
सुदीप कुमार ढुङ्गाना
आफु ताक्छ मुढो बञ्चरो ताक्छ घु“डो भन्ने उखान त्यसै वनेको होईन जस्तो लाग्न थालेको छ हिजो आज । केहि दिन अघिको एउटा घटना मेरो लागि त्यस्तै भयो । कसलाई भनौं, भन्ने मान्छे पनि पाएको छैन ।
अफिसको एकजना साथीको जन्मदिन थियो । पार्टी राखेको छु, आउनु पर्छ है दाई भनेर निमन्त्रणा गर्यो । त्यति नम्र निमन्त्रणा त्यही माथि दारुपानी सहितको भोज, नाई भन्न न मन थियो, न सकियो ।
अफिसका आधा दर्जन साथीहरुको भीडमा मिसिएर लागें मित्रको घरमा ।
भोज भनेपछि दिउ“सो देखि नै खाजा खाइउको थिइन भर्नुभने लाज होला । जे होस्, मिठो मसिनो संगै दारुपानीको स्वाद सम्झ“दै ठाउ“मा पुगियो ।
नेवारी घर, घरैमा वनाएको तिनपाने, अनि छिमेकि राष्ट्रवाट ट्रकमै खा“देर ल्याएको भएपनि थारो भैंसि नभएर कलिलो पाडोको मांस पकवानहरु, अनि दिउ“सो देखिको भोक । साथीहरुको साथ, हाहाहा गर्दै घरनै थर्काउनेगरि वेला वेलामा छुट्ने हा“सोका पर्राहरु । भोज सा¥है रमाईलो भयो । रमाईलो मात्र होईन, मेरोलागीत रात छिप्पिसकेपछिको त्यो भोज बिस्तारै घमाईलो पनि हुन थाल्यो । त्यहा“ वस्न समेत उकुस मुकुस हु“दै आयो । एउटा मान्छेलाई समेत दुईटा देख्न थालिसकेको थिएं म ।
‘अव यहा“ वसेर भएन ।’ एक मनले भन्यो
‘रात परिसक्यो कहा“ जाने?’ अर्को मनले सोध्यो
‘यस्तो गर्मि छ । आ“खा पनि तिरिमिरि गरिसक्यो । के खान वसिराख्नु ?’ पहिलो मनले उदेक मानेर फेरी सोध्यो ।
‘खान मात्र वस्नु पर्छत ? फेरी वाहिर गएर के गर्छस् ?’ फेरि प्रश्न
‘कमसे कम सितल त हुन्छ ।’
‘.....................’
‘.....................................’
दुईटा मन बाझाबाझ गर्नथाले । अखिर पहिलो मनले जित्यो । अनि कसैलाई थाहा नदिई चर्पी गए जस्तो गरेर बिस्तारो लागें बाहिरतिर ।
‘ओहो, बाहिर आउ“दात कसैले देखेन ।’ ठुलो अपराध गरेर उम्कन सक्दा जस्तै खुसि लाग्यो ।
बाहिर त आइयो तर अव जाने कहा“ ? सबैतिर अन्धकार मात्र थियो । पसलहरु सबै बन्द भईसकेका थिए । फाट्टफुट्ट आउने मोटरको बत्ती पनि चारवटा देख्न थालिसकेको थिएं म भने । साथीहरु संगै जानुपर्ने, उनीहरुले कुनै उपाय निकालेर मलाई घर त पु¥याई दिन्थे ।
‘देखिस् मैलेत अघिनै भनेको थिएंनि ।’ अघिदेखि हारेर केही नबोलेको दोस्रो मनले काखी बजायो ।
‘यतै एकछिन बस्छु । केही बेरपछि उनीहरुले मलाई नदेखेपछि फोन गर्छन् । अनि संगै गए भइहाल्योनि ।’ दोस्रो मनलाई जित्नै पर्छ जस्तो लागेर विकल्प प्रस्तुत गर्यो पहिलो मनले ।
जे जसो भएपनि मनहरुको बाझाबाझकै विचमा मलाई दिक्क लागीरहेको थियो । अघिसम्म के केन पाईयो भनेर आ“खा चिम्लेर घुट्क्याएको तरल पदार्थले अहिले आ“खा खोल्न पनि गा¥हो भईरहेको थियो । त्यहिं थुचुक्क बसु“ बसु“ लागेको थियो । तर बाटैमा बसिहाल्न मनको अन्तर कुन्तरमा भएको निथारपुथार आत्मसम्मानले मानेन । त्यसपछि अगाडि वढें । त्यसबेला भने एउटा कुरामा मलाई सा¥है रमाईलो लाग्यो । अरुबेला हिंड्न अल्छि मान्ने र गोडा उचाल्नै गा¥हो पर्ने मेरो स्वास्थ्यामा आकाश पातालको फरक आईसकेछ । अरुबेला टनको जस्तो लाग्ने मेरा गोडाहरु अहिले पाउका जस्तै हलुका भएका थिए । तर एउटा सानो समस्या चाहिं त्यहां पनि देखा पर्यो । खुट्टा धेरै हलुका भएर होला टेकु“ भनेका ठाउ“मा पाईलानै परिरहेको थिएन । त्यसवेला मलाई यो समाजका सभ्य भनाउ“दा हरु संग रिस पनि उठिरेहेका थियो । मान्छेको स्वास्थ्यमा यति धेरै प्रगति हु“दा उनिहरुले लरखरायो वा ढुलमुलायो भनेर लगाउने आरोपलाई मेरो अन्तरात्माले सुरु देखिनै अस्विकार गरिदियो ।
यसमा भने मेरा दुवै मन एक मत देखिए । त्यसैले यसमा उनिहरुका विच कुनै वाझावाझ हुने अवस्था आएन ।
हलुका खुट्टाले लहरींदै मेरो ज्यानलाई गन्तव्यहिन यात्रामा अघि वढाए ।
केही अगाडि मात्र के पुगेको थिएं, आ“खै टट्याउने झिलिमिलि बत्ती बलेको ठाउ“मा आईपुगें । सवैतिर वन्द भईसकेको निष्पट्ट कालो रातमा पनि त्यहा“ भने खुलानै थियो र झिलिमिलि पनि । विस्तारै त्यतै तिर तान्दै लग्यो मेरो हलुका खुट्टाले ।
ढोकामा पुगें, तर भित्र जान भने मन थिएन......
घरक्क ढोका खुल्यो । दुईजना सुन्दर कन्याहरु बाहिर निस्केर सोधे ‘अंकल कसलाई खोज्नु भएको ?’
‘तिमीहरुलाईनै हो’ भनेर प्याच्च भनिदिउ“कि जस्तो लागेको थियो तर मुख खोलिहाल्ने हिम्मत भएन । कस्तो पात्तिएको बुढो रहेछ भनेर हल्ला गर्न थालेभने के गर्नु ?
मैले केहि बोल्न नपाउ“दै दुवैजना मसंग टा“सिई सकेका थिए । अनि दुवैले मेरो एक एकवटा पाखुरा समातेका थिए, चोर समातेजस्तो ।
‘भित्रै जाउ“ न अंकल’ एउटीले नम्र निवेदन गरि
‘हो भन्या अंकल, यहा“ चिसो छ क्या.....’ त्यसैमाथि अर्किले थपि ।
‘होईन म जान्न’ भिष्म अडान संगै मैले पहिलो पटक जिव्रो चलाएं ।
‘त्यसो नभन्नुसन भित्र हिंड्नुस् । यहा“ चिसो छ क्या, फेरी भोली ज्वरो आउला ।’ महिनौं अभ्यास गरेका गायक जस्तै लोली मिलाएर उनिहरुले मलाई वालकलाई सम्झाएझैं गरे ।
‘मलाई कति गर्मि भईरहेको छ भन्ने तिमिहरुलाई के थाहा ।’ मैले मनमनै जवाफ दिएं ।
भित्र नगई सुखै भएन । मेरा पाईला विस्तारै चले । अनि ढोका वाट छिर्ने वित्तिकैको वेञ्चमा थ्याच्च वसैं । वसें भन्नु भन्दा ज्यानलाई वेञ्चमा थचारें भन्दा वढी उपयुक्त हुन्छ होला ।
उनिहरुले मलाई विस्तारै समाएका थिएकि वा उनीहरुको खुट्टा पनि मेरो जस्तै हलुका थियो वा.........................। उनिहरु पनि म संगै लछारिंदै बेन्चमै वस्न आईपुगे ।
‘अंकल भित्रै जाउ“न ।’
‘होईन, यहिं ठिक छ ।’
‘यहा“ धेरै मान्छे ओहोर दोहोर गर्छन् क्या ।’
‘के भो त ?’
उनिहरु र मेरो विचमा भित्र लाने र जान नमान्ने अडानका साथ धेरैवेर भलाकुसारी भईरह्यो ।
‘उसो भए के खाने त?’ एउटीले पराजय स्विकार्दै कुरो मोडि
मलाई ठुलै युद्ध जिते जस्तो भयो ।
‘म केहि पनि खान्न, अघाएको छु ।’ अव निहुरीनु पर्ने कुनै कारणनै थिएन । मैले जिति सकेको थिएं ।
यस्तैमा फलफुल सलाद र बियर बोकेर एउटी आई ।
दुईजनालो पालैपालो शिशिबाटै बियर घुट्क्याउन थाले । अरुबेला भएको भए त्यो बियर देखेर मेरो मुखमा कति पानी आउ“थ्यो होला ? तर त्यो बेलामा भने केहि वेर अघि खाएको भेजनै आउन खोजिरहेको थियो । त्यसलाई मैले वल गरेर रोकिराखेको थिएं । त्यसैले मलाई त्यसको वास्ता नै लागेन ।
उनीहरु म संग कुरा पनि गर्दै थिए । अनि मुखमा बुझो पनि खा“द्दै थिए । उनिहरुले के खाए, कति खाए , मलाई वास्ता गर्न आवश्यक पनि थिएन । म जुरुक्क उठें ।
‘जान लाग्नु भएको?’ मधुर प्रश्न
‘ अं अव म जान्छु ।’ लरवरिएको उत्तर
‘होईन वस्नुस्न । अव एक वोतल वियर खाने क्या हामि ।’ बुझो कोचिएको मुखवाट आग्रहमा मधुरता थपियो ।
‘अहं, अव म जान्छु ।’ मैले द¥हो अडान लिएं ।
‘उसो भए विल तिर्नुस् ।’ एकै पटक भदौरे पानी रोकिए जस्तै मधुरता हरायो ।
‘के को विल ?’
‘खाएको विल नि ।’
‘मैले त खाएकै छैन ।’ म अकमकिएं ।
‘चौविस सय पचास’ पर वाट आवाज आयो ।
‘ल चौविस सय ५० तिर्नुस् ।’ ठाडो आदेश ।
‘म तिर्दै तिर्दिन ।’ फेरी द¥हो अडान ।
‘नतिर्ने नै होत?’
‘हो’
त्यत्तिकैमा वरिपरि ५–६ जना जम्मा भईसकेका थिए । सबैले मलाई च्यापचुप समाते । अघि नरम हातले भित्र लानेलेनै अहिले खस्रा हात र व्यवहारका साथ मेरो खल्तिवाट पैसा झिकि ।
कति झिकि मलाई थाहा छैन । अघि कन्याहरुले दुईतिर पाखुरा समातेर भित्र लगेका थिए । अहिले दुईजना कुमारले कठारो समाएर बाहिर ल्याए । अघि दुई कन्याका नरम हात झड्कालेर आफैं वेञ्चमा वसेको थिएं । अहिले उनिहरुले मलाई झड्कालेर हिन्दी सिनेमामा गुण्डाले गुडिरहेको गाडिवाट लाश फालिदिएजस्तो मलाई वाहिर फालीदिए ।
‘म पनि त एक्लै छैननी ।’ मलाई झनक्क रिस उठ्यो ।
संगठित भएपछि जे पनि गर्न सकिन्छ भन्ने मैले राजनिति नवुझेपनि वन्द र हडताल वुझिसकेको थिएं ।
खल्तीबाट मोबाईल झिकें । धन्न त्यो लुटेका रहेनछन् ।
साथीलाई फान गरें । उठाउने बित्तिकै साथि जंगियो ‘अहिले सम्म सम्पर्क हुन सकेन, कहा“ हुनुहुन्छ ? खोज्दा खोज्दा हैरान भईसकियो ।’
‘मलाईत लुटे यार’ रोक्न खोज्दा खोज्दै मेरो मुखवाट रुञ्चे स्वर एकै पटक निस्क्यो ।
‘कहां हुनुहुन्छ त्यो भन्नुस्न ।’
‘त्यहा“ भन्दा अल्लि पर वाटोको वाया“ पट्टि भएको क्याविन रेष्टुरेञ्टको वाहिर पट्टि’ मैले सम्भव भएसम्म वुझिने वोलीमा, उनिहरुले सजिलै बुझ्ने गरि भनें । उनिहरुले कति वुझे मलाई थाहा भएन । फोन काटियो ।
केही बेरमा साथीहरु आइपुगे । मैले सबै बेलिविस्तार लगाए“ । तर राम्ररी बुझाउन सकेंकि सकिन म अलमलमा परीरहें । अनि एउटै वाक्य दोहो¥याई रहें ।
‘एउटै कुरो नदोहो¥याउनु न’ एउटाले भन्यो ।
मलाई मेरै जिव्रोले समेत साथ दिईरहेको थिएन । म बोल्न खोज्थें, जिब्रो चल्नै मान्दैन थियो ।
सवैजना फेरी भित्र गयौं । आधा दर्जन मान्छे संग भित्र जा“दा म पनि केही पूmर्तिलो भएको थिए“ ।
‘ओए, मेरो पैसा झिक् ।’ मेरो डा“को ठुलो भईहाल्यो ।
‘के को पैसा?’ अघि मलाई बाघ वनेर झम्टनेले विरालो जसरी म्याउ गर्यो ।
‘अझ के को पैसा भन्छस् ?’ साथीहरु मै संग थिए, म के कम् ?
‘............’
‘................’
साथीहरु मलाई चूप लाग्न भन्दै थिए । कुरो बुझ्न खोज्दै थिए । ढोकैमा आएर ट्याक्सि रोकियो ।
‘के भो ब्रो ?’ मुटु कमाउने धोत्रो आवाज संगै ३–४ जना मुन्द्रे कुण्डले भित्र छिरे ।
मेरो बोली वन्द भयो ।
अघि विरालो भएकाहरु अहिले वाघ भईसकेका थिए ।
अघि मलाई अंकल भन्ने भतिजी अगाडि देखा परी । सा“च्चै रणचण्डी जस्ती देखिएकि थिई । हातमा चप्पल थियो । मुखै ताकेर हानी । छेक्न खोज्दै थिएं, सकिनं ।
ब्यु“झदा घरको खाटमा थिएं । टाउको माथि जा“तो राखे जस्तो भईरहेको थियो । जिउ सवै दुखिरहेको थियो । कोठामा कोहि थिएनन् ।
‘ओहो कस्तो नराम्रो सपना देखियो ।’ घटना सा“चो नभएर सपना भएकोमा मक्ख परें । मनमनै भगवानलाई धन्यवाद पनि दिएं ।
यसो हात मुखमा लगेकोत सुनिएको रहेछ । झस्यांग भएं । बल्ल बल्ल उठेर ऐनामा हरेको, मुखमात चप्पलको डामनै वसेको रहेछ । नाकमा अलि अलि रगत कटकटिएर कालो भएको थियो । ज्यु“दै मर्ने भनेको के होला जस्तो लाग्थ्यो । यस्तै हु“दो रहेछ भनेर मनमा खेल्न थाल्यो ।
श्रीमती ज्यु कोठामा आउनु भयो । अनि भुत्भुताउनुभयो ‘नकच्चरो बुढो, पचास कट्न आ“टेर पनि यस्तो चाल छ । छिमेकीको अगाडि कसरी मुख देखाउनु ? साथीभाईले के भन्लान् ?’
वहा“ वोली रहनु भयो । वहा“को महानवाणि म आज्ञाकारी वालक भएर सुनिरहें ।
छोरा छोरी पनि मेरो मुख हेर्दै हा“स्छन् । अनि टाढेवाट भाग्छन् । मलाई देख्ने वित्तिकै लुटपुटिन आउने सानो छोरो पनि नजिक आएन । म न उनीहरु हा“स्ने साहस जुटाउन सकेको छु, न रिसाउने नै हिम्मत छ ।
‘देखिस् ? बाहिर ननिस्कि भनेको होईन ?’ त्यहि वेला दोस्रो मन वोल्यो ।
महिलो मनले केहि जवाफ फर्काएन । कता गएको थियो पत्तै भएन ।
एक हप्ता भयो । न अफिस गएको छु । अथवा भनौं न जान सकेको छु । न वाहिर नै निस्किएको छु । श्रीमतिले ठसक्क परेर भात पस्किदिन्छीन्, त्यहि खान्छु वसिरहेको छु । घरको कोही पनि बोलीरहेको छैन । के भयो भनेर सोध्ने हिम्मत आएको छैन । साथीहरुलार्य कसरी सोधैं ? उनीहरुले फोन गछन्कि भनेर मोबाईल पनि बन्द गरेर राखेको छु । मेरो जस्तै डाम अरु साथिको पनि होलाकि? चिन्ता लागिरहेको छ । बिस्तारै अनुसारको डामत निको होला तर अफिस...... कसरी जाने ?
दोस्रो मन खिसि गरेर हा“सि रहेको छ । पहिलो मन कहा गयो पत्तै छैन ।
No comments:
Post a Comment