Sunday, January 26, 2014

मान्छेको जिन्दगी यो

आजभोली गीत खासै लेखीएको छैन । केही गित त लेखेको छु, जुन गीत ब्लगमा राख्दा चोरी हुने पो हो की भन्ने डर पनि लाग्छ । अरुको रचना चोरेर चर्चित बन्ने धुनमा लागेकाहरु पनि यहाँ धेरै छन् । त्यिनीहरुको कुदृष्ट्रि नपर्ने हो भने म स्वयंलाई मन परेका गीतहरु पनि राख्ने थिँए । बिभिन्न परिस्थितीहरुमा भावावेगमा आएर मैले लेखेका गीतहरु त्यति उत्कृष्ट छन् जस्तो मलाई लाग्दैन । बिगतमा लेखिएका गीतहरु इमेलमा राखेको थिँए, आज खोलेर हेर्दा यही भेट्टाएँ ,सायद मैले यो गीत कुनै परिस्थितीमा लेखेको हुँला–

मान्छेको जिन्दगी यो
थाहै हुन्न कहाँ रोकिन्छ
बढ्छु भन्दा अघि निरन्तर
ढुङ्गाहरुमा ठोकिदिन्छ

हाँस्नेहरु हो नहाँस ढुङ्गा भै
बाँकी नै छन् तिम्रा दिनहरु
जति बाँच्दै गयो उति कठिन
यो संघर्षशील जिन्दगी झन्
जति साँचे पनि भित्र आँशु
बहिर नै खाली पोखिदिन्छ
मान्छेको जिन्दगी यो
थाहै हुन्न कहाँ रोकिन्छ

जसलाई साथी सम्झ्यो यहाँ
उही ठुलो दुस्मन बनिदिन्छ
भए नजिक नभए टाढा
अझ पराई आफन्तै हुन्छ
आफ्नो भन्ने क्वै नभएपछी
यो मन अझै दुखिदिन्छ
मान्छेको जिन्दगी यो
थाहै हुन्न कहाँ रोकिन्छ

सपना हुन्छन् हरेक मानिसका
सधै अगाडी नै बढिरहुँ
प्रगतिका नयाँनौला
शिखर अनगिन्ती चढिरहुँ
परिस्थितीले गर्दा अचानक
आफ्नो मुल्य आफै तोकिन्छ
मान्छेको जिन्दगी यो
थाहै हुन्न कहाँ रोकिन्छ

२०६६ चैत्र १०
ललितपुर

No comments:

Post a Comment

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...