राष्ट्रीय सिंह राशी एकता समाज
केन्द्रीय समिति
सिंहदरबारको उत्तरी गेट
आदर्ने मुक्तिकामी जनसमदाय,
हामी सिंह राशी भएका देशभरका सम्पूर्ण उत्पीडित शोषित दाजुभाइ दिदी बहिनीहरूको हक हित र अधिकारको सुनिश्चिताको लागि हामीले अब सशक्त ढंगले आन्दोलन गर्ने भएका छौं । राशी सिंह भए पनि धेरैले हामीलाई बिरालोलाई गर्ने व्यवहार गरेका कारण हामी बाध्य भएर आन्दोलनमा कन्धनी कसेर लागि पर्ने बेला आएको छ ।
दश वर्ष भित्रमा बन्ने संविधान सभामा हाम्रो प्रतिनिधित्वको अभाव छ । अब बन्ने नयाँ संविधानसभा हाम्रो हक हितको रक्षा हुन्छ भन्ने कुनै ग्यारेन्टी नभएको हुँदा त्यहाँ हाम्रो प्रतिनिधित्वको जरुरी भैसकेको छ । त्यसकारण अब सिंह राशी भएका साथीहरूले हातमा दही जमाएर बस्ने बेला छैन । सिंह झै डुक्रिने बेला आएको छ । हामीले हाम्रो आन्दोलनलाई घनिभूत रुपमा सफल पार्न निम्नलिखित नाराहरू तयार पारेका छौं –
१) संविधान सभामा सिंह राशी भएका कम्तिमा दुई जना (एकजना मैला एक जना पुरुष) लाई बिशेष सभासद्मा नियुक्त गर ।
२) सिंह राशी भएकाहरूको लागि छुट्टै स्वायक्त प्रदेशको घोषणा गर ।
३) सिंह राशीको राशीफल प्रत्येक क्यालेन्डरको शुरूमै राख्ने व्यवस्था गर ।
४) सिंह राशी भएका व्यक्तिका लागि रोजगारीमा आरक्षणको व्यवस्था गर ।
५) सिंह राशी भएका तरुनीहरूलाई व्युटीपार्टलरमा र मेकअपका सामान किन्दा पचास प्रतिशत छुटको व्यवस्था गर ।
६) सिंह राशी भएका विद्यार्थीहरूको लागि सवारी साधनमा ७५ प्रतिशतसम्म छुटको व्यवस्था गर ।
७) राष्ट्रिय सिंह राशी आयोगको व्यवस्था गर ।
हाम्रा यी अत्यन्तै जायज मागहरूलाई पान दिन भित्रमा सम्बोधनगरी हल निकाल्न हामी अहिलेको झल्लु सरकारलाई हार्दिक अनुरोध गर्दछौं । हाम्रो मागलाई सम्बोधन नगरे हामी अनिश्चित कालीन चक्का जामगर्नेदेखि ठूला–ठूला सशस्त्र संघर्षमा समेत जान सक्ने जानकारी गराउँछौं । जय सिंह राशी ।
सिँगानेन्द्र नीधि बमभोला
केन्द्रीय अध्यक्ष
राष्ट्रिय सिंह राशी एकता समाज

No comments:
Post a Comment