Saturday, August 06, 2011

निर्मल शर्माको लगानी

नेपाल टेलिभिजनबाट प्रसारित हुने टेलिश्रृंखला ‘तीतो सत्य’ मा गैंडाको भूमिकामा अभिनय गर्नुहुने चर्चित हाँस्यकलाकार निर्मल शर्मा ठूलो पर्दाका चलचित्र निर्माता समेत हुन् । २०५० सालदेखि निरन्तर चलचित्र क्षेत्रमा समर्पित कलाकार शर्मा सँग उनका लगानीका क्षेत्रहरूबारे गरिएको कुराकानीः–

तपाईंले पहिलो चोटी र अन्तिम चोटी लगानी गरेका फिल्महरू कुन–कुन हुन् ? तिनीहरुको व्यापारको अवस्था कस्तो रह्यो ?
सबैभन्दा पहिलो लगानी टेलिचलचित्र ‘आमाको माया’ २०५१ सालमा, त्यही वर्ष ठूलो पर्दाको चलचित्र पनि ‘आमाको माया’ नै हुनपुग्यो । मेरो अन्तिम चलचित्र नेपाल हो, जुन दयाराम दाहालले निर्देशन गर्नुभएको थियो । व्यापारको दृष्टिकोणले आजसम्म मैले बनाएका ६ वटा चलचित्र फ्लप नै मान्नुपर्छ ।
ठूलो पर्दाको फिल्म र टेलिफिल्म लगानी गर्नुमा खास फरक के हुन्छ ?
ठूलो पर्दाको चलचित्रमा ठूलै लगानी गर्नुपर्ने हुन्छ । लगानीको साथसाथै मिहिनेत ज्यादा, करिब ६-७ महिना पुरै व्यवस्त हुनुपर्छ । जोखिम पनि उत्तिकै हुन्छ । सानो पर्दामा ७-८ जनाको सानो युनिटले काम गर्न सकिन्छ । अहिलेको अवस्थामा ठूलो पर्दाको कलाकार भन्दा सानो पर्दाको कलाकार बढी पपुलर छन् र माइलेजको हिसाबले पनि सानो पर्दाको चलचित्रमै बढी माइलेज छ ।
यहासम्मको अवस्थामा आइपुग्न तपाईंले कलाकारिता क्षेत्रलाई कति समय लगानी गर्नुभएको ?
यो क्षेत्रमा लागेको करिब १७ वर्ष भयो । यो अवधिमा मैले ६ वटा चलचित्र निर्माण गरें साथै करिब ६० वटा भन्दा बढी चलचित्रमा अभिनय गरें । त्यस्तै ३५-४० वटा विज्ञापनमा खेलें । टेलिचलचित्र चाहिं त्यस्तै ८-९ वटामा खेलें । अहिले म्युजिक भिडियो निर्माण गर्ने र खेल्ने पनि
गर्छु ।
अध्ययन सामग्रीहरूको लागि मासिक कति जति लगानी गर्नुहुन्छ ?
अध्ययनका लागि दैनिक पत्रिकाहरू, म कलाकारिता क्षेत्रसँग सम्बन्धित भएकाले यस क्षेत्रसँग सम्बन्धित पत्रिकाहरू किन्छु । अध्ययनका लागि इन्टरनेट पनि महत्वपूर्ण माध्यम हो । म नेटमा पनि प्रायः बस्ने गर्छु ।
अहिले पर्यटन वर्ष चलिरहेको छ, आन्तरिक पर्यटकको रूपमा घुमफिरका लागि कति लगानी गर्नुभयो ?
म आफैं पनि निकै लामो समयदेखि पर्यटन व्यवसायसँग सम्बन्धित छु । हाम्रो देशको प्रमूख आयको स्रोत नै पर्यटन उद्योग हो । म आफैं पनि घुम्नको लागि सौखिन मान्छे हुँ । हालसालै मैले सौराहा लगायतका क्षेत्रहरू घुमेर आएको हुँ । परिवार साथीलाई सँग जाँदा एउटा आम नेपालीले गर्ने खर्च मैले पनि अवश्यगरेको छ ।
तपाईं नेपाल टेलिकम, आयल निगम र विद्युत प्राधिकरणलाई गाली गर्न कति समय लगानी हुनुहुन्छ ?
अब गाली नै गर्ने हो भने हाम्रो देशमा यति धेरै गाली गर्ने विषयहरू छन् कि बिहान उठेदेखि गाली गर्न शुरू गरे बेलुका रातिसम्म पनि सिद्धिदैन । नेटमा बस्दा नेट खुल्दैन, आउँदैन, फोन लाग्दैन,
पेट्रोल, ग्याँस पाइदैन । कसलाई मात्र गाली गर्ने ? भोली पर्सी ठीक समयमा पानी आउने, बत्ति आउने, फोन लाग्ने, तेल पाइने भयो भने त हामी बेहोस नै हुन्छौ किन कि हामीलाई त अर्को बानी लागिसक्यो ।
नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हा“स्यश्रृंखला ‘तीतो सत्य’ यहा“सम्म आइपुग्न तपाईंको लगानी कस्तो रह्यो ?
हामी साँढे ८ वर्षसम्म आउँदाखेरी अनेक किसिमका समस्याहरू झेल्दै आइरहेका छौं । आजको दिनसम्म आइपुग्दा सर्वाधिक लोकप्रिय कार्यक्रमको रूपमा दर्शकले हामीलाई माया गरिरहनुभएको छ ।
आजभन्दा साँढे ८ वर्ष अघिसम्म म कलाकारको रूपमा कमै चिनिन्थें र मलाई पनि यसले यति ठूलो प्लेटफर्म दियो कि आज साठी ओटा भन्दा बढी चलचित्र, ४० वटा जति विज्ञापनमा खेलें । अहिले म्युजिक भिडियो र विज्ञापन निर्माणका लागि म कहाँ यति धेरै मान्छेहरू आइरहेका छन् कि यी सबै चिजको मूख्य देन नै तीतो सत्य हो । विशेष मुख्य भूमिका दिपकराज र दिपाश्री कै हो ।
कलाकारिता क्षेत्रबाट भएको आम्दानीले अन्य व्यवसायकम गरेको लगानीको अवस्था कस्तो छ ?
एउटा आम नेपालीले भन्दा अझ उच्च किसिमको कमाई यो क्षेत्रबाट हुन्छ । तर कलाकारिता क्षेत्रमा कमाएर अरू क्षेत्रमा लगानी गर्ने अवस्था चाहिं बनिसकेको छैन ।
तपाईंले लगानी गर्न चाहेको तर अहिलेसम्म नपाएको त्यस्तो कुनै क्षेत्र छ ?
म आफु होटल व्यवसायी भएको नाताले पनि दरबारमार्ग एरियामा राम्रो एउटा इन्डियन रेष्टुरेन्टको कल्पना छ मसँग । जुन अलि कठिन पनि छ, भाडा र त्यसलाई मार्केटिङ गरेर चलाउन गाह्रो छ । जुन ठाउँमा मैले अहिलेसम्म लगानी गर्न पाएको छैन ।

No comments:

Post a Comment

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...