Monday, January 03, 2011

महान समाजसेवी र संघर्षशील ब्यक्तित्व लीलाराम नेउपाने

त्रेता युगका रामले गरे रामलीला
कलियुगका लीलाका काम गहकिला
बिद्यालय, धर्मशाला सामाजिक काम
गर्नुपर्दा सधै अघि सर्छन सधै लीलाराम

माथिका यि शब्द र्सिजना हुन साहित्यकार, प्राज्ञ बूँद रानाका समाजसेवी एवं सफल ब्याबसायिक व्यत्तित्वलीलाराम न्यौपानेले गर्नुभएको सामाजिक कार्यबाट प्रभावित भएर उहाँले उक्त हरफहरु कोर्नुभएको हो नेपालकोशैक्षिक, आध्यात्मिक तथा धार्मिक सामाजिक क्षेत्रमा लीलाराम न्यौपानेले करिब करोड भन्दा बढी रकमदानसहयोग गरिसक्नु भएको शिक्षा क्षेत्रमा करिब करोड ७० हजार भन्दा माथि, धार्मिक क्षेत्रमा ४३ लाख सामाजिक क्षेत्रमा २४ लाख भन्दा बढि रकमका साथै जग्गा जमिन मोटर गाडी पनि सहयोग गरिसक्नुभएको अहिले ८२ वर्षको उमेरमा हिडिरहनुभएका उहाँ शरिरले साथ दिने भए गरिब बस्तिहरुमा पुगेर स्कूल बनाउनचाहनुहुन्छ नेपालका कुनै पनि राजा महाराजाले पनि उहाँले झै आफ्नै खर्चबाट यतिधेरै सहयोग गरेको पाइदैन् महाभारत ग्रन्थमा उल्लेखित पात्र कर्ण झै नेपाली समाजका लागि कर्णतुल्य दानवीर रहनुभएका लीलारामन्यौपानेको जीबनयात्रा दुःखै दुःखले घेरिएको, साह्रै संर्घषमय अनि बढो रोमाञ्चकारी पनि रहेको
वि.सं.१९८५ साल चैत्र २९ गते विश्वराम न्यौपाने गायत्रीदेबिको कोखबाट कान्छा सुपुत्रका रुपमा गुल्मि हुँगा, झेर्दीथुम्कामा लीलाराम न्यौपानेको जन्म भएको थियो यद्यपि त्यतिखेर उहाँका बाबु विश्वराम न्यौपाने कामकालागि बर्मामा जानुभएको थियो उहाँ करिब महिनाको भएपछि आमा गायत्रीदेवी अरु दुई साना दाजु समेतलिएर आफ्ना जेठाजु लालुप्रसादसंग बर्मा पुग्नुभयो बर्मा पुगेको महिनापछि अर्थात लीलाराम महिनाको हुँदाबाबु विश्वरामको स्वर्गारोहण हुनपुग्यो त्यसपछि आमा गायत्रीदेबिका दुःखका दिन शुरु भए लीलारामका ठुलोबुवा लालुप्रसादले केही समय अबिभाबकत्व प्रदान गरेपनि करिब वर्ष पछि उहाँ पनि बित्नुभयो
बाल्यकालमै टुहुरा हुनपुग्नुभएका लीलारामका दाजुभाइले बनका गीट्ठा, भ्याकुर, मकै, कोदाको ढिँडो रोटीखाएर प्राण बचाउनु भएको थियो तर कहिलेकाँही खोलाका माछा मारी पोलेर खाएको दिन उहाँहरुको खुसिको दिनहुन्थ्यो त्यही बिचमा उचित उपचार नपाँउदा माहिला दाई दण्डपानीको जण्डिसका कारण बर्षको उमेरमै मृत्युहुनपुग्यो प्रत्येक दिन जेठो दाई उहाँ मिलेर पुस माघको जाडोमा पनि खाली खुट्टा बजारसम्म बाल्टिनमा दुधपु¥याउने काम गर्नुहुन्थ्यो दुःख संकटले झन्झन् गाँज हाल्दै गयो संकट माथि संकट थपिने क्रममा लीलाराम१० वर्षको हुँदा आमा गायत्रीदेवीले न्यूमोनिया रोगका कारण सदाको लागि संसार छोड्नुभयो अनि सदाको लागिटुहुरो बन्नुभयो लीलाराम दाजु नन्दराम पढ्नेखेल्ने सानै उमेरमा आमाबुवा गुमाउनुपरेको पीडा संगै दुईदाजुभाईको बेठेगान अनिश्चित जीवनको शुरुवात भयो
यसरी आफन्तविहीन भएको खबर पाएपछि नेपालबाट उनका ठुलोबुवाका छोरा बर्मा पुगेर आमा गायत्री देवीलेसंहाल्नुभएका कारोबारको जिम्मा लिए तर अचानक सना भाइहरुलाई धोका दिएर उनी नेपाल फर्के जसकोकारण उहाँले कक्षामा चलिरहेको पढाइलाई बीचमै छाड्न बाध्य हुनुप¥यो अझ दुःखको कुरा दाजु नन्दरामसानैदेखि रोगी भएकाले कठिन परिश्रम गर्न नसक्ने हुँदा घरभित्रको सामान्य काम गनुहुन्थ्यो भने हठी स्वभाब, नीडर, फुर्तिलो तथा महत्वाकांक्षी लीलारामले बाहिरतिर कठोर परिश्रम गर्न शुरु गर्नुभयो
त्यतिबेला सन् १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धको भुमरीभित्र उहाँ पनि पर्नुभएको थियो आफ्नोपारीवारिक संकट छँदै थियो एकातिर अर्कोतिर आकासबाट कतिखेर बम खस्छ, कतिबेला को मारिन्छ, आदिकोपनि ठुलो संन्त्रास थियो त्यतिखेर वर्मामा जापानी सैनिक ब्रिटिस सैनिक बिच ठुलो युद्ध चलेको थियो।बेलायति सेनामा गोर्खाली सेना पनि भएकोले नेपाली (गोर्खाली) भन्ने बित्तिकै जापानी सेनाहरुले मारीहाल्थे
त्यस्तो विषम परिस्थितीमा उहाँ लगाएत केही नेपालीहरुले आफ्नो टुप्पी देखाएर हामी गान्धीवादी हौ भनेर प्राणबचाउनु परेको थियो त्यो युद्धमा सारा खेतिपाती, ब्यापार ब्याबसाय सबै रोकिएको थियो त्यो समय उहाँले पनिगाँउलेका साथ करिब वर्ष जंगलमा कन्दमूल खोलाका माछा खाएर जीवन गुजार्नुप¥यो त्यो समय एकचोटीजंगलबाट सानोबुवा पर्नेको घरमा जाने क्रममा बाटोमा टेक्ने ठाँउ नभएर लासै लास माथि टेकेर हिड्नुपरेको घटना, जंगलमा ढुङ्गाको सिरानी हालेर काठको फल्याकमा सुतेको घटना उहाँका जीवनका अविस्मरणिय क्षण हुन् त्यीघटना सम्झँदा उहाँलाई अझै दुःख लाग्छ
उहाँ आफ्नो ब्याबसाय यात्रा १३ वर्षको उमेरदेखि शुरु भएको बताउनुहुन्छ १३ वर्षको उमेरमा पहिलो नोकरी शिखपञ्जाबीको ट्र«कमा खलाँसीको काम गर्नुभएको थियो उहाँको इमान्दारीता सक्रियता देखेपछि त्यि ड्राइभरलेउनको पसलमा काम गर्न राखे केही समय पसलमा काम गरी आफ्नो घर नाम्टुमा फर्की एउटा सानो होटल खरिदगर्नुभयो तर होटलबाट घाटा लागेर सबैथोक सिद्धिएपछी बर्माको ठुलो सुनामाइनको रेल्वे विभागमा नोकरी गर्नथाल्नुभयो त्यतिखेर उहाँको मासिक तलब रु १०५।थियो भने कर्मचारी नंबर ८१५५ करिब वर्ष रेल्वेविभागको अस्पतालमा काम गरेपछि राजिनामा दिएर फेरी लास्यो भन्ने ठाँउमा गई काम गर्नुभयो सन् १९५३वि.सं.२०१०) साल देखि लास्योमा मासिक ५० रुपैयामा कोठा भाडा लिएर दुध, घ्यु मख्खनको कारोबार शुरुगर्नुभयो आठ सय रुपैया लगानी गरेर शुरु गरेको यो पेसालाई उहाँले १२ वर्षसम्म निरन्तरता दिनुभयो, यहीपेशाबाट उहाँको सफलताको दिन शुरु भए तर बिड्म्बना वि.संं.२०१८ साल देखि बर्मामा राजनीतिक तथाआर्थिक स्थीति बिग्रन थालेको थियो वि.सं.२०२० मा जनरल नेविनले बर्माको सत्ता कब्जा गरेपछी तत्कालीनमुद्रा नचल्ने भयो भने सम्र्पूण चलअचल संम्पतिको राष्ट्रियकरण गरियो एक, दुइर्, पाँच, दश बिसका नोटबाहेक माथिका सबै नोटको राष्ट्रियकरण भएपछी १० बर्ष दःुख गरेर कमाएको रु १४ लाखका ठुला नोटहरु उहाँलेसरकारलाई बुझाउनुप¥यो बर्माबाट खालीहात फर्कन बाध्य अरु नेपालीहरु संगै वि.सं. २०२२ सालमा कलकत्ताकोबाटो हुँदै मेघालयमा बसाई सर्नुभयो त्यतिखेर मेघालयमा पनि भारत चिन बिच ठुलो युद्ध चलिरहेको थियो करिब बर्ष जति मेघालयमा किराना पसल संचालन गरी भैरहवामा बसाई सर्नुभयो अठार सालमा नेपाल घुम्नआँउदा उहाँले भैरहवामा घडेरी भने किनीसक्नुभएको थियो सुरुमा काठमाण्डौ स्टोर्स नामको साझेदारीको पसलबाट अघि बढ्न शुरु गर्नुभएका उहाँले साथिहरुसंग मिलेर अनुपमा स्टोर्स नामको ठुलो होलसेल पसल संचालनगर्नुभएपनि पछि त्यसको सम्र्पूण स्वामित्व आफैंले खरिद गर्नुभयो नेपालकै पहिलो बस सेवा लुम्बिनी बस सेवासंचालनमा पनि उहाँको संलग्नता रहनुका साथै गाडी मर्मतका लागि आफैँले वर्कशप पनि संचालन गर्नुभएकोथियो पहिलो उद्योगको रुपमा भैरहवामा जगदम्बा सिमेन्टको उत्पादन संगै क्रमशः अन्य उद्योगहरुको पनिबिस्तार गर्दै लग्नुभयो उहाँद्धारा संचालित उद्योग ब्याबसायबाट हजारौ ब्यत्तिलाई रोजगारीको र्सिजना भई धेरैब्यक्तिको जिबिकोपार्जनमा सहयोग पुगेको भने राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुग्न गएको हाल उहाँकापारिवारिक संलग्नतामा निम्न उद्योग ब्याबसायहरु संचालनमा रहेका छन्.अम्बे सिमेन्ट
(प्रा.)ली, .अम्बे स्टिल्स (प्रा.)ली, .जगदम्बा सिमेन्ट इण्डस्ट्रिज (प्रा.)ली, .सौरभ टि स्टेट (प्रा.)ली, झापा .जगदम्बा स्यानथेटिक उद्योग (प्रा.)ली .सौरभ फोटो इन्टरनेशनल (प्रा.)ली .अम्बे इन्टरनेशनल (प्रा.)ली .अम्बे हार्डवेर (प्रा.)ली .जगदम्बा स्पनिङ (प्रा.)ली १०.जगदम्बा रोटो प्याकेजिङ(प्रा.)ली ११.यमयमचाउचाउ १२.अम्बे हाउजिङ एन्ड डेभलपिङ (प्रा.)ली १३.लक्ष्मी स्टिल्स (प्रा.)ली १४.न्यौपाने टावर, तिनकुने १५.अम्बे कम्पेक्स,टेकु १६.शुभश्री जगदम्बा सिमेन्ट मिल (प्रा.)ली ।१७. शुभश्री जगदम्बा विल्डर्स (प्रा.)लि रहेकाछन्
नयाँ पुस्तालाई सत्य, अहिंसा, दया, दान यी चार कुरालाई अंगिकार गरेर अगाडी बढ्न आग्रह गर्नुहुने लीलारामआफूले कमाएको सम्पतिको केही भाग समाजसेवामा खर्च गर्न, अझ शिक्षा क्षेत्रमा लगानी गर्न जोड दिनुहुन्छ जस्तोसुकै कठिन क्षणमा पनि हिम्मत नहार्ने जीवनशैली अहिलेको ८२ वर्षे उमेरमा पनि कायमै बिगत सातबर्ष अघि देखि मृगौलाको उपचार गरीरहनुभएका उहाँ अझै पनि तन्नेरी युवाझै जोसीलो हुनुहुन्छ फुर्सदमिल्नासाथ अझै पनि उहाँ समाजसेवाकै क्षेत्रमा हिँडिहाल्नुहुन्छ

Friday, December 24, 2010

गाउदिन म नारा

गाउदिन नारा अब छोडें हजुरलाई
सायद मैले बित्थैममा हात जोडें हजुरलाई

गरें गल्ति आश्वासनको दगुरेर पछि पछि

आफनो भाग्य आफनै हाातले फोडें हजुरलाई

सयौ सयौ आन्दोलनमा लडी भोक भोकै
सडकबाट महलसम्म मोडें हजुरलाई ।

फुल्नुभो फल्नुभो तर उस्तै नै छ देश

बेकारमा झण्डा बोकी गोडें हजुरलाई ।

जबदेखि सिदान्तलाई बनाउनुभो लगौटीनै

रोजिसकें बाटो नया तोड़ें हजुरलाई ।
२०६४ मंगसिर १८
काठमांडू

Tuesday, June 15, 2010

गुड्ने घर - जर्मनदेखि नेपालसम्म

२०६७ जेठ ०९ गते राजधानी दैनिकमा प्रकाशित

Monday, May 10, 2010

राजनीति

कुकुर र बिरालोको रति चल्छ राजनीतिमा
जनता चुस्ने जाली खेल कति चल्छ राजनीतिमा

खरायोको बेगमा सधै भष्ट्र तस्कर माथि माथि
बिकासमा त कछुवाकै गति चल्छ राजनीतिमा

विदेशीको एजेन्ट नेता सुन्दैन हौ जनतालाई
त्यसैले त देश उधोमति चल्छ राजनीतिमा

बन्दुक बम ईटा टायर लाठी मुङग्री सबैथोक
कुर्सी टेक्ने उपाय जे छ जति चल्छ राजनीतिमा

हेर, लुट्दै हाम्रा पसिना त्यहाँ सधै नाङ्गो नाच
बर्षैभरी गाईजात्रा अति चल्छ राजनीतिमा

Wednesday, April 21, 2010

बिरोध

लुटिनेलाई अझ उल्टै चोर बिरोध गर्छ
थोरै भयो सामान भन्दै घोर बिरोध गर्छ

जब आँउछ उत्तरमा नयाँ घामको लाली
अँध्यारोकै पक्ष लिई भोर बिरोध गर्छ

कुटिनेलाई ऐन कानुन कुट्नेलाई चैन
फटाहालाई भित्र थुने खोर बिरोध गर्छ

कुच्चो लिई यो ब्यबस्था बर्ढानु छ अब
सफा होलाकी डराएर फोहोर बिरोध गर्छ ।

–२०६६ चैत्र २२
ललितपुर

Tuesday, April 06, 2010

सालिक

पृथ्वीमा हरेक बिहान घाम उदाँउछ
र फर्कन्छ साँझमा लाजले रात्ताम्मे भएर
किनकी बन्दैन कहिल्यै सालिक यहाँ
भोकमरीले पल पल पिल्सिएर
लगौटीको पासो लगाएर आत्महत्या गर्नेहरुको

यद्यपि
लुट्यो जसले जिबनभर गाँस बास र आस उसको
सत्ताको वरीपिरी साँढेझै घुमेर
त्यो शिखरपुरुष हुन्छ
त्यो महाँनायक हुन्छ
र त्यसको शिखर जत्रो सालिक बन्छ
कम्तिमा एकपटक भएपनि
मुस्कुराउछ घाम निसंकोच
जब हग्छ कागले तिनका सालिक माथि ।

–२०६६ चैत्र २२
ललितपुर

Sunday, March 28, 2010

नया पार्टी

संसारका महान प्रेमी–प्रेमीकाहरु एक जुट हौं ।

नेपाल लभनिष्ट पार्टी (मैयावादी)
केन्द्रीय समिति
प्रेमनगर, काठमाण्डौं ।

आदरणिय मुत्तिकामी प्रेमीप्रेमीकाहरु,
हाम्रो महान तथा गौरबशाली पाटी नेपाल लभनिष्ट पाटी(मैयाबादी) ले सम्पूर्ण शोषित पीडित प्रेमजोडीहरुको हक र अधिकारको आवाज सयौं दिनदेखि उठाउदै आईरहेको कुरा यहाँहरु सबैलाई बिदितै छ। संसारमा रहेका के ढुकुर के कुकुर के मान्छे सम्पूर्ण प्राणिहरु प्रेमबिना एक सेकेन्ड पनि बाँच्न सक्दैनन्। अझ त्यसमा पनि कुखुरे बैंसमा केटाको दिलको धड्कन र कोमलाङी मैयाको दिलको धड्कन एक आपसमा मिल्न पाएन भने त संसारनै बिस्फोट हुन्छ।
जब संसारमा लभको बिकास भयो तब त्यहाँ अबरोधको पनि झन बिकास भयो। लभ र अबरोधको जब द्धन्द हुन्छ तब त्यहाँ लभको नै जित हुन्छ । यो हाम्रो पाटीको दर्शन हो । हाम्रो सिदान्त –संसारमा लभमा हुने सबैखाले अबरोधहरुको बिनास हुनुपर्छ र लभको बिकास हुनुपर्छ भन्ने रहेको छ । लभमा उत्पन्न हुने प्रतिगामी अबरोध चिर्न अब नेपालबाट एउटा लभ आन्दोलन जरुरी छ जुन आन्दोलनले प्रेम गर्दा गर्दै धोका दिने,वा बिवाह गर्न अबरोध सिर्जना गर्ने, सार्बजनिक ठाँउमा अंगालो हालेर टङ किस गर्न नदिने जस्ता तत्वहरुलाई ठूलो धक्का दिएर छक्का बनाईदिने पक्का छ ।
मुत्तिकामी प्रेमजोडीहरु, साँच्चै लभको आँखा अन्धो हुन्छ तर लभमा अबरोध सिर्जना गर्न बाउआमाहरुका आँखा भने एकदमै तेज हुन्छ । जसले गर्दा हामीहरुले ठूलो मानसिक तनाब खेपिरहनु परिरहेको छौ। अर्कातिर गाँठवाला र दह्रो मालवाला पाएपछी केटालाई धोका दिएर बोका बनाइदिने केटीहरु पनी छन्। त्यस्तै च्वाँक–च्वाँक अरु केटीहरु भेटेपछि एकछिन् अघि गाला चाटेकी मैंयालाई आँखा तर्ने र छोड्ने केटाहरु पनि छन्। यसप्रकारका महाँ पापिष्टहरुलाई कार्बाही गर्ने न नियम छ न त कानुन नै । उनीहरुलाई सजाय दिन राज्यमा प्रेम कानुनको व्यबस्था हाम्रो प्रमूख माग हो । सार्बजनिक ठाँउमा एक अर्कालाई घण्टौंसम्म किस गर्न नपाउदा मुडनै ठिस भएर कति प्रेमीप्रेमीकाहरु पीडित भएका छन्। सार्बजनिक ठाँउमा रोमान्स गर्ने अधिकार स्थापना गर्नु हाम्रो महान उदेश्य हो । वर्तमान राज्यव्यबस्था हामी प्रेमीप्रेमीकाको बिरुद्धमा रहेकाले त्यसतर्फ बुलन्द आवाज उठाउनु आबश्यक भईसकेकोले हामी छिट्टै आन्दोलनको तयारीमा छौं । हम्रो आन्दोलन अरुको जस्तो सडकमा टायर बालेर हैन युगल जोडी अंगालोमा बाँधिदै , चुप्पा खाँदै , कहिले चिमोट्दै ,कहिले मुस्कुराँउदै सडकमा नारा घन्काउदै शान्तिपुर्ण रुपमा हुनेछ। हाम्रो आन्दोलनका प्रमुख मागहरु यसप्रकार रहेका छन्–
· प्रेम अधिकारको सुनिश्चतताको लागि संबिधान सभामा कम्तिमा दुईजोडी प्रेमीप्रेमीकालाइ सभासद माँ नियुत्त गर् ।
· स्कुल कलेजमा लभ सम्बन्धि पाठ्यक्रम लागू गर् ।साथै लभ युनिभरसिटीको व्यबस्था गर् ।
· नेपालको राष्टिय चाड दशैं तिहार नभएर भ्यालेन्टाईन डे लाई घोषणा गर् ।
· सार्बजनिक ठाँउहरुमा लभ गर्न पार्कहरुको निर्माण तत्काल गर् ।
· पे्रमीप्रेमीकाहरुको लागि प्रेम कार्डको बितरण गरेर यातायातका साधनहरु एवं हस्पीटल र पार्कमा ४५ प्रतिशत डिस्काउन्टको व्यबस्था गर ।
· यदि प्रेमिका गर्भवती भए निःशुल्क एर्भसनको व्यबस्था गर् ।
· धोकेबाजहरुलाई कार्बाही गर्न लभ अदालतको व्यबस्था गर् ।
· प्रेमी प्रेमिकाको यौन स्वास्थ्य सुरक्षित राख्न प्रत्येक पसल–पसलमा निःशुल्क कण्डम वितरणको व्यबस्था गर् ।
हम्रा यि अत्यन्त जायज मागहरुलाई सरकारले तत्काल सम्बोधन नगरे हामी चुप लागेर बस्नेवाला छैनौं । हम्रो शान्तिपुर्ण आन्दोलन चरणगतरुपमा एक अर्काको गालामा चुप्पा खाँदै अघि बढ्दै जाने छ। त्यसको लागि तपाई जोडिहरु अंगालोमा बाँधिएर सकेसम्म छोटा र टाईट कपडामा लास्टै सेक्सी देखिने गरी निम्न स्थानहरुमा भेला भैदिन हार्दिक अपिल गर्दछौं।
आन्दोलन शुरु हुने स्थानाहरुहः भृकुटीमण्डप, बालाजु पार्क, गोदावरी र रत्नपार्क ।
समयः बिहान भाले बासेदेखि बेलुका पोथि कर्कराउने बेलासम्म ।

लभ आन्दोलन सफल पारऔं
अबरोधवादलाई तुरुन्तै मारौं ।

कामुकराज चुप्पानाथ
अध्यक्ष एवं सर्वोच्च कमान्डर
नेपाल लभनिष्ट पार्टी (मैंयावादी)
केन्द्रीय समिति

नोट -आजाद अजनवी द्वारा लिखित
कामना 2066 मा नेत्रंमणि राइ को नाममाँ प्रकाशित

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...