Friday, June 24, 2011

हजुरबाको गेम

सरोज र सुमन दाजुभाई हुन । दुई बर्षको उमेर अन्तर भएपनि उनीहरु जुम्ल्याहा जस्तै देखिन्छन । उनीहरुको स्कूल पनि एउटै भएकाले सधैँ संगै स्कूल जाने आउने गर्छन । उनीहरुको बुवा एउटा नीजि अस्पतालमा पिउन पदमा जागिरे हुनुहुन्छ । उहाँको एउटा सुन्दर सपना छ –सरोज र सुमन दुबैलाई धेरै पढाएर डाक्टर बनाउने ।
पढाइमा मद्धत पुगोस भनेर उहाँले ठिक्कको मेच टेबुल लगायत आवश्यक कापी किताब पनि किनिदिनुभएको थियो । साथै उनीहरुको पढाइलाई थप सहयोग पुगोस भनेर एउटा कम्प्युटर पनि किनिदिनु भएको थियो । सरोज र सुमनलाई समयको महत्व सिकाउदै उहाँले उनीहरु पढ्ने कोठामा पढ्ने–लेख्ने र खेल्ने समय तालिका पनि बनाएर टाँसिदिनुभएको थियो ।
तर उहाँले सोचे जस्तो चाँही भएन । किनकी सरोज र सुमनलाई पढ्न–लेख्न भन्दा पनि कम्प्युटरमा गेम खेल्न औधी रमाइलो लाग्थ्यो । कम्प्युटरमा गेम खेल्न अल्छि लाग्यो भने उनीहरु कार्टून आउने च्यानल लगाएर टि.भी. अगाडी खित्तित्तित्त हाँस्दै रमाँउथे । कहिलेकाँही त साथीहरुको घरबाट कार्टून चित्रको सिडी, डिभीडी नै ल्याएर टि.भीमा कार्टून हेरेरै समय कटाँउथे ।
एक दिनको कुरा हो । बिहानै उनीहरुको घरमा एउटा फोन आयो । फोन स्कूलको प्रिन्सिपल सरले गर्नुभएको रहेछ । प्रिन्सिपल सर सँग कुरा गरिसकेपछी सरोज र सुमनलाई उनीहरुको बुवाले हकार्दै बोलाउनुभयो । अनि बेस्सरी गाली गर्न थाल्नुभयो–“नालायकहरु ! तिमीहरु अचेल होमवर्क गर्दैनौँ रे ! अरु नै साथीको कापीबाट सारेर मात्रै बुझाँउछौ रे ! त्यो पनि कहिले काँही मात्र रे ! अब सधैँ यस्तै गर्ने हो भने तिमीहरुलाई स्कूलबाट सजाँय हुन्छ रे !” उहाँ यति भनेर रिसाँउदै आफ्नो काममा लाग्नुभयो ।
बुवाले बेस्सरी गाली गरेपछी भने उनीहरुलाई साँच्चिकै डर लागेर आयो । हुन पनि कम्प्युटरमा गेम खेलीरहने अनि टि.भीमा कार्टून हेरीरहने गर्नाले उनहिरुको आँखामा पनि समस्या बढ्दै थियो । अर्कोतिर उनीहरु होमवर्क पनि पूरा गर्दैनथेँ । एक दिन त स्कूलमा निर्मला मिसले होमवर्क नगरेको भनेर नराम्रो सँग गाली पनि गर्नुभएको थियो ।
यस घटनापछी उनीहरुले तीन–चार दिन त राम्रैसँग पढे अनि होमवर्क पनि आफैले मिहेनत गरेर गरे । तर पनि “पल्केको तिल्के, घरी–घरी मिल्के” भनेझै उनीहरुलाई कम्प्युटरमा दिनभरी गेम खेल्न पाए हुन्थ्यो भन्ने चाहीँ लागिरहन्थ्यो ।
बुवाको गाली खाएको चार–पाँच दिन पछि एक दिनको कुरा हो । त्यस दिन उनीहरुको बुवा बिहानै अस्पतालमा डिउटीको लागि हिडिसक्नुभएको थियो । बुवा बिहानै हिँडेको थाहा पाएपछी दुबै जना साह्रै रमाए–“आहा ! अब मज्जाले कम्प्युटरमा गेम खेल्नुपर्छ”। उनीहरुले दगुर्दै गएर कोठामा कम्प्युटर अन गरे । कम्प्युटर त एउटा मात्र थियो तर उनीहरु दुई जना थिए । सुमनलाई बन्दुक हान्ने हिरो र भिलेनको थ्रीडि गेम मन पथ्र्यो भने सरोजलाई बाटोमा कार कुदाउने । उनीहरु म पहिला खेल्छु–म पहिला खेल्छु भनेर एक अर्कालाई भन्न थाले । उनीहरु दुबैजना आफूनै पहिला गेम खेल्न चाहन्थेँ । म पहिला खेल्छु भन्दा भन्दै दुबैजना कुटाकुट नै गर्न थाले । झगडा गर्दा सुमन भँइमा पछारियो अनि उ ठुलो स्वरले कंकलाशब्द गरेर रुन थाल्यो ।
उनीहरुको हजुरबुवा धुप बालेर पुजा पाठ गर्दै हुनुहुन्थ्यो । सुमन रोएको सुनेर उहाँ तुरुन्तै कोठामा आउनुभयो । अलि–अलि रिसाँउदै “बिहान–बिहानै के को दन्तबजान गरेको” भनेर सोध्नुभयो । उनीहरु दुबै जनाले एक–अर्कालाई देखाउदै उसले मलाई गेम खेल्न दिएन भन्दै गुनासो गर्न थाले । त्यसपछी हजुरबाले भन्नुभयो–“पर्ख ! आज म तिमीहरुलाई कस्तो गेम खेलाउछु हेर न । म पूजा त सकूँ । तिमीहरुलाई मैले जान्या छु ।” उहाँ यति भनेर पूजा कोठातिर लाग्नुभयो ।
हजुरबाले त्यसो भनेपछी दुबैजना डरले थर्कमान भएर चुप लागे । पूजा गर्न बिथोलेको भनेर बुढाले मार्छन कि क्याहो भनेर उनीहरु साह्रै डराए । उनीहरुको हजुरबा पहिला आर्मीमा हुनुहुन्थ्यो । साठ्ठी वर्ष उमेरको भएपनि उहाँ सधै हृष्ठपृष्ठ र स्वस्थ देखिनुहुन्थ्यो ।
एकछिन पछी हजुरबा आउनुभयो र दुबैको हात समाएर आँगनमा पु¥याउनुभयो । पल्लो घरको रोशनलाई पनि बोलाउनुभयो । अनि तीन जनालाई लाइन लगाएर गोडा फाट, सत्रक, दायाँ घुम–बाँया घुम भन्दै शारीरिक गेम पो खेलाउन थाल्नुभयो । हजुरबाले उनीहरुलाई पुस–अप, चिन–अप, सिट–अप जस्ता गेम पनि सिकाउनुभयो । एक छिन अघि सम्म हजुरबासँग डराएका उनीहरु हाँस्दै रमाउन थाले । आधा घण्टा जति तेस्तो गेम खेलेपछी हजुरबाले भन्नुभयो–“अब प्रत्येक बिहान आधा घण्टा वा एक घण्टा यस्तै गेम खेल्ने अनि पढ्ने बुझ्यौ ? कम्प्यूटरमा गेम चाँही शनिबार मात्रै पालै–पालो एकछिन खेल्ने । लौ जाओ अब, मिलेर पढ्ने लेख्ने काम गर ।”
हजुरबाले गेम खेलाएर यसो भनेपछी उनीहरु पढ्न लेख्न थाले । अर्को दिन पनि उनीहरुले हजुरबा सँग यसरी नै गेम खेले । छिमेकबाट अरु दुई–तीन जना साथीहरु थपिए । यस्तो शारीरिक ब्यायाम गरेर पढ्दा–लेख्दा उनीहरुलाई आफ्नो स्मरणशक्ति बढेको जस्तो, शरीर हलुको भएको जस्तो अनुभव भयो । एक दिन हजुरबाले उनीहरुलाई कराँते वा तेक्वान्दो खेलाउने ठाँउमा भर्ना गरिदिने भनेपछी उनीहरु साह्रै खुसी भएका छन् । कक्षामा पनि सरोज र सुमन अरु साथीहरु भन्दा पनि स्मार्ट बन्न थालेका छन् । अहिले उनीहरुले थाहा पाए– कम्प्युटरमा खेलीने गेम भन्दा त हजुरबाले सिकाएको शारीरिक गेम नै धेरै असल रहेछ ।

No comments:

Post a Comment

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...