Saturday, May 14, 2011

मध्यरात











जब
जब पल्लो छिमेकी डेरावाल
रक्सीले बेस्सरी मातेर मध्यरातमा
सिङ्गो घर उचाल्दै
उचाल्छ देश बिरोधी नारा
उचाल्छ नेता बिरोधी नारा
एक्कासी
मेरो गहिरो निद्रा खलबलिन्छ
सपनामा आइपुगेकी अन्जान राजकुमारीसँग
सुमधुर वार्तालाभ भंग भइदिन्छ
केबल दुई मिनेट
एक्लै दुर्बासा भएर रिसाउछु
उसरी नै
नेता बिरोधी गीत गाइरहन्छ
पुरै चंख भइसक्छु यहाँसम्ममा
कुर्लिदिन्छ एकएक नाम तोक्दै
मुर्दाबाद......मुर्दाबाद
फलानो नेता मुर्दाबाद
फलानो नीति मुर्दाबाद

यो समय बिहान वा दिउसो थियो भने
दिने थिँए उसलाई
गुलाफको एक थुङ्गा रातो फूल
किनिदिने थिँए
थप एक ग्लाँस कडा रक्सी

अब
निद्रा नपरुन्जेलको बाँकी समय
बुद्ध झै शान्त भइदिन्छु
साँच्चै खुसी भइरहन्छु

२०६८ बैशाख ०७
ललितपुर ।

No comments:

Post a Comment

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...

Saturday, May 14, 2011

मध्यरात











जब
जब पल्लो छिमेकी डेरावाल
रक्सीले बेस्सरी मातेर मध्यरातमा
सिङ्गो घर उचाल्दै
उचाल्छ देश बिरोधी नारा
उचाल्छ नेता बिरोधी नारा
एक्कासी
मेरो गहिरो निद्रा खलबलिन्छ
सपनामा आइपुगेकी अन्जान राजकुमारीसँग
सुमधुर वार्तालाभ भंग भइदिन्छ
केबल दुई मिनेट
एक्लै दुर्बासा भएर रिसाउछु
उसरी नै
नेता बिरोधी गीत गाइरहन्छ
पुरै चंख भइसक्छु यहाँसम्ममा
कुर्लिदिन्छ एकएक नाम तोक्दै
मुर्दाबाद......मुर्दाबाद
फलानो नेता मुर्दाबाद
फलानो नीति मुर्दाबाद

यो समय बिहान वा दिउसो थियो भने
दिने थिँए उसलाई
गुलाफको एक थुङ्गा रातो फूल
किनिदिने थिँए
थप एक ग्लाँस कडा रक्सी

अब
निद्रा नपरुन्जेलको बाँकी समय
बुद्ध झै शान्त भइदिन्छु
साँच्चै खुसी भइरहन्छु

२०६८ बैशाख ०७
ललितपुर ।

No comments:

Post a Comment