Monday, January 09, 2012

सबिन्द्र साइबर जाँदैन

बालकथा

सबिन्द्रको घरनजिकै एउटा साइबर थियो । ठूला मान्छेहरु इन्टरनेट चलाउन वा कम्प्युटरमा राम्रा कामहरु गर्नको लागि त्यो साइबरमा जाने गर्दथे । सबिन्द्रको घरमा कम्प्युटर थिएन । उसलाई पढ्न भन्दा पनि कम्प्युटरमा गेम खेल्न औधी रमाइलो लाग्थ्यो । बरु स्कुल सधै बिदा भए पनि हुन्थ्यो नी । ऊ सधैँ घरबाट स्कुल जाँदा यस्तै सोच्ने गर्दथ्यो । स्कुलमा दिइएको होमवर्क गर्न पनि उसलाई साह्रै अल्छि लाग्ने गर्दथ्यो ।
उसको बुवा घर बनाउने ठाँउमा मजदुरी गर्नुहुन्थ्यो । ममी भने एउटा स्कुलको क्यान्टिनमा भाँडा धुने काम गर्नुहुन्थ्यो । उहाँहरुले सबिन्द्रलाई धेरै दुःख गरेर घरनजिकैको एउटा बोर्डिङ स्कुलमा भर्ना गरीदिनुभएको थियो । सबिन्द्रलाई पढ्न र लेख्न भनेपछि साह्रै अल्छि लाग्थ्यो । उ घरमा जहिले पनि बुवा ममीसँग पैसा मागेर दुःख दिने गर्दथ्यो । कहिले कापी सकियो भन्थ्यो त कहिले कलम हरायो भन्थ्यो । उ जहिलेपनि बिभिन्न बाहाना बनाएर पैसा माग्ने गर्दथ्यो । अनि त्यो पैसा लिएर साइबरमा जान्थ्यो । कम्प्युटरमा लडाँइ झगडा गर्ने, गोल िहानेर मान्छे मार्ने जस्ता निकै डरलाग्दा गेमहर खेलेर उ रमाउँथ्यो । उसलाई त्यो कम्प्युटरमा भएको हिरोले हान्ने गरेको जस्तै बन्दुक पनि किन्न मन लागेको थियो । उ स्कूलमा साथी सँग पनि गेममा भएको हिरोले लडाँइ गरेजस्तै गरी कुटपिट गर्न खोज्थ्यो ।
उ पैसा नभएको दिन पनि साइबर जाने गर्दथ्यो । त्योबेला अरुले गेम खेलेको हेरेर रमाउँथ्यो । स्कुलमा भने कहिल्यै पनि गृहकार्य नबुझाँउने तथा सर र मिसले पनि सधैँ गाली गर्ने तथा सजाय दिने गर्नुहुन्थ्यो । अरु साथीहरुले लेखेको नेपाली तथा अङ्ग्रेजी अक्षर पनि ज्यादै राम्रा हुन्थ्ये तर उसको अक्षर भने कसैले पनि नबुझ्ने किसिमको हुन्थ्यो । यस्तो हुनुको कारण उ पढ्न लेख्न पटक्कै मन लगाउँदैनथ्यो ।
एकदिनको कुरा हो, सबिन्द आफ्नो बुवाको ओछ्यानमा खेलीरहेको थियो । बुवाको सिरानी मुनि पाँच सय रुपिँया रहेछ । उसले त्यसलाई कसैले नदेख्ने गरि सुटुक्क खल्तीमा हालेर रमायो । बेलुका बुवाले आफ्नो पैसा हराएको कुरा बताउदा पनि सबिन्द्रले आफूलाई थाहा छैन भनेर टा¥यो । उहाँले त त्यो पैसा तेल, चिनी र चामल किन्नका लागि जतन गरि राखेको पैसा पो रहेछ । चामल नभएपछि भोली खाना कसरी पकाउने होला भनेर उहाँले सुईय् दुःखको सुस्केरा हाल्दा पनि उसले त्यो पैसा आफुले लिएको बताएन । उसले त त्यो पैसा साइबरमा गेम खेल्नका लागि पो लुकाएको रहेछ । नभन्दै एक दिन उसकी ममी स्कुलमा फि तिर्नका लागि जानुभएको थियो । त्यो दिन सबिन्द्र स्कुलमा थिएन । पछि कक्षा शिक्षक सँग बुझ्दा त उ स्कुल नगएको नै एक हप्ता पो भइसकेछ । उ त घरबाट स्कुलको ड्रेस लगाएर दिनभरी साइबरमा गेम खेलेर पो बस्दोरहेछ । यो कुरा थाहा भएपछि उसले स्कुल र घर दुबै ठाँउमा धेरै गाली खायो । साइबरमा गेम खेल्न घरी–घरी गइरहनाले उसले कुनै पनि गृहकार्य पूरा गर्न सकेको थिएन । उसले केही पाठहरु पनि पढ्न छुटाएको थियो ।
उसकै कक्षामा पढ्ने महेश उ बस्ने घर भन्दा पल्लो घरमा बस्थ्यो । उ कहिल्यै पनि साइबरमा गएर अनावश्यक गेमहरु खेल्ने अनि भए नभएको पैसा खर्च गर्ने स्वभावको थिएन । उ त सधैँ मिहिनेत गरेर पढ्थ्यो । नभन्दै उनीहरुको अन्तिम परिक्षा पनि शुरु भयो । परिक्षामा सबिन्द्रलाई केही लेख्नै आएन । एक हप्ता पछि रिजल्ट भयो । पल्लो घरमा बस्ने महेश परिक्षामा पहिला भयो तर सबिन्द्र भने नराम्ररी फेल हुन पुग्यो । फेल भएपछि निकै दिन सम्म सबिन्द्र घुँक्क–घुँक्क रोइरह्यो । सबै साथीहरु रमाउद–रमााउदैै माथिल्लो कक्षामा पढ्न थाले । उसले भने फेरी पहिलाकै कक्षालाई दोहो¥याएर पढ्नुपर्ने भयो । उस्ले धेरै दिनसम्म दुःख मानिरह्यो । उसलाई आफूले साइबरमा गेम खेल्न गएर पढाइ बिगारेकोमा ठुलो पछुतो लाग्यो । फेल भएपछि त उ निकै मिहिनेत गरेर पढ्न थालेको छ । अहँ, आजभोली सबिन्द्र साइबर जाँदैन ।

२०६८ मंसिर ०५
ललितपुर

No comments:

Post a Comment

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...