Tuesday, August 09, 2011

नजिकैको चिया बगान

काठमाडौको धुलो धुवाँ कोलाहलबाट वाक्कदिक्क हुनुहुन्छ ? चिया बगानको हरियालीमा रमाउन चाहनुहुन्छ भने अब इलाम सम्म पुग्नु पर्दैन काठमाडौंबाट करिब २८ किलोमिटरकै दुरीमा लगभग दुई हजार रोपनी क्षेत्रफलमा फैलिएको आर्कषक चिया बगान–’एभरेष्ट टि स्टेट
कम प्रचार प्रसार भएको यस शुन्दर पर्यटकीय क्षेत्रमा काठमाडौंबाट मात्र घण्टामा मज्जाले पुग्न सकिन्छ काठमाडौँको नारायणटार जोरपाटीबाट सिन्धुपाल्चोकको जैसी गाँउ जाने बस चढेपछी रमणिय क्षेत्रहरु साँखु, लप्सेफेदी, धारापानी हुँदै भोटेचौर गाविस वडा नं. जैसीगाँउमा पुग्नुहुनेछ
शिबपुरी राष्ट्रिय निकुञ्ज सँगै जोडिएको चिया बगानमा जैसीगाँउमा बसबाट उत्रिएको पाँच मिनेटमै पुग्न सकिन्छ चिया बगानसँगै जोडिएको माहुरी झर्ना, चमेरीमाई गुफा, तपचुली डाँडा रेन्बो ट्राउट माछा उत्पादन केन्द्र यहाँका थप आर्कषण हुन चिया बगानको एक छेउमा चमेरीमाई गुफा स्थानिय वासिन्दा कृष्णप्रसाद खतिवडाका अनुसार चमेरीमाई गुफा तीन किलोमिटर लमो भित्र आठ ओटा ठुल्ठुला कोठाहरु रहेका रहेका छन् टर्चलाइटको सहायताले भित्र मज्जाले पुग्न सकिन्छ चमेरीमाई गुफाबाट पाँच मिनेट जति पर हैबुङ् गाबिस मा टि.बी राईको रेन्बो ट्राउट माछा उत्पादन केन्द्र काठमाडौंमा प्रति केजी पन्ध्रसोह्र सय पर्ने ट्राउट त्यहाँ प्रतिकेजी आठसयमा पाइन्छ चिया बगान लगायतका रमणिय क्षेत्रहरु घुमेर त्यहाँ पुग्नेहरुले त्यहाँ ताजा ट्राउटको फ्राई, ग्रेभी एवं रोष्ट जस्ता परिकार चाख्न पाउछन्
चियाबगान बाट करिब एक घण्टा माथि पहाडको टुप्पोलाई तपचुली भनिन्छ जहाँ शुन्दर जंगली फूलहरु, चराचुरुङ्गी एवं हरियाली बुट्यानहरुले सबैलाई लोभ्याउछ शुन्दर हिमाल, ग्रामिण वस्तिका मनोरम दृश्यले सबैको मनलाई शान्त तुल्याँउछ
चिया बगान, चमेरीमाई गुफा, तपचुली, घुमेर रेन्बो ट्राउटको स्वाद लिएपछी त्यहाँबाट तीनचार बजे काठमाडौं फर्कन पनि सकिन्छ वा त्यहीँको स्थानिय क्षेत्र जैसीगाँउ वा हैबुङ् गाबिसमा बास बस्न सकिन्छ बिस्तारै होमस्टेको अबधारण शुरु हुन लागेको यहाँ स्पेशल दही, दुध, महि, ढिँडो तरकारी आदीले स्थानीय बासिन्दा स्वागत गर्ने छन् यस क्षेत्रका मनोरम स्थानहरुको छनैट गरि छिट्टैनै पर्यटकीय क्षेत्र घोषण गर्न लागिएको सिन्धु तपचुली पाताल गुफा पर्यटन विकास समितिले जनाएको विषेशगरी पिकनिक जान एवं मुड फ्रेश गर्नको लागि यो क्षेत्र एउटा उपयुक्त गन्तब्य क्षेत्र हो अर्को कुरा यहाँबाट करिब दुई घण्टाको पैदलयात्रामा अर्को पर्यटकीय क्षेत्र मेलम्ची पनि पुग्न सकिन्छ

No comments:

Post a Comment

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...