Sunday, January 26, 2014

मेला–झेला र जागिरको खेला

शम्भु दंगाल /काठमाडौ

काठमाडौको दुई क्षेत्रमा यतिबेला बिषेश मेला लागेका छन् । साँखु स्थित  सालीनदीमा र काठमाडौको अनामनगर स्थित लोकसेवाका आयोगको कार्यालयमा । सालीनदीमा धर्म कर्म गर्नेहरुको मेला लागेको हो भने लोकसेवा आयोगको कार्यालयमा बेरोजगार यूवायूवतीको ।
सुब्बाको लागि लोकसेवा आयोगले खोलेको बिज्ञापनको परिक्षा फारम भर्ने दिन पर्सि १४ गते सकिँदै छ भने त्यसपछि एक हप्ता सम्म दोब्बर दस्तुर तिरेपछि मात्र फर्म भर्न पाइने भएपछि लास्ट आवरमा हज्जारौ यूवा यूवती सपनाको पन्तुरो बोकेर लोकसेवा आयोगको मेलामा सहभागी हुन भेला भएका छन् ।
देशमा बढ्दो बेरोजगारी र सरकारी सेवामा प्रबेशपछिको आकर्षक जिन्दगीले शैक्षिक बेरोजगारहरुलाई मोहनी लगाएको छ । उनीहरु बिहानै देखि आयोगको कार्यालयको पैसा तिर्ने काउन्टर र पैसा तिरिसकेपछि फारम बुझाउने लाइनमा ६–७ घन्टा सम्म बसेका थिए । लाइनमा कोही बिचमै छिरेर झेली गर्ला कि भनेर लाइनमा बसेका क्यान्डिडेट बढो सर्तक मुद्रामा थिए ।

माघ १२ गते दिउसो १२ बजे आयोगको कार्यालय पुग्दा हज्जारौ बेरोजगार यूवायूवतीले त्यस आसपासको क्षेत्र मेलामय भएको थियो । ७–८ जना फारमको फोटोकपी बेच्नेहरु लौ फारम फारम भन्दै कराइरहेका थिए ।  दुई चार जना चटपटे ब्यापारीकोमा तरुनी क्यान्डिडेटहरुको चटपटे आन बाक्लै उपस्थिती देखिन्थ्यो । त्यही भिडमा भेटिए भक्तपुर चिक्तपोलका २१ बर्षिय नौजवान महेश दुलाल ।

 बिहान ९ बजेदेखि लाइनमा बसेको उनी भोक लागेर लाइनमै चाउचाउ खाँदै थिए ।  अघिल्लो बर्ष पनि उनले लोकसेवा परिक्षा दिएका थिए ।  बिबिएस तेश्रो बर्षमा अध्ययनरत उनी जबसम्म पास भइन्न तेतीबेला सम्म परिक्षा दिइरहने बताउछन् ।
उता फुटपाथमा नायब सुब्बा लेखिएका थरी थरी लेखकका किताब बिक्री गर्नेहरुको उस्तै रौनक । रामचन्द्र दाहालले लोकसेवा आयोगको अगाडि फुटपाथमा बसेर किताब बिक्री गर्न थालेकै दुई बर्ष भइसकेछ । तर पछिल्लो समय किताब कम बिक्री भएको उनी बताउछन् । भन्छन् धेरै मान्छे संगु पूरानै किताब रहेको छ, नयाँ आउनेहरुले मात्र त हो नी किताब किन्ने । अहिले फेरी किताब बेच्नेहरु पनि बढेका छन् उनले भने । तर सिजनको ब्यापार गरेको उनले यसबर्ष मात्र २० हजार मूल्य बराबरको किताब बिक्री गरेको बताए ।

फाराम बुझाउने लाइनमा भेटिए काठमाडौको नाङ्लेभारेका थिए प्रकाश दंगाल । चार घन्टा अगाडि देखि लाइन बसेको बताउने उनले अन्य साथीको ६–७ ओटा फारम बुझाउने जिम्मा लिएको बताए ।

काठमाडौको बिशाल नगर बाट आएकी सरिता थपलियाले महिला आरक्षण कोटा र खुल्ला  दुबैमा फाराम भरेको बताइन् । दुइटा झटारोले हान्दा कसो एउटा आँप नझर्ला ? उनको तर्क छ ।

यता २४ बर्षिय संयोग कुमार यादवले पनि  पहिलोचोटी मधेशी र खुल्ला गरी दुबै कोटामा फाराम भएको बताए । नोकरी गर्न धरै गाह्रो पर्ने भएको भन्दै उनले लडेरै जागिर खाने बताए । स्नातक तह पूरा गरेका उनले क्याम्पसको अगाडिको पढाई पूरै छोडेर सरकारी जागिर खाने अभियानमै होमिएको बताए ।

यस्तै कैलालीका भरत चन्द, काठमाडौ साँखुका प्रबास कटुवाल र बिजय श्रेष्ठ तीनजना दौतरी पनि सुब्बाको सपना बोकेर आयोगमा फाराम बुझाउने लाइनमा भेटिए । सगरमाथा कलेज र सक्व कलेजमा पढ्ने उनीहरुलाई पनि सरकारी जागिर खाने ठूलो रहर छ । पहिलेचोटी फारम भरेका उनीहरु भन्दै थिए फारम बुझाउन त यस्तो गाह्रो छ भने जागिरै खान कति गाह्रो होला ।

यता ललितपुर पाटन ढोकाकी प्रतिमा प्रजापतिलाई पनि सरकारी जागिर खाने ठूलो धोको छ । किन लोक सेवा ताक्नुभएको ? उनले भनिन सरकारी जागिर खान कसलाई रुचि हुदैन ?

एम ए गर्दै गरेकी उनले महिला कोटामा मात्रै फाराम भरेको बताइन् । परिक्षाको लागि खासै तयारी नगरेपनि अब कस्सिएर पढ्ने उनको योजना रहेको छ ।

सेतो सर्ट र नीलो सुटप्यान्ट अनि पिंक ब्लाउज, सारी चोलोमा सजिएर सरकारी अड्डामा बसी सिग्नेचर गरेर बित्ने जागिर, अनगिन्ति सेवा र सुबिधाको मेवा अनि बुढेसकालमा नातिनातिना खेलाउदै पेन्सन खाने जिवनको गुलियो सपना छरपष्ट यसरी नै पोखिन्छन् यसरी नै हरेक साल लोक सेवा आयोगको कार्यालयमा । केही मरिमेटेर लागिपर्ने फुक्त छिर्छन सरकारी अड्डातिर बाँकी ट्वाँ परेर थाल्छन फेरी अर्को तयारी । अनि कोही हानिँछन् आ यो मूला ठोकसेवा आयोग न सायोग भन्दै कतार मलेसिया, अष्ट्रेलिया र अमेरीकातिर ।  अहिले करिब ३० लाख नेपाली यूवा रोजगारीको सिलसिलामा नेपाल बाहिर रहेका छन् । नेपालमै जागिर खाने एकमात्र आकर्षणको केन्द्र सरकारी जागिर छ, तर थोरै सिटमा हज्जारौले प्रतिष्पर्धा गर्नुपर्ने कारण थोरैको मात्र सपना पूरा हुन्छ । सरकारले अहिले सम्म नेपालमा शैक्षिक बेरोजगारको सही ब्यवस्थापन गर्न, न कुनै नीति ल्याउन सकेको छ न त काम गर्न नै ।
०७० माघ १२
काठमाडौं ।

No comments:

Post a Comment

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...