Thursday, March 11, 2010

झन्डा बोक्ने साथी

भोकै–भोकमा सधै रुन्थ्यो झण्डा बोक्ने साथी
बासी भन्दा साझी सुन्थ्यो झण्डा बोक्ने साथी

चिल्लो गाडी नयाँ कोट आज अर्कै भईसकेछ
मेरो थोत्रो लुगा छुन्थ्यो झण्डा बोक्ने साथी ।

ब्यानरको सिरानी हाल्थ्यो,साँझमै टुप्लिकिन्थ्यो
सुत्त्न पाईन भनिरहन्थ्यो झण्डा बोक्ने साथी ।

क्रान्तिको गफ हाँक्थ्यो आज नोकर दर्जनौं छन्
भाडाबर्तन पनि धुन्थ्यो झण्डा बोक्ने साथी ।

सत्ता मै टेक्यो उसले बिर्सीहाल्यो “अजनवी”लाई
क्यै नहुँदा पो नजिक हुन्थ्यो झण्डा बोक्ने साथी ।

No comments:

Post a Comment

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...