Thursday, April 02, 2015

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन...
हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा एउटी केटी यस्तै भन्दै थिई अघि । सायद यस्तै होला । उसले यस्ता कुरा मसँग किन गरी मलाई थाहा छैन । अपीतु मान्छे सामाजिक संजालहरुमा कम रुन्छ र बढी हाँस्छ । म त झन् धेरै पो हाँस्छु सबैतिर । यथार्थ । एक्लै हुँ वा धेरैको जमातबिच । तर यो हाँसो पूरानो हाँसो । खै किन हाँसेको थिँए कुन्नी त्यो बेला । जिन्दगी सम्झँदा छाती चरक्क हुन्छ । जिन्दगीका अति कष्टमय क्षणहरु थिए त्यि । नोष्टालजिया सातदोबाटो.....

Sunday, January 26, 2014

मान्छेको जिन्दगी यो

आजभोली गीत खासै लेखीएको छैन । केही गित त लेखेको छु, जुन गीत ब्लगमा राख्दा चोरी हुने पो हो की भन्ने डर पनि लाग्छ । अरुको रचना चोरेर चर्चित बन्ने धुनमा लागेकाहरु पनि यहाँ धेरै छन् । त्यिनीहरुको कुदृष्ट्रि नपर्ने हो भने म स्वयंलाई मन परेका गीतहरु पनि राख्ने थिँए । बिभिन्न परिस्थितीहरुमा भावावेगमा आएर मैले लेखेका गीतहरु त्यति उत्कृष्ट छन् जस्तो मलाई लाग्दैन । बिगतमा लेखिएका गीतहरु इमेलमा राखेको थिँए, आज खोलेर हेर्दा यही भेट्टाएँ ,सायद मैले यो गीत कुनै परिस्थितीमा लेखेको हुँला–

मान्छेको जिन्दगी यो
थाहै हुन्न कहाँ रोकिन्छ
बढ्छु भन्दा अघि निरन्तर
ढुङ्गाहरुमा ठोकिदिन्छ

हाँस्नेहरु हो नहाँस ढुङ्गा भै
बाँकी नै छन् तिम्रा दिनहरु
जति बाँच्दै गयो उति कठिन
यो संघर्षशील जिन्दगी झन्
जति साँचे पनि भित्र आँशु
बहिर नै खाली पोखिदिन्छ
मान्छेको जिन्दगी यो
थाहै हुन्न कहाँ रोकिन्छ

जसलाई साथी सम्झ्यो यहाँ
उही ठुलो दुस्मन बनिदिन्छ
भए नजिक नभए टाढा
अझ पराई आफन्तै हुन्छ
आफ्नो भन्ने क्वै नभएपछी
यो मन अझै दुखिदिन्छ
मान्छेको जिन्दगी यो
थाहै हुन्न कहाँ रोकिन्छ

सपना हुन्छन् हरेक मानिसका
सधै अगाडी नै बढिरहुँ
प्रगतिका नयाँनौला
शिखर अनगिन्ती चढिरहुँ
परिस्थितीले गर्दा अचानक
आफ्नो मुल्य आफै तोकिन्छ
मान्छेको जिन्दगी यो
थाहै हुन्न कहाँ रोकिन्छ

२०६६ चैत्र १०
ललितपुर

मेला–झेला र जागिरको खेला

शम्भु दंगाल /काठमाडौ

काठमाडौको दुई क्षेत्रमा यतिबेला बिषेश मेला लागेका छन् । साँखु स्थित  सालीनदीमा र काठमाडौको अनामनगर स्थित लोकसेवाका आयोगको कार्यालयमा । सालीनदीमा धर्म कर्म गर्नेहरुको मेला लागेको हो भने लोकसेवा आयोगको कार्यालयमा बेरोजगार यूवायूवतीको ।
सुब्बाको लागि लोकसेवा आयोगले खोलेको बिज्ञापनको परिक्षा फारम भर्ने दिन पर्सि १४ गते सकिँदै छ भने त्यसपछि एक हप्ता सम्म दोब्बर दस्तुर तिरेपछि मात्र फर्म भर्न पाइने भएपछि लास्ट आवरमा हज्जारौ यूवा यूवती सपनाको पन्तुरो बोकेर लोकसेवा आयोगको मेलामा सहभागी हुन भेला भएका छन् ।
देशमा बढ्दो बेरोजगारी र सरकारी सेवामा प्रबेशपछिको आकर्षक जिन्दगीले शैक्षिक बेरोजगारहरुलाई मोहनी लगाएको छ । उनीहरु बिहानै देखि आयोगको कार्यालयको पैसा तिर्ने काउन्टर र पैसा तिरिसकेपछि फारम बुझाउने लाइनमा ६–७ घन्टा सम्म बसेका थिए । लाइनमा कोही बिचमै छिरेर झेली गर्ला कि भनेर लाइनमा बसेका क्यान्डिडेट बढो सर्तक मुद्रामा थिए ।

माघ १२ गते दिउसो १२ बजे आयोगको कार्यालय पुग्दा हज्जारौ बेरोजगार यूवायूवतीले त्यस आसपासको क्षेत्र मेलामय भएको थियो । ७–८ जना फारमको फोटोकपी बेच्नेहरु लौ फारम फारम भन्दै कराइरहेका थिए ।  दुई चार जना चटपटे ब्यापारीकोमा तरुनी क्यान्डिडेटहरुको चटपटे आन बाक्लै उपस्थिती देखिन्थ्यो । त्यही भिडमा भेटिए भक्तपुर चिक्तपोलका २१ बर्षिय नौजवान महेश दुलाल ।

 बिहान ९ बजेदेखि लाइनमा बसेको उनी भोक लागेर लाइनमै चाउचाउ खाँदै थिए ।  अघिल्लो बर्ष पनि उनले लोकसेवा परिक्षा दिएका थिए ।  बिबिएस तेश्रो बर्षमा अध्ययनरत उनी जबसम्म पास भइन्न तेतीबेला सम्म परिक्षा दिइरहने बताउछन् ।
उता फुटपाथमा नायब सुब्बा लेखिएका थरी थरी लेखकका किताब बिक्री गर्नेहरुको उस्तै रौनक । रामचन्द्र दाहालले लोकसेवा आयोगको अगाडि फुटपाथमा बसेर किताब बिक्री गर्न थालेकै दुई बर्ष भइसकेछ । तर पछिल्लो समय किताब कम बिक्री भएको उनी बताउछन् । भन्छन् धेरै मान्छे संगु पूरानै किताब रहेको छ, नयाँ आउनेहरुले मात्र त हो नी किताब किन्ने । अहिले फेरी किताब बेच्नेहरु पनि बढेका छन् उनले भने । तर सिजनको ब्यापार गरेको उनले यसबर्ष मात्र २० हजार मूल्य बराबरको किताब बिक्री गरेको बताए ।

फाराम बुझाउने लाइनमा भेटिए काठमाडौको नाङ्लेभारेका थिए प्रकाश दंगाल । चार घन्टा अगाडि देखि लाइन बसेको बताउने उनले अन्य साथीको ६–७ ओटा फारम बुझाउने जिम्मा लिएको बताए ।

काठमाडौको बिशाल नगर बाट आएकी सरिता थपलियाले महिला आरक्षण कोटा र खुल्ला  दुबैमा फाराम भरेको बताइन् । दुइटा झटारोले हान्दा कसो एउटा आँप नझर्ला ? उनको तर्क छ ।

यता २४ बर्षिय संयोग कुमार यादवले पनि  पहिलोचोटी मधेशी र खुल्ला गरी दुबै कोटामा फाराम भएको बताए । नोकरी गर्न धरै गाह्रो पर्ने भएको भन्दै उनले लडेरै जागिर खाने बताए । स्नातक तह पूरा गरेका उनले क्याम्पसको अगाडिको पढाई पूरै छोडेर सरकारी जागिर खाने अभियानमै होमिएको बताए ।

यस्तै कैलालीका भरत चन्द, काठमाडौ साँखुका प्रबास कटुवाल र बिजय श्रेष्ठ तीनजना दौतरी पनि सुब्बाको सपना बोकेर आयोगमा फाराम बुझाउने लाइनमा भेटिए । सगरमाथा कलेज र सक्व कलेजमा पढ्ने उनीहरुलाई पनि सरकारी जागिर खाने ठूलो रहर छ । पहिलेचोटी फारम भरेका उनीहरु भन्दै थिए फारम बुझाउन त यस्तो गाह्रो छ भने जागिरै खान कति गाह्रो होला ।

यता ललितपुर पाटन ढोकाकी प्रतिमा प्रजापतिलाई पनि सरकारी जागिर खाने ठूलो धोको छ । किन लोक सेवा ताक्नुभएको ? उनले भनिन सरकारी जागिर खान कसलाई रुचि हुदैन ?

एम ए गर्दै गरेकी उनले महिला कोटामा मात्रै फाराम भरेको बताइन् । परिक्षाको लागि खासै तयारी नगरेपनि अब कस्सिएर पढ्ने उनको योजना रहेको छ ।

सेतो सर्ट र नीलो सुटप्यान्ट अनि पिंक ब्लाउज, सारी चोलोमा सजिएर सरकारी अड्डामा बसी सिग्नेचर गरेर बित्ने जागिर, अनगिन्ति सेवा र सुबिधाको मेवा अनि बुढेसकालमा नातिनातिना खेलाउदै पेन्सन खाने जिवनको गुलियो सपना छरपष्ट यसरी नै पोखिन्छन् यसरी नै हरेक साल लोक सेवा आयोगको कार्यालयमा । केही मरिमेटेर लागिपर्ने फुक्त छिर्छन सरकारी अड्डातिर बाँकी ट्वाँ परेर थाल्छन फेरी अर्को तयारी । अनि कोही हानिँछन् आ यो मूला ठोकसेवा आयोग न सायोग भन्दै कतार मलेसिया, अष्ट्रेलिया र अमेरीकातिर ।  अहिले करिब ३० लाख नेपाली यूवा रोजगारीको सिलसिलामा नेपाल बाहिर रहेका छन् । नेपालमै जागिर खाने एकमात्र आकर्षणको केन्द्र सरकारी जागिर छ, तर थोरै सिटमा हज्जारौले प्रतिष्पर्धा गर्नुपर्ने कारण थोरैको मात्र सपना पूरा हुन्छ । सरकारले अहिले सम्म नेपालमा शैक्षिक बेरोजगारको सही ब्यवस्थापन गर्न, न कुनै नीति ल्याउन सकेको छ न त काम गर्न नै ।
०७० माघ १२
काठमाडौं ।

जिन्दगीको रंग

गीत/शम्भु

जस्तो पोत्यो, उस्तै हुन्छ, जिन्दगीको रंग

रोए दुख्छ छाती हजुर, हाँसे उमंङ्ग...

हाँसीरहने हिमाललाई, बादलले नि छुन्छ

दाया तिर सुख हाँसे, बाँया दु:ख रुन्छ

न्यानो बिहान, दिउसो कडा, साँझ फिका घाम

कतै घात, कतै साथ, जिन्दगीको नाम...

कहिले काँही ढुङ्गा पनि, देउता बनिदिन्छ

कहिलेकाँही देउता पनि, ढुङ्गा बनिदिन्छ

हिउ छोए चिसो जिवन, आगो छोए तातो

सुख–दुःख दुइ पाइला, जिन्दगीको बाटो...

०३ माघ ०७०नयाँ बानेश्वर, काठमाडौँ

Wednesday, October 23, 2013

रेडियो कार्यक्रम – भोइस अफ काठमाडौ

रेडियो पत्रकारिता पढ्दै गरेका र रेडियो कार्यक्रमका बारेमा रुचि राख्नेहरुलाई सहयोग पुगोस भनेर यो सामग्री पोष्ट गरिएको छ ।

रेडियो कार्यक्रम – भोइस अफ काठमाडौ

                                   कार्यक्रम अबधी– ४५ मिनेट
                                                  स्क्रिप्ट / कार्यक्रम उत्पादक– शम्भु दंगाल

नमस्कार, कार्यक्रम भोइस अफ काठकाडौमा स्वागत छ, उपस्थित भएको भएको छु, शम्भु दंगाल । यो कार्यक्रम हरेक आइतबार बेलुका सबा छ बजे र सोमबार बिहान सबा नौ बजे क्यापिटल एफ.एम. ९२.४ मेगाहर्ज र हाम्रो अनलाइन www.cfmonair.com बाट संसारभर एकसाथ प्रशारण भइरहेको छ ।
कार्यक्रम भोइस अफ काठमाडौ विकास पत्रकारिता अन्र्तगत केन्द्रित रहेर तयार पारिएको रेडियो पत्रिका हो । यो कार्यक्रममा हामी काठमाडौ उपत्यका भित्र लुकेर रहेका विषयबस्तुहरुलाई उजागर गछौँ, उपत्यका भित्रका कुनै खास क्षेत्रको विकास निमार्णको अबस्था, त्यस क्षेत्रको समस्याका साथै काठमाडौ उपत्ययका भित्र मनाइने जात्रा पर्बका साथै सांस्कृतिक संम्पदाहरुलाई याहाहरु समक्ष चिनाउने काम गर्दछौं ।
आजको कार्यक्रममा हामी काठमाडौको प्रशिद्ध, प्राचिन तथा धार्मिक सांस्कृतिक संम्पदाले भरीपूर्ण  क्षेत्र टोखाको बारेका तयार पारिएको सामग्री प्रस्तुत गर्दैछौं ।

नेवारी धुन– १० सेकेन्ड

टोखा । धेरैले चाकुका लागि प्रशिद्ध क्षेत्र भनेर धेरै अघि देखि पढ्दै र सुन्दै आएकै हो । तर टोखा माघे संक्रान्तिकमा खाइने चाकुका लागि मात्र प्रसिद्ध छैन यहाँका साँस्कृतिक बिबिधता, यहाँका पुरातात्विक, धार्मिक सम्पदा र मौलीक जनजिबनका कारण पनि टोखा चर्चित रहेको छ । टोखा काठमाडौको उत्तरतिर रहेको शिबपुरी राष्ट्रिय निकुजको दष्क्षिणी काखमा अवस्थित प्राचिन शहर हो । काठमाडौ महानगरपालिका बाट नजिकको दुरीमा रहेको यो क्षेत्र हाल दुई ओटा गाबिसमा बाँढिएर रहेको छ । यस क्षेत्रको भौगोलकि अबस्थाको कुरा गर्दा यसको उत्तरपश्मितिर झोर गाबिस, दक्षिणतर्फ धापासी र गोंगबु, पूर्वतिर खड्का भद्रकाली तथा पश्चिमतर्फ फुटुङ्ग गाबिसहरु रहेका छन् । यो क्षेत्र चाकुका साथै बैसाख १ गते हुने सपनातीर्थ मेलाका साथै अन्य विविध जात्रा पर्बले प्रख्यात रहेको छ ।

फिलर हाई– ५ से.

अब हामी टोखा क्षेत्रको ऐतिहासिक पक्षका बारेमा चर्चा गर्दैछौ । हिन्दुपरम्परा अन्र्तगत सम्मान पाएका ३३ कोटी देविदेवतासंग सम्बिन्धित रहेको मानिने यस टोखा क्षेत्रमा चौसठ्ठी शिबलिङ्गमध्ये चण्डिकेश्वर धर्मेश्वर र गोकर्नेश्वर महादेव पनि पर्दछन् । हालको जोरपाटी नजिक रहेको गोकर्णेश्वर महादेबलाई पनि टोखा क्षेत्रभित्रकै सुप्रसिद्ध तीर्थका रुपमा हाम्रो नेपाल महात्म्यले चिनाउन खोजेको छ । यस प्रसंगले पनि टोखाको फैलावट पहिले कति थिया भन्ने कुराको संकेत गर्दछ । हिमालय पुत्री पार्बतीलेमहादेबलाई पतिको रुपमा प्रापत गर्न टोखाको पिन्डारक तीर्थमा नुहाई चन्डिकेश्वर महादेबको पूजा तथा आराधना गरको सवास्थानी ब्रतकथामा उल्लेख गरेको पाइन्छ । जसको कारण पनि यसको पौराणिकतालाई ठम्याउन सहयोग मिल्दछ ।

फिलर हाई–

अब भने हामी टोखा क्षेत्रको प्राचिन राजकाज सम्बिन्धी प्रसंग जोद्दैछौ ।
फिलर हाई–
टोखामा प्राचिन कालमा धर्मदक्त भन्ने महाराजाले शासन गरेको उल्लेख भएको पाइन्छ । पराक्रमी तथा न्यायप्रेमी राजाका रुपमा रहेका धर्मदत्तले कलिगत संबत अनुसार २९६० तिर शासन गरेको पाइन्छ । बाँकी टोखाका बारेमा लेखिएको किताबबाट..............................................

कार्यक्रममा पालो भएको छ, पहिलो ब्यापारिक बिश्रामको । बिश्रामपछि हामी फेरी पनि टोखाका बिबिध प्रसंगलाई कार्यक्रमा जोड्नेनै छौ । कार्यक्रम सुन्दै रहनुहोला ।
कार्यक्रमको पहिलो बिश्रामपछि यहाँहरुलाई पून स्वागत छ । कार्यक्रम भोइस अफ काठमाडौमा आज हामी
काठमाडौको टोखाका बारेमा कुरा गरिरहेका छौँ ।

फिलर हाई–

अब भने हामी टोखामा बर्षभरी मनाइने सास्कृतिक पर्ब, जात्रा तथा चाडपर्बका तथा यस क्षेत्रमा रहेका धार्मिक साँस्ककृतिक संम्पदाको बारेमा चर्चा गर्दैछौं ।
शूरुमा यस क्षेत्रमा रहेका धार्मिक क्षेत्रहरुको बारेमा चर्चा गरौँ– यस क्षेत्रमा पौराणिक प्रसंग जोडिएको श्री स्वस्थानी कथामा उल्लेखित महत्वपूर्ण तीर्थस्थल मुस्कानेश्वर अर्थात चन्डिकेश्वर महादेब र चन्डेश्वरी मन्दिर रहेको छ । यो मन्दिर शिवपुरी राष्ट्रिय निकुञ्जको छेउमा अबस्थित रहेको छ । किम्बदन्ती अनसार श्री स्वास्थानी कथामा उल्लेख भए अनुसार दक्षप्रजापतिmले यस्वमेघ यज्ञ आयोजना गरेको र आफ्ना पति महादेबलाई अपमान गरेको भनेर सतिदेवीले यज्ञकुन्डमा फाल हानेको पौराणिक क्षेत्रको रुपमा यो क्षेत्र रहको छ । यी मन्दिरका वरीपरी तेत्तिसकोटी देवीदेवताहरु बस्ने जनविश्वास रहेको छ । यस ठाँउमा दक्षप्रजापतिले राज्य गरेको र कार्य सफलताको लागि होमादी गर्दा बनेको भनी विस्वास गरिने खरानीको अबशेषको कालोमाटो अहिले पनि देख्न सकिन्छ ।  त्यस्तै यस क्षेत्रमा कोथु गणेश वा तल्लो गणेश र सरस्वतीका मन्दिरहरु सरस्वती गाबिसको वडा नं ६ मा रहेका छन् । त्यस्तै मसानकाली मन्दिर पनि यसै गाबिसको वडा नं २ भूतखेल चौरमा रहेको छ । माथिल्लो गणेश चन्डेश्वरी गाबिस वडा नं २ टोखाको मध्ये भागमा पर्दछ । त्यस्तै यस क्षेत्रको अर्को महत्वपूर्ण धार्मिक स्थल सपनातीर्थ मन्दिर पनि चन्डेश्वरी गाबिसकै वडा नं २ को उत्तरतिर झोर गाबिसको सिमानानिर अबस्थित रहेको छ ।
करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको चौरमा सपनातीर्थ मन्दिर रहेको छ । सपनातीर्थ मन्दिर संग बिभिन्न किसिमका किम्बदन्तीहरु सुन्न पाइन्छ । किम्बदन्ती अनुसार सपनातीर्थ भारतको काशीबाट आई टोखामा बसको प्रसंगहरु पनि सुन्न पाइन्छ । त्यस्ै अर्को किंबदन्ती अनुसार टोखाका देवी देवतालाई शीतल बनाइराख्न झोरबाट त्रिबेणी, बज्रयोगीनीबाट दूधवेणी र चन्डेश्वरीबाट सनबेणी तनिवटा नदीहरु सपनातीर्थ तर्फ बढ्दै आए । दुई ओटा नदीहरु समयमै आइपुगे भने सनवेणी समयमै आइपुग्न नभ्याउदै बिहानीको भालै बास्यो र सनबेणी आइपुग्न सकेन । अहिले सपनातीर्थ मन्दिर त्रिबेणी र दुधवेणी नदी मिलेको संगमको मध्य भागमा अवस्थित रहेको छ । त्यस्तै कोथु गणेश र सरस्वती मन्दिर सरस्वती गाबिसको पुरानो मुख्य बस्तीदेखि दक्षिणी भागमा रहेका छन् । गणेश मन्दिरको पश्चिम र सरस्वती मन्दिरको अगाडि एउटा पोखरी रहेको छ । यस पोखरमिा बेशाख ३ गतेका दिन रथहरु लगी जात्रा गरिन्छ ।

फिलर हाई–

यस्तै माथिल्लो गणेश मन्दिरको वरीपरी अरु बिभिन्न मन्दिरहरु रहेका छन् । गणेश मन्दिरको पश्चिमपट्टी भमिसेनको मन्दिर छ भने भीमसेन मन्दिरको पछाडीपट्टी तलेजु मन्दिर रहेको छ । त्यसै गरी पूर्वतिर महाङ्काल मनिदर तथा बुद्धका  चैत्यहरु पनि रहेका छन् । टोखा क्षेत्रमा रहेको भीमसेन मन्दिरमा हरेक बर्षको माघ कृष्ण पक्षको भीष्म द्धादशीका दिन बिशेष मपूजा सहित स्थानिय बासिन्दाले बली दिने गर्दछन् । यसै मन्दिरमा भीष्म द्धाद्धशीका दिन पूजा चलिरहेको समयमा स्थानिय बासिन्दा दशराज मर्हजन संग गरिएको यो कुराकानी–

टोखा क्षेत्र साँस्कृतिक संम्पदा, चालचलन र रितीरिवाजमा अत्यन्तै धनी क्षेत्र हो । यहां पौराणिक प्रसंगहरु जोडिएका धेरै सम्पदाका साथै जात्रा पर्बहरु रहेका छन् । अब भने हामी टोखा क्षेत्रमा बर्षभरी मनाइने चाडपर्बका बारेमा टोखा क्षेत्रका मुल नाइके हेमराज श्रेष्ठसंग गरिएको कुराकानी प्रस्तुत गर्दैैछौँ– बाइट, हेमराज श्रेष्ठ
टोखा क्षेत्रका मूल नाइके हेमराज श्रेष्ठले जानकारी दिनुभएका त्यि चाडपर्बसंग पनि धेरै किसिमका पौराणिक प्रसंगहरु जोडिएका छन् । त्यी प्रसंगहरुलाई हामी आगामी दिनहरुमा पनि क्रमश जोड्दै जानेछौँ ।

फिलर हाई–

अब भने हामी यस क्षेत्रको विकास निमार्णको प्रसंगलाई जोड्दैछौ । काठमाडौ महानगरपालीकाबाट नजिकै रहको टोखा क्षेत्रमा केही पुराना बस्तीसंगै नया बस्तिको विकास हुने क्रम पनि त्रीब रहेको छ ।  विकास निमार्णको दृष्किोणले सबै वडामा सडक बिस्ता भएको छ भने पछिल्लो समयमा खानेपानीको समस्या भने केही बढेको छ । अब प्रस्तुत छ टोखा चन्डेश्वरीका  गाबिस सचिब प्रद्युम्न प्रसाद कुईकेल संग यस क्षेत्रको विकास निमार्ण संग केन्द्रित रहेर गरीएको कुरकानी– बाइट, पद्युम्न कुइकेल

टोखा क्षेत्रको विकासका लागि सो क्षेत्रमा बिभिन्न किसिमका सामाजिक संस्थाहरु, क्लबहरु पनि क्रियाशिल रहेका छन् । त्यी क्लब, सामाजिक संस्थाहरुले बेलाबखत स्थानिय स्तरमा जनचेतना जगाउने, स्वास्थ्य शिबिर तथा खेलकुद जस्ता रचनात्मक कार्यहरु पनि संचालन गरेर टोखा क्षेत्रलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेलिरहेका छन् । सो क्षेत्रमा क्रियाशिल क्लबहरु मध्ये २०४७ सालमा स्थानमा स्थापना भएको भगवती क्लबका अध्यक्ष ....

बाइट

आजको कार्यक्रममा हामी काठमाडौका प्राचिन क्षेत्र टोखाका बारेमा तयार पारिएको साम्रगी प्रस्तुत गरिरहेका छौं । कार्यक्रममा पालो भएको छ, अन्तिम ब्यापारिक बिश्रामको । बिश्रामपछि हामी टोखा  क्षेत्रमा क्रियाशिल राजनीतक दलका स्थानिय  नेताहरु संगको अन्र्तक्रिया लिएर उपस्थित हुनेछौ । कार्यक्रम सुन्दै रहनुहोला–

अन्तिम बिश्राम.....

कार्यक्रमको अन्तिम बिश्रामपछि पुन स्वागत, तपाई सुन्दैहुन्नुहुन्छ, रेडियो पत्रिका भोइस अफ काठमाडौं, ९२.४ मेगाहर्जका साथै इन्टरनेमा www.cfmonair.com मार्फत संसारभर एकैसाथ प्रशारण भइरहेको छ ।
आजको कार्यक्रममा हामी काठमाडौको ऐतिहासिक क्षेत्र टोखालाई तपाईहरु माझ प्रस्तुत गरिरहेका छौं । कुनै पनि क्षेत्रको सामाजिक रुपान्तरणका लागि राजनीतिक चेतना र राजनीतिक नेता कार्यकर्ताहरुको पनि निकै ठुलो भूमिका हुने गर्दछ । अब भने हामी टोखा क्षेत्रमा क्रियाशिल बिभिन्न राजनितिक दलका कार्यकर्ता संग अन्र्तक्रिया गर्दैछौं ।
आजको कार्यक्रममा हामीले काठमाडौको धार्मीक साँस्कृतिक सम्पदाले भरीपूर्ण प्राचिन महत्व बोकेको ऐतिहासिक स्थल टोखाका बारेमा तयार पारिएको सामग्री प्रस्तुत ग¥यौं । हामी बेला बखत आगामी अंकहरुमा पनि यस क्षेत्रका महत्वपूर्ण सथलहरका बारेमा यहाहरुलाई जानकारी दिनेनै छौ ।
आजको कार्यक्रमको निर्धारित समय सकिसकेको छ । कार्यक्रम भोइस अफ काठमाडौ हरेक साता आइतबार सांझ सबा सात बजे र पुनः प्रशारण सोमबार बिहान सबा ९ बजे क्यापिटल एफ.एम. ९२.४ मेगाहर्जमा सुन्न सक्नुहुनेछ । आजको कार्यक्रमबाट प्राबिधिक साथी प्रदिपराज धामी संगै कार्यक्रम प्रस्तोता शम्भु दंगाल बिदा हुन्छु । क्यापिटल एफ.एम. सुन्दै रहनुहोला नमस्कार ।  

Sunday, October 13, 2013

प्रमोद दंगालको आत्महत्या

प्राय घटना–दुर्घटनाका खबरहरु मिडियामा आँउछन् । घटना प्रकृति अनुसार त्यीनले हेडलाइन, सब हेडलाइन, डेटलाइन, बाइलाइन अनि इन्ट्रो  हुदै एउटा समाचारको आकारमा आफूलाई समाहित गर्छन् ।
तर त्यो दुर्घटना सामान्य थियो । कसैले पासो लगाएर आफ्नै हत्या ग¥यो त के त्यसले समाचारै बन्नुपर्छ भन्ने केही छ ?
सुनिन्छ, प्रमोद दंगाल भन्ने एउटा छाँया थियो कतै ।  छाँया जसको प्रकाशको उपस्थिति बिना आफनो कुनै आकार हुदैन, ढाँचा हुदैँन । समग्रमा भन्दा कुनै अस्तित्व नै हुँदैन । एउटा अस्तित्व बिहिन छाँया, किसानको बारीको बुख्याँचा जस्तै थियो रे कुनै कलेजमा ।
सुनिएको कुरा । भक्तपुरको सानोठिमी, मगर गाँउ, धुन्चेपाखा, बहाखाबजार । उसका थोत्रा चप्पलहरु । उसका थोत्रा सपनाहरु । उसको थोत्रो जिन्दगी । कुनै लक्षबिहिन भएर रल्लिरहन्थयो रे ।
कथा नाइन्टीन फौन्टिनको पनि होइन । कथा ५० बर्ष अगाडिको पनि होइन । करिब करिब एक दशक भित्रको कुरा हो । प्रमोद दंगालको रहस्यमय आत्महत्याबारे केही तथ्य पक्ता लागेको छ, बिस्तारै खोल्दै जानेछु । प्रतिक्षा गर्नुहोस...

Sunday, September 15, 2013

गजल

खान, चुठ्न, फ्याक्न मिलने राजनीतिको थाल
नेताजिलाई आँउछ फ्री.मा प्रभुजीको दाल

वादका छन् कुरा हजुर, सिद्धान्तका खोल
जनतालाई पासो थाप्ने भाषणका छन् जाल

विकास भन्ने कुन चरी हो थाहा छ त अध्यक्ष ज्यू
सक्ता परिबर्तनको मात्रै कुरा यहाँ प्रत्येक साल

सँगै जन्मेका देश आज चनद्रमामा डुल्छन्
कठैबरा यो नेपालको भयो कछुवाको चाल

टुकी बक्ति राष्टिय ज्योती, शान बेग्लै भयो
छङ् छङ् गर्दै त्यसै बग्छन् हाम्रै नदीमा छाल
२०७० भदौ २९

Tuesday, April 30, 2013

कामको चटारोमा काँठका महिला

शम्भु दंगाल, भीमढुङ्गा, काठमाडौं ।
“लोग्नेमान्छेहरु जागिर खान शहर गइहाल्छन् अनि हामीले काम गर्नुपरिहाल्यो नि” भीमढुङ्गा ४ निवासी अनिता बरुवालले भनिन् ।  अहिले काठमान्डौ आसपासका गाँउ बस्तिका किसानहरु गहूँ चुट्ने, मकै गोढ्ने, गोलभेँडाका बेर्ना सार्ने लगायतका खेतीपातीको काममा ब्यस्थ छन् । लोग्ने मानिसहरुको दैनिकी नजिकै रहेको शहरमा जागिर र ब्यापारमा बित्ने भएपछि  पछिल्लो समयमा काँठ क्षेत्रमा महिलाहरुले खेतीपातीका काम सबै आफै गर्न थालेका हुन् । यतिबेला भिमढुङ्गाका महिलाहरु  अर्म पर्मका अधारमा गहुँ काट्न, चुट्न ब्यस्थ रहेका छन् । “गहुँ चुटिसकेपछि मकै गोड्ने काम शूरु हुन्छ अनि धानको बिउ राख्नुपर्छ”, ६० बषर्या कान्छी बरुवालले भनिन् ।
पहिला पहिला बस्तुभाउ धेरै पाल्ने काँठका महिलाहरु आज भोली सौखिन बन्दै गएका छन् । दाउराबाट खाना पकाउने चुल्होसँगै अहिले प्रत्येकका घरमा ग्याँस चुल्हो पनि थपिन थालेको छ । गाँउमा ताजा दुध पनि पाइन्छ भने शहरबाट प्याकेटका दुध पनि अहिले काँठमा पुग्न थालेका छन् ।
“पहिला भन्दा त धेरै सुबिधा भएको छ तर अहिलेका नयाँहरुलाई अझ्झ सुबिधा चाहियो रे”, कान्छीले आफ्ना बुहारीहरुलाई छेड् हान्दै भनिन् । काठमाडौका काँठ क्षेत्रहरुका बासिन्दा अहिले खेतीपातीको कामका लागि साना हाते ट्याक्टर प्रयोग गर्छन्, उत्पादन भएको तरकारी, अन्नपात बिक्री गर्न पनि नजिकै शहर भएकोले उनीहको दुःख पहिला भन्दा कम भएको स्थानिय बासिन्दाहरु बताँउछन् । “अहिले काँठ क्षेत्रको जमिनमा अन्न खेती भन्दा पनि प्लटिङ्ग खेती मौलाएको छ” काठमाडौं रामकोट–९ का बद्री प्रसाद गिरीले दुखेसो पोखे । काठमाडौको रामकोट र भिमढुङ्गा गाबिसका धेरै जमिन प्लटिङ्ग भएर बाँझै रहेका छन् । धेरैजसोले पुख्र्यौली जग्गा जमिन बेचिसकेकाले अब खेतीबाट काँठका बासिन्दाले जिवन चलाउन नसक्ने बद्री प्रसाद गिरी बताउछन् ।
“पहिला भन्दा अहिले धान गहँु बढी त फल्छ तर पुग्दैन, अब त सबैले गोलभेँडा र च्याउ लगाउन थाले” कान्छी बरुवालले भनिन् “गर्न सके पैसा धेरै हात पर्दो रैछ, अर्को बर्ष देखि हामी पनि गोलभेँडा लगाउनुपर्ला ।” काठमाडौं बाहिरबाट गएका यूवाले जग्गा भाडामा लिएर ब्यावसायिक तरकारी खेतीबाट फाइदा लिएको देखेपछि अहिले काँठका महिलाहरु पनि त्यतातिर हौस्सिएका छन् ।

Tuesday, April 09, 2013

ब्लगमा केही लैख्न खोज्दैछु

साँच्चिकै भन्नुपर्दा केही समय आफ्नो ब्लगलाई नै बिर्सेछु मैले । ब्लगको यूजरनेम त सही हानेँ तर पासवर्ड भुसुक्कै । किर्बोडमा औला राखेर केहीबेर घोत्लनुप¥यो  मलाई ।

आज यो ब्लगमा केही लैख्न खोज्दैछु । जसको श्रेय मैले मेरो स्कूलको सहपाठी ज्ञानेन्द्र ढकाललाई दिनुपर्छ । केही दिन अघि मैले उनीसँग लामो अन्तरालपछि फोनमा हाईहेल्लो गरेको थिँए ।  प्रसंगबस उनले मैले ब्लगमा पोष्ट गरेका केही कुरा निकै रोचक लागेको बताउदै अरु पनि लेख्न उत्प्रेरीत गरेका थिए ।

सोचेँ, लेख्नका लागि म सँग अथाह विषयबस्तुहरु चाँङ्गका चाङ्ग छन् । २६ बर्षे जीवनमा हाम्रो समाजका धेरै थरी पात्र र पक्षसंग हेलिएको छु, समाजका नौरंगी अनुहारहरु पढेको छु । धेरै किसिमका अनुभव र अनुभूतिहरु संगालेको छु । मलाई लेख्ने नै हो भने केही कुराको खाँचो छैन् ।

यो गन्थन सुन्दा यहाँहरुलाई लाग्यो होला यसले त्यस्तो के लेख्न आँटेछ ?

म पनि स्वयं पनि अलमलिएको छु, के चाही लेखौँ त आज ?................
मैले मेरो जीवनको पहिलो जागिरको बारेमा लेख्ने बिचार गरेँ । पहिलो जागिरका भोगाई अनुभूति र रोचक
क्षणहरुबारे । शीर्षक दिन किन कञ्जुसाँई गर्नु–

मेरो जीवनको पहिलो जागिर 

तिनताक म ठ्याक्कै पन्ध्र बर्ष पुगेको थिँए । सोह्रमा हिड्दै गरेको । आजभन्दा ठ्याक्कै १० बर्ष अगाडिको कुरो । अहिले त मेरा गालामा सिँउडीकाँढे दारीजुङ्गा छन्, त्यतिबेला  रेशमी भुवाझैँ । र मेरो सोचाई, बिचार, भावना पनि रेशमी भुवा टाइपकै थिए होलान झै लाग्छ ।

साँखुको भाग्योदय मावी परिक्षा केन्द्रबाट भर्खरै एसेल्सी जाँच सकाएको थिएँ । एसेल्सी सकिएपछि जागिर खानुपर्ने कुरा भइरहन्थ्यो घरमा । मेरा गाँउले यूवाहरु शहर गएर माडेकोमा जागिर खाने गर्थे । शहरमा जे काम गरे पनि गाँउ जाँदा चिटिक्क परेर जान्थे र शहरीया लवजमा कुराकानी गर्थे । मलाई पनि खुब रहर लाग्थ्यो जागिर खान ।

जाँच सकिइहाल्यो । बा बुढाको पनि आस थियो–छोराले सहराँ माडे (मारवाडी) को मा जागिर खाओस र मनलाग्दो, अघाँउजी पढोस् । मेरा बाको आखाँभरी यिनै र यस्तै खाले सापनाहरु नाचिरहेका हुन्थे ।
जागिर कस्तो खाने , कसरी खाने केही मेसो थिएन ।

मेरो निम्ती यो संसारमा जागिरका लागि कराउन मिल्ने एक मात्र बिकल्प मामा थिए । काठमाडौको ठमेलमा जागिर खाने साइला मामा ।
एकदिन सोध्दै खोज्दै पहिलो पटक ठमेल पुगेँ । ठमेलमा २–३ घन्टा रिंगिएपछि मामाको काम गर्ने ठाँउ देखेँ । मामाको टुरिष्टहरुका लागि बिक्री गरिने कपडा र ट्रेकिङ्गका सामानहरुको पसलमा पुग्नेबिक्तिकै दुध चिया मगाएर भन्जाको सत्कार गरे ।
मैले मामालाई जागिरको कुरो उप्काँए । त्यस्तै २० मिनेट जति त¥याङ्ग–म¥याङ्ग कुरा गरे । अनि एकछिन पछि ल हिँड जाँउ भने ।
सोचेँ–मामाले मलाई उनको डेरामा लग्ने भए ।
मामाको पछि–पछि लाँगे म ।
अलि पर पुगेपछि एउटा पसलमा तरकारी र २ ओटा समोसा मगाए । उनले चुरोट सल्काए । तरकारी र एउटा समोसा खाँए । उनले एकसयको नोट साहुजीलाई दिएपछि त्यसबाट  फिर्ता आएको खुद्रा पैसा खेलाँउदै अघि लागे ।
म पछि पछि लाँगे ।
केही क्षण हिँडेपछि अलि ठूलो बाटो आयो ।
हामी सडक किनारामा एकछिन उभ्भियौँ ।
सोचेँ–हामी बाटो काट्दैछौँ र मामाकोमा जाँदैछौँ ।

झट्पट् बाटो काटेर टनाटन मान्छे भरिएको एउटा बस मामाले रोके र भने–“ल चढीहाल” ।  म हक्तपक्त चढीहाले । ल समात भनेर हातभरी खुद्रा पैसा दिए मामाले । बस कुद्यो । मेरो जागिर पनि कुद्यो ।
कुदिरहेको बसभित्र छक्क परिरहेँ ।
कन्डक्टरलाई सोधेँ–“यो बस कहाँ जाँदैछ ?”
“रत्नपार्क”
रत्नपार्कबाट साँखुको बस चढेर घर आँए ।
मामाले बस चढाएको ठाँउ–लैनचौर रहेछ, आजभोली बिचार गर्दा ।
यसरी मेरो जागिर ख्वाउने एकमात्र आशा र विकल्पको डोरी चुँडियो ।
+ + + +
बालाई केही थाहा थिएन कोदाली र खेत बाहेक ।
भन्नुहुन्थ्यो–“अब जागिर खोज” ।
एक किसिमको अन्योलताको जन्जाल थियो त्यो जागिरभित्र छिर्ने बाटो । जागिरको सारथी कोही थिएन । को हुन सक्ला भनेर घोत्लीरहन्थेँ ।

एसेल्सी दिने बेलामा साँखुको एउटा होटलमा चनाको तरकारी खाँदा मैले “कान्तिपुर पत्रिका”लाई चिनेको थिँए । त्यसको अगाडि पछाडी–यता उताको पाना भन्दा पनि बिच तिरको पाना मलाई औधी मन परेको थियो । त्यो अरुजस्तो चानचुने पाना थिएन, जागिर खुवाउने पाना थियो ।

त्यो पानामा जागिर खान चाहने मान्छे र फोन नंबर सहित तलब समेत लेखिएको हुन्थ्यो ।
त्यसपछि मैले त्यही पानालाई जागिर खोजिदिने आफन्त बनाउन खोजेँ ।
साँखु पुगेको बेला त्यही होटलमा गएर उही कान्तिपुरको सदगुणी पानालाई खाज्थेँ  र रमाउथेँ । मलाई अब जागिर खानुको कुनै दुख्ख छैन् । यो नभए त्यो, त्यो नभए ऊ, मूला जागिर त कत्ति कत्ति ।

म सँग एउटा फोन नम्बर टिप्ने एउटा सानो फुच्चे डायरी जस्तो थियो । सालीनदी मेलामा किनेको पाँच रुपैयाँमा ।

त्यसमै मैले कान्तिपुरको बर्गिकृत बिज्ञापनमा मान्छे चाहियो भन्नेवाला नम्बरहरु टिप्थेँ र पसलमा गएर फोन गरेर सोध्थेँ–
कस्तो जागिर हो यो ?
दोश्रो प्रश्न हुन्थ्यो– पढ्दै काम गर्न मिल्छ कि मिल्दैन ?

चाबेलमा जागिर खुवाउने छनक देखायो एउटा नम्बरले । नम्बरमा बोल्ने मृदुभाषी अपरिचिताले १०० रुपैयाको फारम भरेपछि पक्का जागिर पाउने जस्तो कुरो गरिन ।
आमासँग २०० मागेर चलेँ चाबेलतिर । २–४ कल गरेर लोकेशन माग्दै जागिरको स्टेशन पुगेँ । पाइन्ट लगाएकी साह्रै सुन्दरी  देखापरिन । तीनताक मात्र हैन, आइ.एड्. पास गरुञ्जेल सम्म पनि म पाइन्ट लगाउने सुन्दरीलाई साह्रै ठूलो मान्छे मान्थेँ म, बोल्न साह्रै डराउथेँ ।

के जाती हर्बल बेच्नुपर्ने जागिर रहेछ त्यो । बच्चामा त आमाको मामाघर हो की बुढामामाघर हो, रिमाल टोलमा हुने श्राद्धमा चार घरमा टिका लगाएर ४ सुका हात पारेपछि कहिलेकाँही हर्बल चकलेट खाएर रमाइन्थ्यो ।
बजार बजार गएर के जाती हर्बल बेच्ने जागिर खान पनि २० जनामका नाम निकाल्न पर्नेरे, नत्र सय रुपियाँ पच ।
सय रुपैयाँ चढाएर जागिर हात पर्छ भने त कमालै हुन्छ यार मामाको अगाडि भन्ने सोचेर त्यी पाइन्टधारी सुन्धरीलाई हात कमाई–कमाई सय रुपैँया चढाएर घर फर्किएँ । उनले फोनबाट जनाकारी दिन्छु भनेर फोन नम्बर मागेकी थिइन । नाङ्लेचीरमा त्यो कहाँबाट पाएर फोन हुनुँ नम्बर दिनलाई । फोन नभए एकहप्ता पछि आउने निम्तो गरिन उनले ।
एकहप्ता पछि आमासँग १०० रुपैयाँ मागेर फेरी चाबेल हान्निएँ । त्यी सुन्धरीले नाम ननिस्किएको र सय रुपैयाँच् पच भएको जानकारी दिएपछि म निराश मुद्राम पर्किएँ ।
घर आउनुअघि चुच्चेपाटीको पासाङ्गल्हामु शेर्पाको सालिकको एक फन्को लगाउने बिचारेर चुच्चेपाटी पुगेको थिँए ।
 एक्कासी बाटोमा  दुधसचिब किस्नेकाका भेट भए ।
उनले भने–“काँ हिडिस बज्जे”?
म त जागिर खोज्न हिँडेको । उनले भात खाइस कि छैन भनेर सोधे । र मलाई उनले पहिलो पल्ट शहरको होटेलमा लगेर भात खुवाए । भात खाउञ्जेलमा उनले जेठो छोरा रमेशको भन्दा पनि कान्छो छोरा दिनेशको पढाई फष्टक्लासको भएको बिभिन्न किस्साहरु सुनाइरहे ।
भात खाइसकेपछि भने–“पर्सी आइजो म तँलाई जागिरमा लगाइदिन्छु ।”
(बाँकी फुर्सद भाको बेलामा लेख्नेछु–छिट्टै)

Wednesday, November 28, 2012

राष्ट्रपतिको कदम

राष्ट्रपति डा. रामबरण यादवले शुक्रबार सात दिनभित्र सहमतिको प्रधानमन्त्रीको सिफारिस गर्न राजनीतिक दलहरुलाई निर्देशन दिएपछि नेपाली राजनीति यतिबेला तरंगित बनेको छ । राजनीतिक बृतमा राष्ट्रपतिको कदम बारे बिभिन्न खाले टिका टिप्पणी भइरहेका छन् । कतिपयले सात महिना देखिको राजनीतिक गतिरोध तोड्ने महत्वपुर्ण कदम भएको बताएका छन् भने  कतिपयले संसदबाट बहुमतले प्रधानमन्त्री चुन्ने प्रजातान्त्रिक बिधि र बर्तमान अन्तरिम संबिधान मिचिएको बताएका छन् ।  तर राष्ट्रपति यादवले संबिधानको धारा ३८ १ अनुसार दलहरुलाई सहमतिय सरकार गठनका लागि आग्रह गर्दै मंसिर १४ गते दिउसो ४ बजेभित्र प्रधानमन्त्रीको सिफारिसको समयसिमा तोक्नुभएको छ । तर अन्तरिम संबिधानको धारा ३८ १ मा राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि दलहरुलाइ आवह्वान गर्न सक्ने उल्लेख छ । दलहरुबिच सहमति नभए राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि अन्तरिम संबिधानको धारा ३८ २ अनुसार संसद सचिवालयलाई लेखि पठाउने प्रचलन छ । ब्यवस्थापिका संसद नभएको अवस्थामा राष्ट्रपतिले सार्बजनिक रुपमा प्रधानमनत्रीको लागि आग्रह गरेको भन्दै एकिकृत माओबादी र सरकारका पक्षबाट आपक्ति जनाइएको छ । एकीकृत माओबादी प्रबत्ता अग्नि सापकोटा–..

तर यता राष्ट्रपतिको सो कदमको बिपक्षी दलहरुले भने स्वागत गरेका छन् । बिपक्षीदलहरुले राष्ट्रपति यादवको सो आवह्वानपछि शनिबार बिपक्षी दलहरु दुइपक्षिय बहुपक्षिय छलफलमा जुटिसकेका छन् । प्रमुख बिपक्षी दललहरुले स्वागत गरिहेका बेला  नेकपा माओवादीका अध्य मोहन बैद्य किरण्ले भने राष्ट्रपतिको कदम शंकास्पद रहेको भएको बताउनु भएको छ । उहाले आफू शक्तिमा जाने अभ्यास स्वरुप सो कदम चालेको उहााले प्रतिक्रिया दिनुभएको छ । यस्तै राष्ट्रपति डा. रामवरण्ँ यादवले भने सहमतीय प्रधानमन्त्रीको लागि आफूले गरेको आह्वानलाई गलत रुपमा नलिन आग्रह गर्नुभएको छ । पार्टी बैठकले राष्ट्रपतिको आह्वान असंवैधानिक भनेर ठहर गरे लगत्तै शनिबार बिहान शितल निवास पुग्नुभएका एकीकृत नेकपा माओवादी अध्यÔ पुÈपकमल दाहाल प्रचण्डसित राष्ट्रपतिले आफूले सहमतिकै लागि कदम चालेको प्रष्ट पार्नुभएको हो । राष्ट्रपतिको सो आव्ह्वान पछि प्रतिपक्षि दलहरुले अब के गर्छन्, सात दिन भित्र दलहरुले सहमतिको प्रधानमन्त्री दिन सक्छन् कि सक्दैनन् र संबैधानिक, कानुनी जटिलता बिच कसरी प्रधानमनत्री नियूत्ती हुन्छ, यसतर्फ सर्बत्र चासो रहेको छ ।  राष्ट्रपतिको सो कदम संबैधानिक रहेको र अहिलेको अबस्थामा सहमतिको राष्ट्रिय सरकार गठनको यही नै उपयुक्त आधार रहेको बताउनुहुन्छ । कानुनबिद् कुमार रेग्मी–
राष्ट्रपतिको सो अब्हानबारे प्रधानमन्त्री डा. बाबुराम भट्टराइले पनि कानुनबिदसंग शनिबार छलफल गर्नुभएको छ । कानूनविदहरुले व्यवस्थापिका संसद् नभएको र चुनाव घोÈण्ाँ भईसकेको अवस्थामा व्यवस्थापिका संसद हु“दाका प्रधानमन्त्री डा. वावुराम भट्टराईकै निरन्तरता बाहेक अर्को कुनै नया“ प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था नभएको सुझाव दिएका छन् । अहिले गैर संवैधानिक ढंगबाट अर्को कसैलाई राÈ्ट्रपतिले प्रधानमन्त्री तोकेमा त्यो नेपालको अन्तरिम संविधान अन्त गरिएको हुने कानूनविदहरुको धारण्ाँ थियो । राष्ट्रपतिको सो कदम पछि नेपाली राजनीतिले नयाँ मोड लिने देखिएको छ । सात महिना देखिको राजनीतिक गतिरोध अब अन्त्य हुन्छ वा दलहरुबिच अझ अविस्वास र गतिरोध लम्बिछ । सर्बत्र चासोका साथ हेरीएको छ । क्यापिटल रिर्र्पोटर शम्भु दंगाल ।

Saturday, November 17, 2012

राजनीतिक दलका शीर्ष नेताहरुको सुरक्षा ब्यवस्थामा चुनौती

  रिर्पोट–
शुक्रबार काठमाडौको भृकुटीमण्डपमा एकीकृत नेकपा माओवादीद्धारा आयोजित चियापान कार्यक्रममा  अध्यक्ष  प्रचण्डमाथि थप्पड प्रहार भएपछि राजनीतिक दलका  नेतृत्वको सुरक्षा अबस्थाबारेमा गंभिर चुनौती थपिदिएको छ ।  माओबादी अध्यक्ष प्रचन्डभन्दा अघि नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई सुनसरीका देवीराम रेग्मीले झापड हानेका थिए । त्यसपछि नेपाली कांग्रेसका सभापति शुशिल कोइरालालाई आफ्नै कार्यकर्ताले काठमाडौको कपनमा भएको कार्यक्रममा झ्यालको फ्रेमले आक्रमण गरेका थिए । त्यस्तै एकीकृत नेकपा माओबादीका  निर्बतमान सभासद झक्कुप्रसाद सुबेदीले पनि थप्पड खाएका थिए । यसरी नेताहरुले आक्रमणको शिकार हुनुको कारणलाई कतिपयले स्वभाविक जनआक्रोसको रुपमा लिने गरेका छन् भने  दलका नेताहरु आफूलाई परेपछि प्रतिगामी षड्यन्त्रको रुपमा पनि ब्याख्या गरिरहेका हुन्छन् । यसरी राजनीतिक दलका शीर्ष नेतृत्वमाथि आक्रमण बढ्नुको कारण  जनतामा रहेको असन्तुष्टि भएको बताउनुहुन्छ, राजनीतिक बिश्लेषक प्रा.डा. सुरेन्द्र के.सी.–

नेपाल संबत ११३३ को अवसरमा एकिकृत माओवादीले गरेको चियापान कार्यक्रममा बाग्लुङका पदम कु“वरले प्रचण्डलाई थप्पड हानेका थिए । यो घटनालाई एकीकृत नेकपा मओबादीले गंभिर रुपमा लिएको छ । पार्टी कार्यालय पेरिसडाडामा  शनिबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एकिकृत माओबादी प्रबत्ता अग्नि सापकोटाले सो घटना आपराधिक र Èड्यन्त्रमुलक भन्दै दोÈीलाई कुनै हालतमा नछाड्ने  बताउनुभएको छ  । उहाले घटनालाई  आक्रोस र अराजकता मात्र भन्नु मनोगत र गलत हुने भन्दै शान्ति, संविधान र संघीयताविरुद्ध गम्भीर Èड्यन्त्र रहेको बताउनुभएको छ । नेकपा एमाले र काग्रेसले भन्दा एकिकृत नेकपा माओबादीले घटनालाई गंभिर रुपमा लिंदै एकीकृत नेकपा माओवादीका अध्यक्ष
पुष्पकमल दाहाल प्रचण्ड सहितका शीर्È नेताहरुले अब कार्यकर्ता र समर्थकबाट फुलमाला तथा खादा नथाप्ने भएका छन् । पछिल्लो समयमा दलका नेताहरुले कार्यकर्ता एवं सर्बसाधरणबाट आक्रमणको सामना गर्नू परिरहेको छ । यस किसिमका घटना नदोहोरिनका लागि के गर्नु पर्ला त ? फेरी राजनीतिक बिश्लेषक डा. केसी –
दलका नेताहरुले यसरी आक्रमणको शिकार हुन थालेपछि त्यसका पक्ष बिपक्षमा चिया होटल देखि इन्टरनेटको सामाजिक संजाल फेसबुकमा पनि धेरै थरी टिका टिप्पणी भइरहेका छन् । सामाजिक सञ्जाल फेसबुमा रामकृष्ण शर्माले बिश्वका चर्चित राजनितिक ब्यक्तित्वहरु माहात्मा गान्धि, भ्लादिमिर लेनिन, अग्राहम लिंकन लगायतका नेताहरु ब्यक्तिगत आक्रमणबाट मारिएको बताउदै  नेताहरुको सुरक्षा अवस्थामा नयां चुनौती थपिएको टिप्पणी गरेका छन् । प्रचण्डमाथि सार्वजनिक कार्यक्रममा नै थप्पड प्रहार भएको घटनाको छानविन गर्न सरकारले प्रहरी अतिरिक्त महानिरीÔक (एआईजी) नवराज ढकालको संयोजकत्वमा छानविन समिति पनि गठन गरिसकेको छ । यस्तै अति विशिÈट तथा विशिÈट व्यक्तिहरुको भरपर्दो सुरÔा व्यवस्था मिलाउन अपनाउनु पर्ने कार्यविधी बनाउन सहसचिव शंकर कोइरालाको संयोजकत्वमा अर्को समिति गठन भएको छ । यसरी सार्बजनिक कार्यक्रम वा अन्य कुनै रुपमा दलका नेतृत्वहरुमाथी आक्रमण हुनु पक्कै पनि राम्रो हैन र यसले देशको सुरक्षा ब्यवस्थालाई चुनौती दिनुका साथै अराजकतालाई पनि प्रश्रय दिनपुग्छ । यस किसिमका घटना फेरी नदोहोरिन सुरक्षा निकायका साथै  आम नेपालीहरु पनि सचेत रहन आवश्यक छ । क्यापिटल रिर्पोटर शम्भु दंगाल ।काठमाडौं

Sunday, November 11, 2012

डाइर्भरसिटी चिठ्ठा

नोबेम्भर ३ अर्थात शनिबार देखि यस बर्सको अमेरीकी डाइर्भरसिटी चिठ्ठा कार्यक्रम समापन भएको छ । यसपाली असोज १३ गतेदेखि कातिर्क १८ गते सम्मको अवधीमा नेपालका प्रमूख शहरहरुबाट हज्जारौ नेपालीले डिभी चिठ्ठामा सहभागिता जनाएका छन् । शनिबार काठमाडौको बागबजारमा अवस्थित माइक्रो डिजिटल फोटो स्टुडियोमा डिभी भर्नेहरुको ठूलो घुाइचो लागेको थियो ।
बेरोजगारी समस्या, अस्थिर राजनीतिबाट वाक्क दिक्क भएका  नेपालीहरुलाई डिभी चिठ्ठाले मोहनी लगाएको छ । अर्कोतिर चिठ्ठा परिहाल्यो भने अमेरीका जान पाइने अवसर आउने भएकाले बालकदेखि यूवा र बृद्ध उमेर पुग्न लागिसकेका नेपालीहरु डिभी भर्न लाइन लागेका थिए
नेपालमा अफलाईनमा सन् १९९४ देखि र अनलाइनमा सन् २००४ देखि डिभी चिठ्ठा शूरु भएसंगै हजारौ नेपालीहरुले यसमा सहभागिता जनाइसकेका छन् । साथै धेरै नेपालीहरु डिभी मार्फत अमेरीका पनि पुगिसकेका छन् । सजिलैसंग भिसा पाइने र उहाा गएर पनि अबसर पाइन गाह्रो नभएकाले नेपालीहरुको आकÈणर््ँ यतातिर बढेको हो । विगत झै यसपाली पनि डिभी भर्नेको संख्यामा कुनै गीरावट आएन ।
डिभी चिठ्ठा भर्न कुनै शूल्क नलागेपनि नेपालका प्रमूख शहरहरुका फोटो स्टुडियो र डिभी भर्ने अफिसहरुले मनलाग्दो रकमा लिएर डिभी भरिदिएका थिए । कतिपय स्थानहरुमा डिभी भरेको  प्रति ब्यक्ति  ३०० रुपियाासम्म लिएका थिए भने धेरैजसो फोटो स्टुडियोहरुले फोटो खिचेबापतको रकम लिएर डिभी भरिदिने गरेका थिए । विगतका वर्Èमा झै यस बर्È पनि धेरै नेपाली डिभी भर्ने क्रममा ठगिएका छन् । डिभी चिठ्ठा खुलेको शुरुवाततिरै अमेरीकी दुतावासले यसबारे सचेत गराएपनि सरकारी तबरबाट खासै केही प्रयास भएन । बागबजार स्थित यारा डिजिटल फोटो स्टुडियोका संचालक यमनाथ लम्सालका अनुसार गत बर्È नेपालबाट ४,३७० जनालाई डिभी परेको थियो । 
जुन देशका नागरिकहरु आङ्खनो देशमा भन्दा अरुको देशमा जान यसरी मरिहत्ये गर्छन भने यसले त्यो देशको पछौटेपन लाई अझ उजागर गर्छ । नेपालमा बैदेशिक राजगारी, अध्ययन भिÈा एवं डिभी लगायतका माध्यमबाट नेपालीहरु बाहिरिने गर्दछन् । नेपाल बाट बाहिरिन खोज्ने अर्को जमातमा बिद्यार्थीहरु पर्दछन् । रोजगार र पढाई दुबैमा सफलता पाउन यूरोपियन देशहरुमा जान धेरै बिद्यार्थीहरु देशका प्रमुख शहरहरुका कसन्टेन्सीहरुमा  धाइरहेका भेटिन्छन् ।
नेपालमा रोजगारीको अत्यन्तै कम संवावना, उच्च शैक्षक बेराजगारी, राजनीतिक दुरावस्थाका कारण् धेरै नेपालीहरु बिदेशिरहेका छन र बिदेशिन चाहिरहेका छन् । बैदेशिक रोजगार विभागको पछिललो आकडा अनुसार चालू आथिर्क वर्Èको पहिलो तीन महिनामा करिब तीन लाख यूवा बिदेशिएका छन् । यद्यपी यो अघिल्लो वर्Èको तुलनामा केही कम भएको देखिन्छ । विभागका अनुसार साउनदेखि असोजसम्मको अवधीमा ९८ हजार सात सय ७७ जना नेपाली कामदार बैदेशिक रोजगारमा गएका छन् । गतबर्È सोही अवधीमा एक लाख नौ हजारनेपाली कामको खोजीमा बिदेशिएका थिए । यो आकडा अनुसार तीन महिनामा दैनिक औÈत एक हजार एक सय नेपाली कामको खोजीमा बिदेशिएका थिए । यसमा बिदामा आएर फर्कने र भिÈा थप गरेर जानेहरुलाई जोडिएको छैन । असोज महिनामा मात्रै ३८ हजार पााच जना बैदेशिक रोजगारमा गएका छन् । साउन र भदौको तुलनामा असोजमा बिदेशिनेको संख्या निकै बढेको बिभागको आाकडाबाट देखिन्छ । विभागको आकडा अनुसार गतबर्Èको असोजमा भन्दा यस वर्È बैदेशिक रोजगारमा जाने कामदारको संख्या ४३ प्रतिशतले बढेको छ । बरोजगारीको अवस्था डिभी, कोरीया जाने इपिएस प्रण्लीहरुमा यूवाहरुको ठूलो भीड देखिन्छ । मुलुकबाट यसरी नागरीकहरुमा बाहिरिन चाहने सोचाइको बिकास बढ्दै जादा दक्ष जनश्त्तिको पलायन का साथै देशलाई दीर्घकालीन असर पर्ने स्वत देखिन्छ ।

क्यापिटल रिर्पोटर शम्भु दंगाल, काठमाडौ

Thursday, November 08, 2012

कर्मठ काँठ

नेपालको केन्द्र काठमाडौँमा राजनीतक दलहरु सक्ताको लुछाचुँडीका लागि दौढधुप गरिरहेका बेला त्यही काठमाठांै उपत्यकाको छेउछाउ अर्थात काँठ क्षेत्रमा कृषिबाट पनि नेपालमा केही गर्न सकिन्छ भनेर केही कृषकहरु जुर्मुराउन थालेका छन् । केही बर्ष पहिला परम्परागत खेतीपाती हुने उपत्यकाको काँठ क्षेत्रमा अहिले सोही क्षेत्रका स्थानिय र काठमाडौँ बाहिरबाट आएका कृषकहरु परम्परागत कृषि प्रणालीलाई छाडेर ब्यावासायिक रुप दिँदै मनग्गे आम्दानी गरिरहेका छन् । तर मलखाद, आवश्यक परामर्श र सरकारी प्रोत्साहन नपाएको उनीहरुको गुनासो छ । आर्थिक रुपमा कमजोर, शहरको भन्दा बिकास निमार्ण र सेवा सुबिधा बाट पछि परेको तथा सहरबासीले उपेक्षाको दृष्ट्रिले हेर्ने उपत्यकाका काँठ क्षेत्रहरु अहिले सहरलाई बचाउने एउटा अमृत भुमिको रुपमा पनि विकसित हुँदै गइरहेको छ । सहरबासीको लागि तल्कालै टिपिएका ताजा तरकारी, ताजा दुध आपूर्ति गर्ने एउटा एउटा उक्तम भूमिको रुपमा विकसित भइरहेको छ । ताजा तरकारी, दुध मात्रै हैन दैनिक पिउने पानीका प्रशस्त स्रोत पनि यिनै काँठ क्षेत्रहरुमा रहेका छन् जसलाई अझैपनि ब्यवस्थित र एकिकृत गर्न सकिएको छैन् । काँठ क्षेत्रका कर्मठहरुका बारेमा तयार पारिएको एक रिर्पोट–   

रोल्पाका कर्मशील,  १६ वर्ष देखि काँठमा कर्म 

तरकारी खेती बाट कमाएको पैसाबाट किनेको उनको जग्गा अहिले १ करोड पुग्ने भएको छ, सुन्दा अपत्यारिलो लाग्ने यी किसानले १६ बर्ष देखि १२ रोपनी जग्गा भाडामा लिएर काठमाडौको पश्चिमी क्षेत्रमा रहेको काँठक्षेत्र थानकोटमा गरे जे पनि हुन्छ भन्ने उदाहरण दिइरहेका छन् । यसपाली उनले ९ रोपनी क्षेत्रफलमा गोलभेँडा लगाएका थिए । बाँकी ३ रोपनीमा उनले माछापालन र फूल खेती गरेका छन् । उनी हुन् जय बहादुर घर्तिमगर ।

तरकारी, फूलखेती र माछापालन,

१२ रोपनी जग्गा भाडामा लिएका उनले दुई रोपनी जमिनमा फूल खेती गरेका छन् ।  काठमाडौमा बिभिन्न उत्सव पर्ब र विवाहका अवसमा फूलको माग निकै नै हुने गरेको छ । एक रोपनी जग्गाबाट पाँच छ महिनामा ५० हजारको लगानीबाट डेढ लाख फाइदा गर्छन् । १२ रापनी मध्ये उनले नौ रोपनीमा गोलभेँडा खेती गर्छन् । उनले थानकोटमा यसरी तरकारी खेती गरेको नै  १६ बर्ष भइसकेको छ । उनले जग्गा भाडाबापत बार्षिक ७२ हजार रुपियाँ बुझाउनुपर्छ तर उनले बर्षमा गोलभेँडाबाटै ४ लाख बचत गर्न सफल भएको बताउछन् । उनले ब्यावसायिक खेती गर्न ८ जना लाई जागिर पनि दिएका छन् । रोल्पामा रहँदा परम्परागत खेती गरेका उनले त्यहाँ तरकारीका लागि बजार त्यति नभएको कारण उनी काठमाडौँमा आकर्षित भएको बताउछन् । शूरुमा केही घाटा भएपनि पछि कामको अनुभव बढ्दै गएपछि उनले खेतीबाट घाटाको सामना गर्नुपरेन् । प्रत्येक बर्ष १२ रोपनी जग्गामा उनी लाख डेढ लाख लगानी  गर्छन भने त्यसबाट करिब ५, ६ लाख उठाउन सकिने उनी बताउछन् । तरकारी खेतीबाट उनले गरेको प्रगती जग्गा र घर किनेका छन् जुन अहिले १ करोड मूल्य जाने उनी बताउछन् । तर फाइदा अनुसार उनको खटाइ पनि उक्तिकै रहेको छ । दैनीक बिहान २ बजे देखि राती ७ बजे सम्म खट्ने गरेको उनी बताउछन् ।

 गोलभेँडाका लागि ९ रोपनी जग्गामा उनी प्रति वर्ष ६० हजार  लगानी गर्ने बताउछन् ।उनले लगाउने गोलभेँडाको जातमा लप्सी र मनिसा रहेका छन् । तर उनले काठमाडौ आएर एकैचोटी यो काममा हात हालेका भने होइन रहेछन् । उनी भन्छन्–“पहिला भारतमा साहुहरुको काम गर्ने काम सिके पछि नेपालमा गएरआफूले पनि खेती गरे राम्रो आम्दानी गर्न सकिएला भनेर यता आँए र शूरु गरेँ ।” अहिले उनको मासिक कमाइ  पढेलेका जागिरेहरुको भन्दा पनि बढी नै आम्दानी गरेका छन् । अहिले उनको मासिक कमाइ ३५ देखि ४० हजारको हाराहारीमा हुने गरेको छ । औपचारिक शिक्षामा १० कक्षा मात्र भएपनि उनी आफ्नो कमाई र पेशा प्रति सन्तुष्ट रहेको बताँउछन् । उनले अहिले अर्को नयाँ काम पनि शूरु गरेका छन्–माछापालन् । उनले अहिले दुई पोखरी निमार्ण गरेर २२ हजार ४०० माछा पाल्न शूरु गरेका छन् । एक लाख लगानी गरेर झिँगे माछा पोखरीमा राखेका उनले कुखुराबाट भन्दा यसबाट राम्रोआमदानी गर्न सकिने विस्वास लिउर अघि बढीरहेका छन् । माछाका लागि मरेका कुखुरा, मैदा माछाको दाना दिने  गरेका उनी अझै  माछापालनका लागि जग्गा भाडामा लिने तयारीमा छन् । अहिले उनी हिँउदको लागि मिलेट, किरेन्डोला, स्टेरा, बिबी फूल लगाउने तयारीमा जुटिरहेका छन् ।  

चिरणलालको तरकारी सपना 

ललितपूरको खोकना र चाल्नाखेलको सिमानामा ४७ बर्षिय चिरणलाल श्रेष्ठले ब्यावसायिक रुपमा तरकारी खेती गर्नू भएको छ । यद्यपी उनी काठमाडौको असनमा जन्मिएका हुन र उनको पूख्र्याैली  पेशा भनेको ब्यापार नै हो । उनको पुस्ताहरुमा खेतीपातीमा हात हाल्ने उनी नै पहिलो ब्यक्ति हुन् ।  ६८ साल बैशाख देखि उनले १२ रोपनी खेत भाडामा लिएर तरकारी खेती गरिरहेका छन् । उनलाई कृषि सम्बन्धी ज्ञान केही नभएपनि साथिहरुको सल्लाहमा उनी यस क्षेत्रमा अघि बढ्न खोज्दैछन्  ।  गोलभेँडा, बन्दा, खुर्सानी, प्याज, लसुन कुरिलो, बोडी लगायतको तरकारी खेती गरेका छन् । १२ रोपनीको उनले बार्षिक भाडा ६० हजार बुझाँउछन् । सुरुमा साँढे आठ लाख लगानी गरेका रहेछन् उनले  । खेतीपातीका लागि १० जना कामदार राखेका छन् उनले । बिज्ञापन एजेन्सी संचालन गरेर बसेका उनी एका एक कृषि क्षेत्रमा तानिएका हुन् । उनलाई बजारको कुनै समस्या छैन्, कालीमाटीबाट तरकारी ब्यापारीहरु उनको कृषि र्फाम सम्म पुग्ने गर्छन् ।  तरकारी खेतीबाट भबिष्यमा केही गर्न सक्छु भन्ने बिश्वास लिएर अघि बढेका उनको ब्यवसाय अहिलेसम्म घाटामा गएको छैन् । 
 
 आगामी दिनमा पशुपालन तिरपनि हात हाल्ने सोचाई राखेका उनले अहिले १२ ओटा बाख्रा पनि पालेका छन् । साथै उनले नयाँ बनस्पतिहरु एभोकाँडो र स्टेभियाको पनि खेती गर्ने योजना बनाएका छन् । “परिवारले पनि नयाँ काम गरेको भनेपछि यही पेशालाई निरन्तरता दिने बिचार गरेको छु”, उनी भन्छन् –“बाहिर गएर अरुको भाँडा माझ्नु भन्दा आफ्नै देशमा खेतीपाती गर्नु नै उपयूक्त हुन्छ, बाहिर जानु सोच भन्दा आफ्नो जग्गा छ भने आफ्नै जग्गामा हैन भने भाडामा लिएर भए पनि ब्यावसायिक रुपमा खेतीपाती गर्नु  धेरै राम्रो हुन्छ ।” अहिले उनका साथीहरु पनि काँठ क्षेत्रतिर तरकारी खेतकिा लागि जग्गा खोजीरहेका छन् ।

स्नातकत्तोर पढ्दै, कृषिकर्म गर्दै

थानकोट गाबिसको वडा नं ८ इमाखेलमा उत्तम श्रेष्ठ र अन्य पाँच जना साथीहरु मिलेर ब्यासायिक कृषिकार्यमा जुटिरहेका छन् । पाँच जनामध्ये ३ जना कलेज र विश्वबिद्यालयमा उच्च शिक्षा पनि लिइरहेका छन् । २ जना मध्ये एक जना माओबादीका पूर्व लडाकु रहेका छन् भने एकजना नेपाली सेनाका जवान रहेका छन् । ओखलढुङ्गा दियाले ६ का उक्तम श्रेष्ठ अहिले ग्रामिण बिकास बिषय लिएर त्रि.वी मा एम.ए. गर्दैछन् । ६ बर्ष अगाडि काठमाडौ आएका उनले पढाइका अलावा धेरै समय जागिरे जिवन पनि बिताएका थिए । मार्केटिङ देखि बोर्डिङ स्कूलको मास्टर सम्म भएका उनलाई त्यि पेशामा लाग्दा खासै प्रगति होला जस्तो लागेन । अहिले उनी  आफै केही गर्नुपर्छ भन्ने सोचाइका साथ गाँउको पनि केही अनुभव भएकाले ब्यावसायिक कृषिकर्ममा हात हाले ।

अहिले उनले ब्यावसायिक रुपमा बंगुरपालन, माछापालन, हाँसपालन र तरकारी खेती गरिरहेका छन् । बार्षिक भाडा ५० हजार बुझाउने गरी ८ रोपनी जग्गामा कूल १० लाख लगानी गरेका उनीहरुले  बंगुरपालनका लागि ६ लाख, माछा पालनका लागि २ लाख र तरकारी खेतीका लागि एक लाख लगानी गरेका छन् ।  अन्डा उत्पादन गर्ने उद्धेश्यले ६० ओटा हाँस पालेका उनीहरुले आधुनिक फार्म बनाएर ३१ ओटा बंगुरपालेका छन् । त्यस्तै ओटा २ पोखरीमा साँढे सात हजार माछा पालन गरिरहेका छन् । तरकारीहरुमा काउली, मूला, सायो, गोलभेँडा, सिमी लगायत बिभिन्न जातका रहेका छन् । तरकारीको हरियाली, माछा पोखरी, बंगुर फार्म, हाँसहरुको बथान, तरकारीखेती गरेको जमिनको छेउमा फुलेका ढकमक्क फूलेका फूलहरु देख्दा लाग्छ, उनीहरुको पौरखले नेपाली यूवाहरुलाई देशमे पनि गर्नसके जे पनि हुन्छ भन्ने सन्देश छरिरहेको छ । बैशाख १ गतेदेखि काम शूरु गरेका उनीहरुले  ६ महिनाको अवधीमा १ लाख भन्दा बढी रुपैयाँको आफ्नो उत्पादन बजार पनि पु¥याइसकेका छन् । उनी भन्छन् “हाम्रो उत्पादन सोचे अनुरुप भइरहेको छ, बजारको समस्या खासै नभए पनि बिचको ब्यक्तिलाई बेच्दा किसानहरु र उपभोक्ताहरु मारमा  पर्ने रहेछन् । उपभोक्ताहरु सम्म कसरी सिधै जान सकिन्छ भनेर हामी अहिले यसबारे बुझीरहेका छौँ ।” कालीमाटीमा कृषकहरुलाई बिचौलीयाले सताउन गरेका उनी बताउछन् ।

 कृषकले सिधै आफ्नो उत्पादन गर्ने हो भने राम्रो कमाई गर्ने अबस्था रहेको र त्यसको उपयूक्त ब्यवस्था हुन नसकेको गुनासो गर्छन उनी  । बिस्तारै बंगुरको संख्या १०० ओटा पु¥याउने र  माछापालनलाई पनि दोब्बर बनाउने उनीहरुको आगामी योजना रहेको छ ।  बंगुरको लागि आफ्नै मासु पसल खेल्ने देखि, बजारमा सम्पूर्ण आफ्ना उत्पादनहरुलाई आफै  पु¥याउने, ब्यावसायिक खेती राम्रो हुँदै गयो भने जमिनको आकार पनि बढाउन सक्ने उनी बताउछन् । पहिला क्यानडा जाने प्रक्रियामा रहेका उनी यही केही गर्न सकिन्छ कि भनेर यो काममा हात हालेको बताउछन् । उनी भन्छन् “बिदेश गएर काम गर्नुभन्दा त्यही रकम नेपालमै लगानी गरे यहीँ राम्रो प्रगति गर्न सकिन्छ”।

च्याउसँग रमाउदैँ बैकुन्ठ र नानीमैयाँ श्रेष्ठ

काठमाडौँको पश्चिम क्षेत्रमा रहेको बलम्बु गाबिसमा बैकुन्ठ श्रेष्ठ र उनकी  श्रीमती नानीमैयाले च्याउ खेती गर्न थालेको ५ बर्ष बितिसक्यो । काठमाडौँको मच्छेगाँउ स्थाइ  घर भएका उनीहरु अहिले काठमाडौँको थानकोटमा ४ रोपनी जग्गा भाडामा लिएर  ८ लाख लगानीमा अर्को नयाँ च्याउ फर्म खोलेका छन् ।  च्याउका लागि उनीहरुले छ ओटा टनेल निमार्ण गरेका छन् ।  ३ लाख लगानी गरेर शूरु गरेका उनीहरुले पहिलो बर्षमै ५ लाख ४० हजार आम्दानी गर्न सफल भएको बैकुन्ठ बताउछन् । बिदेशमा ७ बर्ष टेक्सटायल सम्बन्धी काम गरेर स्वदेश फर्किएका उनले स्वदेशमै केही गर्न सकिन्छ भनेर च्याँउ खेतीमा हात हालेका हुन् । ३२ बर्षे बैकुन्ठ आई.ए.मा असफल भएपछि बैदेशिक रोजगारीका लागि बिदेशिएका थिए । अहिले उनलाई लागेको छ बिदेशको जति कमाइ त स्वदेशमै आफन्त सँग बसेर पनि कमाई गर्न सकिने रहेछ । शुरुमा काठमाडौको बलम्बुमा च्याँउ फर्म राखेका उनले अहिले थानकोटमा बिस्तार गरेका हुन् । उनी अहिले श्रीमति नानीमैयाँ श्रेष्ठको सहयोगमा च्याँउ खेतीका साथै तरकारी खेती पनि गरिरहेका छन् । उनको आगामी योजना अझै ठूलो रहेको छ । अहिले ७ जना साथीहरु मिलेर उनले महादेबस्थान गाबिसमा १० रोपनी जमिन भाडामा लिएर बङ्गुर, माछा र हाँस पाल्ने भएका छन् । 

 तिहार पछि शूरु हुने सो कृषि फर्मका लागि १५ लाख लगानी गर्ने सोचाई राखेका छन् । उनी भन्छन्– बिदेशमा भन्दा गर्नेहरुका लागि स्वदेशमै राम्रो कमाई र संभावनाहरु धेरै छन् । किर्तीपूर भन्दा अलिकति माथि रहेको मच्छेगाँउमा पहिला परम्परागत रुपमा खेती गर्दै आएका बैकुन्ठ–नानीमैया दम्पतीको ब्यावसायिक कृषिकर्मले जिवनस्तर परिबर्तन गरिदएको छ । 

आफ्नै फोटो

Thursday, November 01, 2012

पद्मलाल घिसिङ्लाई डिभी भर्नू पर्दैन

हरेक वर्ष नेपालका शहरी क्षेत्रमा डिभीले नेपालीहरुलाई एउटा सपनाले मोहनी लगाइदिन्छ । प¥यो भने अमेरीका गइन्छ, महिनाको लाख, डेढ लाख मज्जाले कमाइन्छ । तर काठमाडौको दहचोक गाबिसमा ब्यावसायिक गोलभेडाँ खेती गरिरहेका पद्मलाल घिसिङ्ले डिभी त सुनेका छन् तर उनलाई यसको कुनै चासो र चिन्ता छैन । उनलाई त एउटै मात्र चिन्ता छ आगामी बर्ष ४० रोपनी क्षेत्रफलमा कसरी गोलभेडा खेती गर्ने भन्ने बारे । अहिले २७ लाख लगानी गरेर २२ रोपनी क्ष्ोत्रफलमा गोलभेँडा खेती गरेका घिसिङको कमाई नै सबै खर्च कटाएर महिनाको  दूई लाख हुने गर्दछ । पोहोर गरेको २७ लाख लगानी  १ महिना अगाडि नै उठाएसकेका उनले अझै ३०–३५ लाखको गोलभेँडा बिक्री गर्दैछन् । १४ जना कामदार राखेका उनले मासिक १ लाख २६ हजार उनीहरुलाई दिन्छन् भने बार्षिक रुपमा जग्गा भाडाबापत २ लाख ४० हजार बुझाँउने गदैछन् । कक्षा ३ सम्म मात्र अध्ययन गरेका घिसिङको पूख्र्यौली घर रामेछाप बेथान रहेछ तर उनको परिवार भने उनी सानो छँदै सर्लाही झरेको रहेछ । उनले यस भन्दा अघि धेरै थरी काम गरे, ठेक्का पट्टा, ब्यापारका साथै उनी ५४ सालतिर  बैदेशिक रोजगारीका शिलशिलामा २ वर्ष कतारमा पनि बिताए तर भने जस्तो सफलता  हात लागेन । बिदेशमा चित्तबुझ्दो कमाइ नभएपछि उनी २०५८ सालमा काठमाडौको कालीमाटीमा आए र तरकारी 
 ब्यापार गर्न थाले । पहिला सर्लाहीमा छँदा पनि गोलभेँडा खेली गरेका थिए । त्यही अनुभव उनलाई यहाँ पनि काम लाग्यो । गोलभेँडा  खेतिबाट भएको आम्दानीले उनले अहिले बलम्बु गाबिसमा ४० लाख लगानी गरेर जग्गा सहित १ तले पक्की घरको निमार्ण गरेका छन् । उनका २ जना छोराहरु पनि अहिले नाम चलेका महंगा कलेजहरुमा  पढ्छन् । उनका जेठा छोरा इन्डियाको शारदा यूर्निभरसिटीबाट इन्जिनियरिङ गर्दैछन् भने कान्छो छोरा बल्खुमा रहेको वर्नहार्ट कलेजमा अध्ययन गर्दैछन् ।

कृषिमा असिमित उत्साह, नयाँ सपनाहरु 

अब आउने सिजनमा ४० रोपनीमा खेती गर्ने लक्ष्य भएपनि उनले भबिष्यमा जग्गा पाएसम्म सय, दुई सय रोपनी सम्म गोलभेँडा खेती गर्ने सपना देखेका छन् । भारतबाट लाखौँ रुपियाका तरकारी नेपाल भित्रिरहेको अवस्थामा नेपाललाई तरकारीमा आत्म निर्भर बनाउन् नेपालमा ब्यावसायिक कृषिको विकल्प नभएको उनी औल्याँउछन् । अहिले गोलभेँडा मात्र खेती गरेका उनले यसपालीको हिँउद देखि अन्य तरकारीहरु लौका, घिरौँला, सिमी बोडी लगातका अन्य तरकारी खेती गर्ने उद्धेश्य बनाउका छन् ।

Tuesday, October 30, 2012

सत्र वर्ष भएछ, कस्तो होला माइतिको आँगन

माइतीले हेलाँ गरीएकी एउटी चेलीको कथा

अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा
आँउछे की चेली भनेर आमा दोबाटो कुरेकी
तीजमा पनि विर्सेछ क्यारे गरिब माइती

यो वर्षका  तीज, दशै लगायतका चाडपर्बहरु गइसके । अब तिहार आँउदै छ । यो तिहार पनि विगत १६ वर्ष झै उनको लागि माइति भएर पनि खल्लो र उराठ लाग्दो बन्दैछ । भुपि शेरचनले लेखेको र नारायण गोपालले गाएको माथिको गीतमा भनिएको छ –तीजमा पनि बिर्सेछ क्यारे गरिब माइति,

 एक जना चेली  धनी र गरिब भन्दा पनि कथित ठूलो जात र सानो जात अथवा समाजमा रहेको माथिल्लो बर्ग र तल्लो बर्गको रुढिग्रसत आडम्बरी मानसिकताका कारण माइतीबाट १७ बर्ष देखि तिरस्कृत भएकी छिन् ।  घरबाट ५ मिनेटको दुरीमा रहेको माइतिको आँगन नटेकेको सत्र बर्ष भइसकेको छ, २०५२ सालदेखि । उनको नाम  हो, कालिका दाहाल । आजभन्दा ३२ वर्ष पहिला काठमाडौको नाङ्लेभारे गाविस वडा नं ४ मा उनको जन्म भएको थियो । ढुङ्गाना परिवारमा जन्मीएकी उनको आजभन्दा १७ बर्ष पहिले सोही ठाँउका गोपाल दहालसंग प्रेम विवाह भएको  रहेछ । उनको माइती परिवार पुरेत्याँई गर्ने उपाध्याय ब्राम्हण परिवार हो भने उनले बिहे गरेको दाहाल परिवार भने पुरेत्याँई नगर्ने ब्राम्हण परिवार नै रहेछ । सोही कारण आफूभन्दा अलि तल्लो जातसँग एउटै गाउँमा बिहे गरेका कारण उनी माइतिको हेलाँको पात्र बनेकी हुन् ।
स्कूले जिवनमै गोपाल दाहाल र उनको प्रेमको शुरुवात भएछ । त्यतिबेला गाँउमा १०  कक्षा सम्म पढाई हुने स्कूल नभएका कारण १ घन्टा टाढा उनीहरु लप्सेफेदी गाबिसमा रहेको कालिका शरण माविमा पढ्न जाने रैछन् । १० कक्षामा भेट भयो उनीहरुको । जतिबेला उनीहरु १५–१६ बर्षमा हिँडिरहेका थिए । ख्याल ख्यालमै माया बस्यो ।  विस्तारै अगाडि बढ्दै गएको प्रेममा पत्रहरु आदान प्रदान हुन  थाल्यो  । प्रेममा समर्पित कालिका दाहाल र उनका श्रीमान गोपाल दाहालले थुप्रै पत्रहरु लेखे । उनी भन्छिन–“ठूलो बाकसको एक बाकस नै भएको थियो, अहिलेसम्म जतन गरेको भए त एउटा किताब नै हुन्थ्यो होला । अहिले गाउँको घर बेचेर काठमाडौको डाँछी थलीमा नयाँ घर बनाएर बसेपछि त्यी पूराना पत्रहरु पनि हराइसके होलान”् ।  ख्याल ख्यालमै चिठ्ठी लैख्दा लेख्दै मन मिल्यो र दूबैजना भागेर बिहे गर्ने बिन्दुसम्म पुगे, तर दुबैको पढाई पनि छुट्न पुग्यो एसएलसी अघिको टेष्ट परिक्षा नै रोकिन पुग्यो । उनीहरुको प्रेम सम्बन्धका बारेमा दुबैको घरपरिवारमा थाहा भयो, घरबाट अवरोेध आउने डरले दुबैजनाले परिक्षा नै नदिई बिहे गर्ने निधोमा पुगे, साथ दिने गाँउका केही ब्यक्तिहरु पनि थिए । गाँउका  तिनै ब्यक्तिको सहयोगमा उनीहरुले भागेर भक्तपुरमा बिहे गरे 
बिहे पछि शूरु भयो उनका जिवनमा अनेकौ बाधा अवरोध र पीडाहरु । माइतिपक्ष उनको श्रीमानबाट छुटाएर उनलाई पुनः माइतिमा लगेर कथित ठूलो जातको ब्राम्हण संग बिहे गरिदिन चाहन्थ्यो । पुलिस केश भयो उनीहरुलाई छुटाउन । उनी भन्छिन्– “बौद्ध प्रहरीमा दुबै जनालाई समातेर राखे । हजुरबा, अंकलहरु जानुभएको थियो । प्रहरीले हजुरबा सँग जाने कि श्रीमान सँग जाने भनेर सोध्यो । मैले हजरबा सँग जान्छु भनँे ।” त्यसपछि त्यहाँ हल्ला खल्ला भयो माइतिमै फर्कने भइ भनेर । एकजना गाँउका मान्छेले झुटो बोल्दै उनको पेटमा ४ महिनाको बच्चा भइसकेको छ, त्यो पनि स्वीकारेर लैजान्छन् रे भनेपनि उनको हजुरबुवाले पिर मान्दै मेरी नातिनीलाई बेचिदिने पो हुन की भन्दै आँशू झार्दै फर्किएको उनको दिमागमा अझै ताजा छ । उनी भन्छिन्– “अंकलले चाहीँ रिसाएर हामी सँग जान्नस भने कानको गहना फुकालेर ले भनेर माग्नु भयो, मैले दिएँ, त्यसपछि उहाँसँग पनि कहिल्यै भेट भएको छैन् ।”
बिहे पछि उनी घर गइन । माइति र घरको दुरी पाँच मिनेट मात्रै थियो, माइतिपरिवार र उनको बेला बेलामा जम्काभेट भईनै रहन्थ्यो तर कहिल्यै बोलचाल हुदैन्थ्यो । बिहे गरेर घर गइसके पनि माइतिहरुले उनलाई सताउन नछोडेको उनी बताउछिन् ।  हाम्रो बेइजजत गरी भन्दै पल्लो घरका काकाले उनको घरमा जाने पानीको पाइप नै काटिदिएर पानीको अभाव सिर्जना गरिदिए । घरमा जाने पानीको पाइप माइतिकै बारी बाट जाने गर्दथ्यो । त्यसपछि आधि घन्टा टाढा पानी लिन जाँदा पनि कुटपिट गरिएकोे कटु अनुभव छ उनीसँग । उनी भन्छिन, “बिहे गरेको केही महिना पछि फेरी अर्को  घटना घट्यो । बिहे गरेपछि पनि म स्कूल जाने गर्थे, एकदिन स्कूल गएको बेला आमा र सानीआमा मिलेर मलाई मामा घरमा लगेर लुकाए ।” पछि फेरी घरबाट उनको मामाघरमा लिन गएपछि अर्को पुलिस केश पनि परेको उनी बताउछिन् । माइतिपक्षले उनीहरुको सम्बन्धलाई छुटाउन ठूलो प्रयत्न जारी राख्यो, २ चोटी त पुलिस केश नै भयो ।  माइति पक्षले हा¥यो, उनीहरको प्रमले जित्यो र उनी पुन घरमै फर्किन् ।  गाँउघरमा, मेलापातमा कहिलेकाँही भेट भएपनि उनीसँगको कसैको बोलचाल हुँदैनथ्यो । कसैले नदेख्ने गरी धेरै रोएको अनुभव छ उनीसँग ।
समय परिबर्तनशील छ, अहिले कालिका दाहालको छोरा नै १५ वर्ष पुगिसकेका छन् । उनकी एउटी छोरी पनि छिन् । उनका छोरा त त्यति मतलव गर्दैनन रे मामाघर जाने कुरामा, तर उनकी छोरी भने मामाघर

जान
नपाउकोमा गुनासो गरिरहन्छिन रे ।  १७ बर्ष भयो उनले माइतिको आागन नटेकेको । उनका दाजु, भाई, बुवा, हजुरवुवा, काका, सबै शिक्षित छन्, सबै ठूला र आर्दशबादी कुरा गर्छन, तर आफूभन्दा तल्लो स्तरको मान्छेसँग बिहे गरेको आरोप लगाँउदै आफ्नै चेलीलाई सदाको लागि त्याग गरेका छन् उनीहरुले । उनले केही समय अघि एक आफन्तको घरमा धेरैपछि आफ्नी बुढी हजुरआमालाई देखिछन्, हजुरआमाले नचिनेर नमस्कार गरी बस्न आग्रह गरेपछि उनको मुटुमा भक्कानो फुटेछ , बोल्न त खोजिछन् तर सकिनछिन् । उनी भन्छिन्–“हजुरआमा धेरै बुढी भइसक्नुभएछ, आफ्नै सन्तानलाई पनि नचिनेर गुन्द्री ओच्छ्याँदै तपाई बस्नुस भन्ने दिन पनि आँउदो रहेछ भन्ने लाग्यो, हजुरआमालाई बोलाउन खोजेँ, घाँटीमा बोली रोकियो, आँखाभरी आँशु आँउन लाग्यो, चुपचाप त्यहाँबाट हिँडिहालेँ, त्यहाँ बस्न नसकेर तुरुन्तै घर पर्किए ।” उनले बाल्यअवस्थामा हजुरआमा सँगका क्षणहरु सम्झिइन् “स्कूल जाने बेला भो हजुरआमा चाहिन्थ्यो, कपाल कोर्नु परेपनि, खाना पस्किनुपरे पनि हजुरआमा नभइ हुँदैनथ्यो ।” उनका दुःखका, पीडाका  कुराहरु धेरै छन् यो छोटो लेखाइमा सबै समेटन् सकिदैन् । 
प्रश्नहरु धेरै सोधेको थिँए, त्यि प्रश्नहरुले उनको विगत कोट्याँउदा मनमा घाउ पनि बल्झियो होला , एउटा यस्तो प्रश्न पनि गरेको थिँए–“माइत जान पाए हुन्थ्यो भन्ने त होला नी मनमा ?

उनले भनिन्– “यत्रो सत्र वर्ष बितिसक्दा त सम्झेनन्, माइति भन्दै उनीहरुलाई मन नपरी नपरी उनीहरुको दैलोमा टेक्न मन लागेको छैन । मैले त्यस्तो के नै अपराध गरेको थिँए र ? अब त मनै मरिसक्यो । ” सायद माइति भनेकै मायाको लागि रहेछ की, जब माइतिकै माया बाट एउटी चेली बञ्चित हुन्छिन् भने उनको जीवन तित्तता र विषादले भरिदोँ रहेछ ।

माइतिले बोलाउनुभयो भने जानुहुन्छ की हुन्न ?

“हजुरबा हजुरआमा छउञ्जेल बोलाए त गइन्छ । पछिको कुरो त  के हुन्छ के थाहा । तर नगएपनि निर्वाह त हुँदो रहेछ । अहिलकोे जमाना पनि भाइहरु त्यस्तो गर्छन् तर गइहालौँ जस्तो लाग्दैन । बोलाए नै भने त आफू जन्मेको, हुर्केको घरमा जान किन मन नलाग्नु । तर जहाँ गए पनि आफ्नो दुःख आफैँ सँग हो,  बाहिर सुनेको आमा त कुरा गर्नुहुनछ रे कहिलेकाँही, तर भाइहरु मेरो कुरा गर्ने बिक्तिकै आगो हुन्छन रे । मेरो छोरो र अंकलको छोरो ४ दिनको जेठोकान्छो, उ पनि यस्तै भयो होला, यस्तै पढ्छ होला जस्तो लाग्दोरहेछ ।  आमा, बुवा, हजुरबा, हजुरआमा, भाई सबैसँग बोल्न पाए हुन्थ्यो, भेट्न पाए हुन्थ्यो भन्ने त लागीहाल्छ नी, आफ्नो भाग्य नै त्यस्तै रै छ की ।” 
उनका श्रमिान गोपाल दाहाल राम्रै अफिसमा काम गरिरहेका छन् ।  अहिले उनको ४ जनाको सानो परिवारको जिवनयात्रा सुखद रुपमा अघि बढिरहेको छ ।  सत्र बर्ष अघिका माइति परिवारसँग बसेर खिचिएका केही तस्बिरहरु अझै सुरक्षित राखेकी छिन उनले, माइती परिवार सँग खिचिएका केही तस्विरहरु फ्रेममा हालेर भिक्तामा सजाएकी छिन् । “के सोचेर त्यतिबेला यि फोटोहरु पनि बोकेछु, न पछि हेर्न हुन्छ भनेर हो, फोटाहरु हराउला भनेर हो”  उनले हामीसँगको कुराकानीमा मलिन मुहारमा केही फोटोहरु देखाइन र भनिन् “अहिले खिचिएका उनीहरुको (माइतीको) नयाँ फोटोहरु पाउन पाए फ्रेममा हालेर राख्ने थिँए । यिनीहरु त पूराना फोटो हुन् । कसैले अहिलेका फोटोहरु ल्याइदिए हून्थ्यो भन्ने लागिरन्छ, कस्तो भयो होला त्यो घर, भाईहरु म हिँड्दा सानै थिए, बहिनीको बिहे भएको पनि सुनेँ मात्र । जेठो भाइको  पनि बिहे पनि भइसक्यो रे, हजुरबा र हजुरआमाको अहिले खिचेको फोटो खाजीरहेको छु ।  बुवा आमा र हजुरबा हजुरआमाको ठूलो फोटो बनाएर फ्रेममा राख्न मन लागेको छ ।” उनी भन्छिन् “उनीहरुको मनमा त्यस्तै आयो, त्यस्तै गरे, मेरो भाग्य नै त्यस्तो हो की  १७ बर्ष भयो, जन्म दिने बाउआमा सँग बोल्न, भेट्न पाईन ।” अन्त्यमा उनले भनिन् “माइतिले जतिसुकै घृणा, तिरस्कार गरेपनि उनीहरुको सधै राम्रो होस्, उनीहरुको बारेमा सधै राम्रो सुन्न पाइयोस, नराम्रो कहिल्यै सुन्न नपरोस” ।

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...