Monday, October 29, 2012

त्यो र यो दशै

त्यो दशै
सधै चिठ्ठा खोलेर दशैमा उधुम मच्चाउने त्यी दिनहरु, सधै लङ्गुर बुर्जामा रमाउने अनि १०–२० रुपियाँ जित्दा संसार नै जितेझै फुरुङ्ग पर्ने त्यो दशै कतै हराएछ, अहँ भेटिएन यसपाला गाँउमा । लंगुरबुर्जाको दाउमा सुका, मोहोर, अनि बढीमा एक दुई रुपियाँ राख्ने सिँगाने साथीहरु पुगिसकेछन् अरब, मलेसियातिर अनि केही स्वास्नीका पोइ र एक दुई लालाबालाका अबिभावक पनि भइसकेछन् । अहिले भएका साना उमेरका केटाकेटीहरुमा पनि त्यस्तो केही उल्लासपन र रौनकताको अवस्था देख्न नपाँउदा त्यो सुदुर भूतको साह्रै नियास्रो लागेर आयो ।
जतिबेला स्कूल पढिन्थ्यो, राजनीतिक दलहरुले चुनावी प्रचारका लागि गाँउमा बाँढेका पोष्टर अनि पम्प्लेटहरु जम्मा गरेर जतन साथ राखिएको हुन्थ्यो । दशै तिहारका बेला लङ्गुर बुर्जा खेलाउने खाल बनाउन प्रयोग हुन्थ्यो । चित्र बनाउन अरुभन्दा चलाख नै थिइयो । पोष्टरको पछाडिको खाली भागमा लङ्गुर, बुर्जा, चिड, पान, ईटा, झन्डा अनि सुरथ नाम गरेका चित्र कोरिन्थ्यो । अनि सेतो प्लाटिकले त्यसलाई गाँउले पारामा लेमिनेशन गरिन्थ्यो । बिहान देखि साँझ सम्म लङ्गुरबुर्जा, पिङ अनि चिठ्ठा कार्यक्रममा दिन बिताइन्थ्यो । 
बटुकामा त्यि चित्र अंकित डाइस हातले छोपेर लङ्गुरबुर्जा खाली–खाली भनेर घोप्ट्याउनुको मज्जै बेग्लै हुन्थ्यो । अनि एकछिनमा कचौराले छोपिएको डाइस हेर्दा, कुनैमा डबल, तेब्बर पैसा तिर्नुपर्ने अनि कुनै बेला कुनैलाई पनि पैसा नतिरी खालमा राखिएका सुका, मोहर र एक, दुई रुपियाँका डबल सोहोर्दा संसारमा कतै नपाइने स्वर्गिय हर्ष र आनन्द आइपुग्थ्यो ।
कुनै समय यस्तो थियो, जतिबेला छ वा सात कक्षमा पढिन्थ्यो, त्यतिबेला कापीलाई दुई भाग लगाएर हातैले लेखेर चिठ्ठा बनाइयो । चिठ्ठाको मूल्य एक सुका देखि २ रुपिँया सम्मको हुन्थ्यो । चुसिसकेको लप्सिको गेडामा नंबर लेखेर चिठ्ठा खोलीन्थ्यो । उपहार पनि त्यही किसिमका हुने गर्दथे–चकलेट देखि चाउचाउ सम्म, कलम र कापी यस्तै यस्तै । यस्ता चिठ्ठा दिनमा पटक पटक बनाइन्थो, उत्तिखेरै बेचिन्थ्यो अनि खोलीहान्थ्यिो । यो कार्यक्रम बिशेष गरी मेरो घरभन्दा अलि परको रिमाल टोलमा खोलिन्थ्यो । जहाँ चारैतिरका फुच्चा फुच्चीहरुको एक किसिमको मेला नै लाग्ने गर्दथ्यो । 
एकचोटी धेरै चिठ्ठा खोलेर आफ्ना छोराछोरी काम गर्न गएनन् भनेर रिमाल माइली हजुरआमाले बढो लौरो लिए मलाई लखेटेको सम्झँदा अहिले बढो रमाइलो लागेर आँउछ । त्यतिबेलाका गुच्चा खेल्ने, चिठ्ठा खोल्ने र लंगुरबुर्जा खेल्ने साथिहरु अहिले जिन्दगीको जाँतोमा रिङ्गिदै चारतिर पुगेका रहेछन् । साधुराम, सिबहरी, कालीको भाइ, तारीखेते, सुरेश, काले, मधु, नारन, फुर्लुङ, तुम्बे, गोकुल आदी इत्यादी सँग मैले यस्ता चिठ्ठा र गुच्चा खेल्ने गर्दथेँ । उनीहरु मध्ये कतिपयको गाँउले नाम आफ्नै किसिमको राखिएको थियो । जसमध्ये म भन्दा एक बर्ष दाजु तारिखेते अर्थात अर्जूृन शिबभक्तीले त दोश्रो बिहे गरिकन सन्तानहरु पनि उत्पादन गरिसकेछ । माथि उल्लेख गरिएका गुच्चे साथिहरु मध्ये अधिकाँसले बिहे गरिकन सन्तान लाभ गरी जिन्दगीलाई अगाडि कुदाइरहेका रहेछन् ।

यो दशै
यसपालीको दशै,  धेरै समय रेडियोमा समाचार पढ्दै र नियमित कार्यक्रम चलाउँदैमा बित्यो । जम्मा दुई दिन अफिसबाट बिदा पाएपछि नवमीको दिन काठमाडौको केन्द्रभागबाट लगभग २८ किमी टाढा रहेको गाँउमा त्यस्तै २ बजेतिर पुगेको थिँए । गाँउ एक किसिमले सुनसान जस्तै थियो । कतै कतै पिङ हालिएको भए पनि बच्चाबच्चीहरुको सँखया पनि न्यून नै थियो । यद्यपी पिपलबोटमा भने साँस्कृतिक कार्यक्रम गर्नका लागि केटाहरु स्टेज बनाउदै थिए । नवमीको राती उनीहरुले कार्यक्रम गरेका थिए । मैले पनि भाग लिएको थिँए तर मैले पोहोर जस्तो हाँस्य–ब्यङ्गय साम्रगी केही पनि प्रस्तुत गरिन केबल दुइओटा मात्रै गजल सुनाइदिएँ । बिशेष गरी आमालाई भने अच्चम लागिरहेको थियो– हिजो अस्ति शहरमा रेडियो बाट बोल्ने छोरो साँझ ६ बजे भर्खरै गाँउबाटै रेडियोमा बोलेको अनि साँस्कृतिक कार्यक्रममा गजल पढेको देख्दा आमाका मुहारमा खुसीको समुन्द्र बगेको थियो ।
पसलहरुमा टाढाबाट आएकाहरु सँग गाँउले दाजुभाइको एक किसिमको पूर्नमिलन भएको थियो ।  जहाँ एक दुइ डफ्फा तास खेल्नमा मग्न देखिन्थे, मलाई तास खेल्न नआउने र त्यसप्रति रुचि नभएकाले त्यो मेरो लागि बेकार थियो । समय बिताउन चाँपाबोटको स्कूलमा भाइहरु सँग गइयो । चिप्लेटी खेल्ने चउर घुमियो ।  बेलुका छ बजेको नियमित कार्यक्रम “काँठका कुरा” पहिलो दिन वडा नं ५ मा खुलेको कृषि समूहको बारेमा साधुराम ढकाल र नवराज दंगाल सँग  प्रत्यक्ष रुपमा कुराकानी गरेर बनाए भने दोश्रो दिन चाँपाबोट मावीका पूर्व प्रअ एवं शिक्षक भरतमणी ढुङ्गाना सँग उहाँकै घरमा गएर उहाँकै पिढीँमा रहेको खाटमा बसेर प्रत्यक्ष कार्यक्रम बनाएँ । उहाँहरु साधुराम ढकाल, नवराज दंगाल अनि गूरु भरतमणी ढुङ्गाना पनि निकै खुसी हुनुभयो ।  जे होस यो दृष्ट्रिकोणबाट भने यसपालीको दशै अलिक फरक भयो । टिकाको दिन पनि खासै त्यस्तो उल्लासमय लागेन । दिँउसो सानीममीको घरमा टिका लगाउन गइयो । भाइहरु सँग बसेर टिका लगाइयो फोटो खिचियो । तर अष्टमीको दिन र टिकाको भोलीपल्ट रेडियोमा भने साथीहरु सँग साह्र्रै रमाइलो सँग दशै मनाइयो । तर विगतका केही दशैका कथाहरु भने निकै रोचक र फरक किसिमका पनि भएका छन, समय आएपछि पक्कै पनि त्यि दशैहरुलाई लेख्नुपर्नेछ, जसले आँखाहरुमा केही शितका थोपाहरु ल्याइदिनेछ । दशैहरु यस्तै हुन्छन्...आँउछन्...अनि जान्छन... जब कुनै पनि कुरा आँउछ तब प्रकृतिको नियम अनुसार त्यसले पनि त्यसैगरी नै जानुपर्दो रहेछ । र यो दशै पनि गएको छ.....................................................

नयाँबानेश्वर, काठमाडौँ । १२ कात्रतिक ०६९ 

No comments:

Post a Comment

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...