Thursday, January 28, 2010

नेता हजुर

मनपरी छ जनतासंग बोकाजस्तै नेता हजुर
भष्ट्राचारले डम्म भुँडी भोकाजस्तै नेता हजुर

सबैतिर ठिक्क–ठाक्क यसो पनि उसो पनि
झिलिमिली मैंयाको धोका जस्तै नेता हजुर

भुत्ते दिमाग मुढे बलमा माथि पुग्ने दाउ सधै
गोबरमाटो भरीएको पोका जस्तै नेता हजुर

चुनाबमा झुल्कीदिन्छ जितेपछी अस्ताईहाल्छ
पानी पर्दा बलेसीको फोका जस्तै नेता हजुर

सिंहदरबार छिरेपछी थाहैहुन्न गाँउ क्यारे !
पसेपछी निस्कनै नमिल्ने ढोका जस्तै नेता हजुर
·

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...