Thursday, July 28, 2011

नेपाललाई माया गर्नै एकजना संघर्षशील समाजसेवी

त्यो एउटा मान्छे, जसले कक्षा ४ सम्म पिपलको छहारीमुनि अध्ययन ग-यो । चार कक्षा सकेपछि बल्ल कक्षाभित्र बस्ने अवसर त पायो तर शुक्रबार–शुक्रबार गोबरले भूँई लिप्नुपथ्र्यो त्यो स्कुलको । प्रत्येक शुक्रवार विहानै देखि गाँउ चहारेर गाइको गोबर खोजी स्कुल लिपेर पढ्ने त्यो मान्छे, स्कुले जीवन सकेपछि आफ्नै जिल्लामा प्रविणता प्रमाणपत्र तह सकेर काठमाडौं छि¥यो । अध्ययनशील अनि संर्घषशील स्वभाव भएको त्यो मान्छेले काठमाडौंमा पनि स्नातक ग¥यो अनि अमेरीका छि¥यो स्नातक अध्ययनका निम्ति । समाजशास्त्र र जीवविज्ञानमा अमेरीकन यूनिभर्सिटी, वासिङ्टन डि.सी.वाट स्नात्तकोत्तर सकेपछि त्यहाँको मेयरको एड्भाइजर भएर काम शुरु ग¥यो । अमेरीकामा स्थापित त भयो आफ्नै बर्कतले तर बिर्सिएन उसले आफ्नो गरिब मातृभूमीलाई पनि । नेपालमा गृहयुद्ध चलिरहेको बेला अन्य क्षेत्र जस्तै अस्तव्यस्त थियो शिक्षा क्षेत्र पनि । त्यो स्थीति देखेर नेपालीहरु शिक्षा लिनबाट बञ्चित नहुन् ,पढ्ने–लेख्ने संस्कृतिको विकास बढ्दै जाओस् भन्ने लक्ष्य बोकी “घर–घरमा किताब“ भन्ने अभियान चलाएर दुर्गम गाँउहरु छि¥यो । जतिबेला गाँउबाट अन्य विकासे संस्थाहरु दिन प्रतिदिन विस्थापित भइरहेका थिए ।आफूले जति सकिन्छ त्यति योगदान ग¥यो नेपालीहरुका लागि । त्यो मान्छे हुनुहुन्छ–गैह्र आवासिय नेपाली समाज (एनआरएन) का प्रबन्ध निर्देशक होमराज आर्चाय ।

वि.सं २०२८ सालमा कपिलवस्तु जिल्लाको बुड्डी गाविस वडा नं ५ मा जन्मनु भएका आचार्य सानैदेखि अध्ययनमा मिहेनती र तीक्ष्ण हुनुहुन्थ्यो । कपिलवस्तुको पिपलको रुखमुनि देखि अमेरीकाको ठुल–ठुला विश्वबिद्यालय सम्म शिक्षा लिन सफल हुनु आचार्यको शैक्षिक जीवन आफैमा बढो रोमाञ्चकारी रहेको बुझ्न सकिन्छ । भृकुटी माध्यामिक विद्यालयबाट स्कुले जीवन सकिएपछि कपिलवस्तुकै सिद्धार्थ बहुमुखी क्याम्पसबाट उहाँले प्रविणता प्रमाणपत्र तह सक्नुभयो । काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसबाट स्नातक गरेपछि उहाँ उच्च अध्ययनका लागि अमेरीका पुग्नुभयो । अमेरीकाको यूनिर्भसिटी अफ कोलोराडोबाट स्नातक, जर्ज वासिङ्टन यूनिर्भसिटीबाट पब्लीक म्यानेजरको कोर्ष, र अमेरीकन यूनिर्भसिटी वाशिङ्टन डि.सी. बाट स्नात्तकोत्तर सकेपछि उहाँले त्यहाँको मेयरको एड्भाइजरको रुपमा काम शुरु गर्नुभयो । आफ्नो उत्कृष्ट कार्यकुशलताले वाशिङ्टन डि.सी शहरलाई सहयोग प¥याएबापत सात ओटा भन्दा बढी अवार्डहरु पाउन पनि सफल हुनुभयो । उच्च नेतृत्वदाई भूमिका, सर्मपण र उत्कृष्ट कार्यक्षमताका कारण राइजिङ स्टार अवार्ड, गोल्डेन एप्पल अवार्डका साथै २०१० को गर्भमेन्ट इम्प्लोई अवार्ड सम्म पाउनुले नेपालीहरुको क्षमता कतिसम्म माथि हुनसक्छ भन्ने उदाहरणको पात्रको रुपमा समेत उहाँलाई लिन सकिन्छ ।

समाजसेवीका रुपमा अमेरीकाको विभिन्न संघ–संस्थाहरुमा आवद्ध रहनुभएका आर्चाय बिगत नेपालमा गृहयुद्ध चलिरहेको बेला शिक्षा क्षेत्र पनि नराम्ररी प्रभावित भएको देखेर केही गर्नका लागि नेपाल फर्किनुभयो । जनयुद्धको समय अन्य एनजियो,आइएनजियोले गाँउ छोडीरहेको बेला राष्ट्र द्धन्द्धमा गए पनि शिक्षालाई रोक्नु हुदैन भन्ने उद्धेश्य सहित “घर–घरमा किताब“ अभियान संचालन गर्नुभयो । यो कार्यक्रम अत्यन्तै सफल र प्रभावकारी भएको र यसबाट धेरै जनताहरु प्रभावित भएको उहाँको अनुभव छ । जुन कार्यक्रम अहिले पनि निरन्तर चलिरहेको छ ।
अहिले नेपालमै बस्छु भनेर आउनुभएका आर्चाय नेपालीहरुमा इमान्दारीता, सबैको सम्मान गर्ने बानीको विकास हुनुपर्ने अपेक्षा राख्नुहुन्छ । राजनीतिक क्षेत्रलाई सकारात्मक लिए पनि उहाँमा राजनीतिमा लाग्ने उद्धेश्य भने छैन् । राजनीतिक पार्टी भन्दा बाहीर रहेर पनि देशको सेवा गर्ने ठाँउ प्रसस्त रहेको देख्ने आचार्य नेपालमा ब्यावहारीक एवं प्राबिधिक शिक्षाको खाँचो रहेको औल्याउनुहुन्छ । गुणस्तरीय शिक्षा बिना हामी नेपालीहरु बलियो हुन सक्दैनौं, त्यसको लागि पहल गर्नुपर्ने, आन्दोलन गर्दा आमजनतालाई सेवा दिने विषयमा, चक्काजाम नगरी दवाब समूह बनाएर, टेबुलमै बसेर पनि गर्न सकिने बताउदै देश विकास गर्ने यूवाहरु बिदेश पलायन भैरहेकोमा उहाँ दुख ब्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ–“धैरैजसो अमेरीकीहरु काम गर्न बाहिर जादैनन् । हामीले पनि यूवाहरुलाई बिदेश पलायन हुनबाट रोक्न प¥यो ।यहँी अवसरका नयाँ आयामहरु खोज्नुप¥यो ।मेहनत गर्ने संस्कृतिको बिकास गर्नुप¥यो । प्राविधिक र उत्पादनशील शिक्षामा जोड दिनुप¥यो । एकअर्कामा बिस्वास गर्ने वाताबरण बनाउनुप¥यो । जबसम्म नेता र जनता एउटा सिस्टममा बस्दैनन् तबसम्म देश कसरी अगाडी बढ्न सक्छ ?”

दर्जनौ ठुला–ठुला सामाजिक संघसंस्थामा आबद्ध हुनुभएका होमराज आर्चाय समाजसेवी मात्र नभएर कवि लेखक र साहित्यकार पनि हुनुहुन्छ । त्रिभूवन बिश्वबिद्यालयको एम.एड्.तहको अंग्रेजी कोर्षमा उहाँको पनि कबिता समावेश गरिएको छ । नेपाली र अंग्रजी दुबै भाषामा सशक्त रुपमा कलम चलाउनुहुने आर्चायका र्सिजनाहरु वासिङ्टन पोष्ट लगायत अमेरीका र नेपालका साहित्यिक पत्रिकाहरुमा नियमित रुपमा प्रकाशित भईरहेका छन् । अमेरीकाबाट प्रकाशित साउथ एसिएन डायस्पोरामा उहाँका अंग्रेजी कबिताहरु समावेश छन् भने यूनिर्भसिटी अफ आरकन्सस बाट इन्डिभिजिवल नामको कृतिमा पनि उहाँका लेखरचनाहरु प्रकाशीत भएका छन् । प्रवासमा रहेका सम्पूर्ण नेपालीहरुको नेतृत्व गर्ने ब्यक्तित्व, समाजसेवी अनि साहित्यकार हेमराज आर्चाय नेपालीहरुका लागि पक्कै पनि एउटा उदाहरणीय प्रेरणाको श्रोत हुनुहुन्छ ।

No comments:

Post a Comment

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...