतिमै फर्कने भइ भनेर । एकजना गाँउका मान्छेले झुटो बोल्दै उनको पेटमा ४ महिनाको बच्चा भइसकेको छ, त्यो पनि स्वीकारेर लैजान्छन् रे भनेपनि उनको हजुरबुवाले पिर मान्दै मेरी नातिनीलाई बेचिदिने पो हुन की भन्दै आँशू झार्दै फर्किएको उनको दिमागमा अझै ताजा छ । उनी भन्छिन्– “अंकलले चाहीँ रिसाएर हामी सँग जान्नस भने कानको गहना फुकालेर ले भनेर माग्नु भयो, मैले दिएँ, त्यसपछि उहाँसँग पनि कहिल्यै भेट भएको छैन् ।”
बिहे पछि उनी घर गइन । माइति र घरको दुरी पाँच मिनेट मात्रै थियो, माइतिपरिवार र उनको बेला बेलामा जम्काभेट भईनै रहन्थ्यो तर कहिल्यै बोलचाल हुदैन्थ्यो । बिहे गरेर घर गइसके पनि माइतिहरुले उनलाई सताउन नछोडेको उनी बताउछिन् ।  हाम्रो बेइजजत गरी भन्दै पल्लो घरका काकाले उनको घरमा जाने पानीको पाइप नै काटिदिएर पानीको अभाव सिर्जना गरिदिए । घरमा जाने पानीको पाइप माइतिकै बारी बाट जाने गर्दथ्यो । त्यसपछि आधि घन्टा टाढा पानी लिन जाँदा पनि कुटपिट गरिएकोे कटु अनुभव छ उनीसँग । उनी भन्छिन, “बिहे गरेको केही महिना पछि फेरी अर्को  घटना घट्यो । बिहे गरेपछि पनि म स्कूल जाने गर्थे, एकदिन स्कूल गएको बेला आमा र सानीआमा मिलेर मलाई मामा घरमा लगेर लुकाए ।” पछि फेरी घरबाट उनको मामाघरमा लिन गएपछि अर्को पुलिस केश पनि परेको उनी बताउछिन् । माइतिपक्षले उनीहरुको सम्बन्धलाई छुटाउन ठूलो प्रयत्न जारी राख्यो, २ चोटी त पुलिस केश नै भयो ।  माइति पक्षले हा¥यो, उनीहरको प्रमले जित्यो र उनी पुन घरमै फर्किन् ।  गाँउघरमा, मेलापातमा कहिलेकाँही भेट भएपनि उनीसँगको कसैको बोलचाल हुँदैनथ्यो । कसैले नदेख्ने गरी धेरै रोएको अनुभव छ उनीसँग ।
समय परिबर्तनशील छ, अहिले कालिका दाहालको छोरा नै १५ वर्ष पुगिसकेका छन् । उनकी एउटी छोरी पनि छिन् । उनका छोरा त त्यति मतलव गर्दैनन रे मामाघर जाने कुरामा, तर उनकी छोरी भने मामाघर

जान
नपाउकोमा गुनासो गरिरहन्छिन रे ।  १७ बर्ष भयो उनले माइतिको आागन नटेकेको । उनका दाजु, भाई, बुवा, हजुरवुवा, काका, सबै शिक्षित छन्, सबै ठूला र आर्दशबादी कुरा गर्छन, तर आफूभन्दा तल्लो स्तरको मान्छेसँग बिहे गरेको आरोप लगाँउदै आफ्नै चेलीलाई सदाको लागि त्याग गरेका छन् उनीहरुले । उनले केही समय अघि एक आफन्तको घरमा धेरैपछि आफ्नी बुढी हजुरआमालाई देखिछन्, हजुरआमाले नचिनेर नमस्कार गरी बस्न आग्रह गरेपछि उनको मुटुमा भक्कानो फुटेछ , बोल्न त खोजिछन् तर सकिनछिन् । उनी भन्छिन्–“हजुरआमा धेरै बुढी भइसक्नुभएछ, आफ्नै सन्तानलाई पनि नचिनेर गुन्द्री ओच्छ्याँदै तपाई बस्नुस भन्ने दिन पनि आँउदो रहेछ भन्ने लाग्यो, हजुरआमालाई बोलाउन खोजेँ, घाँटीमा बोली रोकियो, आँखाभरी आँशु आँउन लाग्यो, चुपचाप त्यहाँबाट हिँडिहालेँ, त्यहाँ बस्न नसकेर तुरुन्तै घर पर्किए ।” उनले बाल्यअवस्थामा हजुरआमा सँगका क्षणहरु सम्झिइन् “स्कूल जाने बेला भो हजुरआमा चाहिन्थ्यो, कपाल कोर्नु परेपनि, खाना पस्किनुपरे पनि हजुरआमा नभइ हुँदैनथ्यो ।” उनका दुःखका, पीडाका  कुराहरु धेरै छन् यो छोटो लेखाइमा सबै समेटन् सकिदैन् । 
प्रश्नहरु धेरै सोधेको थिँए, त्यि प्रश्नहरुले उनको विगत कोट्याँउदा मनमा घाउ पनि बल्झियो होला , एउटा यस्तो प्रश्न पनि गरेको थिँए–“माइत जान पाए हुन्थ्यो भन्ने त होला नी मनमा ?

उनले भनिन्– “यत्रो सत्र वर्ष बितिसक्दा त सम्झेनन्, माइति भन्दै उनीहरुलाई मन नपरी नपरी उनीहरुको दैलोमा टेक्न मन लागेको छैन । मैले त्यस्तो के नै अपराध गरेको थिँए र ? अब त मनै मरिसक्यो । ” सायद माइति भनेकै मायाको लागि रहेछ की, जब माइतिकै माया बाट एउटी चेली बञ्चित हुन्छिन् भने उनको जीवन तित्तता र विषादले भरिदोँ रहेछ ।

माइतिले बोलाउनुभयो भने जानुहुन्छ की हुन्न ?

“हजुरबा हजुरआमा छउञ्जेल बोलाए त गइन्छ । पछिको कुरो त  के हुन्छ के थाहा । तर नगएपनि निर्वाह त हुँदो रहेछ । अहिलकोे जमाना पनि भाइहरु त्यस्तो गर्छन् तर गइहालौँ जस्तो लाग्दैन । बोलाए नै भने त आफू जन्मेको, हुर्केको घरमा जान किन मन नलाग्नु । तर जहाँ गए पनि आफ्नो दुःख आफैँ सँग हो,  बाहिर सुनेको आमा त कुरा गर्नुहुनछ रे कहिलेकाँही, तर भाइहरु मेरो कुरा गर्ने बिक्तिकै आगो हुन्छन रे । मेरो छोरो र अंकलको छोरो ४ दिनको जेठोकान्छो, उ पनि यस्तै भयो होला, यस्तै पढ्छ होला जस्तो लाग्दोरहेछ ।  आमा, बुवा, हजुरबा, हजुरआमा, भाई सबैसँग बोल्न पाए हुन्थ्यो, भेट्न पाए हुन्थ्यो भन्ने त लागीहाल्छ नी, आफ्नो भाग्य नै त्यस्तै रै छ की ।” 
उनका श्रमिान गोपाल दाहाल राम्रै अफिसमा काम गरिरहेका छन् ।  अहिले उनको ४ जनाको सानो परिवारको जिवनयात्रा सुखद रुपमा अघि बढिरहेको छ ।  सत्र बर्ष अघिका माइति परिवारसँग बसेर खिचिएका केही तस्बिरहरु अझै सुरक्षित राखेकी छिन उनले, माइती परिवार सँग खिचिएका केही तस्विरहरु फ्रेममा हालेर भिक्तामा सजाएकी छिन् । “के सोचेर त्यतिबेला यि फोटोहरु पनि बोकेछु, न पछि हेर्न हुन्छ भनेर हो, फोटाहरु हराउला भनेर हो”  उनले हामीसँगको कुराकानीमा मलिन मुहारमा केही फोटोहरु देखाइन र भनिन् “अहिले खिचिएका उनीहरुको (माइतीको) नयाँ फोटोहरु पाउन पाए फ्रेममा हालेर राख्ने थिँए । यिनीहरु त पूराना फोटो हुन् । कसैले अहिलेका फोटोहरु ल्याइदिए हून्थ्यो भन्ने लागिरन्छ, कस्तो भयो होला त्यो घर, भाईहरु म हिँड्दा सानै थिए, बहिनीको बिहे भएको पनि सुनेँ मात्र । जेठो भाइको  पनि बिहे पनि भइसक्यो रे, हजुरबा र हजुरआमाको अहिले खिचेको फोटो खाजीरहेको छु ।  बुवा आमा र हजुरबा हजुरआमाको ठूलो फोटो बनाएर फ्रेममा राख्न मन लागेको छ ।” उनी भन्छिन् “उनीहरुको मनमा त्यस्तै आयो, त्यस्तै गरे, मेरो भाग्य नै त्यस्तो हो की  १७ बर्ष भयो, जन्म दिने बाउआमा सँग बोल्न, भेट्न पाईन ।” अन्त्यमा उनले भनिन् “माइतिले जतिसुकै घृणा, तिरस्कार गरेपनि उनीहरुको सधै राम्रो होस्, उनीहरुको बारेमा सधै राम्रो सुन्न पाइयोस, नराम्रो कहिल्यै सुन्न नपरोस” ।

Monday, October 29, 2012

त्यो र यो दशै

त्यो दशै
सधै चिठ्ठा खोलेर दशैमा उधुम मच्चाउने त्यी दिनहरु, सधै लङ्गुर बुर्जामा रमाउने अनि १०–२० रुपियाँ जित्दा संसार नै जितेझै फुरुङ्ग पर्ने त्यो दशै कतै हराएछ, अहँ भेटिएन यसपाला गाँउमा । लंगुरबुर्जाको दाउमा सुका, मोहोर, अनि बढीमा एक दुई रुपियाँ राख्ने सिँगाने साथीहरु पुगिसकेछन् अरब, मलेसियातिर अनि केही स्वास्नीका पोइ र एक दुई लालाबालाका अबिभावक पनि भइसकेछन् । अहिले भएका साना उमेरका केटाकेटीहरुमा पनि त्यस्तो केही उल्लासपन र रौनकताको अवस्था देख्न नपाँउदा त्यो सुदुर भूतको साह्रै नियास्रो लागेर आयो ।
जतिबेला स्कूल पढिन्थ्यो, राजनीतिक दलहरुले चुनावी प्रचारका लागि गाँउमा बाँढेका पोष्टर अनि पम्प्लेटहरु जम्मा गरेर जतन साथ राखिएको हुन्थ्यो । दशै तिहारका बेला लङ्गुर बुर्जा खेलाउने खाल बनाउन प्रयोग हुन्थ्यो । चित्र बनाउन अरुभन्दा चलाख नै थिइयो । पोष्टरको पछाडिको खाली भागमा लङ्गुर, बुर्जा, चिड, पान, ईटा, झन्डा अनि सुरथ नाम गरेका चित्र कोरिन्थ्यो । अनि सेतो प्लाटिकले त्यसलाई गाँउले पारामा लेमिनेशन गरिन्थ्यो । बिहान देखि साँझ सम्म लङ्गुरबुर्जा, पिङ अनि चिठ्ठा कार्यक्रममा दिन बिताइन्थ्यो । 
बटुकामा त्यि चित्र अंकित डाइस हातले छोपेर लङ्गुरबुर्जा खाली–खाली भनेर घोप्ट्याउनुको मज्जै बेग्लै हुन्थ्यो । अनि एकछिनमा कचौराले छोपिएको डाइस हेर्दा, कुनैमा डबल, तेब्बर पैसा तिर्नुपर्ने अनि कुनै बेला कुनैलाई पनि पैसा नतिरी खालमा राखिएका सुका, मोहर र एक, दुई रुपियाँका डबल सोहोर्दा संसारमा कतै नपाइने स्वर्गिय हर्ष र आनन्द आइपुग्थ्यो ।
कुनै समय यस्तो थियो, जतिबेला छ वा सात कक्षमा पढिन्थ्यो, त्यतिबेला कापीलाई दुई भाग लगाएर हातैले लेखेर चिठ्ठा बनाइयो । चिठ्ठाको मूल्य एक सुका देखि २ रुपिँया सम्मको हुन्थ्यो । चुसिसकेको लप्सिको गेडामा नंबर लेखेर चिठ्ठा खोलीन्थ्यो । उपहार पनि त्यही किसिमका हुने गर्दथे–चकलेट देखि चाउचाउ सम्म, कलम र कापी यस्तै यस्तै । यस्ता चिठ्ठा दिनमा पटक पटक बनाइन्थो, उत्तिखेरै बेचिन्थ्यो अनि खोलीहान्थ्यिो । यो कार्यक्रम बिशेष गरी मेरो घरभन्दा अलि परको रिमाल टोलमा खोलिन्थ्यो । जहाँ चारैतिरका फुच्चा फुच्चीहरुको एक किसिमको मेला नै लाग्ने गर्दथ्यो । 
एकचोटी धेरै चिठ्ठा खोलेर आफ्ना छोराछोरी काम गर्न गएनन् भनेर रिमाल माइली हजुरआमाले बढो लौरो लिए मलाई लखेटेको सम्झँदा अहिले बढो रमाइलो लागेर आँउछ । त्यतिबेलाका गुच्चा खेल्ने, चिठ्ठा खोल्ने र लंगुरबुर्जा खेल्ने साथिहरु अहिले जिन्दगीको जाँतोमा रिङ्गिदै चारतिर पुगेका रहेछन् । साधुराम, सिबहरी, कालीको भाइ, तारीखेते, सुरेश, काले, मधु, नारन, फुर्लुङ, तुम्बे, गोकुल आदी इत्यादी सँग मैले यस्ता चिठ्ठा र गुच्चा खेल्ने गर्दथेँ । उनीहरु मध्ये कतिपयको गाँउले नाम आफ्नै किसिमको राखिएको थियो । जसमध्ये म भन्दा एक बर्ष दाजु तारिखेते अर्थात अर्जूृन शिबभक्तीले त दोश्रो बिहे गरिकन सन्तानहरु पनि उत्पादन गरिसकेछ । माथि उल्लेख गरिएका गुच्चे साथिहरु मध्ये अधिकाँसले बिहे गरिकन सन्तान लाभ गरी जिन्दगीलाई अगाडि कुदाइरहेका रहेछन् ।

यो दशै
यसपालीको दशै,  धेरै समय रेडियोमा समाचार पढ्दै र नियमित कार्यक्रम चलाउँदैमा बित्यो । जम्मा दुई दिन अफिसबाट बिदा पाएपछि नवमीको दिन काठमाडौको केन्द्रभागबाट लगभग २८ किमी टाढा रहेको गाँउमा त्यस्तै २ बजेतिर पुगेको थिँए । गाँउ एक किसिमले सुनसान जस्तै थियो । कतै कतै पिङ हालिएको भए पनि बच्चाबच्चीहरुको सँखया पनि न्यून नै थियो । यद्यपी पिपलबोटमा भने साँस्कृतिक कार्यक्रम गर्नका लागि केटाहरु स्टेज बनाउदै थिए । नवमीको राती उनीहरुले कार्यक्रम गरेका थिए । मैले पनि भाग लिएको थिँए तर मैले पोहोर जस्तो हाँस्य–ब्यङ्गय साम्रगी केही पनि प्रस्तुत गरिन केबल दुइओटा मात्रै गजल सुनाइदिएँ । बिशेष गरी आमालाई भने अच्चम लागिरहेको थियो– हिजो अस्ति शहरमा रेडियो बाट बोल्ने छोरो साँझ ६ बजे भर्खरै गाँउबाटै रेडियोमा बोलेको अनि साँस्कृतिक कार्यक्रममा गजल पढेको देख्दा आमाका मुहारमा खुसीको समुन्द्र बगेको थियो ।
पसलहरुमा टाढाबाट आएकाहरु सँग गाँउले दाजुभाइको एक किसिमको पूर्नमिलन भएको थियो ।  जहाँ एक दुइ डफ्फा तास खेल्नमा मग्न देखिन्थे, मलाई तास खेल्न नआउने र त्यसप्रति रुचि नभएकाले त्यो मेरो लागि बेकार थियो । समय बिताउन चाँपाबोटको स्कूलमा भाइहरु सँग गइयो । चिप्लेटी खेल्ने चउर घुमियो ।  बेलुका छ बजेको नियमित कार्यक्रम “काँठका कुरा” पहिलो दिन वडा नं ५ मा खुलेको कृषि समूहको बारेमा साधुराम ढकाल र नवराज दंगाल सँग  प्रत्यक्ष रुपमा कुराकानी गरेर बनाए भने दोश्रो दिन चाँपाबोट मावीका पूर्व प्रअ एवं शिक्षक भरतमणी ढुङ्गाना सँग उहाँकै घरमा गएर उहाँकै पिढीँमा रहेको खाटमा बसेर प्रत्यक्ष कार्यक्रम बनाएँ । उहाँहरु साधुराम ढकाल, नवराज दंगाल अनि गूरु भरतमणी ढुङ्गाना पनि निकै खुसी हुनुभयो ।  जे होस यो दृष्ट्रिकोणबाट भने यसपालीको दशै अलिक फरक भयो । टिकाको दिन पनि खासै त्यस्तो उल्लासमय लागेन । दिँउसो सानीममीको घरमा टिका लगाउन गइयो । भाइहरु सँग बसेर टिका लगाइयो फोटो खिचियो । तर अष्टमीको दिन र टिकाको भोलीपल्ट रेडियोमा भने साथीहरु सँग साह्र्रै रमाइलो सँग दशै मनाइयो । तर विगतका केही दशैका कथाहरु भने निकै रोचक र फरक किसिमका पनि भएका छन, समय आएपछि पक्कै पनि त्यि दशैहरुलाई लेख्नुपर्नेछ, जसले आँखाहरुमा केही शितका थोपाहरु ल्याइदिनेछ । दशैहरु यस्तै हुन्छन्...आँउछन्...अनि जान्छन... जब कुनै पनि कुरा आँउछ तब प्रकृतिको नियम अनुसार त्यसले पनि त्यसैगरी नै जानुपर्दो रहेछ । र यो दशै पनि गएको छ.....................................................

नयाँबानेश्वर, काठमाडौँ । १२ कात्रतिक ०६९ 

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...