Wednesday, January 26, 2011

संघर्ष पत्रकारिताका लागि

उनको एकमात्र सपना रहेछ–जसरी हुन्छ एक सफल, सक्षम पत्रकार बन्ने ।
तर अहिले भने उनी संर्घषको कठीन मैदानमा छन् । बिहान पत्रकारिताको पढाई अनि दिनभरी पाटन औद्योगिक क्षेत्रमा सेक्युरिटी गार्ड ।
उनी हुन विपिन सापकोटा, उमेर भर्खर बीस बर्ष, हाल नमुना उच्च मा.वी. लगनखेलमा कक्षा १२ मा आमसंचार तथा पत्रकारिता लिएर अध्ययनरत । सिन्धुपाल्चोकको पिपलडाँडा गाविस–२ रहेछ उनको स्थाई थातथलो । २०६५ सालमा एस.एल.सी पास गरेका रहेछन उनले । त्यसपछी आएछन् उनी काठमाडौं शहर मनभरी मिठा–मिठा सपनाहरु बोकेर ।
सानै देखि उनको प्रिय साथी रहेछ रेडियो । शुरुमा त अच्चम लाग्थ्यो रे रेडियो देख्दा । सधैभरी कौतुहल जागिरहन्थ्यो रे–कसरी बोल्छन होला यो भाँडाभित्र मान्छेहरु ? बिस्तारै थाहा पाएछन् उनले रेडियोको वास्तविकता अनि चल्न थालेछ मनमा एउटा हुटहुटी–आफू पनि त्यसरी नै रेडियोमा बोल्ने । यसरी जन्मिएछ उनको पत्रकार बन्ने सपना । काठमाडौं छिरेपछी उनलाई पत्रिकाको नसा पनि लाग्न थालेछ ।“बरु खाना नखाई बस्न सक्छु, बिहान एकछिन मात्रै भएपनि पत्रिका नपढे दिनभरी खल्लो हुन्छ”। उनी भन्छन ।
यहाँ नआउन्जेलसम्म काठमाडौं प्रिय नाम हुने गर्छ शुरुमा । देशका दुर दराजमा रहनेहरुका लागि लाग्छ काठमाडौ भनेको आफ्ना सपनाहरु फुल्ने स्वप्न बगैचा नै हो । जब काठमाडौं टेक्छन आफ्ना कलिला सपनाहरु बाकेर तब पाँउछन् काठमाडौलाई निर्दयी र पाषाण हृदयको । एस.एल.सी पास गरेपछी उनी राम्रो जागिर अनि उपयुक्त पढ्ने वातावरण पाईएला भन्ने सोचेर सिन्धुपाल्चोकबाट काठमाडौं छिरेका रहेछन् । सबै कुरा सोचेजस्तो कहाँ हुन्छ र ? काम गर्ने ठाँउ एकातिर, पढ्ने कलेज अर्कोतिर अनि बस्ने डेरा पनि छुट्टै ठाँउमा भए पढ्न मुस्किल पर्छ भन्ने लागिरहन्थ्यो रे उनलाई । कलेज डेरा र काम नजिकै हुने भएपछी उनी पाटन औद्योगिक क्षेत्रमा काम गर्न थालेका रहेछन् । “शारिरीक श्रम पनि नपर्ने,फुर्सद भएको बेला डिउटीमा पढ्न पनि पाईने, ठिकै छ मेरो काम । ” मुस्कुराउछन् यि २० बर्षे स्वप्नील ठिटो ।
प्रत्येक बिहान ५ बजे उठ्छन रे उनी । बिहान ६ बजे देखि ९ः३० बजेसम्म लगनखेलको नमुना उच्च मा.वी.मा पढ्न जाने र १० बजे देखि साँझ ६ बजे सम्म पाटन औद्योगिक क्षेत्रको मूल गेटको डिउटी सम्हाल्ने उनको दैनिक कार्यतालिका नै बनेको रहेछ । साँझ ६ बजे देखि बेलुका ११ बजेसम्मको समय अबधीमा उनी पढ्ने लेख्ने र टि.भी.हेर्ने गर्छन । यसरी नै आफ्नो दिनचर्या बितिरहेको बताउछन् उनी ।
सकेसम्म टेलिभिजन रिर्पोटर बन्ने नसके रेडियोमा काम गर्ने लक्ष्य राखेका छन् उनले । कक्षा १२ को परिक्षा राम्रो गरेका छन् रे भन्छन–“कहिले १२ को परिक्षा सकिएला र पत्रकारिता क्षेत्रमा लाग्न पाईएला भन्ने लागिरहन्छ”। आफ्ना साथीहरु दिनभरी हल्लिएर हिँडेको देख्दा र आफू आत्मनिर्भर भएर पढेको सम्झँदा उनलाई गौरब लाग्छ रे । उनले यसरी दिनभरी काम गेरर पढेको देख्दा सबै साथीहरुबाट पनि प्रेरणा पाएका छन् । आमसंचार तथा पत्रकारिता पढाउने शिक्षक बुद्ध थापाले त सधै प्रेरणा दिइरहनु हुन्छ रे । सबैको प्रेरणाबाट उनी उत्साहित पनि छन् । भन्छन्–“म कुनै पैसाको पक्ष्यमा नलागेर, कुनै राजनीतिक बिचारले प्रभावित नभएर निश्पक्ष पत्रकारिता गर्न चाहन्छु” ।
नमुना मच्छिन्द्र उच्च मावीका प्स टु इन्चार्ज राधाकृष्ण महत विपिन अत्यन्तै जेहेन्दार, अनुशासित बिद्यार्थी रहेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ–“पढाइमा राम्रो भएपनि उसले पढ्नका लागि अरु बिद्यार्थीले जति समय पाएको छैन । उसलाई पढ्नको लागि आर्थिक समस्या रहेको बुझिएको छ । कलेजबाट केही सहयोग उपलब्ध गराए पनि पर्याप्त सहयोग गर्न सकिएको छैन” ।
पत्रकारितामा लाग्ने पूर्ण मानसिकता बनाएर संघर्ष गरिरहेका उनी दिँउसो खाली समयमा पत्रिकाहरुमा छापिएका समाचारहरुलाई गहन रुपमा अध्ययन गर्छन रे । कुन ढाँचामा समाचार प्रकाशित भएको छ ? समाचार प्रस्तुत गर्न कस्तो खालको शैली अपनाईएको छ ? समाचारमा आउनुपर्ने केही कुरा छुटेका छन् की ? जस्ता कुराहरुलाई विश्लेषण गर्न उनलाई रमाईलो लाग्छ रे ।
तर कतिपय बेला भने उनलाई नरमाईलो अनुभूति पनि हुँदोरहेछ । कतिपय मानिसहरु तैले पढेर के नै गर्न सक्छस र भन्दै खिल्ली पनि उढाउँछने रे । “कामको सम्मान गर्न नजान्ने मान्छेहरु देख्दा मलाई कहिले काँही त दिक्क लागेर आँउछ” दुखेसो पोख्छन् उनी । जब पत्रकारिताको किताब पढ्न थाल्छन अरुले हेपेका कुराहरु सामान्य लाग्छ रे । हरेक कामको सम्मान हुनुपर्ने उनको बिचार छ । सादा जीवन र उच्च विचार मान्छेमा हुनुपर्ने महत्वपूण गुण हो भन्छन उनी । आफ्नो काम प्रति होच्याउनेहरुलाई विपिन गतिलो जवाफ दिन्छन्–“राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रमा जान लागेको मान्छे हुँ । कसैले मलाई होच्याँउछन् भने त्यो नै मेरो लागि ठुलो प्रेरणा हुने गर्छ”।

सासु नेपाल प्रतियोगिता

जवानीले भरिएका बीस बाईस बर्षे कन्याहरुको क्याटवाक्, लचकता, नाङ्खा अङ्ग हेरेर विगतमा मिस नेपाल घोषणा गरिन्थ्यो । तर महिला अधिकारकर्मीहरुका रिसका कारण मिस नेपाल प्रतियोगिता नै ठिस भएको बेला अर्को तिर हाम्रो टोलमा भने सासु नेपाल प्रतियोगिताको सुरुवात भएको छ । ५०-५५ बर्षभन्दा माथिका देखि मृत्यु नजिकै पुगेकाहरु सम्म जोसँग बुहारीको जगल्टा केलाउन सक्ने तागत छ उनीहरु यसका प्रर्तिपर्धी रहनेछन् । हिजो माथ्ला घरकी सानुकान्छी भन्दै थिई–“हेर्नुस न दाजु, अस्ति भर्खर मात्रै ब्वाईफ्रेन्डले नयाँ कुर्था सुरुवाल गिफ्ट दिएको थियो । हजुरआमाले जबरजस्ती लगाएर धुजैधुजा पार्नुभएछ । कत्तिन नातिनिको लुगा लगाएर सासु नेपालको ताज लगाउन खोज्या होला” मैले सुने मात्र अनि फिस्स हास्दै एउटा गणतान्त्रिक उखान सम्झे – “नातिनीको कुर्थासुरुवालमा हजुरआमाको रजाई” । बुझ्दा हाम्रो टोल भरिनै यसको रौनक त खहरेमा साउनको भेल झै पो उर्लदै रहेछ ।
घर पुगें । घरमा त दन्तवजान । औसीको रातझै हजुरआमाको मुख एकातिर आमाको अर्कोतिर । कपाल पनि लुछालुछ छ ।कुरो के रहेछ भने हाम्री हजुरआमा पनि सासु नेपाल प्रतियोगितामा भिड्दै हुनुहुँदो रहेछ । जसले आफ्नी बुहारीलाई युद्धमा हराउन सक्छ, आफ्नो नियन्त्रणमा लिन सक्छ, उ पहिलो छनौंट राउण्डमा पर्ने रहेछ । त्यसपछि अर्को राउण्डमा पहिरण, सिंगारपटार, क्याटवाक, मुस्कान जस्ता कुरामा प्रतिस्पर्धा रहेछ । धन्न घरमा चाढैं बुवा पुगेर छुट्याइदिनुभएछ र केही अरु हुन पाएन । म त के भन्ने भन्ने दोधारमा पो परें । न आमाको पक्ष लिनु न हजुरआमाको । अब कसले जित्नुभयो भनेर पनि कसरी सोध्नु । केही नभनी फुत्त बाहिर निस्कें । छिमेकतिर पनि हेर्छु त त्यस्तै छ । कसैको घरमा सासु घाइते त कसैकोमा बुहारी घाइते । कोही युवती मिनिस्कट हरायो भनेर रोइरहेका त कोही क्रिम पाउडर हजुरआमाले एकै दिनमा लगाएर सिध्याएको भन्दै वाउसँग पैसा मागीरहेका । कँही त डाडु पन्यू नै हालाहाल ।
बावै नि त ! यो सासु नेपालको उद्गम थलो हुन लागेको हाम्रो टोल त यस्तो भैसक्यो भने यो नेपाल भरी फैलिदा झन कस्तो होला ? मेरो त आङनै सिरिङ्ग ग¥यो । अर्को कुरा मलाई त विहे गर्नपनि डर पो लाग्न थाल्यो । भोली मेरी जुनुलाई मैले विहे गरेपछि आमालाई पनि त सासु नेपाल हुन रहर लाग्ला । आमाको रहर भाँच्ने छोरो पनि कसरी हुनु र मेरी जुनुले पन्यूको झटारो खाएको पनि कसरी हेर्नु । मेरी गर्लफ्रेन्ड मलाई विहे गर्न खाली कर कर गरी रहन्छे । हेनुस् मैले त अव विहे नै गर्ने निधो गरें । मत भोली नै मेरी गर्लफ्रेन्डलाई भेटेर यहि भनिदिन्छु । जय होस सासु नेपाल प्रतियोगिताको ।

Wednesday, January 12, 2011

खुत्रुके

बालकथा

अनिता र जीबन दाजुबहिनी हुन् । उनीहरु सधै संगै स्कूल जाने गर्दछन । स्कूल जाने बाटोमा जुजुमान साहुजीको माटोको भाँडा पसल पनि पथ्र्यो । त्यहाँ साना–ठुला खुत्रुकेहरु पनि टन्न बिक्रीका लागी राखिएका थिए । जीवन स्कूल जाँदा आँउदा सधै खुत्रुकेलाई लोभिएर हेर्ने गर्दथ्यो । उसले आफ्नो हजुरबुवालाई धेरै दिन अघिदेखि खुत्रुके किनीदिनुप¥यो भनेर खुबै किच्किच् पनि गरिरहेको थियो ।
नभन्दै एकदिन उसको हजुरबुजाले दुईजटा खुत्रुके किनेर ल्याँउदै भन्नुभयो–“जीवन ! हेर त बाबु,आज मैले दुईजटा खुत्रुके किनेर ल्याईदिएको छु । यसलाई नफुट्ने ठाँउमा जतन गरेर राख्नु । अनावश्यक खर्च हुने पैसा यही खुत्रुकेमै खसाल्नु ।”
आहा ! जीबन दंग प¥यो । उसले एउटा भनेको त हजुरबुबाले त दुइटा खुत्रुके पो ल्याउनु भएछ । दुइटा खुत्रुके देखेपछि उसलाई अलि–अलि पिर पनि प-यो ।“अब कसरी पो भर्ने हो दुई–दुई वटा खुत्रुके ?” उसले हजुरबुबालाई सोधिहाल्यो–“हजुरबुबा, एउटा खुत्रुकेमा चाँही नोटमात्र अनि अर्कोमा चाँही सिक्का मात्र हाल्ने हो ?” हजुरबुबाले हाँसेर भन्नुभयो–“हैन बाबु ! एउटा तिमी राख अर्को चाँही अनितालाई देउ है ।” जीबनले होमवर्क गरेर बसिरहेकी अनितालाई बोलायो र एउटा खुत्रुके दियो ।
“आहा ! कस्तो राम्रो खुत्रुके । अब त म अलि–अलि पैसा हातमा पर्ने बित्तिकै यसमै खुत्रुक्क खसाल्छु । अनि त म संग धेरै पैसा हुन्छ” अनिताले भनि । “अनि के गर्ने नि त्यो पैसाले?” जीबनले सोध्यो ।“अप्ठ्यारो परेको बेलामा काम चलाउने” –अनिताले भनि । हजुरबुबाले पनि अनिताको साथ दिदैं भन्नुभयो–“ठीक भनि मेरी नातिनीले”। दुबै जनाले आफू सुत्ने खाटमुनि खुत्रुके लुकाएर राखे, अलि–अलि गर्दै पैसा पनि खसाल्दै गए ।
खुत्रुके किनेको तीन महिना पछिको कुरा हो । एकदिन जीबन र अनिता होमवर्क सकेर टि.भी. हेरेर बसिरहेका थिए । टि.भी.मा एउटा चाउचाउको बिज्ञापन आईरहेको थियो । चाउचाउभित्र खेलौना प्लेन, खेलौना गाडी अनि फुटबल आदी उपहार पाइने कुपन राखिएको छ भनेर विज्ञापनमा देखाइएको थियो । जीबनलाई पनि त्यो किन्न मन लाग्यो । उसले त्यो चाउचाउ किन्न ममि र बुवासंग पैसा माग्यो तर उहाँहरुले दिनुभएन । त्यसपछि उसले त्यो चाउचाउ किनेरै छाड्छु भनेर रिसाँउदै आफ्नो खुत्रुके झ¥याम–झुरुम्म फुटायो । उसले अनितालाई पनि खुत्रुके फुटाएर संगै चाउचाउ किनौँ भन्यो तर अनिताले त्यस्तो सामान्य कुरा किन्नको लागि म त फुटाउदिन भनेर जिद्धी गरी ।
जीबनले चाउचाउ त किन्यो तर कुपनमा तचथ बनबष्ल अर्थात फेरी प्रयास गर्नुहोस भनिएको थियो । उसले अर्को प्याकेट किन्दा पनि कुनै उपहार परेन । उसको सबै पैसा पनि सकियो । तर अनिताले भने खुत्रुकेमा पैसा खसाल्दै गई । ५ महिनामा त उसको खुत्रुके टन्नै भरियो । त्यसपछि उसले कसैले नदेख्ने गरी खुत्रुके लुकाएर राखी ।
एक दिनको शनिबार घरमा अनिता, जीबन, र उसको साथि सुलभ मात्र थिए । अनिता हिमालको चित्र बनाउदै थिई भने जिबन र सुलभ भ-यांमाचक्चक् गर्दै जिस्कँदै खेल्दै थिए । खेल्दा–खेल्दै जीबन भ-याङ्बाट लड्यो र उसको हातमा अनि खुट्टामा चोट लागेर रगत बग्न थाल्यो । उ ऐया...मरेँ...भनेर डाँको छोडेर रुन थाल्यो ।
एकछिन पछि जीबनको ममी बजारबाट तरकारी किनेर आइपुग्नुभयो । ममी आएपछि जीबन झन् ऐया..ऐया भनेर रुन थाल्यो । त्यो बेला जीबनको ममीसंग पैसा पनि सकिएको थियो । उहाँले अब पैसापनि छैन कसरी हस्पिटल लानू खै भनेर लामो सुस्केरा हाल्नुभयो । यो सबै अनिताले हेरीरहेकी थिई । “चिन्ता लिनू पर्दैन ममी । म संग खुत्रुकेमा टन्न पैसा छँदै छ नी ।” भनेर अनिताले आफ्नो खुत्रुके ल्याएर अगाडि राखिदिई । ममी असाध्यै खुसी हुनुभयो ।
खुत्रुके फुटाँउदा त १ हजार भन्दा पनि बढी पैसा भइसकेको रहेछ । ममीले त्यै पैसा लिएर जीवनलाई हस्पिटल लानुभयो । हस्पिटलबाट जीबन घर फर्केपछि उसले अनितासंग आफूले बिनासित्तीमा खुत्रुके फुटाएकोमा पश्चाताप मान्यो । अनि आफू घाइते भएको बेला अनिताले खुत्रुके भरीको पैसा दिएकोमा उसले धेरै धन्यबाद दियो । अनिताले पनि उसको घाउको ब्यान्डेज मुसार्दै पैसा सधै बचत गर्नुपर्छ अनि अप्ठ्यारो परेको बेलामा खर्च गर्नुपर्छ भनेर सरले भनेको कुरा कहिल्यै बिर्सनुहुँदैन भनि । जीबनले फेरी उसको हजुरबुबालाई भन्यो–“हजुरबुबा मलाई फेरी दुइवटा खुत्रुके किनिदिनुस् न, एउटा भरिएपछी अनितालाई दिन्छु अनि अर्को चाहीँ अप्ठ्यारोमा काम चलाउन आफैसंग राख्छु” । जीबनको कुरा सुनेर हजुरबुबा साह्रै खुसी हुनुभयो र उहाँले भोली नै नयाँ खुत्रुके ल्याइदिने बताएपछि जीबन र अनिता होमवर्क गर्न थाले ।
समाप्त

२०६७ मंसिर १९ गते कांतिपुर दैनिक

माटो जिन्दावाद

माटो जिन्दावाद हजुर माटो जिन्दावाद
बढौं अगि नेपालकै बाटो जिन्दावाद

शहिदका रगतले भन्छ अघि वढौ
शामन्ती र जल्हादका पर्खालहरु फोडों
मजदुरका औंलाले नै संसार रचेको हो
किसानका औंलाले नै संसार बचेको हो ।

देखाउँ पौरख पानीवाट शक्ति निकालेर
लेखाऊ भाग्य पहाडका वुटी वचाएर
गर्ने हामी खाने अर्कै तह लगाउँदै
कसौन मुठी एकताको रिस लत्याएर

चेतनाको अन्धकारमा रोएका छन वस्ति हाम्रा
विदेशिको दाश भाछन केही गर्ने हस्ती हाम्रा
चुपचाप वस्न हुन्न अव उठ्नै पर्छ हामी
उदाउँदैछ नवयुग जाग्नै पर्छ हामी
२०६५ जेठ १२
सानोठिमी

कामरेडकी स्वास्नी र गणतन्त्र

हिजो कमरेडकी स्वास्नी
झार्थी आँखावाट दिनहुं
वलिन्द्रधारा आँसुका ढिक्काहरु
गाउँलेका पिंढीको धुलोमा विसाएर आफुलाई
खसम जंगल पस्यो भन्थी
मुटु छुने विलौना गर्थि
र अन्त्यमा एक गास ढिंडोमा आस गर्थी

आज कमरेडकी स्वास्नी
कानभरी–घाँटीभरी
लगाउँछे झल्झलाकार सुनका गहनाहरु
गन्दिन गाउँलेहरुलाई अचेल
अहँ
हेर्दिन गाउँलेहरुलाई एक फेर
मर्सिडिस गाडीको झ्यालबाट पनि

मैले यसो हेरें कमरेडको पुरानो घर
र रातो झण्डा मुनी बन्दै गरेको
नयाँ नौतले आकर्षक पक्की महल
र पत्ता लगाएँ त्यो विहान
साँच्चै आईसकेछ गणतन्त्र देशमा ।

२०६६ असार २७
सातदोबाटो, ललितपुर ।

कहाँसम्म पुग्ने हो यो बाटो

कहाँसम्म पुग्ने हो यो बाटो
तर पर्खी बसे है ।
सक्छु सक्दिन ल्याउनलाई खुसीहरु
तर पर्खी बसे है ।

कहाँ छन् लुकेका खुसी हाम्रा
म खोजी आउनेछु
भएजति सारा सुखहरु
म बोकी ल्याउनेछु
बादल फुटाउने छु
र सधैं घाम निकाल्ने छु
अँध्यारो यो जिन्दगी
म छिट्टै हटाउने छु

काँडा छन् बाटोभरी
टेक्नु पाईला बिस्तारै बिस्तारै
आँउला सपना भरी भरी
देख्नु मलाई बिस्तारै बिस्तारै
कोशिस गर्छु गराँस संगै
म फुल्न आईपग्नेछु
गरिदिनु कामना सधै
नयाँ जिन्दगी म बनाउने छु
कहाँसम्म पुग्ने हो यो बाटो
तर पर्खी बसे है ।

२०६६ माघ २५
सातदोबाटो, ललितपुर

बिहान सँगै सधै–सधै

बिहान सँगै सधै सधै सिँउदो मेरो रोयो
हजरको याद संगै मुटु पनि रोयो ।

जलेको यो मुटुमाथि आँशु पोखिरहेँ
आँशभित्र मायाकै रंग घोलीरहेँ
चुरा फुट्यो, कर्म फुट्यो, भाग्य पनि फुट्यो
पत्तै नपाई मुटुबाट एउटा टुक्रा टुट्यो

औसी छायो मुहारमा, खुसी पनि झ¥यो
आकांक्षाका हजार फुल, एकै क्षणमा म¥यो
धर्मराय खुट्टा अब ढुङगा भए सबै सपना
जता हे-यो त्यतै देख्छु भत्किएका हाम्रा चाहना

जलुँ भने चितामाथि जिउदै जल्न सकिँदैन
याद तिम्रो आईहाल्छ आँशु रोकिदैन
बाँच्न एक्लै साह्रै कठिन जंगली यो समाजमा
कति सुख थिए बिगत हजुरकै माझमा
–२०६२ असोज ७
भत्तपुर

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...