Sunday, October 13, 2013

प्रमोद दंगालको आत्महत्या

प्राय घटना–दुर्घटनाका खबरहरु मिडियामा आँउछन् । घटना प्रकृति अनुसार त्यीनले हेडलाइन, सब हेडलाइन, डेटलाइन, बाइलाइन अनि इन्ट्रो  हुदै एउटा समाचारको आकारमा आफूलाई समाहित गर्छन् ।
तर त्यो दुर्घटना सामान्य थियो । कसैले पासो लगाएर आफ्नै हत्या ग¥यो त के त्यसले समाचारै बन्नुपर्छ भन्ने केही छ ?
सुनिन्छ, प्रमोद दंगाल भन्ने एउटा छाँया थियो कतै ।  छाँया जसको प्रकाशको उपस्थिति बिना आफनो कुनै आकार हुदैन, ढाँचा हुदैँन । समग्रमा भन्दा कुनै अस्तित्व नै हुँदैन । एउटा अस्तित्व बिहिन छाँया, किसानको बारीको बुख्याँचा जस्तै थियो रे कुनै कलेजमा ।
सुनिएको कुरा । भक्तपुरको सानोठिमी, मगर गाँउ, धुन्चेपाखा, बहाखाबजार । उसका थोत्रा चप्पलहरु । उसका थोत्रा सपनाहरु । उसको थोत्रो जिन्दगी । कुनै लक्षबिहिन भएर रल्लिरहन्थयो रे ।
कथा नाइन्टीन फौन्टिनको पनि होइन । कथा ५० बर्ष अगाडिको पनि होइन । करिब करिब एक दशक भित्रको कुरा हो । प्रमोद दंगालको रहस्यमय आत्महत्याबारे केही तथ्य पक्ता लागेको छ, बिस्तारै खोल्दै जानेछु । प्रतिक्षा गर्नुहोस...

No comments:

Post a Comment

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...