
नजाओस अहिल्यै
बुद्रुक–बुद्रुक उफ्रदैँ
यो कलिलि लोकतन्त्र
वासिङ्टन डि.सी र दिल्लीको ब्युटिपार्लरमा
फुस्रो बगैचामा आनन्दसँग बसेर
बदाम चपाएर बसिरहेका ए मान्छेहरु
आउ रोपौँ सयौँथरी फूलहरु
हामीले राम्रा फूलहरु फूलाउनै पर्छ
यो सानी फुच्ची लोतन्त्रलाई
सजाउनै पर्छ–सजाउनै पर्छ
यसले -याल बगाएर
भिजाउन सक्छे सानो गुन्यू
आउ परियार दाज्यू राले सिइदेउ
यसले घाँघर मैले पार्न सक्छे
आउ धोबिनी दिदी घााम छँदै आउ
प्रिय लेखकहरु
लेख नयाँ राम्रा पुस्तकहरु
हामी चाँढै भर्ना गर्छौ नयाँ स्कूलमा
हाम्री फुच्ची लोकतनत्रलाई
ए कविहरु/गीतकारहरु
लेखिदेउ यूगका सुनौला गीतहरु
उ तोतेबोलीमै गाइदिन्छे
हजुरआमाहरु पिटिदिनुहेछ एकताको ताली
तिमी कलम देउ
म कापी दिन्छु
उनीहरु किताब दिन्छन्
ए उद्योगपति दाज्यूहरु
बनाइदेउ सबै किताब अटाउने एक झोला
उ जाओस आजै देखि
यूगको सुनौलो पाठशाला
त्यो पाठशाला
जहाँ लेखियोस स्वर्ण अक्षरले
कहिल्यै नमेटिने यूगीन संबिधान
०६७ आश्विन १३
काठमाडौँ

ekdam ramro chha...manparyo manparyo :)
ReplyDelete