Wednesday, May 16, 2012

बजी बफ

एक प्लेट बजी बफ !
संबिधान सभाको अन्तिम समय सिमा आँउदैछ । केही छैन् । आँउछ–जान्छ ।
यो त्यही पूरानो होटेल हो । जहाँ आज फेरी आइपुगेको छु म ।
दलहरु बिच अझै सहमति जुट्न सकेको छैन । चलिरहेकै छ निरन्तर छलफल ।
देखिरहेछु, उसको होटेलमा–एउटी नयाँ आइमाई । पहिला पनि देखेकै हो, देखेको पाँच महिना पछि सोधेँ –
तपै ! को हो साउजीको ?
ङिच्च हाँसी । कस्ता खबल्टे दाँत !
चार बर्ष भो त्यो होटेल सँग परिचय भएको । कहिलेकाँही जाने गर्छु । महिनामा त्यस्तै पाँच छ पटक । पर्समा कम्तिमा एकसय भए पुग्छ ।
त्यसले भनि–म उसको बुढी ।
ह्वाट ?! उसको बुढी...उसकी बुढी त निकै नै राम्री पो थिई त ।
ताउलोमा तेल खार्दै छे साहुनी । केही चिज फ्राई गर्न खोज्दैछे ऊ ।
जिवन कहिल्यै खारिन्न । मरेपछि खारिन्छ एकैचोटी, दनदन बलिरहेको चितामा । बाँचुन्जेल केही सिक्न सक्दैन मान्छेले पूर्ण रुपमा । हरेक कुरा जान्न खोज्छ मान्छे । हरेक कुरामा आफूलाई निपूर्ण पार्न चाहन्छ ऊ । खारिन चाहन्छ ऊ ।
१२–१४ बर्षको कामदार केटोले आवाज आउने गरि टेवलमा राखिदियो ।
एक प्लेट बजी बफ !!
संविधान सभामा दलहरु बिच चर्काचर्की परिरहेछ । टेबुल ठोकिन्छन् बेला बेला । हरेकका आफ्नै सिद्धान्त, मान्यता र विचारहरु छन् ।
अनि उहाँको अर्को बुढी ?
साउजी थिएन । नजिकै थियो भने झर्किन सक्थ्यो । तिमीलाई किन चाहियो ?
ऊ त अन्तै गई–उसले भनि ।
पोइल !?
सायद................यस्तै हुनुपर्छ ।
साहुजीको अनुहार सम्झेँ । मुसुमुसु हाँसिरहेको हुन्थ्यो उ जतिबेला पनि ।
मुलुक संक्रमणकालीन अवस्थाबाट बाहिरिन सकेको छैन । हरेक चिया पसलहरुमा, बाटो दोबाटोहरुमा चिन्तित छन् मानिसहरु । जेठ १४ पछि के होला ? म पनि त चिन्तित छु ।
तर मिठो छ यो होटलको खाजा ।
फ्याँके फेरी एउटा अर्को प्रश्न–तपाइ आएपछि गएको कि, उ गएपछि तपाँइ आएको ?
समय परिबर्तनशील छ । पंचायति ब्यवस्थाको अन्तिम समयतिर जन्मिएको थिँए म । प्रजातन्त्र आएपछि स्कूल जान थालेँ । अहिले गणतन्त्रमा कलेज पढ्दैछु ।
भित्ताको ध्वाँसो लागेको ऐना हेरेँ ।
टन्नै दाह्रीले भरिएछ अनुहार ।
उ गएपछि म आएको– लजाँउदै साहुनी बोली ।
अधबँैसे साउनी । अब सोध्दिन म कुनै प्रश्न ।   
किन पोइल गई होला त्यो अघिल्ली साउनी ? उसको पोई पाक कलामा यस्तो निपूर्ण छ । मैले एक चम्चा चिउरा सँगै एक टुक्रा बफ चपाँए । आहा...क्या !! स्वादिलो.......... । किन गई पोइल त्यो आफ्नो १० वर्षको छोरो छोडेर...???
मान्छेहरु मलाई बिना प्रशंग प्रश्न गरिदिन्छन् कहिलेकाँही–माओवादीको दश वर्षे जनयुद्धको औचित्य के ?
राजनीतिक क्षेत्रमा हुने उथल पुथल संम्झँदा मलाई पनि कहिलेकाँही त्यसरी नै.....
त्यसरी नै एकान्तमा आफैँसंग
त्यो साउजी झैँ एक्लै हाँस्न मन लाग्छ । मुसुमुसु ।
बजी बफ....
गाँउमा स्कूल पढ्दा म नुन–खुर्सानीको अचार बनाएर त्यसमा गहूँको रोटी चोप्दै खान खुव मनपराँउथेँ । मेरो खाजा प्रायः उही हुन्थ्यो–स्कूल सकेर फर्केपछि ।
शान्तिप्रक्रिया निस्कर्षमा पुग्दै छ । सेना समायोजनको प्रक्रिया शुरु भइसकेको छ । जंगलबाट माओवादी अध्यक्ष प्रचन्ड लाजिम्पाटको महल सम्म आइपुगेका छन् ।
....बजी बफ
आजभोली साउजी मुसुमुुसु कक्तिको हाँस्छ, मलाई त्यो हेरेर बस्ने फुर्सद छैन । सायद केही त परिवर्तन भयो होला । म पनि त परिवर्तन भइसकेँ, र....पुष्पकमल दाहाल । अरु जसरी परिबर्तन भएपनि मलाई केको दर्कार ।
प्लेट रित्तिसक्यो ।
र.................
एकझोला सपना ।
.......................
(कत्ति ठुलो परिवर्तीत भइछस् है तँ ? नुनखुर्सानी र रोटीबाट बजी बफ अर्थात सेकुवा र टाइचिन चिउरासम्म ।) 

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...