Saturday, May 14, 2011

दयालु बुढीआमा

सरोज, प्रमोद अनि सुवास एउटै स्कुलमा पढ्थे । उनीहरुको स्कुलको गेट छेउमा एउटा सानो पसल थियो । पसलमा धेरै सामानहरु थिएनन् । एउटा डालीमा बदाम र अर्को बाँसको ¥याकमा थोरै चिजबिज हुन्थे । त्यो ¥याकमा अलिकति कापी,कलम,चकलेट आदी राखिएको हुन्थ्यो । त्यि सामान बेच्न एकजना बुढी आमा त्यहाँ बस्थिन । उनलाई सबैले बुढीआमा भनेर बोलाउँथे । साना–साना नानीहरुले बुढीआमा सन्चै हुनुहुन्छ भन्थे । त्यसो भन्दा उनी साह्रै मख्ख पर्थिन ।
सरोज स्कुल पस्ने बेलामा अनि निस्कने बेलामा बुढीआमालाई देख्थ्यो । सधैभरी बुढीआमा सानो पसलमा बसेको देख्दा उसको मनमा कुरा खेलिरहन्थ्यो । किन उनले थोरै सामान बेच्न राखेको होला ? किन बृद्ध उमेरमा पनि घरमा नबसेर काम गरेको होला ? उ सधैँ यस्तै कुराहरु सोच्ने गथ्र्यो । एकदिन उसले बुढीआमालाई सोध्ने बिचार ग¥यो ।
एकदिनको कुरा हो, स्कुलमा टिफिन टाइम भएको थियो । सरोजले उसको साथी प्रमोद सँगै भएर बुढीआमा सँग कुरा गर्ने बिचार ग¥यो । सरोज र प्रमोद सँगै आएर बुढी आमाको छेउमा बसे । शुरुमा कुरा गर्न सरोजलाई साह्रै अप्ठ्यारो लाग्यो । पछी उसले त्यि बुढी आमा पनि आफ्नै हजुरआमा जस्तै त हो नी भनेर सोच्यो । अनि उसले सोध्यो–“बुढीआमा तपाईले किन थोरै सामान बेच्नुभएको ? अनि बृद्ध भएर पनि किन काम गर्नुभएको ?”
बुढी आमाले आफुसंग धेरै सामान नभएकोले अनि गह्रौ काम गर्न नसकेर सानो पसल राखेको बताइन । उनलाई त्यसरी सोधेको देखेर साह्रै खुसी लग्यो । अनि उनले तिमीहरु कति कक्षामा पढ्छौ भनेर सोधिन । उनीहरुले पनि उत्तर दिए । बुढीआमाले राम्रो संग पढ्नुपर्छ है बाबु भनेर दुबैजनालाई एक–एक मुठ्ठी बदाम दिइन ।
सरोज साह्रै असल थियो भने प्रमोद चाँही अलि खराब स्वभावको थियो । अर्को दिनको कुरा हो , टिफिन टाइमको बेला प्रमोदलाई हिजो जस्तै बदाम खान मन लाग्यो । तर उ संग पैसा पनि थिएन । अर्को साथी सुवासलाई बुढी आमा संग बदाम मागेर खाँन जाँउ भन्यो । त्यसपछी दुबै जना स्कुलको गेटमा आएर बुढीआमा सँग बदाम मागे । तर बुढी आमाले दिइनन् । उनले सित्तैमा मागेर अर्काको कुनै कुरा पनि लिनुहुँदैन भनिन । एकछिन पछी बुढी आमाले अन्तै हेरेको बेला प्रमोद र सुवासले एक एक मुठ्ठी बदाम चोरेर भागे । बुढी आमाले देखिहालिन । उनीहरुलाई घर फर्कने बेलामा बुढीआमाले केही गर्ने हो की भनेर डर लागिरह्यो । नभन्दै बुढीआमाले उनीहरुलाई बदमास भनेर गाली गर्दै घरमा अनि सरलाई पनि सबै कुरा भनिदिन्छु भनिन् । त्यसपछी उनीहरुलाई साह्रै डर लाग्यो ।
एकछिन डराए पनि बेला–बेला स्कुलमा उनीहरु उपद्रो मच्चाइरहन्थे । कहिले कसैको पेन्सिल चोरी गर्ने त कहिले कसैको कापी लुकाइदिने गर्थे । कहिलेकाँही साथीहरुसंग खेल्दा–खेल्दै पनि झगडा गर्न खोजिहहाल्थे । त्यसैले उनीहरुलाई कसैले पनि राम्रो मान्दैनथेँ ।
एकदिन स्कुलमा उनहिरुको पहिलो परिक्षा पनि शुरु भयो । परिक्षा दिन घरबाट स्कुल जाँदा प्रमोदको कलम कहाँ हराएछ कहाँ । उसले झोलामा पनि खोज्यो तर कहिँ भेटेन । अर्को नयाँ किन्नलाई पैसा पनि थिएन । परिक्षा शुरु हुनको लागि जम्मा १५ मिनेट मात्र बाँकी थियो । उसले साथीहरु संग लेख्नको लागि कलम माग्यो तर कसैले पनि दिएनन् । त्यस पछी उ साह्रै दुखी भएर स्कुल बाहिर आई रुन थाल्यो । उ रोएको देखेर बुढी आमाले किन रोएको भनेर सोधिन । उसले बुढी आमाले गाली गर्छिन होला भनेर बोल्दै नबोली आँसु मात्र झारीरह्यो । बुढीआमाले फेरी सोधेपछी उसले परिक्षा दिनको लागि कलम नभएको बतायो । बुढी आमाले ल ल चुप लाग भनिन् । अनि एउटा कलम झिकेर दिँदै राम्रो सँग जाँच देउ है भनिन् ।
प्रमोद छक्क प¥यो अनि खुसी भयो । अस्ति उसले बदाम चोरेर बदमासी गरेको थियो । तर आज उसलाई बुढी आमाको बदाम चोरेकोमा दःुख लाग्यो । परिक्षा दिने बेला भइसकेको थियो । बुढीआमाले यदी कलम नदिएको भए उसले परिक्षा नै दिन नपाउने थियो ।
अर्को दिन बिहान उसले बुढीआमालाई हिजो दिएको कलमको पैसा ति¥यो । अनि अब देखि त्यसरी कहिल्यै केही कुरा पनि चोर्ने काम गर्दिन भन्यो । त्यसपछी बुढी त आमा पनि साह्रै खुसी भईन । उनले सधै राम्रो काम गर्नुपर्छ । कसैलाई पनि दुःख दिनुहुँदैन । आपत परेको बेला सबैलाई आफुले सकेको सहयोग गर्नुपर्छ भनेर सम्झाँइन । अनि उसलाई एक मुठ्ठी बदाम पनि दिईन । प्रमोद पनि साह्रै खुसी भयो अनि कहिल्यै पनि खराब काम नगर्ने बिचार ग¥यो ।
परिक्षा सकिएपछी फेरी पढाई शुरु भयो । एकदिन प्रमोदको साथी सुवासले फेरी पनि बुढी आमाको बदाम चोरेर खान जाँउ भन्यो । तर प्रमोदले सुवासलाई उल्टै हप्कायो । त्यस्तो काम त गर्नु नै हुँदैन । उनी त साह्रै दयालु बुढी मान्छे हुन् । हामीले कसैलाई पनि दुख दिनु हुँदैन भनेर सम्झायो । बुढी आमाले कलम नदिएको भए आफुले परिक्षा नै दिन पाँउदिनथेँ पनि भन्यो । त्यसपछी दुबैजनाले सधै असल काम गर्ने बाचा गरे ।

1 comment:

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...