Sunday, January 26, 2014
Subscribe to:
Post Comments (Atom)
हाँसो
कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...
Sunday, January 26, 2014
जिन्दगीको रंग
गीत/शम्भु
जस्तो पोत्यो, उस्तै हुन्छ, जिन्दगीको रंग
रोए दुख्छ छाती हजुर, हाँसे उमंङ्ग...
हाँसीरहने हिमाललाई, बादलले नि छुन्छ
दाया तिर सुख हाँसे, बाँया दु:ख रुन्छ
न्यानो बिहान, दिउसो कडा, साँझ फिका घाम
कतै घात, कतै साथ, जिन्दगीको नाम...
कहिले काँही ढुङ्गा पनि, देउता बनिदिन्छ
कहिलेकाँही देउता पनि, ढुङ्गा बनिदिन्छ
हिउ छोए चिसो जिवन, आगो छोए तातो
सुख–दुःख दुइ पाइला, जिन्दगीको बाटो...
जस्तो पोत्यो, उस्तै हुन्छ, जिन्दगीको रंग
रोए दुख्छ छाती हजुर, हाँसे उमंङ्ग...
०३ माघ ०७०नयाँ बानेश्वर, काठमाडौँ
Subscribe to:
Post Comments (Atom)
-
बेसी खेतको भारी बोकी भञ्याङ्गमा सुस्ताँउदा कस्तो मज्जा डाँडामाथि, रातो घाम अस्ताँउदा थकाई तिर्खा, जलुकाको पानी घुटुघुटु सम्झना...
-
शहरमा छु । पचहत्तर जिल्ला मध्येको टाउको जिल्ला–राजधानी काठमाण्डौं शहर । मेरो बाको भाषामा भन्नुपर्दा–”किमिलासरी मान्छे छन् यहाँ, सबैतिरबाट जम...
-
दुईवर्षभित्र नयाँ संविधान पाउने नेपाली जनताको आशा पूरा हुन नसके पनि टि.बी. राईले भने रेम्बो ट्राउट पालनबाट सफलता हात पारेका छन् । संयोग नै म...

No comments:
Post a Comment