Wednesday, January 12, 2011

दैनिकी


ब्यूँझन्छु म त्यस्तो अर्लामद्धारा अचेल
बधशाला नजिकैको डेरामा
प्रत्येक बिहान पाडा र भैसीहरुको चित्कारसंगै
अनि देख्छु पहिलो दृश्य
यी बधशाला र मासु पसलहरुमा
ध्यानमग्न ठुलो तस्बीर बुद्धको
प्रत्येक दिन सल्कीरहेको अगरबक्ति संगै
त्यो च्वाँक बगरे तरुनी
चुप्पीले मासु रेट्दै–रेट्दै
रेट्छे आफ्ना आँखाहरुले
बाटो हिड्ने तमाम युवाहरुको मुटु
चिरा–चिरा
घाइते बटुवाहरुको दिमाग भरी
छातीभरी
आत्महत्या गर्छ शान्तिले
नजिकैको म.म.पसलमा
अघाएर
एकफेर बेस्सरी ढ्याउ गरेपछी बटुवाले
बिउतिन्छ बुद्ध र शान्ति एकसाथ
अनि दिन दिनभरी म
शान्ति–बिद्रोह, सहमति–असहमति–बार्ताका
समाचार शिर्षकहरु चपाँउदै
सारा पत्रिकाहरुका वान्टेडहरुले अघाएर
सिनित्तै पारेर एक प्लेट म.म.
निदाँउछु साँझमा अर्को बिहान सम्मलाई

२०६७ मंसिर २०

ललितपुर

No comments:

Post a Comment

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...

Wednesday, January 12, 2011

दैनिकी


ब्यूँझन्छु म त्यस्तो अर्लामद्धारा अचेल
बधशाला नजिकैको डेरामा
प्रत्येक बिहान पाडा र भैसीहरुको चित्कारसंगै
अनि देख्छु पहिलो दृश्य
यी बधशाला र मासु पसलहरुमा
ध्यानमग्न ठुलो तस्बीर बुद्धको
प्रत्येक दिन सल्कीरहेको अगरबक्ति संगै
त्यो च्वाँक बगरे तरुनी
चुप्पीले मासु रेट्दै–रेट्दै
रेट्छे आफ्ना आँखाहरुले
बाटो हिड्ने तमाम युवाहरुको मुटु
चिरा–चिरा
घाइते बटुवाहरुको दिमाग भरी
छातीभरी
आत्महत्या गर्छ शान्तिले
नजिकैको म.म.पसलमा
अघाएर
एकफेर बेस्सरी ढ्याउ गरेपछी बटुवाले
बिउतिन्छ बुद्ध र शान्ति एकसाथ
अनि दिन दिनभरी म
शान्ति–बिद्रोह, सहमति–असहमति–बार्ताका
समाचार शिर्षकहरु चपाँउदै
सारा पत्रिकाहरुका वान्टेडहरुले अघाएर
सिनित्तै पारेर एक प्लेट म.म.
निदाँउछु साँझमा अर्को बिहान सम्मलाई

२०६७ मंसिर २०

ललितपुर

No comments:

Post a Comment