
हिजो कमरेडकी स्वास्नी
झार्थी आँखावाट दिनहुं
वलिन्द्रधारा आँसुका ढिक्काहरु
गाउँलेका पिंढीको धुलोमा विसाएर आफुलाई
खसम जंगल पस्यो भन्थी
मुटु छुने विलौना गर्थि
र अन्त्यमा एक गास ढिंडोमा आस गर्थी
आज कमरेडकी स्वास्नी
कानभरी–घाँटीभरी
लगाउँछे झल्झलाकार सुनका गहनाहरु
गन्दिन गाउँलेहरुलाई अचेल
अहँ
हेर्दिन गाउँलेहरुलाई एक फेर
मर्सिडिस गाडीको झ्यालबाट पनि
मैले यसो हेरें कमरेडको पुरानो घर
र रातो झण्डा मुनी बन्दै गरेको
नयाँ नौतले आकर्षक पक्की महल
र पत्ता लगाएँ त्यो विहान
साँच्चै आईसकेछ गणतन्त्र देशमा ।
२०६६ असार २७
सातदोबाटो, ललितपुर ।
No comments:
Post a Comment