Saturday, March 31, 2012

आरु र मानिस

ब्लगमा नलेखेको धेरै भयो ।

अब त चैत्र पनि लाग्दैछ । कत्ति छिट्टै जान्छ है यो समय । हिजो जस्तै लाग्छन सारा विगतहरु । यात्रा गदै जाँदा समय बितेको पनि पत्तै नहुने रहेछ । चैत्र पछि त फेरी बैशाख पनि आइनै हाल्नेछ । समयलाई लगाम लगाएर हिड्नेहरु नै संसारमा सफल हुन्छन रे । जसले समयलाई आफ्नो वशमा पार्न सक्दैन त्यो विना अर्थ जिन्दगीमा सकिएर जान्छ रे भन्छन भन्नेहरु त ।
घर गएको थिँए ।
घरमा आरु फूलेको थियो । म दुई कक्षामा पढ्थेँ त्यतिबेला । स्कूलबाट फर्केर आँउदा बाटोमा कान्छी औला जत्रो सानो बिरुवा भेटेको थिँए । त्यो त अहिले ठूलो रुख भएको छ । असाध्यै खुसी छ । उसका प्रत्येक हाँगा–हाँगामा खुसीहरु फूलेका छन् । उ आकासतिर हेरर अझै अग्लिन खोज्दै छ ।
उ एकै ठाँउमा नै उभ्भिरह्यो । एकै ठाँउमा बसेर घाम पानी सहिरह्यो । दुःखमा–सुखमा । हुरीमा–आँधीमा ।
अहिले अग्लिएर मनै लोभ्याउने गरी हाँसीरहेछ त्यो आरुको बोट ।
मानिस ।
मानिस आरु झै एकै ठाँउमा बसेर किन हाँस्न सक्दैन । मान्छे आरु फुलेझै किन हाँस्न सक्दैन । किन त्यसरी नै रमाउन सक्दैन् ? मान्छे अरुको प्रगतिमा पनि निरास हुन्छ, आफ्नै असफलतामा पनि निरास हुन्छ । मानिस चारतिर कुदिरहन्छ, दगुरीरहन्छ । अरुले के गरिहेछ, चियोचर्चो गरिरहन्छ । अरुले उनीहरुको बारेमा सफलताको कुरा ग¥यो निराश हुन्छ, फेरी असफलताको वा निराशाजनक कुरा सुन्न पायो भने खुसी हुन्छ ।
उफ्स.........................................................................................................
आरु र मान्छेमा कत्ति फरक छ कत्ति ।

२०६८ फाल्गुन २८
ल्लितपुर

छोडेन दुख्खले.....

धरहरा जत्तिक्कै अग्लो इटाभट्टाको चिम्नीको मुखबाट कालो धुँवा पुतपुताइरहँदा उनी धुलाम्मे भएर सकिनसकी हतार हतार खेप पु-याउन स्वाँ–स्वाँ गर्दै जीउभरी इटाको भारी लादेर चाङ् लागाउने ठाँउसम्म पुग्छिन । फर्केर फेरी छिटो छिटो इटाको भारी हाल्छिन अनि उसरी नै लाग्छिन त्यो भारी बिसाउने ठाँउ जहाँ इटै इटाको चाङ्ले एउटा पहाडको रुप धारण गरेको छ । तर उनको पहाड जत्रै अग्लो दुख बिसाउने ठाँउ भने कतै छैन । सत्तरी वर्ष पुग्न अब दुई बर्ष मात्र बाँकी छ । कपाल फुलेको छ, अनुहार पूरै चाउरी परेको छ । मुखमा थोरै मात्र दाँत छन् । घरमा ८४ वर्षका आँखा नदेख्ने लोग्ने छन् । यहाँ आउनेबेला उनले लोग्नेलाई भनेकी छिन रे “म काठमाडौ गएर लुगा कपडा किनेर ल्याँउछु । औषधी मूलो किनेर ल्याँउछु, पिर नगरीकन छोरीसँग बस्नु” ।
छोराले वास्ता नगरेपछि छोरीलाई हेरचाह गर्नुृ भनेकी छिन रे उनले । तर अहिले काठमाडौँ छिरेकै चार महिना भइसक्यो, तर अहिले उनी आफैँलाई थाहा छैन–लुगा किनेर लान सकिने हो वा होइन ??
उनी बिहान भक्तपुरको इटा भट्टामा बिहान छ बजेदेखि बेलुका छ बजेसम्म इटा बोक्छिन् ।
रोल्पाको घर्तिगाँउबाट चार महिना अघि उनले जिबनमै पहिलोपल्ट काठमाडौँ शहर टेकिन । छोराबुहारीले देखिसहेनन् । छोरीहरु र गाँउले त भन्थे काठमाडौँ नजा झन दुःख पाँउछेस् । तन बुढो भएपनि आँटिलो मन भएकी नवसरी ओली छोरी ज्वाँईले बस भाडा दिएपछि रोल्पाबाट काठमाडौँ आइन आफ्ना बुढ्यौली एकजोर आँखामा अनगिन्ती तन्नेरी सपनाहरु फूलाउदैँ ।
बिहानेखि साँझ सम्म लगातार भारी बोकीरहँदा सारा जीउज्यान दुखिरहन्छ, अझ इटाको चाँङ लगाँउदा भने भुतुक्कै भइन्छ उनी भन्छिन । कोही कोही त भारी हाल्न सहयोग पनि गर्छन, कोही कोही बुढीमान्छे धेरै दुःख नगर्नुस भनेर मुखैले भएपनि सहयोग गर्छन उनी भन्छिन् ।
उसो त उनका छोरीतिरबाट पनाति पनि जन्मिसक्यो । तीन जना छोरीतिरै मात्रै १७ जना नातिनातिना जन्मिसके । छोरो एउटा मात्र । उनी गाँउमा सिर्कर्मी काम गर्छन । छोरातिर २ वटा नाति र एउटी नातिनी छन् । २० जना नातिनातिना भइसकेपनि उनको बुढो थाप्लोमा बिहान ६ बजेदेखि बेलुका ६ बजे सम्म नाम्लोले शाासन गरिरहेको छ ।
काठमाण्डौ आएपछि एक महिना बिरामी नै परिन उनी । खुट्टा कटकटी खाने र ज्वरो आउने भइरहयो । उनले जीवनमा न त कहिल्यै इटा बनाएकी थिइन न त कहिल्यै इटाको भारी नै बोकेकी । उनी भन्छिन्–“यो इटा भन्ने चिज नै मैले यहीँ आएर देखेकी हँु ।”
“दुख्खीलाई कहिँ पनि सुख्ख हुँदैन, उहाँ पनि जीबन दुख्खैले बित्यो ।” उनी लामो सुस्केरा हाल्छिन् ।
रोल्पामा पनि कहाँ सुख थियो र उनलाई । अनगिन्ती खिल पल्टेको हात देखाउदैँ भन्छिन उनी–“बिहान पाँच बजे उठेदेखि बेलुका आठ बजेसम्म काम गरिरहनुपथ्र्यो, घाासदाउरा, मेलापात, चुलो–चौको गर्दैमा दिन बित्थ्यो ।” २० बर्षको उमेरमा भारत पुगेर तीन बर्ष काम पनि गरिछन् उनले । एक बर्ष सडक बढार्ने र दुई बर्ष गोलभेँडा खेती । तर दुःखीलाई त्यति सजिलै त्यो दुखले कहाँ पो छोड्थ्यो र ?
उनी भन्छिन दिनभरी इटाको भारी बोक्दा सय रुपैँया जोगाउन पनि गाह्रो छ । काठमाडौँ आएको यतिका समय भयो । बेला बेला छोरी सँग उनको कुरा हुन्छ तर छोराले कहिल्यै सम्झिँदैन रे । गहभरी आँशु पार्दै भन्छिन उनी–“मलाई अहिले जस्तो छ भोली छोरालाई पनि त्यस्तै हुन्छ । छोरीहरु त माया गर्छन तर के गर्नु अर्काको घरमा जाने जात ।”
अब जेठ महिना लागेपछि उनको रोल्पा पर्किने बिचार छ ।
“रोल्पा पुगेपछि फेरी कहिल्यै काठमाडौँ आउन्न ।” उनी भन्छिन –“रोल्पाको मान्छेलाई जहाँ गएपनि दुख्ख उत्तिकै हुँदारहेछ बाबु । यहाँ पनि दुख्ख नगरी खान पाँइदोरैँन्छ । यहीँका मान्छेलाई त सुख्खै होला, हाम्लाई त रोल्पाली भेडा भन्छन् । उही त हो, कामै गनेर्, काम नगरी त भातै मिल्दैन् ।”

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...