शुक्रबार काठमाडौको भृकुटीमण्डपमा एकीकृत नेकपा माओवादीद्धारा आयोजित चियापान कार्यक्रममा अध्यक्ष प्रचण्डमाथि थप्पड प्रहार भएपछि राजनीतिक दलका नेतृत्वको सुरक्षा अबस्थाबारेमा गंभिर चुनौती थपिदिएको छ । माओबादी अध्यक्ष प्रचन्डभन्दा अघि नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई सुनसरीका देवीराम रेग्मीले झापड हानेका थिए । त्यसपछि नेपाली कांग्रेसका सभापति शुशिल कोइरालालाई आफ्नै कार्यकर्ताले काठमाडौको कपनमा भएको कार्यक्रममा झ्यालको फ्रेमले आक्रमण गरेका थिए । त्यस्तै एकीकृत नेकपा माओबादीका निर्बतमान सभासद झक्कुप्रसाद सुबेदीले पनि थप्पड खाएका थिए । यसरी नेताहरुले आक्रमणको शिकार हुनुको कारणलाई कतिपयले स्वभाविक जनआक्रोसको रुपमा लिने गरेका छन् भने दलका नेताहरु आफूलाई परेपछि प्रतिगामी षड्यन्त्रको रुपमा पनि ब्याख्या गरिरहेका हुन्छन् । यसरी राजनीतिक दलका शीर्ष नेतृत्वमाथि आक्रमण बढ्नुको कारण जनतामा रहेको असन्तुष्टि भएको बताउनुहुन्छ, राजनीतिक बिश्लेषक प्रा.डा. सुरेन्द्र के.सी.–
नेपाल संबत ११३३ को अवसरमा एकिकृत माओवादीले गरेको चियापान कार्यक्रममा बाग्लुङका पदम कु“वरले प्रचण्डलाई थप्पड हानेका थिए । यो घटनालाई एकीकृत नेकपा मओबादीले गंभिर रुपमा लिएको छ । पार्टी कार्यालय पेरिसडाडामा शनिबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एकिकृत माओबादी प्रबत्ता अग्नि सापकोटाले सो घटना आपराधिक र Èड्यन्त्रमुलक भन्दै दोÈीलाई कुनै हालतमा नछाड्ने बताउनुभएको छ । उहाले घटनालाई आक्रोस र अराजकता मात्र भन्नु मनोगत र गलत हुने भन्दै शान्ति, संविधान र संघीयताविरुद्ध गम्भीर Èड्यन्त्र रहेको बताउनुभएको छ । नेकपा एमाले र काग्रेसले भन्दा एकिकृत नेकपा माओबादीले घटनालाई गंभिर रुपमा लिंदै एकीकृत नेकपा माओवादीका अध्यक्ष
पुष्पकमल दाहाल प्रचण्ड सहितका शीर्È नेताहरुले अब कार्यकर्ता र समर्थकबाट फुलमाला तथा खादा नथाप्ने भएका छन् । पछिल्लो समयमा दलका नेताहरुले कार्यकर्ता एवं सर्बसाधरणबाट आक्रमणको सामना गर्नू परिरहेको छ । यस किसिमका घटना नदोहोरिनका लागि के गर्नु पर्ला त ? फेरी राजनीतिक बिश्लेषक डा. केसी –
दलका नेताहरुले यसरी आक्रमणको शिकार हुन थालेपछि त्यसका पक्ष बिपक्षमा चिया होटल देखि इन्टरनेटको सामाजिक संजाल फेसबुकमा पनि धेरै थरी टिका टिप्पणी भइरहेका छन् । सामाजिक सञ्जाल फेसबुमा रामकृष्ण शर्माले बिश्वका चर्चित राजनितिक ब्यक्तित्वहरु माहात्मा गान्धि, भ्लादिमिर लेनिन, अग्राहम लिंकन लगायतका नेताहरु ब्यक्तिगत आक्रमणबाट मारिएको बताउदै नेताहरुको सुरक्षा अवस्थामा नयां चुनौती थपिएको टिप्पणी गरेका छन् । प्रचण्डमाथि सार्वजनिक कार्यक्रममा नै थप्पड प्रहार भएको घटनाको छानविन गर्न सरकारले प्रहरी अतिरिक्त महानिरीÔक (एआईजी) नवराज ढकालको संयोजकत्वमा छानविन समिति पनि गठन गरिसकेको छ । यस्तै अति विशिÈट तथा विशिÈट व्यक्तिहरुको भरपर्दो सुरÔा व्यवस्था मिलाउन अपनाउनु पर्ने कार्यविधी बनाउन सहसचिव शंकर कोइरालाको संयोजकत्वमा अर्को समिति गठन भएको छ । यसरी सार्बजनिक कार्यक्रम वा अन्य कुनै रुपमा दलका नेतृत्वहरुमाथी आक्रमण हुनु पक्कै पनि राम्रो हैन र यसले देशको सुरक्षा ब्यवस्थालाई चुनौती दिनुका साथै अराजकतालाई पनि प्रश्रय दिनपुग्छ । यस किसिमका घटना फेरी नदोहोरिन सुरक्षा निकायका साथै आम नेपालीहरु पनि सचेत रहन आवश्यक छ । क्यापिटल रिर्पोटर शम्भु दंगाल ।काठमाडौं
No comments:
Post a Comment