Thursday, July 21, 2011

एउटा अचम्मको देशबाट




















हो, हराएको छु आजभोली
तर नखोज्नु कसैले
आजाद अजनवी हरायो भनेर

खुँडा–खुकुरी, गोली बमले भरिएका
त्यी लामा–लामा गोरेटाहरू पार गरेर
अत्यन्तै कष्ट साथ
टेक्दै–टेक्दै यी स्वप्नील आँखाहरूले
एउटा नविन सपनाको बाटो
हालसालै
म आइपुगेको छु एउटा नौलो देश ।

यो नौलो देश, साँच्चै नौलो रहेछ
जहाँ बिहानै उठेर प्रचण्ड
गाइलाई खोले खुवाउँदैछन्
सोत्तर सोहर्न बुढा शुसिल कोइराला
बेसी झरेका छन् खोङ्ग्रो बोकेर
र झलनाथ खनाल
भकाभक खनिरहेछन् ठूला खेतका गह्राहरू

जहाँ हिसिला, सुजाता र विद्या
लस्करै
एक–अर्काको टाउकोमा कपाल केलाउँदै
जुम्राहरू सिनित्तै निखारेर
डोको बोकेर सुख–दुःखका सुस्केराहरू गाउँदै
झरीरहेछन् तल–तल डोकोभरी घाँस काट्न

जहाँ केपी ओली
साना–साना बालबालिकाहरूलाई
सुनाइरहेछन् चेतनाका उखान टुक्काहरू
र महेश बस्नेत
ढुङ्गा फुटाउँदैछन् स्कूल बनाउन
जहाँ चक्रे मिलन
प्रहरीको अधिकृत भएको छ
हिजै मात्र ठोकेछन् राजीनामा
त्यी रमेश खरेलले
अपराधीहरू एक प्रतिशत पनि छैनन् भनेर

जहाँ बाबुराम भट्टराई
कोर्दैछन् नक्सा विशाल एक घरको
जहाँ अटाउनेछन् ३ करोड नेपाली
जहाँ शेरबहादुर देउवा
बनाउदैँ एउटा विशाल विश्वविद्यालय
जहाँ फूल्नेछन् शिक्षाका फूलहरू
जहाँ माधव नेपाल
एउटै बनाउदैछन् टुक्रा–टुक्रा खेतहरू
जहाँ फल्नेछ सबैलाई पुग्ने अन्न
हो, त्यस्तो देशबाट हराएर
म यस्तो देशमा आइपुगेछु
बाँकी छ देख्न अझै–अझै
लेख्दै गरौँला ...........
तर नखोज्नु कसैले
अजाद अजनवी हरायो भनेर ।
2067/04/01
tikhedewal,laitpur.

No comments:

Post a Comment

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...

Thursday, July 21, 2011

एउटा अचम्मको देशबाट




















हो, हराएको छु आजभोली
तर नखोज्नु कसैले
आजाद अजनवी हरायो भनेर

खुँडा–खुकुरी, गोली बमले भरिएका
त्यी लामा–लामा गोरेटाहरू पार गरेर
अत्यन्तै कष्ट साथ
टेक्दै–टेक्दै यी स्वप्नील आँखाहरूले
एउटा नविन सपनाको बाटो
हालसालै
म आइपुगेको छु एउटा नौलो देश ।

यो नौलो देश, साँच्चै नौलो रहेछ
जहाँ बिहानै उठेर प्रचण्ड
गाइलाई खोले खुवाउँदैछन्
सोत्तर सोहर्न बुढा शुसिल कोइराला
बेसी झरेका छन् खोङ्ग्रो बोकेर
र झलनाथ खनाल
भकाभक खनिरहेछन् ठूला खेतका गह्राहरू

जहाँ हिसिला, सुजाता र विद्या
लस्करै
एक–अर्काको टाउकोमा कपाल केलाउँदै
जुम्राहरू सिनित्तै निखारेर
डोको बोकेर सुख–दुःखका सुस्केराहरू गाउँदै
झरीरहेछन् तल–तल डोकोभरी घाँस काट्न

जहाँ केपी ओली
साना–साना बालबालिकाहरूलाई
सुनाइरहेछन् चेतनाका उखान टुक्काहरू
र महेश बस्नेत
ढुङ्गा फुटाउँदैछन् स्कूल बनाउन
जहाँ चक्रे मिलन
प्रहरीको अधिकृत भएको छ
हिजै मात्र ठोकेछन् राजीनामा
त्यी रमेश खरेलले
अपराधीहरू एक प्रतिशत पनि छैनन् भनेर

जहाँ बाबुराम भट्टराई
कोर्दैछन् नक्सा विशाल एक घरको
जहाँ अटाउनेछन् ३ करोड नेपाली
जहाँ शेरबहादुर देउवा
बनाउदैँ एउटा विशाल विश्वविद्यालय
जहाँ फूल्नेछन् शिक्षाका फूलहरू
जहाँ माधव नेपाल
एउटै बनाउदैछन् टुक्रा–टुक्रा खेतहरू
जहाँ फल्नेछ सबैलाई पुग्ने अन्न
हो, त्यस्तो देशबाट हराएर
म यस्तो देशमा आइपुगेछु
बाँकी छ देख्न अझै–अझै
लेख्दै गरौँला ...........
तर नखोज्नु कसैले
अजाद अजनवी हरायो भनेर ।
2067/04/01
tikhedewal,laitpur.

No comments:

Post a Comment