
राससका बीरेन्द्र कर्णले लेखेको, साउन १८ गते गोरखापत्रमा एङ्कर न्यूजका रुपमा प्रकाशित समाचारले ताजुप बनाएको छ । समाचार शीर्षक छ–
पत्रकारले मागे एफ.एम. स्टेशन दाइजो ।
त्यि पत्रकारको नाम हो–रोयान्टर मण्डल जसले सिरहामा मधेश स्पेसल साप्ताहिक पत्रिका निकाली रहेका छन् रे घरको सुनचाँदी धितो राखेर । उनी विगत देखिनै दाइजो बिरोधी समाचार लेख्थे अरे । उनको सपना छ रे एफ.एम. रेडियोको मालिक बन्ने । समाचारमा भनिए अनुसार हालसम्म उनको माग पूरा गरीदिने कोही भेटिएका छैनन रे ।
कस्तो बाठो पत्रकार हगि ???
श्रीमती पनि एफ.एम. पनि स्टेशन पनि ।
बीरेन्द्र कर्णले समाचारमा उल्लेख गरे अनुसार तराईमा बी.ए. उर्तिण वालालाई ५ लाख सम्म दाइजो दिइन्छ ।
मलाई यतिबेला सानोठिमी क्याम्पसमा सँगै पढेको एकजना तराई बासी साथीको याद आइरहेको छ
सुबोध यादब हो उसको नाम ।
बी.एड्.मा अंग्रेजी पढ्ने क्रममा उसलाई मैले नजिकबाट बुझेको थिएँ । उसको हातमा जतिखेर पनि कोर्ष संग सम्बन्धित नोट र किताबहरु हुन्थे । तिनलाई उ जतिखेर पनि रटिरहेको हुन्थ्यो । रट्न पनि यसरी रट्थ्यो कि पुरा लाइनका लाइन । एकदिन शनिबार क्याम्पस पछाडिको चौरमा गएर पढिरहेको थिँए । उ पनि त्यहाँ नोट रट्दै थियो । तिमी किन यसरी पढ्नमा घोटिन्छौ यार भन्दा उसले– ब्याचलर सक्यो भने यति दहेज आँउछ, मास्टर सक्यो भने यति दहेज आँउछ भनेर बेलिबिस्तार लगाएको थियो ।
कस्तो अचम्म !!
जसले पढाइको उद्धेश्य नै दाइजो बनाउछन् । अझ पत्रकार महासंघ मोरङ जिल्ला कोषध्यक्ष समेत रहेका पत्रकारले नै दाइजोको रुपमा एफ.एम. स्टेशन नै मागेपछी समाजमा त्यसले नकारात्मक प्रभाव र दाइजोको महत्वलाई अझ उचाल्ने देखिन्छ । दाइजो बिरोधी समाचार किन लेखे तिनले ? सायद साप्ताहिक पत्रिका निकाल्नुको रणनीति एफ.एम्. स्टेशनलाई दाइजोको मूल अस्त्र बनाउन त हैन ? यस्तै–यस्ता पत्रकार हुने हो भने नयाँ नेपाल साँच्चै नयाँ नेपाल नै हुने थियो कि ?
No comments:
Post a Comment