नेपालको केन्द्र काठमाडौँमा राजनीतक दलहरु सक्ताको लुछाचुँडीका लागि दौढधुप गरिरहेका बेला त्यही काठमाठांै उपत्यकाको छेउछाउ अर्थात काँठ क्षेत्रमा कृषिबाट पनि नेपालमा केही गर्न सकिन्छ भनेर केही कृषकहरु जुर्मुराउन थालेका छन् । केही बर्ष पहिला परम्परागत खेतीपाती हुने उपत्यकाको काँठ क्षेत्रमा अहिले सोही क्षेत्रका स्थानिय र काठमाडौँ बाहिरबाट आएका कृषकहरु परम्परागत कृषि प्रणालीलाई छाडेर ब्यावासायिक रुप दिँदै मनग्गे आम्दानी गरिरहेका छन् । तर मलखाद, आवश्यक परामर्श र सरकारी प्रोत्साहन नपाएको उनीहरुको गुनासो छ । आर्थिक रुपमा कमजोर, शहरको भन्दा बिकास निमार्ण र सेवा सुबिधा बाट पछि परेको तथा सहरबासीले उपेक्षाको दृष्ट्रिले हेर्ने उपत्यकाका काँठ क्षेत्रहरु अहिले सहरलाई बचाउने एउटा अमृत भुमिको रुपमा पनि विकसित हुँदै गइरहेको छ । सहरबासीको लागि तल्कालै टिपिएका ताजा तरकारी, ताजा दुध आपूर्ति गर्ने एउटा एउटा उक्तम भूमिको रुपमा विकसित भइरहेको छ । ताजा तरकारी, दुध मात्रै हैन दैनिक पिउने पानीका प्रशस्त स्रोत पनि यिनै काँठ क्षेत्रहरुमा रहेका छन् जसलाई अझैपनि ब्यवस्थित र एकिकृत गर्न सकिएको छैन् । काँठ क्षेत्रका कर्मठहरुका बारेमा तयार पारिएको एक रिर्पोट–
रोल्पाका कर्मशील, १६ वर्ष देखि काँठमा कर्म
तरकारी खेती बाट कमाएको पैसाबाट किनेको उनको जग्गा अहिले १ करोड पुग्ने भएको छ, सुन्दा अपत्यारिलो लाग्ने यी किसानले १६ बर्ष देखि १२ रोपनी जग्गा भाडामा लिएर काठमाडौको पश्चिमी क्षेत्रमा रहेको काँठक्षेत्र थानकोटमा गरे जे पनि हुन्छ भन्ने उदाहरण दिइरहेका छन् । यसपाली उनले ९ रोपनी क्षेत्रफलमा गोलभेँडा लगाएका थिए । बाँकी ३ रोपनीमा उनले माछापालन र फूल खेती गरेका छन् । उनी हुन् जय बहादुर घर्तिमगर ।
तरकारी, फूलखेती र माछापालन,
१२ रोपनी जग्गा भाडामा लिएका उनले दुई रोपनी जमिनमा फूल खेती गरेका छन् । काठमाडौमा बिभिन्न उत्सव पर्ब र विवाहका अवसमा फूलको माग निकै नै हुने गरेको छ । एक रोपनी जग्गाबाट पाँच छ महिनामा ५० हजारको लगानीबाट डेढ लाख फाइदा गर्छन् । १२ रापनी मध्ये उनले नौ रोपनीमा गोलभेँडा खेती गर्छन् । उनले थानकोटमा यसरी तरकारी खेती गरेको नै १६ बर्ष भइसकेको छ । उनले जग्गा भाडाबापत बार्षिक ७२ हजार रुपियाँ बुझाउनुपर्छ तर उनले बर्षमा गोलभेँडाबाटै ४ लाख बचत गर्न सफल भएको बताउछन् । उनले ब्यावसायिक खेती गर्न ८ जना लाई जागिर पनि दिएका छन् । रोल्पामा रहँदा परम्परागत खेती गरेका उनले त्यहाँ तरकारीका लागि बजार त्यति नभएको कारण उनी काठमाडौँमा आकर्षित भएको बताउछन् । शूरुमा केही घाटा भएपनि पछि कामको अनुभव बढ्दै गएपछि उनले खेतीबाट घाटाको सामना गर्नुपरेन् । प्रत्येक बर्ष १२ रोपनी जग्गामा उनी लाख डेढ लाख लगानी गर्छन भने त्यसबाट करिब ५, ६ लाख उठाउन सकिने उनी बताउछन् । तरकारी खेतीबाट उनले गरेको प्रगती जग्गा र घर किनेका छन् जुन अहिले १ करोड मूल्य जाने उनी बताउछन् । तर फाइदा अनुसार उनको खटाइ पनि उक्तिकै रहेको छ । दैनीक बिहान २ बजे देखि राती ७ बजे सम्म खट्ने गरेको उनी बताउछन् ।
गोलभेँडाका लागि ९ रोपनी जग्गामा उनी प्रति वर्ष ६० हजार लगानी गर्ने बताउछन् ।उनले लगाउने गोलभेँडाको जातमा लप्सी र मनिसा रहेका छन् । तर उनले काठमाडौ आएर एकैचोटी यो काममा हात हालेका भने होइन रहेछन् । उनी भन्छन्–“पहिला भारतमा साहुहरुको काम गर्ने काम सिके पछि नेपालमा गएरआफूले पनि खेती गरे राम्रो आम्दानी गर्न सकिएला भनेर यता आँए र शूरु गरेँ ।” अहिले उनको मासिक कमाइ पढेलेका जागिरेहरुको भन्दा पनि बढी नै आम्दानी गरेका छन् । अहिले उनको मासिक कमाइ ३५ देखि ४० हजारको हाराहारीमा हुने गरेको छ । औपचारिक शिक्षामा १० कक्षा मात्र भएपनि उनी आफ्नो कमाई र पेशा प्रति सन्तुष्ट रहेको बताँउछन् । उनले अहिले अर्को नयाँ काम पनि शूरु गरेका छन्–माछापालन् । उनले अहिले दुई पोखरी निमार्ण गरेर २२ हजार ४०० माछा पाल्न शूरु गरेका छन् । एक लाख लगानी गरेर झिँगे माछा पोखरीमा राखेका उनले कुखुराबाट भन्दा यसबाट राम्रोआमदानी गर्न सकिने विस्वास लिउर अघि बढीरहेका छन् । माछाका लागि मरेका कुखुरा, मैदा माछाको दाना दिने गरेका उनी अझै माछापालनका लागि जग्गा भाडामा लिने तयारीमा छन् । अहिले उनी हिँउदको लागि मिलेट, किरेन्डोला, स्टेरा, बिबी फूल लगाउने तयारीमा जुटिरहेका छन् ।
चिरणलालको तरकारी सपना
ललितपूरको खोकना र चाल्नाखेलको सिमानामा ४७ बर्षिय चिरणलाल श्रेष्ठले ब्यावसायिक रुपमा तरकारी खेती गर्नू भएको छ । यद्यपी उनी काठमाडौको असनमा जन्मिएका हुन र उनको पूख्र्याैली पेशा भनेको ब्यापार नै हो । उनको पुस्ताहरुमा खेतीपातीमा हात हाल्ने उनी नै पहिलो ब्यक्ति हुन् । ६८ साल बैशाख देखि उनले १२ रोपनी खेत भाडामा लिएर तरकारी खेती गरिरहेका छन् । उनलाई कृषि सम्बन्धी ज्ञान केही नभएपनि साथिहरुको सल्लाहमा उनी यस क्षेत्रमा अघि बढ्न खोज्दैछन् । गोलभेँडा, बन्दा, खुर्सानी, प्याज, लसुन कुरिलो, बोडी लगायतको तरकारी खेती गरेका छन् । १२ रोपनीको उनले बार्षिक भाडा ६० हजार बुझाँउछन् । सुरुमा साँढे आठ लाख लगानी गरेका रहेछन् उनले । खेतीपातीका लागि १० जना कामदार राखेका छन् उनले । बिज्ञापन एजेन्सी संचालन गरेर बसेका उनी एका एक कृषि क्षेत्रमा तानिएका हुन् । उनलाई बजारको कुनै समस्या छैन्, कालीमाटीबाट तरकारी ब्यापारीहरु उनको कृषि र्फाम सम्म पुग्ने गर्छन् । तरकारी खेतीबाट भबिष्यमा केही गर्न सक्छु भन्ने बिश्वास लिएर अघि बढेका उनको ब्यवसाय अहिलेसम्म घाटामा गएको छैन् ।
आगामी दिनमा पशुपालन तिरपनि हात हाल्ने सोचाई राखेका उनले अहिले १२ ओटा बाख्रा पनि पालेका छन् । साथै उनले नयाँ बनस्पतिहरु एभोकाँडो र स्टेभियाको पनि खेती गर्ने योजना बनाएका छन् । “परिवारले पनि नयाँ काम गरेको भनेपछि यही पेशालाई निरन्तरता दिने बिचार गरेको छु”, उनी भन्छन् –“बाहिर गएर अरुको भाँडा माझ्नु भन्दा आफ्नै देशमा खेतीपाती गर्नु नै उपयूक्त हुन्छ, बाहिर जानु सोच भन्दा आफ्नो जग्गा छ भने आफ्नै जग्गामा हैन भने भाडामा लिएर भए पनि ब्यावसायिक रुपमा खेतीपाती गर्नु धेरै राम्रो हुन्छ ।” अहिले उनका साथीहरु पनि काँठ क्षेत्रतिर तरकारी खेतकिा लागि जग्गा खोजीरहेका छन् ।
स्नातकत्तोर पढ्दै, कृषिकर्म गर्दै
थानकोट गाबिसको वडा नं ८ इमाखेलमा उत्तम श्रेष्ठ र अन्य पाँच जना साथीहरु मिलेर ब्यासायिक कृषिकार्यमा जुटिरहेका छन् । पाँच जनामध्ये ३ जना कलेज र विश्वबिद्यालयमा उच्च शिक्षा पनि लिइरहेका छन् । २ जना मध्ये एक जना माओबादीका पूर्व लडाकु रहेका छन् भने एकजना नेपाली सेनाका जवान रहेका छन् । ओखलढुङ्गा दियाले ६ का उक्तम श्रेष्ठ अहिले ग्रामिण बिकास बिषय लिएर त्रि.वी मा एम.ए. गर्दैछन् । ६ बर्ष अगाडि काठमाडौ आएका उनले पढाइका अलावा धेरै समय जागिरे जिवन पनि बिताएका थिए । मार्केटिङ देखि बोर्डिङ स्कूलको मास्टर सम्म भएका उनलाई त्यि पेशामा लाग्दा खासै प्रगति होला जस्तो लागेन । अहिले उनी आफै केही गर्नुपर्छ भन्ने सोचाइका साथ गाँउको पनि केही अनुभव भएकाले ब्यावसायिक कृषिकर्ममा हात हाले ।
कृषकले सिधै आफ्नो उत्पादन गर्ने हो भने राम्रो कमाई गर्ने अबस्था रहेको र त्यसको उपयूक्त ब्यवस्था हुन नसकेको गुनासो गर्छन उनी । बिस्तारै बंगुरको संख्या १०० ओटा पु¥याउने र माछापालनलाई पनि दोब्बर बनाउने उनीहरुको आगामी योजना रहेको छ । बंगुरको लागि आफ्नै मासु पसल खेल्ने देखि, बजारमा सम्पूर्ण आफ्ना उत्पादनहरुलाई आफै पु¥याउने, ब्यावसायिक खेती राम्रो हुँदै गयो भने जमिनको आकार पनि बढाउन सक्ने उनी बताउछन् । पहिला क्यानडा जाने प्रक्रियामा रहेका उनी यही केही गर्न सकिन्छ कि भनेर यो काममा हात हालेको बताउछन् । उनी भन्छन् “बिदेश गएर काम गर्नुभन्दा त्यही रकम नेपालमै लगानी गरे यहीँ राम्रो प्रगति गर्न सकिन्छ”।
च्याउसँग रमाउदैँ बैकुन्ठ र नानीमैयाँ श्रेष्ठ
काठमाडौँको पश्चिम क्षेत्रमा रहेको बलम्बु गाबिसमा बैकुन्ठ श्रेष्ठ र उनकी श्रीमती नानीमैयाले च्याउ खेती गर्न थालेको ५ बर्ष बितिसक्यो । काठमाडौँको मच्छेगाँउ स्थाइ घर भएका उनीहरु अहिले काठमाडौँको थानकोटमा ४ रोपनी जग्गा भाडामा लिएर ८ लाख लगानीमा अर्को नयाँ च्याउ फर्म खोलेका छन् । च्याउका लागि उनीहरुले छ ओटा टनेल निमार्ण गरेका छन् । ३ लाख लगानी गरेर शूरु गरेका उनीहरुले पहिलो बर्षमै ५ लाख ४० हजार आम्दानी गर्न सफल भएको बैकुन्ठ बताउछन् । बिदेशमा ७ बर्ष टेक्सटायल सम्बन्धी काम गरेर स्वदेश फर्किएका उनले स्वदेशमै केही गर्न सकिन्छ भनेर च्याँउ खेतीमा हात हालेका हुन् । ३२ बर्षे बैकुन्ठ आई.ए.मा असफल भएपछि बैदेशिक रोजगारीका लागि बिदेशिएका थिए । अहिले उनलाई लागेको छ बिदेशको जति कमाइ त स्वदेशमै आफन्त सँग बसेर पनि कमाई गर्न सकिने रहेछ । शुरुमा काठमाडौको बलम्बुमा च्याँउ फर्म राखेका उनले अहिले थानकोटमा बिस्तार गरेका हुन् । उनी अहिले श्रीमति नानीमैयाँ श्रेष्ठको सहयोगमा च्याँउ खेतीका साथै तरकारी खेती पनि गरिरहेका छन् । उनको आगामी योजना अझै ठूलो रहेको छ । अहिले ७ जना साथीहरु मिलेर उनले महादेबस्थान गाबिसमा १० रोपनी जमिन भाडामा लिएर बङ्गुर, माछा र हाँस पाल्ने भएका छन् ।
No comments:
Post a Comment