
गजल नलेखेको धेरै समय भएको थियो । हिजै मात्र पानीमा निथ्रुक्क भिजेर डेरामा आइपुगेपछी कपडा फेरेर कालो चिया बनाँए । चिया मिठो भएछ, अदुवाको धुलो, चिनी, नुन र चियापत्तीको रंङ्ग पनि ठिक्क मिलेछ । लाग्यो, यस्तो मिठो चिया पिँउदै केही नयाँ चिज लेखु । गीत लेख्न खोजेँ तर खासै राम्रो भएन । एकछिन पछी अनायासै एउटा यस्तो गजल लेखेँ –
तिम्रा–मेरा कथाहरु केर्न बाँकी छ
के के हुन्छ जीन्दगीमा हेर्न बाँकी छ
सधैँ आयो उस्तै आँशु सुख–दुखमा
जीन्दगीलाई हेर्ने आँखा फेर्न बाँकी छ
कहिले कहाँ पुग्छ यो मन ठाँउमा बस्दैन
तिम्रो माया डोरी बनाई बेर्न बाँकी छ
भाग्न सक्छ मायालु मन झुक्याएर आफैँलाई
सपनाको बार बनाई घेर्न बाँकी छ ।
२०६८ साउन १२
ललितपुर
No comments:
Post a Comment