
म त हिडिरहें चुपचाप एक्लै
बाटो जता-जता थियो
कहिले हाँसिरहें
कहिले रोईरहें
जस्तो जस्तो परिबेश थियो ।
आँधी आए कति कति
बाढी भेल संग-संगै
ठेस लागे अनगिन्ती
गहिरा गहिरा चोट संगै
मेट्दै प्यास आँशुहरुले
तिर्खा थियो त्यही गन्तब्य
म त हिडिरहें....
थिए आफन्त तर थिएनन् कोही
प्यारो मेरो दुखी जिन्दगी
घाम त थियो
र छाँया नि थियो
तर कतै कतै नै माया थिएन
अझै बाँच्ने केही बिश्वास लिएर
ति सुदुर सम्झनाको निश्वास लिएर
म त हिडिरहें ......
(२०६६मंसिर ३
No comments:
Post a Comment