Saturday, May 14, 2011

भित्तेपत्रिका

सिर्जनाको स्कुल निकै रमाइलो थियो । सबैतिर सफा अनि सुग्घर थियो । बगैँचामा शुन्दर फूलहरु फुलेका थिए । स्कुलको गेटदेखि प्रध्यानाध्यापकको अफिस जाने बाटोको दायाँ बायाँ गमलामा पनि उत्तिकै राम्रा फूलहरु फुलेका थिए । स्कुलको बिच भागमा रहेको सानो पिपलको रुखलाई चौतारी जस्तै बनाइएको थियो । स्कुल हाताभित्र कतै पनि इटा, ढुङ्गाका टुक्राहरु थिएनन् । सबै कुरा व्यवस्थित थिए ।
उनको कक्षा कोठा पनि साह्रै सफा थियो । कक्षामा पढ्ने सम्पूर्ण साथीहरु सानो टुक्रा कागज पनि खसाल्दैनथे । नचाहिने कुरा केही भयो कि फोहोर राख्ने भाँडोमा खसाल्थे । तर उनको कक्षा कोठा बाहिरको भित्तामा भने एउटा पुरानो काठको बोर्ड झुण्डिएको थियो । जसमा केही लेखेर धेरै अघि टाँसेका पुराना कागजहरु थिए । फलामको मसिना तारले बनेको जालीमा माकुराले पनि जालो लगाएको थियो ।
एक दिन टिफिन टाइमको बेला भएको थियो । सिर्जनाले अंग्रेजी पढाउने निरु मिसलाई त्यो बोर्ड त्यहाँ किन झुण्ड्याएको भनेर सोधिन । मिसले त्यो बोर्डमा पहिला–पहिलाका बिद्यार्थीहरुले भित्ते पत्रिका टाँस्ने गरेको बताउनु भयो । सिर्जनाको साथी रस्मिलाले भित्ते पत्रिका भनेको कस्तो हुन्छ भनेर सोधिन । भित्ते पत्रिका त तिमीहरु आफैंले पनि बनाउन सकिहाल्छौ नी । एक–दुई वटा ठुलो सेतो कागजमा कथा, कबिता, गित, चुटकिला आदी लेख्ने अनि त्यो बोर्डमा टाँस्ने त हो नी । मिसले तुरुन्तै जवाफ दिनुभयो । उहाँले अरु कुरा पनि सिकाउनुभयो– भित्ते पत्रिका निकाल्नका लागि सबै साथीहरुसंग गीत, कबिता, चुट्किला जे लेख्न आँउछ त्यही माग्ने । त्यसपछी सबैभन्दा राम्रा–राम्रा छानेर सफा अक्षरमा लेख्नुपर्छ । एक–एक हप्तामा वा पन्ध्र–पन्ध्र दिनको फरकमा फेरी त्यसरी नै लेख रचना संकलन गरेर लेख्दै टाँस्नुपर्छ । कसैलाई चित्र बनाउन आँउछ भने त्यसलाई पनि भित्ते पत्रिकामा टाँस्न मिल्छ । निरु मिसले यसो भनेपछी सिर्जना र रस्मिला लाई पनि भित्ते पत्रिका बनाउन मन लाग्यो ।
एक दिनको शुक्रबार सिर्जना, रस्मिला, प्रदिप, माधव अनि चेतना मिलेर भित्ते पत्रिका निकाल्न फोहोर भएको बोर्डलाई सफा गरे । त्यसमा एक दुई वटा किला पनि ठोक्नु पर्ने भएको रहेछ । उनीहरुले त्यसको लागि पाले दाई संग सहयोग माग्ने बिचार गरे । उनीहरुले बिनम्र भएर अनुरोध गरेपछी पाले दाईले पनि खुसी भएर त्यसको मर्मत गरिदिनुभयो । त्यस दिन उनीहरुले कसरी भित्ते पत्रिका बनाउने भनेर छलफल गरे ।
भित्ते पत्रिका निकाल्नको लागि उनीहरुले पाँच–पाँच रुपैयाँ उठाए । त्यसपछी दुई तीन वटा साइनपेन र दुई वटा बोर्डमा टाँस्न पुग्ने ठुलो आकारको कागज पनि किने । शनिबारको दिन सबै मिलेर भित्ते पत्रिका बनाउने भए । उनीहरुले केही साथीहरु संग लेख रचना पनि मागे ।
अर्को दिन आइतबार उनीहरु अरु साथीहरु भन्दा दश मिनेट चाँढै आए । सबै मिलेर उत्त बोर्डमा भित्तेपत्रिका टाँसे । त्यो भित्तेपत्रिकामा ४ वटा कबिता, एउटा सानो कथा, ३ वटा चुट्किला, दुइवटा गीत अनि हिमालबाट सूर्य उदाउदै गरेको एउटा चित्र पनि राखिएको थियो । हिजो अस्ति सम्म पुरानो रहेको बोर्डमा भित्ते पत्रिका देख्दा सबै साथीहरु खुसी भएर रमाए । केही क्षण पछी हेडसर पनि त्यहाँ आएर हेर्नुभयो । अनि कसको काम हो यो भनेर सोध्नुभयो । सिर्जना र उनका साथीहरुलाई शुरुमा त डर पो लाग्यो । हेडसरले होमवर्क गर्न छोडेर यस्तो काम गर्ने हो भन्दै गाली गर्ने पो हो की भन्ने उनीहरुलाई लागिरहेको थियो । तर उहाँले धेरै राम्रो गरेछौ भनेपछी उनीहरुले हामीले बनाएको हो भने । हेडसर पनि असाध्यै खुसी हुनुभयो ।
तर उहाँले त्यहाँ लेखिएको केही शब्द नमिलेको रहेछ भन्नुभयो । उहाँले अर्कोचोटी भित्ते पत्रिका निकाल्दा नेपालीमा लेखेको छ भने नेपाली पढाउँने सरलाई अनि अंग्रेजीमा लेखेको छ भने अंग्रेजी पढाउने सरलाई देखाइसकेपछी मात्रै टाँस्ने गर भन्नुभयो । उनीहरुले हुन्छ भन्दै हेडसरलाई धन्यवाद दिए । त्यसपछी त कबिता, गीत, कथा, चुटकिला लेख्न जान्ने अरु साथीहरुले अर्को चोटीको भित्ते पत्रिकाको लागि रचना दिन हानथाप नै गर्न थाले ।

No comments:

Post a Comment

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...