
धनराज गिरी
एउटा नसा चढेपछी कबी बन्छ मान्छे
आँफै सँग लढेपछी कबी बन्छ मान्छे
धेरै ग्रन्थ पढिदैमा खासै केही हुन्न
प्रेम ग्रन्थ पढेपछी कबी बन्छ मान्छे
डढेपनी गाउ बस्ती फेरी बन्न सक्छ्न
हिर्दय नै डढेपछी कबी बन्छ मान्छे
तरबारको घाऊ बरु निको हुन सक्छ
बचन काढा गढेपछी कबी बन्छ मान्छे
अचम्मको मनोदशा हुन्छ मानिसमा
अनुराग बढेपछि कबी बन्छ मान्छे .

हो मान्छे कबी बन्ने कारण चैँ पक्कै यै हो :)
ReplyDeleteThank you
Delete