Friday, June 24, 2011

सुन्दर काँठः उस्तै कामको चटारो

धुलो धुवाको आतङ्क र शहरी कोलाहल भन्दा अलिकति मात्रै पर । चारैतिर हरियाली नै हरियाली । बसन्तले पाइला टेकेको शुन्दर शान्त ठाउँ । अलि–अलि गर्मी तर हरियो रुखहरुबाट बहने सिर्सिरे चिसो हावाको स्पर्श । नजिकैको जंगलबाट झरेको स्वच्छ पिउने पानी । काफल चरीको ‘कुक्कु’ र कोइलीको कुहु–कुहुको आनन्द दायी आवाज । अनि त्यस्तै ग्रामीण निस्वार्थ मुस्कान ।
यस्तै–यस्तै भेटियो रिङ्रोडबाट करिब ११ किलोमिटर पर ललितपुरको लामाटार गा.वि.स.मा । खेतभरी हरीया गहुँ लह–लह झुलेका छन् । पहेलपुर जौ काट्नलाई ठिक्क बेला भएको छ । कतै आलु खन्ने समय भएको छ भने कतै च्याउ टिप्ने प्रायः बारीभरी बाँसको टहरो बनाइएका छन् । धेरैजसो किसानहरु बारीभरी छरिएका छन् मकै र तरकारी लगाउन ।
प्रकृतिको आनन्दमा रम्दै–रम्दै गर्दा आकस्मिक रुपमा भेटिनु भयो कृषक मुकुन्द प्रसाद घिमिरे । हिउँद पछि अब बर्खामास लाग्दैछ । वहाँ आफ्नो बारीमा कम्पोष्ट मल छरेर खनजोत गर्दै हुनुहुन्थ्यो । गोलभेडा लगाउन करिब ६ हजार खर्चेर बाँसको एउटा टहरो बनाई सक्नुभएको उहाँले ५ सय ओटा गोलभँेडाको विरुवा लगाउने योजना बनाउनुभएको रहेछ । मकै लगाउनु र गोलभेँडा लगाउनुमा कुनमा बढी फाइदा हुन्छ त ? घिमिरे भन्नुहुन्छ– “मकैबाट त्यै ८÷१० हजार मात्र हुने ठाउँमा यसरी गोलभेँडा लगाउँदा ३० देखि ३५ हजारसम्म हुँदोरहेछ ।” उहाँले गत वर्ष देखि कृषि विज्ञको सल्लाहमा “सिर्जना” जातको गोलभेँडा खेती गर्दै आउनुभएको रहेछ । उहाँको अनुभवमा यो जातको गोलभेँडामा रोगव्याधी निकै कम लाग्ने गर्दछ ।
कृषक घिमिरेका अनुसार लामाटार गाविस वडा नं. ५ र ६ मा करिब एक सय घरले यसरी टहरो बनाएर व्यावसायीक रुपमा गोलभेँडा खेती गर्दै आएका छन् । वहाँ भन्नुहुन्छ –“जेठमा लगाएको गोलभेँडा असार अन्तिमबाट पुषसम्म निरन्तर फलिरहन्छ । बजारको पनि दुःख छैन । कालीमाटीबाट घरमै लिन आउँछन् ।” जहाँ गोलभेँडा लगायत बेमौसमी तरकारी काउली, बन्दा, खुर्सानी, मूला लगायतको खेती गर्न किसानहरु जुटिरहेका भेटिन्छन् । बारीभरी तरकारी खेती गर्नका लागि बाँसको टहरो निर्माण गर्न थुप्रै किसान व्यस्त देखिन्छन् । लामाटार गाविस वडा नं. ६ निवासी कृषक रेणुका घिमिरेले भने गएको पौषदेखि करिब ५० हजार लगानी गरेर च्याउ खेती शुरु गर्नुभएको रहेछ । पुरै कालो प्लाष्टिकले छोपिएको एउटा ठूलो टहरोभित्र परालबाट उत्पादित च्याउ त्यहीबाट बिक्री हुन थालेको पनि ३ महिना भइसकेको छ ।
उहाँ भन्नुहुन्छ –“अहिलेसम्म लगभग लगानी उठीसक्यो । अब उत्पादन हुने च्याउबाट भने फाइदा निस्कन्छ । घरमै आइपुग्ने व्यापारीले किलोको ५०÷६० रुपियाँमा लैजान्छन् । टाढा बजारमा आफैले पु¥याउन सके फाइदा त बढी नै हुन्थ्यो ।”
सोही ठाउँका सन्तोष प्याकुरेलले भने २५ हजार लगानीको च्याउखेतीबाट हेटौंडासम्म बजार विस्तार गरी साँढे ३ लाखसम्म आम्दानी गर्न सफल हुनुभएको रहेछ । वडा नं. ६ मा करिब १० घर जतिले व्यावसायीक च्याउखेती गरेका रहेछन् भने च्याउको मूख्य बजार ललितपुरको लगनखेल लगायत काठमाडौंका मूख्य तरकारी बजार हुन् ।
सो क्षेत्रका कृषकहरु संगठित भई ‘राधा कृष्ण उच्च मूल्य तरकारी तथा फलफूल समूह लामाटार–६’ को स्थापना पनि गरेका रहेछन् । उक्त समूह मार्फत गाउँमा सामूहिक रुपमा तरकारी तथा फलफूल खेती गर्ने, बजार प्रवद्र्धन गर्ने, नयाँ उन्नत जातका तरकारी एवं फलफूल लगाउने जस्ता कार्यहरु हुँदै आइरहेको रहेछ ।
उपत्यकामा बेला–बेला तरकारीको अभाव हुन्छ । मूल्य वृद्धिले आकास चुम्छ । शहर छेउ–छाउका काँठ क्षेत्रका किसानहरु यसरी नै सक्रिय हुने हो भने, आफ्नो गाउँ–ठाउँको हावापानी मिल्दो व्यावसायिक रुपमा तरकारी खेती गर्ने हो भने एकातिर उपभोक्ताले अनि अर्कोतिर उत्पादक दुवे पक्षले राहत पाउने थिए । वास्तवमै काँठ क्षेत्र शुन्दर छ, जतिबेला पनि कामकै चटारो छ, परिश्रम बढी छ जसले शहरबासीलाई तरकारी, दुध लगायत खाद्यान्न उपलब्ध गराई सहयोग पु¥याईरहेकै छ ।

No comments:

Post a Comment

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...