Wednesday, November 28, 2012

राष्ट्रपतिको कदम

राष्ट्रपति डा. रामबरण यादवले शुक्रबार सात दिनभित्र सहमतिको प्रधानमन्त्रीको सिफारिस गर्न राजनीतिक दलहरुलाई निर्देशन दिएपछि नेपाली राजनीति यतिबेला तरंगित बनेको छ । राजनीतिक बृतमा राष्ट्रपतिको कदम बारे बिभिन्न खाले टिका टिप्पणी भइरहेका छन् । कतिपयले सात महिना देखिको राजनीतिक गतिरोध तोड्ने महत्वपुर्ण कदम भएको बताएका छन् भने  कतिपयले संसदबाट बहुमतले प्रधानमन्त्री चुन्ने प्रजातान्त्रिक बिधि र बर्तमान अन्तरिम संबिधान मिचिएको बताएका छन् ।  तर राष्ट्रपति यादवले संबिधानको धारा ३८ १ अनुसार दलहरुलाई सहमतिय सरकार गठनका लागि आग्रह गर्दै मंसिर १४ गते दिउसो ४ बजेभित्र प्रधानमन्त्रीको सिफारिसको समयसिमा तोक्नुभएको छ । तर अन्तरिम संबिधानको धारा ३८ १ मा राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि दलहरुलाइ आवह्वान गर्न सक्ने उल्लेख छ । दलहरुबिच सहमति नभए राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि अन्तरिम संबिधानको धारा ३८ २ अनुसार संसद सचिवालयलाई लेखि पठाउने प्रचलन छ । ब्यवस्थापिका संसद नभएको अवस्थामा राष्ट्रपतिले सार्बजनिक रुपमा प्रधानमनत्रीको लागि आग्रह गरेको भन्दै एकिकृत माओबादी र सरकारका पक्षबाट आपक्ति जनाइएको छ । एकीकृत माओबादी प्रबत्ता अग्नि सापकोटा–..

तर यता राष्ट्रपतिको सो कदमको बिपक्षी दलहरुले भने स्वागत गरेका छन् । बिपक्षीदलहरुले राष्ट्रपति यादवको सो आवह्वानपछि शनिबार बिपक्षी दलहरु दुइपक्षिय बहुपक्षिय छलफलमा जुटिसकेका छन् । प्रमुख बिपक्षी दललहरुले स्वागत गरिहेका बेला  नेकपा माओवादीका अध्य मोहन बैद्य किरण्ले भने राष्ट्रपतिको कदम शंकास्पद रहेको भएको बताउनु भएको छ । उहाले आफू शक्तिमा जाने अभ्यास स्वरुप सो कदम चालेको उहााले प्रतिक्रिया दिनुभएको छ । यस्तै राष्ट्रपति डा. रामवरण्ँ यादवले भने सहमतीय प्रधानमन्त्रीको लागि आफूले गरेको आह्वानलाई गलत रुपमा नलिन आग्रह गर्नुभएको छ । पार्टी बैठकले राष्ट्रपतिको आह्वान असंवैधानिक भनेर ठहर गरे लगत्तै शनिबार बिहान शितल निवास पुग्नुभएका एकीकृत नेकपा माओवादी अध्यÔ पुÈपकमल दाहाल प्रचण्डसित राष्ट्रपतिले आफूले सहमतिकै लागि कदम चालेको प्रष्ट पार्नुभएको हो । राष्ट्रपतिको सो आव्ह्वान पछि प्रतिपक्षि दलहरुले अब के गर्छन्, सात दिन भित्र दलहरुले सहमतिको प्रधानमन्त्री दिन सक्छन् कि सक्दैनन् र संबैधानिक, कानुनी जटिलता बिच कसरी प्रधानमनत्री नियूत्ती हुन्छ, यसतर्फ सर्बत्र चासो रहेको छ ।  राष्ट्रपतिको सो कदम संबैधानिक रहेको र अहिलेको अबस्थामा सहमतिको राष्ट्रिय सरकार गठनको यही नै उपयुक्त आधार रहेको बताउनुहुन्छ । कानुनबिद् कुमार रेग्मी–
राष्ट्रपतिको सो अब्हानबारे प्रधानमन्त्री डा. बाबुराम भट्टराइले पनि कानुनबिदसंग शनिबार छलफल गर्नुभएको छ । कानूनविदहरुले व्यवस्थापिका संसद् नभएको र चुनाव घोÈण्ाँ भईसकेको अवस्थामा व्यवस्थापिका संसद हु“दाका प्रधानमन्त्री डा. वावुराम भट्टराईकै निरन्तरता बाहेक अर्को कुनै नया“ प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था नभएको सुझाव दिएका छन् । अहिले गैर संवैधानिक ढंगबाट अर्को कसैलाई राÈ्ट्रपतिले प्रधानमन्त्री तोकेमा त्यो नेपालको अन्तरिम संविधान अन्त गरिएको हुने कानूनविदहरुको धारण्ाँ थियो । राष्ट्रपतिको सो कदम पछि नेपाली राजनीतिले नयाँ मोड लिने देखिएको छ । सात महिना देखिको राजनीतिक गतिरोध अब अन्त्य हुन्छ वा दलहरुबिच अझ अविस्वास र गतिरोध लम्बिछ । सर्बत्र चासोका साथ हेरीएको छ । क्यापिटल रिर्र्पोटर शम्भु दंगाल ।

Saturday, November 17, 2012

राजनीतिक दलका शीर्ष नेताहरुको सुरक्षा ब्यवस्थामा चुनौती

  रिर्पोट–
शुक्रबार काठमाडौको भृकुटीमण्डपमा एकीकृत नेकपा माओवादीद्धारा आयोजित चियापान कार्यक्रममा  अध्यक्ष  प्रचण्डमाथि थप्पड प्रहार भएपछि राजनीतिक दलका  नेतृत्वको सुरक्षा अबस्थाबारेमा गंभिर चुनौती थपिदिएको छ ।  माओबादी अध्यक्ष प्रचन्डभन्दा अघि नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई सुनसरीका देवीराम रेग्मीले झापड हानेका थिए । त्यसपछि नेपाली कांग्रेसका सभापति शुशिल कोइरालालाई आफ्नै कार्यकर्ताले काठमाडौको कपनमा भएको कार्यक्रममा झ्यालको फ्रेमले आक्रमण गरेका थिए । त्यस्तै एकीकृत नेकपा माओबादीका  निर्बतमान सभासद झक्कुप्रसाद सुबेदीले पनि थप्पड खाएका थिए । यसरी नेताहरुले आक्रमणको शिकार हुनुको कारणलाई कतिपयले स्वभाविक जनआक्रोसको रुपमा लिने गरेका छन् भने  दलका नेताहरु आफूलाई परेपछि प्रतिगामी षड्यन्त्रको रुपमा पनि ब्याख्या गरिरहेका हुन्छन् । यसरी राजनीतिक दलका शीर्ष नेतृत्वमाथि आक्रमण बढ्नुको कारण  जनतामा रहेको असन्तुष्टि भएको बताउनुहुन्छ, राजनीतिक बिश्लेषक प्रा.डा. सुरेन्द्र के.सी.–

नेपाल संबत ११३३ को अवसरमा एकिकृत माओवादीले गरेको चियापान कार्यक्रममा बाग्लुङका पदम कु“वरले प्रचण्डलाई थप्पड हानेका थिए । यो घटनालाई एकीकृत नेकपा मओबादीले गंभिर रुपमा लिएको छ । पार्टी कार्यालय पेरिसडाडामा  शनिबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एकिकृत माओबादी प्रबत्ता अग्नि सापकोटाले सो घटना आपराधिक र Èड्यन्त्रमुलक भन्दै दोÈीलाई कुनै हालतमा नछाड्ने  बताउनुभएको छ  । उहाले घटनालाई  आक्रोस र अराजकता मात्र भन्नु मनोगत र गलत हुने भन्दै शान्ति, संविधान र संघीयताविरुद्ध गम्भीर Èड्यन्त्र रहेको बताउनुभएको छ । नेकपा एमाले र काग्रेसले भन्दा एकिकृत नेकपा माओबादीले घटनालाई गंभिर रुपमा लिंदै एकीकृत नेकपा माओवादीका अध्यक्ष
पुष्पकमल दाहाल प्रचण्ड सहितका शीर्È नेताहरुले अब कार्यकर्ता र समर्थकबाट फुलमाला तथा खादा नथाप्ने भएका छन् । पछिल्लो समयमा दलका नेताहरुले कार्यकर्ता एवं सर्बसाधरणबाट आक्रमणको सामना गर्नू परिरहेको छ । यस किसिमका घटना नदोहोरिनका लागि के गर्नु पर्ला त ? फेरी राजनीतिक बिश्लेषक डा. केसी –
दलका नेताहरुले यसरी आक्रमणको शिकार हुन थालेपछि त्यसका पक्ष बिपक्षमा चिया होटल देखि इन्टरनेटको सामाजिक संजाल फेसबुकमा पनि धेरै थरी टिका टिप्पणी भइरहेका छन् । सामाजिक सञ्जाल फेसबुमा रामकृष्ण शर्माले बिश्वका चर्चित राजनितिक ब्यक्तित्वहरु माहात्मा गान्धि, भ्लादिमिर लेनिन, अग्राहम लिंकन लगायतका नेताहरु ब्यक्तिगत आक्रमणबाट मारिएको बताउदै  नेताहरुको सुरक्षा अवस्थामा नयां चुनौती थपिएको टिप्पणी गरेका छन् । प्रचण्डमाथि सार्वजनिक कार्यक्रममा नै थप्पड प्रहार भएको घटनाको छानविन गर्न सरकारले प्रहरी अतिरिक्त महानिरीÔक (एआईजी) नवराज ढकालको संयोजकत्वमा छानविन समिति पनि गठन गरिसकेको छ । यस्तै अति विशिÈट तथा विशिÈट व्यक्तिहरुको भरपर्दो सुरÔा व्यवस्था मिलाउन अपनाउनु पर्ने कार्यविधी बनाउन सहसचिव शंकर कोइरालाको संयोजकत्वमा अर्को समिति गठन भएको छ । यसरी सार्बजनिक कार्यक्रम वा अन्य कुनै रुपमा दलका नेतृत्वहरुमाथी आक्रमण हुनु पक्कै पनि राम्रो हैन र यसले देशको सुरक्षा ब्यवस्थालाई चुनौती दिनुका साथै अराजकतालाई पनि प्रश्रय दिनपुग्छ । यस किसिमका घटना फेरी नदोहोरिन सुरक्षा निकायका साथै  आम नेपालीहरु पनि सचेत रहन आवश्यक छ । क्यापिटल रिर्पोटर शम्भु दंगाल ।काठमाडौं

Sunday, November 11, 2012

डाइर्भरसिटी चिठ्ठा

नोबेम्भर ३ अर्थात शनिबार देखि यस बर्सको अमेरीकी डाइर्भरसिटी चिठ्ठा कार्यक्रम समापन भएको छ । यसपाली असोज १३ गतेदेखि कातिर्क १८ गते सम्मको अवधीमा नेपालका प्रमूख शहरहरुबाट हज्जारौ नेपालीले डिभी चिठ्ठामा सहभागिता जनाएका छन् । शनिबार काठमाडौको बागबजारमा अवस्थित माइक्रो डिजिटल फोटो स्टुडियोमा डिभी भर्नेहरुको ठूलो घुाइचो लागेको थियो ।
बेरोजगारी समस्या, अस्थिर राजनीतिबाट वाक्क दिक्क भएका  नेपालीहरुलाई डिभी चिठ्ठाले मोहनी लगाएको छ । अर्कोतिर चिठ्ठा परिहाल्यो भने अमेरीका जान पाइने अवसर आउने भएकाले बालकदेखि यूवा र बृद्ध उमेर पुग्न लागिसकेका नेपालीहरु डिभी भर्न लाइन लागेका थिए
नेपालमा अफलाईनमा सन् १९९४ देखि र अनलाइनमा सन् २००४ देखि डिभी चिठ्ठा शूरु भएसंगै हजारौ नेपालीहरुले यसमा सहभागिता जनाइसकेका छन् । साथै धेरै नेपालीहरु डिभी मार्फत अमेरीका पनि पुगिसकेका छन् । सजिलैसंग भिसा पाइने र उहाा गएर पनि अबसर पाइन गाह्रो नभएकाले नेपालीहरुको आकÈणर््ँ यतातिर बढेको हो । विगत झै यसपाली पनि डिभी भर्नेको संख्यामा कुनै गीरावट आएन ।
डिभी चिठ्ठा भर्न कुनै शूल्क नलागेपनि नेपालका प्रमूख शहरहरुका फोटो स्टुडियो र डिभी भर्ने अफिसहरुले मनलाग्दो रकमा लिएर डिभी भरिदिएका थिए । कतिपय स्थानहरुमा डिभी भरेको  प्रति ब्यक्ति  ३०० रुपियाासम्म लिएका थिए भने धेरैजसो फोटो स्टुडियोहरुले फोटो खिचेबापतको रकम लिएर डिभी भरिदिने गरेका थिए । विगतका वर्Èमा झै यस बर्È पनि धेरै नेपाली डिभी भर्ने क्रममा ठगिएका छन् । डिभी चिठ्ठा खुलेको शुरुवाततिरै अमेरीकी दुतावासले यसबारे सचेत गराएपनि सरकारी तबरबाट खासै केही प्रयास भएन । बागबजार स्थित यारा डिजिटल फोटो स्टुडियोका संचालक यमनाथ लम्सालका अनुसार गत बर्È नेपालबाट ४,३७० जनालाई डिभी परेको थियो । 
जुन देशका नागरिकहरु आङ्खनो देशमा भन्दा अरुको देशमा जान यसरी मरिहत्ये गर्छन भने यसले त्यो देशको पछौटेपन लाई अझ उजागर गर्छ । नेपालमा बैदेशिक राजगारी, अध्ययन भिÈा एवं डिभी लगायतका माध्यमबाट नेपालीहरु बाहिरिने गर्दछन् । नेपाल बाट बाहिरिन खोज्ने अर्को जमातमा बिद्यार्थीहरु पर्दछन् । रोजगार र पढाई दुबैमा सफलता पाउन यूरोपियन देशहरुमा जान धेरै बिद्यार्थीहरु देशका प्रमुख शहरहरुका कसन्टेन्सीहरुमा  धाइरहेका भेटिन्छन् ।
नेपालमा रोजगारीको अत्यन्तै कम संवावना, उच्च शैक्षक बेराजगारी, राजनीतिक दुरावस्थाका कारण् धेरै नेपालीहरु बिदेशिरहेका छन र बिदेशिन चाहिरहेका छन् । बैदेशिक रोजगार विभागको पछिललो आकडा अनुसार चालू आथिर्क वर्Èको पहिलो तीन महिनामा करिब तीन लाख यूवा बिदेशिएका छन् । यद्यपी यो अघिल्लो वर्Èको तुलनामा केही कम भएको देखिन्छ । विभागका अनुसार साउनदेखि असोजसम्मको अवधीमा ९८ हजार सात सय ७७ जना नेपाली कामदार बैदेशिक रोजगारमा गएका छन् । गतबर्È सोही अवधीमा एक लाख नौ हजारनेपाली कामको खोजीमा बिदेशिएका थिए । यो आकडा अनुसार तीन महिनामा दैनिक औÈत एक हजार एक सय नेपाली कामको खोजीमा बिदेशिएका थिए । यसमा बिदामा आएर फर्कने र भिÈा थप गरेर जानेहरुलाई जोडिएको छैन । असोज महिनामा मात्रै ३८ हजार पााच जना बैदेशिक रोजगारमा गएका छन् । साउन र भदौको तुलनामा असोजमा बिदेशिनेको संख्या निकै बढेको बिभागको आाकडाबाट देखिन्छ । विभागको आकडा अनुसार गतबर्Èको असोजमा भन्दा यस वर्È बैदेशिक रोजगारमा जाने कामदारको संख्या ४३ प्रतिशतले बढेको छ । बरोजगारीको अवस्था डिभी, कोरीया जाने इपिएस प्रण्लीहरुमा यूवाहरुको ठूलो भीड देखिन्छ । मुलुकबाट यसरी नागरीकहरुमा बाहिरिन चाहने सोचाइको बिकास बढ्दै जादा दक्ष जनश्त्तिको पलायन का साथै देशलाई दीर्घकालीन असर पर्ने स्वत देखिन्छ ।

क्यापिटल रिर्पोटर शम्भु दंगाल, काठमाडौ

Thursday, November 08, 2012

कर्मठ काँठ

नेपालको केन्द्र काठमाडौँमा राजनीतक दलहरु सक्ताको लुछाचुँडीका लागि दौढधुप गरिरहेका बेला त्यही काठमाठांै उपत्यकाको छेउछाउ अर्थात काँठ क्षेत्रमा कृषिबाट पनि नेपालमा केही गर्न सकिन्छ भनेर केही कृषकहरु जुर्मुराउन थालेका छन् । केही बर्ष पहिला परम्परागत खेतीपाती हुने उपत्यकाको काँठ क्षेत्रमा अहिले सोही क्षेत्रका स्थानिय र काठमाडौँ बाहिरबाट आएका कृषकहरु परम्परागत कृषि प्रणालीलाई छाडेर ब्यावासायिक रुप दिँदै मनग्गे आम्दानी गरिरहेका छन् । तर मलखाद, आवश्यक परामर्श र सरकारी प्रोत्साहन नपाएको उनीहरुको गुनासो छ । आर्थिक रुपमा कमजोर, शहरको भन्दा बिकास निमार्ण र सेवा सुबिधा बाट पछि परेको तथा सहरबासीले उपेक्षाको दृष्ट्रिले हेर्ने उपत्यकाका काँठ क्षेत्रहरु अहिले सहरलाई बचाउने एउटा अमृत भुमिको रुपमा पनि विकसित हुँदै गइरहेको छ । सहरबासीको लागि तल्कालै टिपिएका ताजा तरकारी, ताजा दुध आपूर्ति गर्ने एउटा एउटा उक्तम भूमिको रुपमा विकसित भइरहेको छ । ताजा तरकारी, दुध मात्रै हैन दैनिक पिउने पानीका प्रशस्त स्रोत पनि यिनै काँठ क्षेत्रहरुमा रहेका छन् जसलाई अझैपनि ब्यवस्थित र एकिकृत गर्न सकिएको छैन् । काँठ क्षेत्रका कर्मठहरुका बारेमा तयार पारिएको एक रिर्पोट–   

रोल्पाका कर्मशील,  १६ वर्ष देखि काँठमा कर्म 

तरकारी खेती बाट कमाएको पैसाबाट किनेको उनको जग्गा अहिले १ करोड पुग्ने भएको छ, सुन्दा अपत्यारिलो लाग्ने यी किसानले १६ बर्ष देखि १२ रोपनी जग्गा भाडामा लिएर काठमाडौको पश्चिमी क्षेत्रमा रहेको काँठक्षेत्र थानकोटमा गरे जे पनि हुन्छ भन्ने उदाहरण दिइरहेका छन् । यसपाली उनले ९ रोपनी क्षेत्रफलमा गोलभेँडा लगाएका थिए । बाँकी ३ रोपनीमा उनले माछापालन र फूल खेती गरेका छन् । उनी हुन् जय बहादुर घर्तिमगर ।

तरकारी, फूलखेती र माछापालन,

१२ रोपनी जग्गा भाडामा लिएका उनले दुई रोपनी जमिनमा फूल खेती गरेका छन् ।  काठमाडौमा बिभिन्न उत्सव पर्ब र विवाहका अवसमा फूलको माग निकै नै हुने गरेको छ । एक रोपनी जग्गाबाट पाँच छ महिनामा ५० हजारको लगानीबाट डेढ लाख फाइदा गर्छन् । १२ रापनी मध्ये उनले नौ रोपनीमा गोलभेँडा खेती गर्छन् । उनले थानकोटमा यसरी तरकारी खेती गरेको नै  १६ बर्ष भइसकेको छ । उनले जग्गा भाडाबापत बार्षिक ७२ हजार रुपियाँ बुझाउनुपर्छ तर उनले बर्षमा गोलभेँडाबाटै ४ लाख बचत गर्न सफल भएको बताउछन् । उनले ब्यावसायिक खेती गर्न ८ जना लाई जागिर पनि दिएका छन् । रोल्पामा रहँदा परम्परागत खेती गरेका उनले त्यहाँ तरकारीका लागि बजार त्यति नभएको कारण उनी काठमाडौँमा आकर्षित भएको बताउछन् । शूरुमा केही घाटा भएपनि पछि कामको अनुभव बढ्दै गएपछि उनले खेतीबाट घाटाको सामना गर्नुपरेन् । प्रत्येक बर्ष १२ रोपनी जग्गामा उनी लाख डेढ लाख लगानी  गर्छन भने त्यसबाट करिब ५, ६ लाख उठाउन सकिने उनी बताउछन् । तरकारी खेतीबाट उनले गरेको प्रगती जग्गा र घर किनेका छन् जुन अहिले १ करोड मूल्य जाने उनी बताउछन् । तर फाइदा अनुसार उनको खटाइ पनि उक्तिकै रहेको छ । दैनीक बिहान २ बजे देखि राती ७ बजे सम्म खट्ने गरेको उनी बताउछन् ।

 गोलभेँडाका लागि ९ रोपनी जग्गामा उनी प्रति वर्ष ६० हजार  लगानी गर्ने बताउछन् ।उनले लगाउने गोलभेँडाको जातमा लप्सी र मनिसा रहेका छन् । तर उनले काठमाडौ आएर एकैचोटी यो काममा हात हालेका भने होइन रहेछन् । उनी भन्छन्–“पहिला भारतमा साहुहरुको काम गर्ने काम सिके पछि नेपालमा गएरआफूले पनि खेती गरे राम्रो आम्दानी गर्न सकिएला भनेर यता आँए र शूरु गरेँ ।” अहिले उनको मासिक कमाइ  पढेलेका जागिरेहरुको भन्दा पनि बढी नै आम्दानी गरेका छन् । अहिले उनको मासिक कमाइ ३५ देखि ४० हजारको हाराहारीमा हुने गरेको छ । औपचारिक शिक्षामा १० कक्षा मात्र भएपनि उनी आफ्नो कमाई र पेशा प्रति सन्तुष्ट रहेको बताँउछन् । उनले अहिले अर्को नयाँ काम पनि शूरु गरेका छन्–माछापालन् । उनले अहिले दुई पोखरी निमार्ण गरेर २२ हजार ४०० माछा पाल्न शूरु गरेका छन् । एक लाख लगानी गरेर झिँगे माछा पोखरीमा राखेका उनले कुखुराबाट भन्दा यसबाट राम्रोआमदानी गर्न सकिने विस्वास लिउर अघि बढीरहेका छन् । माछाका लागि मरेका कुखुरा, मैदा माछाको दाना दिने  गरेका उनी अझै  माछापालनका लागि जग्गा भाडामा लिने तयारीमा छन् । अहिले उनी हिँउदको लागि मिलेट, किरेन्डोला, स्टेरा, बिबी फूल लगाउने तयारीमा जुटिरहेका छन् ।  

चिरणलालको तरकारी सपना 

ललितपूरको खोकना र चाल्नाखेलको सिमानामा ४७ बर्षिय चिरणलाल श्रेष्ठले ब्यावसायिक रुपमा तरकारी खेती गर्नू भएको छ । यद्यपी उनी काठमाडौको असनमा जन्मिएका हुन र उनको पूख्र्याैली  पेशा भनेको ब्यापार नै हो । उनको पुस्ताहरुमा खेतीपातीमा हात हाल्ने उनी नै पहिलो ब्यक्ति हुन् ।  ६८ साल बैशाख देखि उनले १२ रोपनी खेत भाडामा लिएर तरकारी खेती गरिरहेका छन् । उनलाई कृषि सम्बन्धी ज्ञान केही नभएपनि साथिहरुको सल्लाहमा उनी यस क्षेत्रमा अघि बढ्न खोज्दैछन्  ।  गोलभेँडा, बन्दा, खुर्सानी, प्याज, लसुन कुरिलो, बोडी लगायतको तरकारी खेती गरेका छन् । १२ रोपनीको उनले बार्षिक भाडा ६० हजार बुझाँउछन् । सुरुमा साँढे आठ लाख लगानी गरेका रहेछन् उनले  । खेतीपातीका लागि १० जना कामदार राखेका छन् उनले । बिज्ञापन एजेन्सी संचालन गरेर बसेका उनी एका एक कृषि क्षेत्रमा तानिएका हुन् । उनलाई बजारको कुनै समस्या छैन्, कालीमाटीबाट तरकारी ब्यापारीहरु उनको कृषि र्फाम सम्म पुग्ने गर्छन् ।  तरकारी खेतीबाट भबिष्यमा केही गर्न सक्छु भन्ने बिश्वास लिएर अघि बढेका उनको ब्यवसाय अहिलेसम्म घाटामा गएको छैन् । 
 
 आगामी दिनमा पशुपालन तिरपनि हात हाल्ने सोचाई राखेका उनले अहिले १२ ओटा बाख्रा पनि पालेका छन् । साथै उनले नयाँ बनस्पतिहरु एभोकाँडो र स्टेभियाको पनि खेती गर्ने योजना बनाएका छन् । “परिवारले पनि नयाँ काम गरेको भनेपछि यही पेशालाई निरन्तरता दिने बिचार गरेको छु”, उनी भन्छन् –“बाहिर गएर अरुको भाँडा माझ्नु भन्दा आफ्नै देशमा खेतीपाती गर्नु नै उपयूक्त हुन्छ, बाहिर जानु सोच भन्दा आफ्नो जग्गा छ भने आफ्नै जग्गामा हैन भने भाडामा लिएर भए पनि ब्यावसायिक रुपमा खेतीपाती गर्नु  धेरै राम्रो हुन्छ ।” अहिले उनका साथीहरु पनि काँठ क्षेत्रतिर तरकारी खेतकिा लागि जग्गा खोजीरहेका छन् ।

स्नातकत्तोर पढ्दै, कृषिकर्म गर्दै

थानकोट गाबिसको वडा नं ८ इमाखेलमा उत्तम श्रेष्ठ र अन्य पाँच जना साथीहरु मिलेर ब्यासायिक कृषिकार्यमा जुटिरहेका छन् । पाँच जनामध्ये ३ जना कलेज र विश्वबिद्यालयमा उच्च शिक्षा पनि लिइरहेका छन् । २ जना मध्ये एक जना माओबादीका पूर्व लडाकु रहेका छन् भने एकजना नेपाली सेनाका जवान रहेका छन् । ओखलढुङ्गा दियाले ६ का उक्तम श्रेष्ठ अहिले ग्रामिण बिकास बिषय लिएर त्रि.वी मा एम.ए. गर्दैछन् । ६ बर्ष अगाडि काठमाडौ आएका उनले पढाइका अलावा धेरै समय जागिरे जिवन पनि बिताएका थिए । मार्केटिङ देखि बोर्डिङ स्कूलको मास्टर सम्म भएका उनलाई त्यि पेशामा लाग्दा खासै प्रगति होला जस्तो लागेन । अहिले उनी  आफै केही गर्नुपर्छ भन्ने सोचाइका साथ गाँउको पनि केही अनुभव भएकाले ब्यावसायिक कृषिकर्ममा हात हाले ।

अहिले उनले ब्यावसायिक रुपमा बंगुरपालन, माछापालन, हाँसपालन र तरकारी खेती गरिरहेका छन् । बार्षिक भाडा ५० हजार बुझाउने गरी ८ रोपनी जग्गामा कूल १० लाख लगानी गरेका उनीहरुले  बंगुरपालनका लागि ६ लाख, माछा पालनका लागि २ लाख र तरकारी खेतीका लागि एक लाख लगानी गरेका छन् ।  अन्डा उत्पादन गर्ने उद्धेश्यले ६० ओटा हाँस पालेका उनीहरुले आधुनिक फार्म बनाएर ३१ ओटा बंगुरपालेका छन् । त्यस्तै ओटा २ पोखरीमा साँढे सात हजार माछा पालन गरिरहेका छन् । तरकारीहरुमा काउली, मूला, सायो, गोलभेँडा, सिमी लगायत बिभिन्न जातका रहेका छन् । तरकारीको हरियाली, माछा पोखरी, बंगुर फार्म, हाँसहरुको बथान, तरकारीखेती गरेको जमिनको छेउमा फुलेका ढकमक्क फूलेका फूलहरु देख्दा लाग्छ, उनीहरुको पौरखले नेपाली यूवाहरुलाई देशमे पनि गर्नसके जे पनि हुन्छ भन्ने सन्देश छरिरहेको छ । बैशाख १ गतेदेखि काम शूरु गरेका उनीहरुले  ६ महिनाको अवधीमा १ लाख भन्दा बढी रुपैयाँको आफ्नो उत्पादन बजार पनि पु¥याइसकेका छन् । उनी भन्छन् “हाम्रो उत्पादन सोचे अनुरुप भइरहेको छ, बजारको समस्या खासै नभए पनि बिचको ब्यक्तिलाई बेच्दा किसानहरु र उपभोक्ताहरु मारमा  पर्ने रहेछन् । उपभोक्ताहरु सम्म कसरी सिधै जान सकिन्छ भनेर हामी अहिले यसबारे बुझीरहेका छौँ ।” कालीमाटीमा कृषकहरुलाई बिचौलीयाले सताउन गरेका उनी बताउछन् ।

 कृषकले सिधै आफ्नो उत्पादन गर्ने हो भने राम्रो कमाई गर्ने अबस्था रहेको र त्यसको उपयूक्त ब्यवस्था हुन नसकेको गुनासो गर्छन उनी  । बिस्तारै बंगुरको संख्या १०० ओटा पु¥याउने र  माछापालनलाई पनि दोब्बर बनाउने उनीहरुको आगामी योजना रहेको छ ।  बंगुरको लागि आफ्नै मासु पसल खेल्ने देखि, बजारमा सम्पूर्ण आफ्ना उत्पादनहरुलाई आफै  पु¥याउने, ब्यावसायिक खेती राम्रो हुँदै गयो भने जमिनको आकार पनि बढाउन सक्ने उनी बताउछन् । पहिला क्यानडा जाने प्रक्रियामा रहेका उनी यही केही गर्न सकिन्छ कि भनेर यो काममा हात हालेको बताउछन् । उनी भन्छन् “बिदेश गएर काम गर्नुभन्दा त्यही रकम नेपालमै लगानी गरे यहीँ राम्रो प्रगति गर्न सकिन्छ”।

च्याउसँग रमाउदैँ बैकुन्ठ र नानीमैयाँ श्रेष्ठ

काठमाडौँको पश्चिम क्षेत्रमा रहेको बलम्बु गाबिसमा बैकुन्ठ श्रेष्ठ र उनकी  श्रीमती नानीमैयाले च्याउ खेती गर्न थालेको ५ बर्ष बितिसक्यो । काठमाडौँको मच्छेगाँउ स्थाइ  घर भएका उनीहरु अहिले काठमाडौँको थानकोटमा ४ रोपनी जग्गा भाडामा लिएर  ८ लाख लगानीमा अर्को नयाँ च्याउ फर्म खोलेका छन् ।  च्याउका लागि उनीहरुले छ ओटा टनेल निमार्ण गरेका छन् ।  ३ लाख लगानी गरेर शूरु गरेका उनीहरुले पहिलो बर्षमै ५ लाख ४० हजार आम्दानी गर्न सफल भएको बैकुन्ठ बताउछन् । बिदेशमा ७ बर्ष टेक्सटायल सम्बन्धी काम गरेर स्वदेश फर्किएका उनले स्वदेशमै केही गर्न सकिन्छ भनेर च्याँउ खेतीमा हात हालेका हुन् । ३२ बर्षे बैकुन्ठ आई.ए.मा असफल भएपछि बैदेशिक रोजगारीका लागि बिदेशिएका थिए । अहिले उनलाई लागेको छ बिदेशको जति कमाइ त स्वदेशमै आफन्त सँग बसेर पनि कमाई गर्न सकिने रहेछ । शुरुमा काठमाडौको बलम्बुमा च्याँउ फर्म राखेका उनले अहिले थानकोटमा बिस्तार गरेका हुन् । उनी अहिले श्रीमति नानीमैयाँ श्रेष्ठको सहयोगमा च्याँउ खेतीका साथै तरकारी खेती पनि गरिरहेका छन् । उनको आगामी योजना अझै ठूलो रहेको छ । अहिले ७ जना साथीहरु मिलेर उनले महादेबस्थान गाबिसमा १० रोपनी जमिन भाडामा लिएर बङ्गुर, माछा र हाँस पाल्ने भएका छन् । 

 तिहार पछि शूरु हुने सो कृषि फर्मका लागि १५ लाख लगानी गर्ने सोचाई राखेका छन् । उनी भन्छन्– बिदेशमा भन्दा गर्नेहरुका लागि स्वदेशमै राम्रो कमाई र संभावनाहरु धेरै छन् । किर्तीपूर भन्दा अलिकति माथि रहेको मच्छेगाँउमा पहिला परम्परागत रुपमा खेती गर्दै आएका बैकुन्ठ–नानीमैया दम्पतीको ब्यावसायिक कृषिकर्मले जिवनस्तर परिबर्तन गरिदएको छ । 

आफ्नै फोटो

Thursday, November 01, 2012

पद्मलाल घिसिङ्लाई डिभी भर्नू पर्दैन

हरेक वर्ष नेपालका शहरी क्षेत्रमा डिभीले नेपालीहरुलाई एउटा सपनाले मोहनी लगाइदिन्छ । प¥यो भने अमेरीका गइन्छ, महिनाको लाख, डेढ लाख मज्जाले कमाइन्छ । तर काठमाडौको दहचोक गाबिसमा ब्यावसायिक गोलभेडाँ खेती गरिरहेका पद्मलाल घिसिङ्ले डिभी त सुनेका छन् तर उनलाई यसको कुनै चासो र चिन्ता छैन । उनलाई त एउटै मात्र चिन्ता छ आगामी बर्ष ४० रोपनी क्षेत्रफलमा कसरी गोलभेडा खेती गर्ने भन्ने बारे । अहिले २७ लाख लगानी गरेर २२ रोपनी क्ष्ोत्रफलमा गोलभेँडा खेती गरेका घिसिङको कमाई नै सबै खर्च कटाएर महिनाको  दूई लाख हुने गर्दछ । पोहोर गरेको २७ लाख लगानी  १ महिना अगाडि नै उठाएसकेका उनले अझै ३०–३५ लाखको गोलभेँडा बिक्री गर्दैछन् । १४ जना कामदार राखेका उनले मासिक १ लाख २६ हजार उनीहरुलाई दिन्छन् भने बार्षिक रुपमा जग्गा भाडाबापत २ लाख ४० हजार बुझाँउने गदैछन् । कक्षा ३ सम्म मात्र अध्ययन गरेका घिसिङको पूख्र्यौली घर रामेछाप बेथान रहेछ तर उनको परिवार भने उनी सानो छँदै सर्लाही झरेको रहेछ । उनले यस भन्दा अघि धेरै थरी काम गरे, ठेक्का पट्टा, ब्यापारका साथै उनी ५४ सालतिर  बैदेशिक रोजगारीका शिलशिलामा २ वर्ष कतारमा पनि बिताए तर भने जस्तो सफलता  हात लागेन । बिदेशमा चित्तबुझ्दो कमाइ नभएपछि उनी २०५८ सालमा काठमाडौको कालीमाटीमा आए र तरकारी 
 ब्यापार गर्न थाले । पहिला सर्लाहीमा छँदा पनि गोलभेँडा खेली गरेका थिए । त्यही अनुभव उनलाई यहाँ पनि काम लाग्यो । गोलभेँडा  खेतिबाट भएको आम्दानीले उनले अहिले बलम्बु गाबिसमा ४० लाख लगानी गरेर जग्गा सहित १ तले पक्की घरको निमार्ण गरेका छन् । उनका २ जना छोराहरु पनि अहिले नाम चलेका महंगा कलेजहरुमा  पढ्छन् । उनका जेठा छोरा इन्डियाको शारदा यूर्निभरसिटीबाट इन्जिनियरिङ गर्दैछन् भने कान्छो छोरा बल्खुमा रहेको वर्नहार्ट कलेजमा अध्ययन गर्दैछन् ।

कृषिमा असिमित उत्साह, नयाँ सपनाहरु 

अब आउने सिजनमा ४० रोपनीमा खेती गर्ने लक्ष्य भएपनि उनले भबिष्यमा जग्गा पाएसम्म सय, दुई सय रोपनी सम्म गोलभेँडा खेती गर्ने सपना देखेका छन् । भारतबाट लाखौँ रुपियाका तरकारी नेपाल भित्रिरहेको अवस्थामा नेपाललाई तरकारीमा आत्म निर्भर बनाउन् नेपालमा ब्यावसायिक कृषिको विकल्प नभएको उनी औल्याँउछन् । अहिले गोलभेँडा मात्र खेती गरेका उनले यसपालीको हिँउद देखि अन्य तरकारीहरु लौका, घिरौँला, सिमी बोडी लगातका अन्य तरकारी खेती गर्ने उद्धेश्य बनाउका छन् ।

Tuesday, October 30, 2012

सत्र वर्ष भएछ, कस्तो होला माइतिको आँगन

माइतीले हेलाँ गरीएकी एउटी चेलीको कथा

अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा
आँउछे की चेली भनेर आमा दोबाटो कुरेकी
तीजमा पनि विर्सेछ क्यारे गरिब माइती

यो वर्षका  तीज, दशै लगायतका चाडपर्बहरु गइसके । अब तिहार आँउदै छ । यो तिहार पनि विगत १६ वर्ष झै उनको लागि माइति भएर पनि खल्लो र उराठ लाग्दो बन्दैछ । भुपि शेरचनले लेखेको र नारायण गोपालले गाएको माथिको गीतमा भनिएको छ –तीजमा पनि बिर्सेछ क्यारे गरिब माइति,

 एक जना चेली  धनी र गरिब भन्दा पनि कथित ठूलो जात र सानो जात अथवा समाजमा रहेको माथिल्लो बर्ग र तल्लो बर्गको रुढिग्रसत आडम्बरी मानसिकताका कारण माइतीबाट १७ बर्ष देखि तिरस्कृत भएकी छिन् ।  घरबाट ५ मिनेटको दुरीमा रहेको माइतिको आँगन नटेकेको सत्र बर्ष भइसकेको छ, २०५२ सालदेखि । उनको नाम  हो, कालिका दाहाल । आजभन्दा ३२ वर्ष पहिला काठमाडौको नाङ्लेभारे गाविस वडा नं ४ मा उनको जन्म भएको थियो । ढुङ्गाना परिवारमा जन्मीएकी उनको आजभन्दा १७ बर्ष पहिले सोही ठाँउका गोपाल दहालसंग प्रेम विवाह भएको  रहेछ । उनको माइती परिवार पुरेत्याँई गर्ने उपाध्याय ब्राम्हण परिवार हो भने उनले बिहे गरेको दाहाल परिवार भने पुरेत्याँई नगर्ने ब्राम्हण परिवार नै रहेछ । सोही कारण आफूभन्दा अलि तल्लो जातसँग एउटै गाउँमा बिहे गरेका कारण उनी माइतिको हेलाँको पात्र बनेकी हुन् ।
स्कूले जिवनमै गोपाल दाहाल र उनको प्रेमको शुरुवात भएछ । त्यतिबेला गाँउमा १०  कक्षा सम्म पढाई हुने स्कूल नभएका कारण १ घन्टा टाढा उनीहरु लप्सेफेदी गाबिसमा रहेको कालिका शरण माविमा पढ्न जाने रैछन् । १० कक्षामा भेट भयो उनीहरुको । जतिबेला उनीहरु १५–१६ बर्षमा हिँडिरहेका थिए । ख्याल ख्यालमै माया बस्यो ।  विस्तारै अगाडि बढ्दै गएको प्रेममा पत्रहरु आदान प्रदान हुन  थाल्यो  । प्रेममा समर्पित कालिका दाहाल र उनका श्रीमान गोपाल दाहालले थुप्रै पत्रहरु लेखे । उनी भन्छिन–“ठूलो बाकसको एक बाकस नै भएको थियो, अहिलेसम्म जतन गरेको भए त एउटा किताब नै हुन्थ्यो होला । अहिले गाउँको घर बेचेर काठमाडौको डाँछी थलीमा नयाँ घर बनाएर बसेपछि त्यी पूराना पत्रहरु पनि हराइसके होलान”् ।  ख्याल ख्यालमै चिठ्ठी लैख्दा लेख्दै मन मिल्यो र दूबैजना भागेर बिहे गर्ने बिन्दुसम्म पुगे, तर दुबैको पढाई पनि छुट्न पुग्यो एसएलसी अघिको टेष्ट परिक्षा नै रोकिन पुग्यो । उनीहरुको प्रेम सम्बन्धका बारेमा दुबैको घरपरिवारमा थाहा भयो, घरबाट अवरोेध आउने डरले दुबैजनाले परिक्षा नै नदिई बिहे गर्ने निधोमा पुगे, साथ दिने गाँउका केही ब्यक्तिहरु पनि थिए । गाँउका  तिनै ब्यक्तिको सहयोगमा उनीहरुले भागेर भक्तपुरमा बिहे गरे 
बिहे पछि शूरु भयो उनका जिवनमा अनेकौ बाधा अवरोध र पीडाहरु । माइतिपक्ष उनको श्रीमानबाट छुटाएर उनलाई पुनः माइतिमा लगेर कथित ठूलो जातको ब्राम्हण संग बिहे गरिदिन चाहन्थ्यो । पुलिस केश भयो उनीहरुलाई छुटाउन । उनी भन्छिन्– “बौद्ध प्रहरीमा दुबै जनालाई समातेर राखे । हजुरबा, अंकलहरु जानुभएको थियो । प्रहरीले हजुरबा सँग जाने कि श्रीमान सँग जाने भनेर सोध्यो । मैले हजरबा सँग जान्छु भनँे ।” त्यसपछि त्यहाँ हल्ला खल्ला भयो माइतिमै फर्कने भइ भनेर । एकजना गाँउका मान्छेले झुटो बोल्दै उनको पेटमा ४ महिनाको बच्चा भइसकेको छ, त्यो पनि स्वीकारेर लैजान्छन् रे भनेपनि उनको हजुरबुवाले पिर मान्दै मेरी नातिनीलाई बेचिदिने पो हुन की भन्दै आँशू झार्दै फर्किएको उनको दिमागमा अझै ताजा छ । उनी भन्छिन्– “अंकलले चाहीँ रिसाएर हामी सँग जान्नस भने कानको गहना फुकालेर ले भनेर माग्नु भयो, मैले दिएँ, त्यसपछि उहाँसँग पनि कहिल्यै भेट भएको छैन् ।”
बिहे पछि उनी घर गइन । माइति र घरको दुरी पाँच मिनेट मात्रै थियो, माइतिपरिवार र उनको बेला बेलामा जम्काभेट भईनै रहन्थ्यो तर कहिल्यै बोलचाल हुदैन्थ्यो । बिहे गरेर घर गइसके पनि माइतिहरुले उनलाई सताउन नछोडेको उनी बताउछिन् ।  हाम्रो बेइजजत गरी भन्दै पल्लो घरका काकाले उनको घरमा जाने पानीको पाइप नै काटिदिएर पानीको अभाव सिर्जना गरिदिए । घरमा जाने पानीको पाइप माइतिकै बारी बाट जाने गर्दथ्यो । त्यसपछि आधि घन्टा टाढा पानी लिन जाँदा पनि कुटपिट गरिएकोे कटु अनुभव छ उनीसँग । उनी भन्छिन, “बिहे गरेको केही महिना पछि फेरी अर्को  घटना घट्यो । बिहे गरेपछि पनि म स्कूल जाने गर्थे, एकदिन स्कूल गएको बेला आमा र सानीआमा मिलेर मलाई मामा घरमा लगेर लुकाए ।” पछि फेरी घरबाट उनको मामाघरमा लिन गएपछि अर्को पुलिस केश पनि परेको उनी बताउछिन् । माइतिपक्षले उनीहरुको सम्बन्धलाई छुटाउन ठूलो प्रयत्न जारी राख्यो, २ चोटी त पुलिस केश नै भयो ।  माइति पक्षले हा¥यो, उनीहरको प्रमले जित्यो र उनी पुन घरमै फर्किन् ।  गाँउघरमा, मेलापातमा कहिलेकाँही भेट भएपनि उनीसँगको कसैको बोलचाल हुँदैनथ्यो । कसैले नदेख्ने गरी धेरै रोएको अनुभव छ उनीसँग ।
समय परिबर्तनशील छ, अहिले कालिका दाहालको छोरा नै १५ वर्ष पुगिसकेका छन् । उनकी एउटी छोरी पनि छिन् । उनका छोरा त त्यति मतलव गर्दैनन रे मामाघर जाने कुरामा, तर उनकी छोरी भने मामाघर

जान
नपाउकोमा गुनासो गरिरहन्छिन रे ।  १७ बर्ष भयो उनले माइतिको आागन नटेकेको । उनका दाजु, भाई, बुवा, हजुरवुवा, काका, सबै शिक्षित छन्, सबै ठूला र आर्दशबादी कुरा गर्छन, तर आफूभन्दा तल्लो स्तरको मान्छेसँग बिहे गरेको आरोप लगाँउदै आफ्नै चेलीलाई सदाको लागि त्याग गरेका छन् उनीहरुले । उनले केही समय अघि एक आफन्तको घरमा धेरैपछि आफ्नी बुढी हजुरआमालाई देखिछन्, हजुरआमाले नचिनेर नमस्कार गरी बस्न आग्रह गरेपछि उनको मुटुमा भक्कानो फुटेछ , बोल्न त खोजिछन् तर सकिनछिन् । उनी भन्छिन्–“हजुरआमा धेरै बुढी भइसक्नुभएछ, आफ्नै सन्तानलाई पनि नचिनेर गुन्द्री ओच्छ्याँदै तपाई बस्नुस भन्ने दिन पनि आँउदो रहेछ भन्ने लाग्यो, हजुरआमालाई बोलाउन खोजेँ, घाँटीमा बोली रोकियो, आँखाभरी आँशु आँउन लाग्यो, चुपचाप त्यहाँबाट हिँडिहालेँ, त्यहाँ बस्न नसकेर तुरुन्तै घर पर्किए ।” उनले बाल्यअवस्थामा हजुरआमा सँगका क्षणहरु सम्झिइन् “स्कूल जाने बेला भो हजुरआमा चाहिन्थ्यो, कपाल कोर्नु परेपनि, खाना पस्किनुपरे पनि हजुरआमा नभइ हुँदैनथ्यो ।” उनका दुःखका, पीडाका  कुराहरु धेरै छन् यो छोटो लेखाइमा सबै समेटन् सकिदैन् । 
प्रश्नहरु धेरै सोधेको थिँए, त्यि प्रश्नहरुले उनको विगत कोट्याँउदा मनमा घाउ पनि बल्झियो होला , एउटा यस्तो प्रश्न पनि गरेको थिँए–“माइत जान पाए हुन्थ्यो भन्ने त होला नी मनमा ?

उनले भनिन्– “यत्रो सत्र वर्ष बितिसक्दा त सम्झेनन्, माइति भन्दै उनीहरुलाई मन नपरी नपरी उनीहरुको दैलोमा टेक्न मन लागेको छैन । मैले त्यस्तो के नै अपराध गरेको थिँए र ? अब त मनै मरिसक्यो । ” सायद माइति भनेकै मायाको लागि रहेछ की, जब माइतिकै माया बाट एउटी चेली बञ्चित हुन्छिन् भने उनको जीवन तित्तता र विषादले भरिदोँ रहेछ ।

माइतिले बोलाउनुभयो भने जानुहुन्छ की हुन्न ?

“हजुरबा हजुरआमा छउञ्जेल बोलाए त गइन्छ । पछिको कुरो त  के हुन्छ के थाहा । तर नगएपनि निर्वाह त हुँदो रहेछ । अहिलकोे जमाना पनि भाइहरु त्यस्तो गर्छन् तर गइहालौँ जस्तो लाग्दैन । बोलाए नै भने त आफू जन्मेको, हुर्केको घरमा जान किन मन नलाग्नु । तर जहाँ गए पनि आफ्नो दुःख आफैँ सँग हो,  बाहिर सुनेको आमा त कुरा गर्नुहुनछ रे कहिलेकाँही, तर भाइहरु मेरो कुरा गर्ने बिक्तिकै आगो हुन्छन रे । मेरो छोरो र अंकलको छोरो ४ दिनको जेठोकान्छो, उ पनि यस्तै भयो होला, यस्तै पढ्छ होला जस्तो लाग्दोरहेछ ।  आमा, बुवा, हजुरबा, हजुरआमा, भाई सबैसँग बोल्न पाए हुन्थ्यो, भेट्न पाए हुन्थ्यो भन्ने त लागीहाल्छ नी, आफ्नो भाग्य नै त्यस्तै रै छ की ।” 
उनका श्रमिान गोपाल दाहाल राम्रै अफिसमा काम गरिरहेका छन् ।  अहिले उनको ४ जनाको सानो परिवारको जिवनयात्रा सुखद रुपमा अघि बढिरहेको छ ।  सत्र बर्ष अघिका माइति परिवारसँग बसेर खिचिएका केही तस्बिरहरु अझै सुरक्षित राखेकी छिन उनले, माइती परिवार सँग खिचिएका केही तस्विरहरु फ्रेममा हालेर भिक्तामा सजाएकी छिन् । “के सोचेर त्यतिबेला यि फोटोहरु पनि बोकेछु, न पछि हेर्न हुन्छ भनेर हो, फोटाहरु हराउला भनेर हो”  उनले हामीसँगको कुराकानीमा मलिन मुहारमा केही फोटोहरु देखाइन र भनिन् “अहिले खिचिएका उनीहरुको (माइतीको) नयाँ फोटोहरु पाउन पाए फ्रेममा हालेर राख्ने थिँए । यिनीहरु त पूराना फोटो हुन् । कसैले अहिलेका फोटोहरु ल्याइदिए हून्थ्यो भन्ने लागिरन्छ, कस्तो भयो होला त्यो घर, भाईहरु म हिँड्दा सानै थिए, बहिनीको बिहे भएको पनि सुनेँ मात्र । जेठो भाइको  पनि बिहे पनि भइसक्यो रे, हजुरबा र हजुरआमाको अहिले खिचेको फोटो खाजीरहेको छु ।  बुवा आमा र हजुरबा हजुरआमाको ठूलो फोटो बनाएर फ्रेममा राख्न मन लागेको छ ।” उनी भन्छिन् “उनीहरुको मनमा त्यस्तै आयो, त्यस्तै गरे, मेरो भाग्य नै त्यस्तो हो की  १७ बर्ष भयो, जन्म दिने बाउआमा सँग बोल्न, भेट्न पाईन ।” अन्त्यमा उनले भनिन् “माइतिले जतिसुकै घृणा, तिरस्कार गरेपनि उनीहरुको सधै राम्रो होस्, उनीहरुको बारेमा सधै राम्रो सुन्न पाइयोस, नराम्रो कहिल्यै सुन्न नपरोस” ।

Monday, October 29, 2012

त्यो र यो दशै

त्यो दशै
सधै चिठ्ठा खोलेर दशैमा उधुम मच्चाउने त्यी दिनहरु, सधै लङ्गुर बुर्जामा रमाउने अनि १०–२० रुपियाँ जित्दा संसार नै जितेझै फुरुङ्ग पर्ने त्यो दशै कतै हराएछ, अहँ भेटिएन यसपाला गाँउमा । लंगुरबुर्जाको दाउमा सुका, मोहोर, अनि बढीमा एक दुई रुपियाँ राख्ने सिँगाने साथीहरु पुगिसकेछन् अरब, मलेसियातिर अनि केही स्वास्नीका पोइ र एक दुई लालाबालाका अबिभावक पनि भइसकेछन् । अहिले भएका साना उमेरका केटाकेटीहरुमा पनि त्यस्तो केही उल्लासपन र रौनकताको अवस्था देख्न नपाँउदा त्यो सुदुर भूतको साह्रै नियास्रो लागेर आयो ।
जतिबेला स्कूल पढिन्थ्यो, राजनीतिक दलहरुले चुनावी प्रचारका लागि गाँउमा बाँढेका पोष्टर अनि पम्प्लेटहरु जम्मा गरेर जतन साथ राखिएको हुन्थ्यो । दशै तिहारका बेला लङ्गुर बुर्जा खेलाउने खाल बनाउन प्रयोग हुन्थ्यो । चित्र बनाउन अरुभन्दा चलाख नै थिइयो । पोष्टरको पछाडिको खाली भागमा लङ्गुर, बुर्जा, चिड, पान, ईटा, झन्डा अनि सुरथ नाम गरेका चित्र कोरिन्थ्यो । अनि सेतो प्लाटिकले त्यसलाई गाँउले पारामा लेमिनेशन गरिन्थ्यो । बिहान देखि साँझ सम्म लङ्गुरबुर्जा, पिङ अनि चिठ्ठा कार्यक्रममा दिन बिताइन्थ्यो । 
बटुकामा त्यि चित्र अंकित डाइस हातले छोपेर लङ्गुरबुर्जा खाली–खाली भनेर घोप्ट्याउनुको मज्जै बेग्लै हुन्थ्यो । अनि एकछिनमा कचौराले छोपिएको डाइस हेर्दा, कुनैमा डबल, तेब्बर पैसा तिर्नुपर्ने अनि कुनै बेला कुनैलाई पनि पैसा नतिरी खालमा राखिएका सुका, मोहर र एक, दुई रुपियाँका डबल सोहोर्दा संसारमा कतै नपाइने स्वर्गिय हर्ष र आनन्द आइपुग्थ्यो ।
कुनै समय यस्तो थियो, जतिबेला छ वा सात कक्षमा पढिन्थ्यो, त्यतिबेला कापीलाई दुई भाग लगाएर हातैले लेखेर चिठ्ठा बनाइयो । चिठ्ठाको मूल्य एक सुका देखि २ रुपिँया सम्मको हुन्थ्यो । चुसिसकेको लप्सिको गेडामा नंबर लेखेर चिठ्ठा खोलीन्थ्यो । उपहार पनि त्यही किसिमका हुने गर्दथे–चकलेट देखि चाउचाउ सम्म, कलम र कापी यस्तै यस्तै । यस्ता चिठ्ठा दिनमा पटक पटक बनाइन्थो, उत्तिखेरै बेचिन्थ्यो अनि खोलीहान्थ्यिो । यो कार्यक्रम बिशेष गरी मेरो घरभन्दा अलि परको रिमाल टोलमा खोलिन्थ्यो । जहाँ चारैतिरका फुच्चा फुच्चीहरुको एक किसिमको मेला नै लाग्ने गर्दथ्यो । 
एकचोटी धेरै चिठ्ठा खोलेर आफ्ना छोराछोरी काम गर्न गएनन् भनेर रिमाल माइली हजुरआमाले बढो लौरो लिए मलाई लखेटेको सम्झँदा अहिले बढो रमाइलो लागेर आँउछ । त्यतिबेलाका गुच्चा खेल्ने, चिठ्ठा खोल्ने र लंगुरबुर्जा खेल्ने साथिहरु अहिले जिन्दगीको जाँतोमा रिङ्गिदै चारतिर पुगेका रहेछन् । साधुराम, सिबहरी, कालीको भाइ, तारीखेते, सुरेश, काले, मधु, नारन, फुर्लुङ, तुम्बे, गोकुल आदी इत्यादी सँग मैले यस्ता चिठ्ठा र गुच्चा खेल्ने गर्दथेँ । उनीहरु मध्ये कतिपयको गाँउले नाम आफ्नै किसिमको राखिएको थियो । जसमध्ये म भन्दा एक बर्ष दाजु तारिखेते अर्थात अर्जूृन शिबभक्तीले त दोश्रो बिहे गरिकन सन्तानहरु पनि उत्पादन गरिसकेछ । माथि उल्लेख गरिएका गुच्चे साथिहरु मध्ये अधिकाँसले बिहे गरिकन सन्तान लाभ गरी जिन्दगीलाई अगाडि कुदाइरहेका रहेछन् ।

यो दशै
यसपालीको दशै,  धेरै समय रेडियोमा समाचार पढ्दै र नियमित कार्यक्रम चलाउँदैमा बित्यो । जम्मा दुई दिन अफिसबाट बिदा पाएपछि नवमीको दिन काठमाडौको केन्द्रभागबाट लगभग २८ किमी टाढा रहेको गाँउमा त्यस्तै २ बजेतिर पुगेको थिँए । गाँउ एक किसिमले सुनसान जस्तै थियो । कतै कतै पिङ हालिएको भए पनि बच्चाबच्चीहरुको सँखया पनि न्यून नै थियो । यद्यपी पिपलबोटमा भने साँस्कृतिक कार्यक्रम गर्नका लागि केटाहरु स्टेज बनाउदै थिए । नवमीको राती उनीहरुले कार्यक्रम गरेका थिए । मैले पनि भाग लिएको थिँए तर मैले पोहोर जस्तो हाँस्य–ब्यङ्गय साम्रगी केही पनि प्रस्तुत गरिन केबल दुइओटा मात्रै गजल सुनाइदिएँ । बिशेष गरी आमालाई भने अच्चम लागिरहेको थियो– हिजो अस्ति शहरमा रेडियो बाट बोल्ने छोरो साँझ ६ बजे भर्खरै गाँउबाटै रेडियोमा बोलेको अनि साँस्कृतिक कार्यक्रममा गजल पढेको देख्दा आमाका मुहारमा खुसीको समुन्द्र बगेको थियो ।
पसलहरुमा टाढाबाट आएकाहरु सँग गाँउले दाजुभाइको एक किसिमको पूर्नमिलन भएको थियो ।  जहाँ एक दुइ डफ्फा तास खेल्नमा मग्न देखिन्थे, मलाई तास खेल्न नआउने र त्यसप्रति रुचि नभएकाले त्यो मेरो लागि बेकार थियो । समय बिताउन चाँपाबोटको स्कूलमा भाइहरु सँग गइयो । चिप्लेटी खेल्ने चउर घुमियो ।  बेलुका छ बजेको नियमित कार्यक्रम “काँठका कुरा” पहिलो दिन वडा नं ५ मा खुलेको कृषि समूहको बारेमा साधुराम ढकाल र नवराज दंगाल सँग  प्रत्यक्ष रुपमा कुराकानी गरेर बनाए भने दोश्रो दिन चाँपाबोट मावीका पूर्व प्रअ एवं शिक्षक भरतमणी ढुङ्गाना सँग उहाँकै घरमा गएर उहाँकै पिढीँमा रहेको खाटमा बसेर प्रत्यक्ष कार्यक्रम बनाएँ । उहाँहरु साधुराम ढकाल, नवराज दंगाल अनि गूरु भरतमणी ढुङ्गाना पनि निकै खुसी हुनुभयो ।  जे होस यो दृष्ट्रिकोणबाट भने यसपालीको दशै अलिक फरक भयो । टिकाको दिन पनि खासै त्यस्तो उल्लासमय लागेन । दिँउसो सानीममीको घरमा टिका लगाउन गइयो । भाइहरु सँग बसेर टिका लगाइयो फोटो खिचियो । तर अष्टमीको दिन र टिकाको भोलीपल्ट रेडियोमा भने साथीहरु सँग साह्र्रै रमाइलो सँग दशै मनाइयो । तर विगतका केही दशैका कथाहरु भने निकै रोचक र फरक किसिमका पनि भएका छन, समय आएपछि पक्कै पनि त्यि दशैहरुलाई लेख्नुपर्नेछ, जसले आँखाहरुमा केही शितका थोपाहरु ल्याइदिनेछ । दशैहरु यस्तै हुन्छन्...आँउछन्...अनि जान्छन... जब कुनै पनि कुरा आँउछ तब प्रकृतिको नियम अनुसार त्यसले पनि त्यसैगरी नै जानुपर्दो रहेछ । र यो दशै पनि गएको छ.....................................................

नयाँबानेश्वर, काठमाडौँ । १२ कात्रतिक ०६९ 

Monday, September 03, 2012

ख्यालख्यालै पत्रकारितामा २० वर्ष

औपचारिक शिक्षा अरुका लागि, अनौपचारिक शिक्षा आफ्नै लागि । औपचारिक शिक्षा प्रमापत्रका लागि, अनौपचारिक शिक्षा जीवनका लागि । अहिलेका व्यस्त पत्रकार व्याकुल पाठकलाई स्कुले जीवनदेखि नै यस्तै लाग्थ्यो । उहाँलाई औपचारिक शिक्षा सुट, टाईजस्तै लाग्छ । अरुको सम्मानका लागि लगाइदिनुपर्ने पार्टीमा, विवाहमा । व्याकुल पाठकको रुचि जहिले पनि कोर्स बाहिरै रह्यो । ‘बिए, एम ए गर्न २० वटा किताब पढे पुग्छ, ती किताब त म एक महिनामै पढ्न सक्छु,’ उहाँ भन्नुहुन्छ– अनौपचारिक शिक्षामा रुचि भएकाले म कहिल्यै औपचारिक जागिरमा गइनँ ।

एसएलसी गरेदेखि नै उहाँले किताबकै काम पाउनुभयो । हिसी प्रेस सेतोदरबारमा साथी काम गर्नुहुन्थ्यो, हरिबहादुर कँडेल । प्रिन्टिङको काम सम्हालेका । त्यहाँ जाँदाजाँदै प्रेस मालिक पुष्प चित्रकारसँग सम्पर्क भयो । उहाँले पुस्तकको प्रुफ हेरिदिन भन्नुभयो । त्यो जमाना लेटर प्रेसको थियो । ग्याली प्रुफ हेर्नुपथ्र्यो । किताब, पत्रपत्रिका आदिको भाषा सम्पादन गर्नुहुन्थ्यो ।

हिसीमै काम गर्दागर्दै यती (पारिवारिक पत्रिका) र योषा (महिला पत्रिका) मा सम्पादन, लेखनमा लाग्नुभयो । साहित्यमा रुचि थियो । ‘सन्देश’ हवाई पत्रिका निकाल्नुभयो, शान्तिप्रियसँग मिलेर । घरमा दाजु अनि आफन्तहरुले सरकारी जागिर खानुपर्छ, लोकसेवा लड्नुपर्छ भन्दा पनि त्यतातिर रुचि देखाउनुभएन ।
जतिपटक लोकसेवा फर्म पनि भर्नुभयो, जाँच दिन चाहिँ जानुभएन । ‘कृषि विकास बैंकमा खुल्यो । लिखितमा निस्कियो, अन्तर्वार्तामा गइनँ । अफिसियल काममा बाँधिनुपर्छ भन्ने लाग्दैन मलाई । अक्षरभन्दा बाहिर कामै हुन्न होला जस्तो लाग्छ । पसल राख्ने, आयातनिर्यात गर्ने कामै हुन्न होला । पत्रकारिताको नसा ख्यालख्यालैमा लागेछ ।’

त्यतिबेलाको चर्चित साप्ताहिक पत्रिका नेपालीपत्रमा दुई वर्ष काम गर्नुभयो उहाँले । त्यहीबेला लोकपत्र, श्रीसगरमाथा, नेपाल समाचारपत्र आदि दैनिक अखबार खुल्ने क्रम चल्यो । राम्रो कलम भएका पत्रकारहरुको खपत भयो । चर्चित खोजमूलक पत्रिकामा साधनामा एकैचोटि सहसम्पादकका रुपमा प्रवेश गर्नुभयो । केही खोजमूलक समाचार लेख्नुभयो । जस्तो - इन्दुकान्त शर्माको ठगीकाण्ड ।

‘अहिले प्रहरीको खोजतलास र रिपोर्ट दिएकै आधारमा पत्रकारले समाचार छाप्छन् । आफैँ अनुसन्धान गर्दैनन् । मैले प्रहरीले खोज्दै नखोजेको ३० पृष्ठको समाचार दिएँ, एक महिना लगाएर । त्यही समाचारका आधारमा इन्दुकान्त अहिले पनि जेलमै छन्,’ उहाँ भन्नुहुन्छ– पत्रकार प्रहरीभन्दा एक स्टेप अगाडि हुनुपर्छ, प्रहरीले जे रिपोर्ट दिन्छ, त्यही छाप्ने, नेताले जे भाषण गर्छ त्यही छाप्ने काम पत्रकारको होइन । पत्रकारले त नेता र प्रहरीलाई पनि बाटो देखाउनुपर्छ ।

नेपाल समाचारपत्रमा समाचार सम्पादकका रुपमा १८ वर्ष बित्यो उहाँको । एउटा संस्थामा एकजना नेपालीले खोलेको संस्था हो, नेपालको पहिलो व्यावसायिक प्रकाशन गृहका रुपमा आएको भनेर । उहाँलाई संस्था चाहारिरहनु ठीक लागेन । वृत्ति विकास होला भन्ने आशा अपेक्षा पनि थियो । उमेर र अनुभवको वृद्धिसँगै केही ब्रह्मज्ञान पनि भयो– उन्नति गर्नु छ भने अरुको पछि लागेर हुँदैन, आफैँ अगाडि बढ्नुपर्छ । कुनै लक्ष्यमा पुग्नु छ भने प्यासेन्जर भएर होइन, ड्राइभर भएर गाडी चलाउनुपर्छ ।

यही ब्रह्म ज्ञानले नै आफ्नै लगानीमा पाँच महिनाअघि ६ जनाको साझेदारीमा ‘क्यापिटल एमएम’ सुरु गर्नुभएको छ । त्यसको निर्देशकका रुपमा काम गर्नुभएको छ । पाँच महिनाको प्रगति हेर्दा राम्रो सुरुवात भएको छ । उहाँ त्यसलाई अन्तर्राष्ट्रिय स्तरको रेडियो बनाउने अभियानमा हुनुहुन्छ । त्यही खालको स्टुडियो बनिसकेको छ ।
२० वर्षे पत्रकारितामा खारिएको अनुभव छ उहाँसँग । उहाँलाई रमाइलो प्रिन्टमै हुन्छ । उहाँलाई लाग्छ, विद्युतीय माध्यम नि
त्यति नै शक्तिशाली छ । आफ्नै ग्रुपबाट टेलिभिजन हुँदै प्रिन्ट मिडियामा पनि जाने सोच पनि छ । ‘समाचारपत्र छाडेपछि आकर्षक पद र पारिश्रमिकको अफर आएको पनि छ । लगानी कायमै राखेर काम गर्ने विनम्रतासाथ सोचिरहेको छु ।’

सबैजना साहित्य र पत्रकारितामा लागेर गुमाए भन्छन् । उहाँले त नपाएको केही पनि छैन । ‘अर्बपति भएर या नोबेल पुरस्कार पाएर पनि पाउने चिज सन्तुष्टि हो । त्यो मैले पत्रकारिताबाट पाएँ । कुनै राजाले दर्जनौं रानी राखेको सन्तुष्टिका लागि हो, मैले पत्रकारिता गरेको पनि सन्तुष्टिका लागि नै हो । सामान्य रिपोर्टरको जागिर खाएको मान्छे एउटा मिडिया हाउसको सञ्चालक बन्नु चानचुने होइन ।’

उहाँका थुप्रै साहित्यिक कृति छन् । चर्चित व्यक्तित्व (निबन्धात्मक जीवनी), प्रख्यात नेपाली कथा (खण्ड १–४ सम्म) विख्यात विदेशी कथाशृङ्खला (खण्ड १ देखि ६ सम्म) एचसी आन्डर्सनका कथाहरू, स्वेट मार्डेनका पुस्तकशृङ्खला आदि । विद्वच्छिरोमणि हेमराज शर्माको जीवनी, वाणिज्य शिक्षाका पिता ईश्वरीलाल श्रेष्ठको जीवनी, समकालीन नेपाली नियात्रा प्रकाशोन्मुख छन् । युवा वर्ष मोती पुरस्कार (२०६८) लगायत दर्जनौं पुरस्कार÷सम्मान उहाँले पाउनुभएको छ ।

स्कुले जीवनमा उहाँ सम्पादकलाई चिठी लेख्नुहुन्थ्यो । त्यतिबेला फ्रन्टपेजको न्युजभन्दा पाठकपत्रको प्रभाव ज्यादा थियो । त्यतिबेला सामाखुसीमा खोला मिचेर घर बनाएको प्रतिक्रिया गोरखापत्रमा छापियो । अब के गर्ने होला भनेर छटपटाए घरधनी । अनुसन्धान भयो ।
‘जुन बेला लेख्न पाइँदैनथ्यो, त्यतिबेला पत्रकारिताको प्रभाव थियो, अहिले जे पनि लेख्न पाइन्छ, प्रभाव छैन । पत्रकारिता स्वतन्त्रता विस्तारै स्वच्छन्दतातिर गएको छ । पत्रकारिताको शक्ति त्यति धेरै  छ जति   लगामविहीन घोडासँग  छैन । केही न केही लगाम चाहिन्छ ।’

उहाँको खादेवी, नुवाकोटमा । देवानन्द पाठक, विष्णुदेवी पाठकका तीन छोरा र पाँच छोरीमध्ये कान्छा । उहाँ जन्मेको एक महिनामै बुवाको निधन भयो । दमको व्यथा थियो । दुई, दुई वर्षको अन्तरालका आठ सन्तानको सबै जिम्मा आस नाम यादवराज पाठक हो । साहित्यिक नाम व्याकुल पाठक । २०२९ भदौ २९ मा जन्मनुभयो, समुन्द्रा

 नेपालीमा एमए कीर्तिपुर र समाजशास्त्रमा पाटन संयुक्त क्याम्पसमा
। खेती गर्न गाह्रो भयो । ३० वर्षअघि उहाँको परिवार स¥यो काठमाडौं, सामाखुसीमा ।
कक्षा ६ सम्म उहाँले नुवाकोटको स्कुलमा पढ्नुभयो । कक्षा ८ सम्म दुई वर्ष चितवनमा पढ्नुभयो । चितवनमा ठूल्बुबा हुनुहुन्थ्यो । ९ र १० जेपी स्कुल क्षेत्रपाटीमा । २०४४ सालमा एसएलसी दिएपछि आइए सरस्वती कलेज र बिए त्रिचन्द्रमा पढ्नुभयो ।
स्कुले जीव देखि नै उहाँ अक्षरप्रेमी । रोपाइँ, दाइँ, श्राद्धमा एक दिन स्कुल नजा भन्दा पनि रुने, कराउने । अध्ययनमा उहाँ अब्बल चाहिँ होइन, मध्यम स्तरको हो । एसएलसीदेखि एमएसम्म सेकेन्ड डिभिजनै आयो ।
नयाँ ठाउँ भ्रमण र अध्ययनमा रुचि छ उहाँको । पहिले साहित्य पढ्नहुन्थ्यो, अहिले अध्यात्मिक र जीवन दर्शनमा रुचि छ । उहाँले घुमेको देश भारत, बंगलादेश, पाकिस्तान, चीन, जापान हुन् । उहाँ भन्नुहुन्छ– ‘मनपर्ने ठाउँ घुम्न पाएको छैन । म जहाँ गएको छैन, त्यही मनपर्ने ठाउँ हो । नेपाली खाना, अम्मल केही छैन । केही अम्मल छ जस्तो पनि लाग्दैन । कुनै समयमा होला जस्तो पनि लाग्दैन । चिया, चुरोट, सुपारी, रक्सीमा केही पनि । मिक्सअप र मन राखिदिन पार्टीमा एक पेग लिएर बसिदिन्छु बस् ।’
उहाँ शाकाहारी हो, कट्टर चाहिँ होइन । जापान र चीनमा भेजिटेरिएन भनेकै बुझेनन् रे । मासु नहालेको खाने कुरा केही भेटिएन ।

‘खानै हुन्न भन्ने छैन । परिस्थितिअनुसार चल्ने हो ।’ उहाँलाई यस्तो लाग्छ– अहिले जे गरेँ, त्यो सिकारु काम हो, सोचेर, गम्भीर भएर केही गरेको छैन । मनपर्ने ठाउँ गएकै छैन, मिठो कुरा खाएकै छैन, राम्रो किताब पढेको छैन, सुन्दर रचना लेखेकै छैन । त्यो सबै बाँकी छ ।
एफएममा लगानी गरेको पैसा पैतृक सम्पत्ति हो । २० वर्षको कमाइमा जीवन निर्वाह गर्न पनि नपुगेको उहाँको भनाइ छ । त्यसमा पत्नी र परिवारको सहयोग रह्यो । ‘हरेक पेसामा राम्रो नराम्रा मान्छे हुन्छन्, देखिने कमाइ र नदेखिने कमाइ गर्छन् । म अदृश्य कमाइमा विश्वास गर्दिन । जुनसुकै मिडियामा काम गरेको होस् घर बनाउन र गाडी चढ्न सक्दैन । मैले तलबबाहेक अरु थाहा पनि पाइनँ ।’
कलेजमा उहाँलाई धेरै केटीले मन पराए । प्रेमपत्र लेखे । प्रेम विवाह भयो, कल्पना उप्रेतीसँग । त्यतिबेला कल्पना पिके कलेज र व्याकुल त्रिचन्द्र कलेजमा पढ्नहुन्थ्यो । चार, पाँच वर्ष प्रेम भयो । डेटिङ पनि जानुभयो । १४ वर्ष भयो विवाह गरेको बालाजुपार्कमा । हनिमुन गइएन । व्यवसायमा व्यस्त हुनुहुन्छ कल्पना । छोरा एउटा अवतार पाठक कक्षा ६ मा पढ्दै छन् ।
पछिल्लो पुस्ताका प्रभावशाली पत्रकार व्याकुलको विचारमा प्रेम र सेक्सको कुनै परिभाषा छैन । शब्दमा परिभाषित गर्दा यसको मर्म घट्छ । फूलको थुँगा बाहिरै राम्रो हुन्छ, त्यसलाई किन खोतलिरहने ?

यहाँ क्लिक गरेर ब्याकुल पाठकलाई फेसबुकमा भेट्न सक्नुहुनेछ–
ब्याकुल पाठक–फेसबुक पेज
ब्याकुल पाठक–फेसबुक
प्रस्तुती–ऋषी धमलाका साथमा शम्भु दंगाल

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...